वरिष्ठ साहित्यकार प्रा. मोहन सिटौलासँग कुराकानी

वार्ता धीरकुमार श्रेष्ठ May 22, 2020, 3:00 am

प्रश्न — तपाईंको पूर्ण व्यक्तिगत विवरण पाउन सकिन्छ ?

मेरो आफ्नो विवरण मोटामोटी रुपमा तल लेखिए अनुसार छ ।

क)— पूखौली— प्रतापी कुश्माकरका ठाईला छोरा दिवाकर—धन्कुटामा जागीरे हुनुहुन्थ्यो रे ।

ख)— दिवाकरका जेठा छोरा महानन्दको सानैमा परलोक भयो ।

ग)— दुइटी छोरीहरु – जेठी शेढाईंं र कान्छी थपलियासित विवाह गरिएका

घ—) कान्छाछोरा— द्रोणाचार्य सिटौलाको शुभाङका उच्च कुलीन उप्रेतीकी सुपुत्री बछलादेवी (राम माया) सित विवाह भएको हो ।

ङ)— द्रोणाचार्यका ६ भाई छोरामा दूइ भाई जुम्लियाको सानैमा परलोक भयो

च)— द्रोणाचार्यका ८ बहिनी छोरीहरू थिए ।

छ)— द्रोणाचार्यका माइला छोरा हरिचरण सिटौला हुन् ।

ज)—हरिचरण सिटौला— काठमाडौंमा अदालती श्रेस्तामा १० पास गरी जागीर नखाई पहाड घरमा नै फर्की तिनताकको नेपालमा (काठमाडौंमा) चलिरहेको प्रजातान्त्रिक जनआन्दोलनबाट प्रभावित भई सो आन्दोलनको एक प्रमुख अङ्ग स्थानीय शिक्षा प्रचार र अन्य कुराकानी एवम् सम्पर्कबाट जनचेतना बढाउन २००० सालदेखी नै आफ्नो गाउँघर आठराई चुहान्डाँडामा आई शिक्षा सेवामा लाग्नु भएको । त्यसबेलामा सरकरी र सामाजिक प्रशस्त संघर्ष गर्नु परेको थियो भनी धेरै पछि स्थानीय वहाँका परम् मित्र र सहकर्मी, त्यहीं लामो शैक्षिक सेवा गर्नु भएका वयोबृद्ध चिरञ्जीवी हाल १०२ वर्ष पुग्नु भएका सम्बन्धित धेरैधेरैका गुरु विद्वान् धरणीधर न्यौपानेले स्व.हरिचरण सिटौला सम्बन्धी लेखेका लेखहरू वहाँकै स्मुति ग्रन्थहरूमा पढ्न पाइन्छ । त्यस भेगको एक उच्च प्रतिष्ठित र लोकप्रिय व्यक्तित्व ।

झ)— पिता—हरिचरण सिटौला

माता— लक्ष्मीदेवी (पाठक) सिटौला ।

ञ)—) माताका पिता( पशुपति पाठक

ट)— माता (गङ्गादेवी (मैनाली) पाठक

ठ)— हरिचरण सिटौला र लक्ष्मीदेवी सिटौलाका जेठा छोरा मोहन सिटौला .

जन्म—२००० बैशाख ०२, अप्रिल १५÷१९४३, चुहानडाँडा, आठराई, तेह्रथुम जिल्ला, पूर्वी नेपाल

त्रिविबाट एम्ए अंग्रेजी

— आठराई चुहान्डाँडाको शारदा हाइस्कुलमा लामो शिक्षण सेवा र शुभाङको मुक्तुरामा रहेको नीलगिरि हाइस्कुलको संस्थापक प्रधान अध्यापक ।

— त्रिभुवन विश्व विद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन÷क्याम्पस प्रमुख लगायत विविध शैक्षिक प्रशासन सेवाका सिलसिलामा आठराई, चुहान्डाँडा लगायत, पोखरा, पाल्पा, बाग्लुङ, नेपालगञ्ज र काठमाडौं विश्वभाषा क्याम्पस र कीर्र्तिपुर पाठ्र्यक्रम विकास केन्द्रमा लामा छोटा अवधिमा स्थायी रुपमा करिब ४० वर्ष सो कार्यहरू गरेको ।

— हाल निवृत्त

— लामो स्थायी बसोबास— चावहिल—७, काठमाडौं, नेपाल

— हाल अमेरिका

— विभिन्न देशहरुमा आवागमन

प्रकाशित कृतिहरू नेपालीमा

(क) केही सिर्जना ः केही विवेचना — २०४१ (१९८५)

(ख) गोठालाहरु (निबन्धसङ्ग्रह) — २०४२ (१९८६)

(ग) परिभ्रमण (निबन्धसङ्ग्रह) — २०४३ (१९८७)

(घ) अर्को प्रहर (कवितासङ्ग्रह) — २०४४ (१९८८)

(ङ) नयाँ मुलुकको नाद (छान्दसिक खण्डकाव्य र अन्य गद्य कविताहरू)— २००६ ( २०६३)

(च) आवाजका जुलुस र नयाँ विश्व (गद्यकवितासङ्ग्रह)(अनेसासबाट पुरस्किृत —२०१५

(छ) सिद्धि—सुधा (आधुनिक महाकाव्य) जेठ २०७४ मा राष्ट्रपतिद्वारा काठमाडौंमा विमोचित

(ज) जीवन बाँसुरी (गीत र गीती कवितासङ्ग्रह)— २०७६

भm) नवालोक – (वृहत् काव्य) जननी, जन्मभूमी खण्डकाव्य संग्रह— २०७६

(दुवै काव्यहरू लण्डनमा विमोचित गएिका थिए)

ञ्).विभिन्न विशेषाङ्क, प्रमुख जर्नल, गरिमा, मधुपर्क, कान्तिपुर तथा अन्य दैनिक पत्रपत्रिकाहरू र स्वतन्त्र नेपाल, हाम्राकुरा डट कम, नेपाली पोस्ट डट कम, परदेश डट कम, डिसि नेपालडट कम, समकालीन साहित्यडटकम, चौतारी, पिस जर्नालिजम आदि इ.जर्नलहरुमा दर्जनौं समालोचना, निवन्ध, लेख, अन्तवार्ता, गद्य र छन्दबद्ध कविताहरुका साथै त्रि.वि. का प्रमुख जर्नलहरुमा शिक्षा, साहित्य, संस्कृति, भाषा र शिक्षण सम्बन्धी शोधमूलक प्रशस्त लेख, रचनाहरू प्रकाशित ।

प्रकाशोन्मुख

(क) दार्जीलिङको यात्रा (चम्पू) र अन्य खण्डकाव्य संग्रह

(ग) आर्तव राग (छन्दबद्ध कविता संग्रह)

(घ) चन्द्र—सूर्य सम्वाद (नेपाल र नेपाली सम्बन्धी छन्दबद्ध खण्डकाव्य

(ङ) नेपाली निबन्ध संग्रह

(च) नेपाली समालोचना संग्रह

(छ( मेरा अन्तर्वार्ता, प्राक्कथन र भूमिकाहरू (नेपाली÷ अंग्रेजी)

(ज) फुटकर लामा र छोटा गद्य र पद्य कविता संग्रह

विशेष

त्रिविले स्नातकोत्तर (एम ए.)स्तरमा शोध अध्ययन गराइएका शीर्षकहरू ः

(ञ्) मोहन सिटौलाको जीवनी, व्यक्तित्व र कृतित्व (२०५५) ः (त्रि.वि.केन्द्रिय नेपाली विभाग, शोधार्थी—टीका फुँयल

(ट) मोहन सिटौलाको निबन्धकारिता (२०६५) ः शोधार्थी— तोम सिटौला

(त्रि.वि. केन्द्रिय नेपाली विभागले एम ए. नेपालीका लागि छनौट गरेको एक ऐच्छिक पत्र, २०६५)

अंड्गेजी भाषामा प्रकाशित

(क) वाण्डरिङ एस्सेज—३१५ पृष्ठको शिक्षा, साहित्य, शिक्षणजस्ता विषय र अन्य विविध विषयमा चिन्तन एवं आत्मपरक निबन्धहरु र कविताको सँगालो (१९८५)

(ख) द न्यू ब्रेथस् (कवितासङ्ग्रह) २०१४

(ग) पाविके र रिसर्च डिभिजन लगायत त्रि.वि का केही जर्नल र अन्य राष्ट्रिय प्रमुख अङ्गेजी पत्रपत्रिकाहरुमा साहित्यिक समालोचना, शैक्षिक र अन्य लेखहरू धेरै संख्यामा प्रकाशित ।

(घ) नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित डायस्पोरा कविता संग्रहमा छापिएको कविता—पोटोम्याक (अमेरिकाको डिसि भए्र बहने विशाल नदी) अंग्रेजी भाषामा र स्वयं रचनाकारबाट त्यसैको रुपान्तरित नेपाली ।

प्रकाशोनमुख

(ङ) द आइज अफ आइज् (खण्डकाव्य)

(च) फुटकर कविता संग्रह,

(छ) समालोचना संग्रह

सामाजिक र साहित्यक सक्रियता

(क) साहित्य सङ्गम, आठराई (महासचिव, २०२५—२०२६),

(ख) युगकवि सिद्धिचरण प्रतिष्ठान महासचिव, २०५३—२०६५),

(ग) भारद्वाज अङ्गेजी ÷नेपाली — द्धैमासिक, प्रधान सम्पादक एवम् प्रकाशक । घ) पाठ््यक्रम विकास केन्द्र त्रिवि र अन्य धेरै नेपाली, अङ्गेजी पत्रपत्रिकाहरुको सम्पादन

(ङ) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –डीसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष, इ.स २००४—२००५, युएसए

(च) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समिति, युएसए (केन्द्रीय अध्यक्ष, २००५— २००६),

(छ) दोस्रो पटक २००६ जुलाइदेखि २००८ जुलाईसम्म,

ज) अनेसास केन्द्रीय सामितिले एनआरएनसितको सहकार्यमा तत्कालीन केन्द्रीय अध्यक्ष मोहन सिटौलाको अध्यक्षतामा काठमाडौं (सोल्टी होटेल)मा धेरै वरिष्ठ नेपाली साहित्कारहरूको सम्मान सहितै प्रथम नेपाली अन्तराष्ट्रिय कविता सम्मेलन सम्पन्न गरेको — २००७

अन्य सक्रियताहरू

(क) विभिन्न संघ संस्थाको सल्लाहकार

(ख) साहित्यिक पठन, पाठन, भ्रमण, सहभागिता, प्रवचन र लेखन

(ग) बारम्बार नेपाली साहित्यिक÷सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय सहभागिता

आजीवन सदस्यता

(क) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युएसए,

(ख) भाषा विज्ञान समाज नेपाल,

(ग) साहित्यिक सङ्घ नेपाल,

(घ) अन्तर्राष्ट्रिय अङ्गेजी भाषाभाषी सङ्गठन, नेपाल शाखा (महासचिव),

(ङ) अस्टिन् पोयट्रि,सोसाइटी सदस्य —अस्टिन्, टेक्सस्, अमेरिका

(च) वरिष्ट साहित्यकार रमेस विकल र भाषा, साहित्य, समाजसेवी जनक हूमागाईका नामका साहित्यिक सस्थामा संलग्नता

पुरस्कार, पदक र सम्मानहरू

(क) प्रथम र स्वर्ण पदक (देशव्यापी नेपाली निवन्ध प्रतियोगिता (२०२४)

(ख) राष्ट्रिय शिक्षा दिवस पुरस्कार—२०४३

(ग) दीर्घसेवा पदक –त्रि.वि २०५१)

(घ) अन्तर्राष्ट्रिय नेपाली साहित्य उत्कृष्ट सेवा सम्मान(प्लाक) —२००५

(ङ) आसाम साहित्य परीशद् सम्मान २००७

(च) आसाम साहित्य सभा सम्मान २००७

(छ) सिक्किम साहित्य परीशद् सम्मान २००७

(ज) गोपालपाँडे ‘असिम’ नेपाली शिक्षा परिषद्’ बाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई सम्मानपत्र प्रदान र सो सम्मानपत्र राष्ट्रकवि माधव प्रसाद घिमिरेका करकमलबाट सोही संस्थाका तत्कालीन केन्द्रीय अध्यक्ष मोहन सिटौलाद्वारा ग्रहण गरिएको, श्रावण २०६५ ।

(झ) आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार —२०७१

(ञ) पोयट्रि मन्थ अमेरिकाबाट मोहन सिटौलालाई कवि राजदूत को उपाधी प्रदान—२००६, र

(ट).अष्टिन् सोसाइटि अफ पोयट्स् टेक्सस् अमेरिकाबाट २०१० मा तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)— नेपाल च्याप्टरबाट २०१५ मा सोही उपाधीको कदर गरिएको ।

(ठ) अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)— नेपाल च्याप्टर काठमाडौंबाट मोहन सिटौलालाई २०७२ असार मा अभिनन्दन ।

(ड) अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौंबाट मोहन सिटौलालाई अभिवादन —२०७२,असार ।

(ढ) अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)— केन्द्रीय समिति र जापान च्याप्टरबाट मोहन सिटौलालाई अनेसास हिरो २०१५ बाट सम्मानित ।

भ्रमणः

भारत, श्रीलङ्का, वैङ्कक, वेलायत, स्वीडेन, डेन्मार्क, जर्मनी, स्विट्जरल्याण्ड, फ्रान्स, बेल्जियम, जापान, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानडा, मेक्सिकोका केही टापूहरू आदि ।

प्रश्न –साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरु बताइदिनुहुन्छ कि ?

उत्तर—

क— बालकमा हजुरबुवासित सुत्दा कखरा, अङ्क लगायत श्लोकमा धार्मिक कविताहरू लय हालेर सुनाउँनु हुन्थ्यो । मलाई ती वाचनहरू रसिला, मीठा लाग्थे ।

ख—पछि पिताजीले नेपाल (काठमाडौं) बाट ल्याएका लक्ष्मी पूजा , मुनामदन, समका नाटक, रुपमती आदि साहित्यिक पुस्तकहरू आफैं पढेर र पछि म पढ्र्नसक्ने भएपछि मलाई नै पढ्न लगाएर प्राय सँधै बेलुका घरमा बोलाएका गाउँले महिला पुरुषहरुलाई व्याक्या गर्नु हुन्थ्यो ।

ग— सानैदेखि घरायशी र स्कुलका मेरा गुरु धरणीधर न्यौपानेज्यूले (हाल १०२ वर्ष इटहरि) संस्कृत साहित्यबाट, श्री शारदा स्कुल (पछि हाई स्कुल) का प्रथम प्र.अ.कुलप्रसाद राईज्यूले दार्जिलिङ्क सुधपा आदिहरुका पुस्तकबाट र स्थानीय वीरेन्द्र इण्टर कलेजका प्रथम प्रिन्सिपल एवम् प्रशिद्ध साहित्यकार स्वर्गीय राजनारायण प्रधानले आाफ्नै, भारतीय र पश्चिमी स्रोतबाट निकै साहित्यिक चेत, ज्ञान र अभ्याश प्राप्त भएका हुन् । शारदा हाइस्कुलमा ७ कक्षामा पढ्दा १३ सालमा सोही स्कुलको हस्तलिखित पत्रिका प्रयाश मा मेरो एक बाल कविता छापिएको थियो । त्यसपछि केही कविताहरू सरासर रचिएका थिए ।

घ— काठमाडौंमा उच्चाध्ययन गर्दा साहित्य विषय नै पढियो र सुयोग्य शिक्षक, र साथीहरूको सङ्गत र माधव घिमिरेजस्ता प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरुसित, अनि युगकवि सिद्धिचरण र धर्मराज थापासितका बारम्बारका भेटघाटका साथै गोपका सम्पादक÷लेखक आदिसित भेटघाटमा जाने आउने गर्दा पनि धेरै प्रोत्साहन हुन्थ्यो ।

प्रश्न – प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरू पनि प्रकारका ?

उत्तर –घरायसी, शैक्षिक, सामाजिक, संस्थागत वा राष्ट्रिय वा अन्ताराष्ट्रिय प्रोत्साहनहरू । नकारात्मक आलोचना वा वेपर्बाहा आदि । राम्रो ठाउँमा कविता पाठ गर्न पाउँनु, साथी भाई बीचमा सकारात्मक हौसला भइरहनु, पुरस्कार आदि पाउनु स्वभावैले प्रोत्साहन हुन्छ । तर सँधै त्यस्तो हुँदैन र विपरित किसिमका अवस्थाहरू पनि जीवनमा आउँछन् , बारम्बार पुरस्कार र प्रकाशन पनि हुँदैनन् । आफ्ना अनूभव र अनुभूतिलाई जनसमक्ष पु¥याउने प्रमुख मीठा साधनहरू मध्ये सिर्जना पनि एक हो । यसका धेरै प्रकारहरू हुन्छन् र यसमा विचार पनि रहेको हुन्छ , यसले आनन्द पनि दिन्छ । यसर्थ यी विविध कामकुराका लागि कविताको उच्च आवश्यकता र महत्व हुन्छ ।

कुनै प्रतियोगितामा सफल नभए पनि झन् जोसले अरु मेहनत गर्नु नै सम्बन्धित सवैको अभिष्ट हुन्छ । अर्कातिर कसैलाई खुशी पार्न मात्र पनि कविता लेखिदैंन । गद्य होस् वा पद्य, जुनुसुकै शैलीमा होस्, जेसुकै कुरा लेखिएको होस् त्यसमा आफू पूर्ण विश्वस्त छु कि छुईंन, प्रस्तुत कुरा मेरो वैचारिक, सामाजिक सत्यसित समन्वित छ कि छैन ? यही नै कुरा आफ्नो सिर्जनाको पहिलो आत्ममूल्याङ्कन हो । स्वतन्त्र भन्दैमा गाली गलौज , छाडा, अश्लील आदि हुनुहुँदैन । त्यत्ति हो । बस्तुतः कुनै पनि सर्जकको आफ्नै वाह्यान्तरिक स्वतन्त्र वैचारिक राज्य हुन्छ । कवितामा आएका अतिवास्तविकता र अति प्रकृतिवादहरुलाई पनि गतिशील युगीन समाजले पचाइसकेका छन् । सर्जक र सिर्जनामा प्रायोगिक दायित्य पनि हुन्छ— केही नवीनता दिन सक्नु पर्छm । आलोचना पनि हुँदै गर्छ । सिक्दै पनि गर्नु पर्छ ।

एउटा निकै दुख लाग्ने कुरा लेखन समुदाय वा पत्रकार जगत वा संघसंस्थामा झुण्डवाद वा ग्रुपिजम बढेर जाँदो छ । नयाँ विचार वा सिर्जना वा समालोचना हरेक समाजको नीधि हो । तर आफ्नो गु्रप भित्रको जे र जो पनि राम्रो, अरु चाहिं नराम्रो देख्ने प्रवृत्तिले अन्ततः कसैलाई फाइदा हुँदैन । कतिसम्म भने केही साहित्यिक समालोचक वा भनिएका इतिहासकारहरू आफ्ना नजीकका सम्पर्कमा वा सहमतिमा नभएका प्रशिद्ध वा प्रतिष्ठित सर्जकहरुको नामसम्म उल्लेख गर्न अाँत्तिन्छन् । कति पत्रकारहरू त्यस किसिमका लेखकहरुका लेखनै छाप्दैनन् । यस्ता प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन । सिर्जनशील र वैचारिक विविधतामा नै सृष्टिको अस्तित्व, यसको सौन्दर्य र बोधार्थको महिमाको महत्व हुन्छ । नीत नवोन्मेषमुख चेतनाको वाहक मानव समुदायमा विचारक र लेखक नै हो जसले तत्तत् स्थान र समको बोध गर्छ र गराउँछ अनि नयँ। समयको सपना पनि देखाउँ छ । निश्चय नै उच्च कवि वा द्रष्टा त्यही हो जसले यस्तो नयाँ प्रकाश छर्छ । साहित्यकार, कलाकार र चिन्तकहरुले यो कुरालाई प्राथमिकता दिंनै पर्छ । यहाँ म यस प्रसङ्गमा विश्व विख्यात बेलायती क्रान्तिकारी र चिन्तशील युवा कवि शेलीको ‘ कविहरु विश्वका मान्यता अप्राप्त विधाइका हुन्’ भन्ने अर्थपूर्ण र चिरञ्जीवी विचार सम्झिरहेको छु ।

प्रश्न – साहित्यिकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रूपमा व्यक्त गर्नुहुन्छ ?

उत्तर –स्कुलमा कविता पाठ गरेको बेलामा, पछि गोप र अन्य पत्र पत्रिकामा आफ्ना लेख,रचना छापिएका बेलामा, विसं २०२४ सालमा नेपालव्यापी निबन्ध प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक र रु १०००÷— पाएका बेलामा, अमेरिकामा केही साहित्यिक संस्स्थाले एक समारोहमा कवि राजदूतको संस्थागत सम्मान दिएको बेलामा र त्यसलाई अनेसास लगायत अन्य केही सस्ंथाले पुन सम्मान गरेको बेलामा निकै आनन्द भएको थियो । ती लगायत आफ्ना पुस्तकहरू छापिएर तिनका कृति समीक्षा आएका बेलामा पनि आनन्द भईरहन्छ ।

अर्कोकुरा मलाई बारम्बार के अनुभव भईरहन्छ भने धेरै दुखको खबर वा आफ्नै उदास अबस्था अनि १÷२ रात अनीदो हुन पुग्दा म आफ्नै वा मन परेका कसैका निबन्ध वा कविता वा कथा पढ्रछु वा नयाँ लेख्छु । त्यसले मलाई २ घण्टा जतिमा धेरै राहत दिएर म धेरै ठीक भएको छु ।

प्रश्न – साहित्यकार नहुनुभएको भए तपाईं के हुनुहुन्थ्यो होला ? यस्तो परिकल्पना कहिल्यै गर्नुभएको छ ? गर्नुभएको भए कस्तो त्यसको उल्लेख गरिदिनुहुन्छ कि ?

उत्तर –मैले एस्एल्सि परीक्षा दिएर आए पछि सातै दिनमा आफ्ना शिक्षकहरुको आदेशमा आफ्नै स्कुलको तीन÷चार कक्षामा त्यसबेलाको र्दािजलिङ्ग तिरको पाठ््यक्रमको केही अंशानुसार अंग्रेजी पढाउन थाले पछि शिक्षा र अंग्रेजीले अहिलेसम्म पनि छाडेका छैनन् । स्कुलमा पढ्रदैदेखि साहित्यमा लागिएछ र अहिलेसम्म त्यो जीवन्त छ । पारिवारिक र सामाजिक किसिसमले जीवनमूलक संस्कृति स्वतः लागु हुने भइगो । त्यसमा पनि गुरुबाट संस्कृत पढ्दाताका साहित्य सम्बन्धी केही सिकियो र जीवनभर यी सवै कुरामा स्वाध्यायन र सत्सङ्गतको प्रशस्त योग मिलेको छ भन्ने ठान्छु ।

अब यस भन्दा अर्कातिरको जीवनको पाटो के, कता कल्पना गरोैं ! म त यसैमा मुग्ध छु । घरायसी र खेतका कामहरु पनि प्रशस्त गरेकै छु । एक सर्वसाधारण शिक्षित नेपालीको हैशियतले स्थानीय जनजीवनको मज्जा राम्रै अनुभव गरेको छु । देशविदेशको राम्रै दर्शन र अनुभव पाएको छु, उच्चसत्सङ्गत, केही स्थानीय समाजिक, शैक्षिक योगदान अनि अनेसास र अन्य केही संघसंस्था मार्फत राष्ट्रिय÷अन्तराष्ट्रिय सामूहिक र साझा सेवा पनि पु¥याउन पाएकोमा निकै सन्तुष्ट छु । तथापि यो पछिल्लो काम गर्न चाहिं अझै धेरै बाँकी रहेको अनुभव हुन्छ ।

प्रश्न –आफ्ना रचनाहरुको प्रेरणास्रोत र पर्यावरणका बारेमा बताइदिनुहुन्छ कि ?

उत्तर–मानिसका अनुभव र अध्ययनका क्षेत्र सायद ६÷७ किसिमका हुन्छन् क्यारे ! पारिवारिक, शैक्षिक संस्थागत, व्यावहारिक, सत्सङ्गत र स्वाध्यायन । के आफ्नै स्वस्थ कल्पना, मनन र चिन्तनले मानिस छुट्टै किसिमको आन्तरिक अध्ययन गरिरहेको हुँदैन र ? त्यहाँ पनि कुनै न कुनै किसिमको वस्तुगतता त चाहिंन्छ नै आधारको रुपमा ! यिनै बस्तुुगत तथ्य र विविध अध्ययनगत कुराहरुले मानसिकरुपमा मानिसमा धारणाहरू बनाउँछन् । गाउँले जीवनमा धेरै किसिमले सक्रिय हुँदा त्यहाँका, उत्सव, पर्व र रमाइलाहरू, विभिन्न खेल, तमासा, मेलापात र कामदाम, स्थानीय कला र शीपहरू, श्रमजीवी, शिक्षक , कवि र कलाकारहरू, त्राश र भ्रमोत्पादन, दमन र उत्पीडन, दुख, पीडा, चेतना, आकांक्षा र विद्रोहहरूलाई आत्मसात् गर्ने मौका पाएको छु । अर्कातिर अध्ययन र भ्रमणाट जानेका विश्वइतिहासका विभिन्न संघर्ष र क्रान्तिहरू आदि । राजनैतिक झुकाव पनि यसरी नै विकाश हुँदो रहेछ । मेरा निबन्ध र कविताहरुमा यिनै कुराहरूको प्रतिबिम्व पाइन्छ भन्ने मलाई लाग्छ । अझ त्यसको वास्तविक यकीन त सुयोग्य प्रकाशक, भूमिकाकार, सहृदयी र प्रबुद्ध पाठक एवम् समालोचकबाट नै हुन्छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ ।

प्रश्न – तपाईं आफ्ना सिर्जनाहरूमध्ये तुलनात्मक रूपमा सबभन्दा बढी सन्तुष्ट कुन रचनासँग हुनुहुन्छ र किन ?

उत्तर – मेरा विभिन्न समयका निबन्ध, समालोचना, गद्य कविता र छान्दसिक कविताहरू तत्तत् समयका सुस्केरा र सुशेली अनि सामूहिक आकांक्षाका अभिव्यक्तिहरू हुन् । तत्तत्कालनि भए पनि तिनीहरू चिरकालसम्म जीवन्त र अर्थपूर्ण हुनेरहेछन् भन्ने कुरा स्वपृष्ठाध्ययन गर्दा आजकाल बुझिरहेको छु । ती सवै मन परेर नै छापिएका पनि हुन् । धेरै मन् परेका अन्य पनि छाप्न बाँकी नै छन् । अहिले पछाडी आएर यसो गमखाँदा गोठालाहरू भन्ने निबन्ध संग्रह, आवाजका जुलुसहरू, सिद्धिसिधा आधुनिक महाकाव्य, परिभ्रमण भन्ने यात्रालोक निबन्ध संग्रह, जीवन बाँसुरी गीत संग्रह र नवालोक (जन्मजननी, जन्मभूमी) बृहत् काव्य अली बढी मन् परेका छन् । अंग्रेजीमा मेरो त्जभ ल्भध द्यचभबतजभक भन्ने मौलिक –अनूदित होइन— कविता संग्रह पनि धेरै राम्रो लागेको छ । तिनमा ःयलगmभलत, एयतयmबअ, ग्ल्त् त्यधभच आदि लामा कविताहरू निकै नै राम्रा छन् । नेपाल प्रज्ञाप्रतिष्ठानले पनि मेरो पोटोम्याक भन्ने कविताको मौलिक अंग्रेजी र त्यसको नेपाली रुपान्तर पनि आफ्नो नेपाली डायस्पोराका कविता सङ्कलनमा समावेस गरेको छ ।

प्रश्न – सर्जकको सिर्जनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईं आफैले आफ्ना सिर्जनाको स्वमूल्याङ्कन कुन रूपमा गर्नुहुन्छ ?

उत्तर – प्रथमतः यो कठीन सवालमा म विनम्र नै हुन चाहन्छु । तथापि केही भन्नु नै पर्दा मेरा केही निबन्धहरू, गद्य, पद्य र अंग्रेजी केही कविताहरू निस्पक्षरुपमा जसले मूल्याङ्कन गरे पनि नेपालका र विश्वकै उच्च प्रस्तुति मध्येमा पर्छन् भन्ने मेरो समालोचकीय निक्र्यौल छ । म कारण दिन सक्छु । जनजीवनको वस्तुगत तथ्य, हार्दिक सम्वेदना, जीवनमुलक सन्देशको मिलन भएको र साहित्यिक विविध गुणले भरिएको सिर्जनात्मक अभिव्यक्ति वा लेखन नै उत्कृष्ट साहित्यिक सिर्जना होइन र ?

गोठाला मा समावेस भएका निबन्धहरू, आवाजका जुलुसहरु मा समावेस भएका केही कविताहरू, मेरा धेरै पद्य कविताहरू, नवालोक.... भित्रका जनजीवनका पेसा र शिल्पहरू लगायत विभिन्न पहलुहरुका चित्रण, त्यसैमा अतर्निहित भएको लिहीढुङ्गो खण्डकाव्य अनि शाश्वती र विश्वदीप भन्ने दुई चरित्रका खण्डकाव्यात्मक वा छोटो औपन्यासिक वा नाटकीय कहानी आदि शीर्षक र प्रसङ्गहरू लगायत जीवन बाँसुरी मा प्रस्तुत भएका गीति कविता, नयाँ विरति र संकलित लोकगीतहरुले माथिको परिभाषालाई परिपुष्टि गर्छन् । लिहीढुङ्गा ले तरुण तपसी लार्ई आत्मसात् गरी आफ्नै किमिले अगाडी बढ्छ र रचनात्मक भौतिक धरातलको प्रस्तावित नयाँ सामूहिक रुप निर्माण गर्दै स्वस्थ सन्देशहरू पनि दिन्छ । अर्को त्यो छोटो भित्री शाश्वती र विश्वदीप हिरण्यगर्भात्मक खण्डकाव्यले चाहिं चीसो चूल्हो र सुलोचना लाई एकै ठाउँमा अपनाउँंदै अनि मौलिक रुपमा संघर्षशील बन्दै, अगाडी बढ्रदै नैसर्गिक वास्तविकतामा विजयी र परिस्कृत आदर्श जीवनको सुन्दर कथामा सुनौलो नयाँ जीवन पद्धतिको सहज र सम्भव परिकल्पना प्रस्तुत गर्छ । मेरा लेखनहरुमा मानवीय करुणा र कल्याण, सामाजिक सुधार, सचेत अध्यात्मिक झुकाव, राष्ट्रवादी स्वरहरू र प्रकृति वर्णन अनि सौन्दर्यबोध, नवीन बिम्बविधान, डायस्परिक कथाव्यथा आदि व्यापक रुपमा पाइन्छन् । ती कविताहरुमा विविध काव्याभूषण वा अलङ्कारहरू पनि स्वाभाविक किसिमले प्रयुक्त भएका पाइने छन् ।

मलाई अहिले सम्झना के हुँदैछ भने २०२४÷३० का वर्षहरुमा मेरो जन्मस्थल आठराई चुहान्डाँडा स्थित श्री शारदा हाईस्कुल र तत्कालीन बीरेन्द्र इण्टर कलेज ( हाल तेरथुम वहुमुखी क्याम्पस) मा कार्यरत हुँदा प्रशिद्ध समाजसेवी स्थानीय भानुभक्त सिटौलाद्वारा आठराईको केन्द्रविन्दु भएको र व्यापकरुपमा परिचत सक्रान्ति बजारमा खाने पानी र मदनमेलाको व्यवस्था गरी त्यहाँ हरसाल मेला लागि खेलकुद र सास्कृतिक कलाकौशलको अन्तर्संस्थागत प्रतियोगिता हुन्थ्यो । तिनमा विसं २०२८ मा मैले नै मौलिकरुपमा लेखेको संघर्ष किन भन्ने लघु नाटक र त्यसलाई चाहिने ८÷१० वटा आधुनिक र लोकगीतहरू पनि जनजीवनसित सत्यसमन्वित, हृदयस्पर्शी र लोकभाषामा गाईनसक्ने भएका हुनाले वर्षौंवर्ष र अझै पनि जनगलाका कलाबाट सुन्न पाइन्छ । त्यसबेला हाम्रा छात्रछात्राहरुले खेलेको सो नाटक प्रथम पुरस्किृत पनि भएको थियो ।

प्रश्न– सर्जकको समग्र सिर्जनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला ? सकिन्छ भने कुन कुन आधारमा कति कति पूर्णाङ्क दिन सकिन्छ होला ?

उत्तर– गणित एक पक्का, ठीक नापजाँच वा हिसावको भौतिक विज्ञान हो । यसमा तानतुन, अन्दाज वा सङ्केतहरू चल्दैनन् ।

अर्कातिर कला , साहित्य, सङ्गीतभित्र मनोवैज्ञानिक, आत्मीय, हार्दिक वा कल्पनात्मकता, सौन्दर्यबोध, सिर्जनशीलता, अनुभूति आदि अदृश्य वा अगणितीय वा भावनात्मक अभौतिक तत्वहरू तर उद्देश्यमुलक र आवश्यकतानुसार हुन्छन् । जब तिनीहरुको रुप, कार्य र उद्देश्य नै फरक छ , हिसाव कहाँबाट मिल्छ ? तर अब व्यबहारमा मूल्याङ्कन गर्नु पर्दा गणितको आवश्यक सदुपयोग गरी लक्ष्यित कार्य गर्नु पर्ने हुन्छ । यस्तो प्रकृया विश्वमा धेरै पहिलेदेखि नै चलि आएको छ । त्यस्तो मूल्याङ्कनको लागि सकेसम्म बस्तुगत किसिमका न्यायिक आधारहरू बनाउने प्रकृया नेपाल लगायत सर्वत्रै चलिसकेको अबस्था छ । यस सबालमा म चित्रकला, सङ्गीत, बास्तुकला आदि कुरामा हात हाल्न चाहन्न । तिनीहरुका मापदण्ड स्वभावैले आआफ्ना किसिमका हुन्छन् र भइरहेकै पनि देखिन्छ ।

शाब्दिक वा लिपीबद्ध साहित्यिक लेखन वा अभिव्यक्तिहरुका लागि मोटामोटी भाषा, शैली, अभिव्यक्ति, सन्देश, पाठनकला, ओज, कल्पना र यथार्थ अनि यसका साथसाथै प्रभावकारिता, सम्वेदनशीलता, शिल्प सोन्दर्य, अर्थसौन्दर्य आदि र मिठासको डिग्रीजस्ता विविध कुराहरूका आधारमा नम्बर दिने प्रचलन सवैतिर चलेको पाइन्छ । यी विविध उपशीर्षकहरुलाई उपयुक्त किसिमले राखी सकेसम्म बस्तुगत रुपमा र न्यायिक किसिमले यथायथा सहमति गरी तिनीहरुलाई नम्बर दिएर काम चलाउनु पर्छ ।

प्रश्न – तपाईंले निर्धारण गर्नुभएका आधारमा स्वमूल्याङ्कन गर्नुपर्दा आफैलाई १०० पूर्णाङ्कमा कति अङ्क निर्धारण गर्नुहुन्छ ?

उत्तर– यस्तो आत्ममूल्याङ्ककन जस्तो विषय सवैभन्दा गाहारो हुन्छ । यस सवालमा म फेरि पनि विनयशील हुन्छु ।

समग्रमा मेरा निबन्ध, गद्य कविता, छान्दसिक र अंग्रेजी पद्यहरू माथि प्रस्तुत गरिएका मूल्याङ्कनका आधारहरुमा निश्चय नै खरो उत्रिन्छन् । तिनीहरू उच्च स्तरीय र सुन्दर छन् । विश्वले समयसमयमा धेरै अत्यन्त प्रतिभाशाली उच्चातिउच्च सर्जकहरू जन्माएको छ । ती महामना सर्जकहरुका पनि कुनैकुनै अत्यूच्च अभिव्यक्तिलाई प्रथम स्तरमा सम्मान गर्दै दोस्रो वर्गको विपुल स्तरमा मेरा पनि केही सिर्जनाहरू रहन सक्ने विश्वास म गर्दछु ।

प्रश्न–तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

उत्तर –

यो अति नै अगाध विषय हो । छलफलका लागि कुरा जहाँबाट उठाए पनि हुन्छ । यो अति व्यापक क्षेत्रबाट विभिन्न आन्दोलन, प्रयोग, प्रस्तुति तिनका कारक भएका चिन्तक र कविकलाकारहरु केहीको नाम लिएर अनि टीपोट मात्र गरेर पुग्दैन भन्ने पनि मलाई सीमाबोध भैरहेको छ । सजिलोको लागि वेद, बुद्ध, बाइबल जस्ता र अन्य विश्वका सवै प्राचीन सभ्यताहरुले दिएका लिखित वा कलात्मक कृतिहरूले समूच्चा मानवीय बुद्धि , विचार, विवेक र सामाजिक, सांस्कृतिक, राजनैतिक , धार्मिक, दार्शनिक, कलात्मक आदि धेरै गतिविधि र ज्ञान—विज्ञानको प्रगतिमा अति नै ठूलो भूमिका खेलेका छन् ।

अभिव्यक्तिलाई सजिलो बनाउने कोशीस गर्दै यहाँ केही लेखकहरुको उल्लेख गर्ने प्रयाश गर्दछु । प्रशिद्धि पाएकाहरू मध्ये धेरैधेरहरू जजस्को नाम यहाँ स्थानाभाव र मेरो सीमितपनले गर्दा पनि उल्लेख हुन सकेन तिनलाई पनि मेरो उत्तिकै उच्च सम्मान छ ।

विश्वका प्राचीन र त्यसपछिका विभिन्न युगका महाकाव्यकार, नाटककार, आख्यायनकार, कलाकार, सङ्गीतकार, दार्शनिक एवम् तपस्वीहरूले आआफ्ना समय र स्थानबाट युगान्तकारी काम गरेका छन् । उदाहरणका लागि वेदका सूक्तहरू, बाल्मीकि, वेदव्यास, होमर, कालीदास, सोफोक्लिज, भर्जिल, दाँते ,सात्र्र, नित्से, कामु , तुलसीदास, विद्यापति, देवकोटा आदिले विभाव, अनुभाव...आदि सवै रस बहाई, जीवनप्राङ्गणमा खेलाई, रङ्गभूमिमा युद्ध लडाई, वियोगान्त र संयोगान्त आदि सवै प्रयोगहरू गरेर जीवनबोध र व्याख्या गरेका अनि गराएका छन् ।

कला, साहित्य , राजनीति लगायत सर्वब्यापी चेतना उठाउने पुनर्जागरण आन्दोलन द्वारा युरोप र सारा विश्वमा नयाँ हलचल मचाउने १४ र्धौ. शताब्दिका इटालिका उत्कृष्ट कवि र दाशृनिक दाते र पेट्रार्का आदि र कलाकार , चित्रकारहरुमा लियो नार्डो डा भिन्सि, माइकेल एञ्जेलो आदिबाट दुरगामी रुपमा विश्व हल्लिरहेको छ । सत्रौं, अठारौं शताब्दिका नेदरल्याण्डका ह्युगो, फ्रान्सका भोल्टेयर, अनि जिनेभाका स्वतन्त्रताका उद्घोषक रुशोले इटालिबाट शूरु भएको सो पुनजागगरणको अभियानलाई दूरगामी रुपमा तीब्रता दिए र सारा युरोपमा कला साहित्य ,राजनीति आदि सवै क्षेत्रमा अभूतपूर्व आन्दोलनहरू भए ।

कुेही पछि डच पत्र लेखक र चित्रकार भिन्सेन्ट भ्याङ्गग, स्पेनिस पिकासो र रुमानियाका अलेक्जाण्डर डारिडा आदिले गरेका नयाँ प्रयोगहरू प्रभावकार िरुपमा विश्व प्रशिद्ध छन् । त्यसपछिका उल्लेखनीय साहित्यकारहरूमा टल्स्ट्वाय, गोर्की, चेकभ, पास्टरन्याक आदि जस्ता प्रशिद्ध रुशी लेखक र कविहरू र जर्मन कान्ट् , चेक गणतन्त्रमा जन्मिएर अष्ट्रियाको भियन्नामा सरेर हुर्किने बढ्ने प्रशिद्ध लेखक सिगिस्मन्ड (पछि सिग्मण्ड) फ्रायड मानवीय मनोविज्ञान खाशगरेर यौन मनोवैज्ञानिकका रुपमा उदय भए ।

यथार्थवादी फ्रेन्च उपन्यासकार एवम् नाटककार बाल्जाक ९ज्यलयचé मभ द्यबशिबअ० ले यथार्थवादी आन्दोलन शूरु गरे र यो प्रयोग विश्व्यापी भयो । प्रशिद्ध उपन्यासकार फ्लुबेयर, ज्यादै प्रशिद्ध कथा एवम् उपन्यासकार मोपाँसा अनि कला÷साहित्यमा फ्रान्सकै विगठनवादी सिद्धान्तका प्रतिपादक ज्याक्स् डेरिडा हुन् । त्यसै गरी यी समय भन्दा अघिपछि जोहन लक, शेक्स्पीयर , मिल्टन, जोहन्सन, बेलायतका सर्वप्रथम कविशिरोमणी जोहन ड्राइडन, वर्डस्वर्थ, सेली ,कीट्स् , टेन्निसन्, ब्राउनिङ, बर्नार्ड शा, चाल्र्स् डिकन्स्, कोनेन्ड्वायल, गल्स्वर्दी, हार्डी, एनी वेसेन्ट, ल्याम्ब, भर्जिनिया उल्फ आदिआदिका विचित्र सिर्जनाहरू लगायत एच्जि वेल्स्का विज्ञानोन्मुख कल्पनाशील नयाँ लेखनहरू प्रस्तुत गर्दै बेलायती दार्शनिक एवम् सिर्जनशील प्रतिभाहरू देखा परे ।

पूर्ववर्ती र प्रथम युद्धकालीन युरोप युद्ध विभीषिकाबाट अत्यन्त आक्रान्त भएर रशियाबाट शूरु भएको अभन्त गार्डे (अग्रगामी) भन्ने परम्परा विरोधी चेतनाले सर्वत्र युरोपका कला साहित्यमा प्रभाव पर्दै जुरिच र बर्लिनबाट त्यही विदै्रोही उद्येश्यबाट दादावाद ९म्बमबष्कm० लगायत अभन्त गार्डे आन्दोलनका अन्य विभिन्न नाम र रुपले पेरिस, लण्डन, न्यूयोर्क र यथा समयमा भारत र नेपाल आदि सवैतिर फैलियो । यसले अतियथार्थवादलाई पनि उब्जायो ।

प्रथमयुद्धताका इज्रापाउण्ड, हिल्डा डु लिटिल (ज्ष्मिब म्ययष्तितभि० जस्ता अमेरिकी कविहरुले कविताका बिम्बविधानमा नयाँ आन्दोलन ९ क्ष्mबनष्कत mयखझभलत० शुरु गरेपछि पहिले अमेरिकी पछि बेलाइती भएका टीएस इलियट अनि पछि सारा युरोपेली र नेपाल लगायत विश्व साहित्यमा आएको प्रतीकवादी आन्दोलन भएर फैलियो । त्यो भन्दा अघिका वाल्ट ह्वीटम्यान, र पछिका समकालीन अमेरिकी सर्जक अर्नेष्ट हेमिङ्ग वे, रबर्ट फ्रष्ट आदिका लेखनहरू मार्मिक चित्रण, जीवनबोध, मानवीयता, दार्शनिकता र प्रतीक आदि साहित्यिक सिर्जनशीलताले ओतप्रोत भएका छन् । अमेरिकी भाषाशास्त्री नोअम च्वाम्स्कीले पनि आफ्नो क्षेत्रबाट ठूलो योगदान दिएका छन् ।

लुसुन जस्ता चिनी अनि हारुकी मुराकामी ओए (ज्बचगपष् ःगचबपबmष्, प्भलशबदगचō Ōभ० जस्ता उच्चस्तरीय जापानी लेखक र बनाना यासिमोतो (द्यबलबलब थ्यकजष्mयतय नामले साहित्यमा प्रख्यात भएकी माहोको यासिमोतो ९ ःबजयपय थ्यकजष्mयतय० जस्ता जापानी महिला लेखक, कवि र नाटककारहरू लगायत चिलीका च्ष्अबचमय भ्ष्éिअभच ल्भातबíि च्भथभक द्यबकयबतिय, अथवा परिचित नाम एबदयि ल्भचगमब आदि र भारतका टेगोर, राहल सांस्कृत्यायन, पन्त, प्रसाद, निराला, प्रेमचन्द, महादेवी बर्मा, मुक्तिबोध, अरुन्धती, भिएस् नैपाल आदि हुन् ।

नेपालमा विश्व प्रशिद्ध व्यापकतामा सम्मानित र पुरष्कृत हुन सक्ने सर्जक अथवा साँच्चिनै सिर्जनशील विश्वमहामानव धेरै छन् । तर यिनका कृतिहरू कुनै पनि युएनओ भाषा खाशगरी अंग्रेजीमा अति नै न्यून मात्र अनुवाद गर्नसकिएकाले र उपयुक्त पहुँच पनि पूग्न नसकेकाले महान् नेपाली सर्जक र सिर्जनाहरू विश्वमा कुण्ठित भएर रहेका हुन् । लेखनाथ, सम, देवकोटा ( मुनामदन अंग्रेजी लगायत धेरै भाषामा अनुदित र अंग्रेजीमा शाकुन्तल महाकाव्य) , माधव घिमिरे (अश्वत्थामा अनुदित) , वीपि कोइराला, मदनमणी दीक्षित, मूलतः दाजीलिङ र पछि नेपालका पनि—दुवै ठाउँका— सुधपा, सत्यमोहन जोसी, डाइमन शमसेर( सेतोबाघ उपन्यास अनुदित), लिलाध्वज थापा, नयाँ शैलीका निबन्धकार शङ्कर लामिछाने, लील बहादुर क्षेत्री आदि धेरे उल्लेखनीय छन् । यी बाहेक अरु पनि धेरै उच्च स्तरका छन् । अनुवाद केही भएका छन् धेरै कमको मात्र । जति छन् तिनको पनि हालमा पूर्ण आधिकारिक जानकारि प््रााप्त छैन । यसको पनि एक पूर्ण अभिलेख बनाउनु आवश्यक छ ।

मैले आजकाल केही पढ्ने गरेका चिनुवा अचेबे, (ऋजष्लगब ब्अजभदभ० , महिला लेखिका चिमामान्दा एङ्गोजी आदिचि (ऋजष्mबmबलमब ल्नयशष् ब्मष्अजष्भ० जस्ता र अरु प्रशिद्ध केही अफ्रिकी लेखकहरुको आधुनिक समाजमा प्रभावका लहरहरू आइरहेका छन् । यिनका बारेमा अहिले म केही अध्ययन गर्दे छु । यी लेखकहरुले आर्थिक, समाजिक र रङ्गीय भेदभावका विरुद्धमा अनि महिला मुक्ति र व्यापक जनचेतनाका आन्दोलनका पक्षमा कलम चलाइरहेका छन् । धेरै अर्थमा यिनीहरु अघिल्लो शताब्दिको युरोप र त्यसको लगतै ंपछिेदेखि र अहिलेसम्म पनि चलिरहेको न्ोपाल र भारतका सिर्जनशील सामाजिक, आर्थिक, राजनैतिक विद्रोही चेतनासित नजीक भएको मैले पाएको छु । यी सारा चिन्तक, कलाकार र लेखकहरू विश्वमा परिचित र सम्मानित छन् ।

प्रश्न – समसामयिक साहित्यिक लेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

उत्तर– यस्तो विश्वव्यापी ज्यादै व्यापक विषयमा एकजना व्यक्तिले, एक प्रश्नको जवाफमा वा थोरै शब्द र समयमा जति नै व्यापकता दिन खोजे पनि अपूरै हुन्छ ।

यो विषयमा माथि पनि केही कुराहरू भएका छन् । मोटामोटी रुपमा भन्नु पर्दा प्रथम विश्व युद्ध पछाडिदेखि विश्व साहित्यका विषयवस्तु र शैलीमा विभिन्न आन्दोलनहरू हुँदै नयाँपन वा प्रयोगधर्मिता आएको हो । त्यो नयाँँपनका सिर्जनामा नवीन विम्बविधान र÷वा प्रतकवाद, युद्ध विभीषिका, धार्मिक , स्थानगत, विद्रोह, क्रान्ति, परिवर्तन, विचलन र वेचैनी, मनोवैज्ञानिक उल्झन, त्राश, असफल पारम्परिक विवाह, यौन विचलन र विद्रोह, पारपाचुके अनि बच्चाको विकाशमा असन्तुलन, व्यक्तिको सचेत मानसिकता, भीड भित्र एक्लै भएको महशुस हुने व्यक्तिहरुको चित्रण, अभन्त गार्डे आन्दोलन, जुत्ता वा जुत्ताका तुना जस्ता तुच्छ भनिएका विषयबाट गम्भीर मनस्थिति र अन्तर्विद्रोहको पर्दाफास, वैयक्तिक र सामाजिक चेतना, शिक्षा, आवागमन, भ्रमणगत अनौठोपनको अनुभव र नयाँ चाहना अनि त्यसको आभाष, मानव अधिकारको नवयुगीन चेत र स्वतन्त्र मान्छे र समाज, साहित्यमा सामाजिक र राजनैतिक चेत, अर्थव्यवस्था र अन्य विद्रोही समाजिक सुधारको चेतको प्रखर प्रवेश, अन्तर्देशीय शैलीको आवागमन वा मिश्रण, प्रयोग धर्मिता, ब्यङ्ग्योन्मेष र उच्च कलात्मक प्रस्तुति अनि हुन् । नेपाली यात्रा साहित्यमा नव व्यापक विकाश, गजलमा उच्चाइ, गहिराई र नवीन कला, नेपाली हाइकु र ताङ्कामा विशेष नवोत्थान र व्यापकता, स्थानीय लोक साहित्य अनि लोक गीत र सङ्गीतमा प्रगति । डटकमहरुको व्यापक प्रयोग र मञ्चनको विकाश, तिनमा बहुविध दोहोरी आदिको व्यापकता, नेपालको स्वदेश र डायस्पोरामा व्यापक साहित्यिक समुदायको विकाश अनि यस सन्दर्भमा छन्द र अन्य कविता लगायत गद्य, गजल र गीतमा व्यापकता र गुणस्तरीयतामा बृद्धि । नेपालमा जहाँ पनि दोहोरी गीत, विविध किसिमका नयाँ नृत्यहरूका साथै , केही पहिले सडक कविता क्रान्ति र यथार्थवादी जनमुखी लघुनाटक प्रस्तुति, नेपाली पाराका शास्त्रीय सङ्गीतमा विकाश र व्यापकता, पुराना बाजागाजा र मेलापर्वको अभ्युत्थान, अनुवादमा केही तर न्युन प्रगति, समालोचनामा शाश्वत तुलनात्मक चेत आदि उल्लेखनीय छन्

विश्वमा नै अत्याधुनिकवाद भनी सिर्जना र समालोचनामा नयाँ नाम दिएर निकै अस्पष्ट वहावमा नवीनतम प्रयोगहरुलाई व्याख्या गर्ने कोशिस भइरहेछ । सिर्जना लगायत सवै चीजमा नयाँपन आईरहन्छन् । अत्याधुनिक वा अन्तिम रुप त कुनै पनि हुँदैनन् । विश्व व्यापी सिर्जनाका क्षेत्रमा यस्तै अनेक नयाँ साहित्यिक परिदृश्यहरू देखिएका छन् ।

प्रश्न – नवलेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

उत्तर– साहित्यिक परिमाण, व्यापकता र नयाँ किसिमको प्रायोगिक सिर्जनशीलताको गुणस्तरीयता सर्जकहरुमा बढेको छ । आँत्तिएको, भीडमा एक्लिएको, एक्लै भत्किएको मान्छेको प्रस्तुति, चित्रण र मौन चित्कारको निनाद विविध प्रस्तुतिहरुमा सुनेको आभाष पाइन्छ । बिम्बविधान र मनोवैज्ञानिकता, ब्यङ्ग््य र विद्रोह, सिर्जनामा तीब्रता, प्रस्तुतिमा व्यक्तिवादिता र प्रयोग धर्मिता आदि प्रष्ट देखिन्छन् । थप केही कुरा छोटकरिमा माथि पनि भनिएको छ ।

प्रश्न – इतिहासदेखि आजसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

उत्तर– ,

यसमा विहङ्गम दृष्टिपात गर्दा मात्र पनि भौतिक रुपमा निरीह भए पनि उच्च विचार र परिकल्पनाले जतिकाम गरेको छ त्यति कोरा शक्ति र सम्पत्तिले गरेको छैन । अथवा इतिहासमा सम्पत्ति र शक्तिको सदुपय पनि विचारले नै डोहो¥याएको ठाउँमा मात्र असल काम भएको छ ।

दुखदर्द र सुखशान्ति दुवै किसिमका सुन्दर (किन दुवै सुन्दर ? यसमा वियोगान्त कथाको सिर्जनशील सौन्दर्य र संंयोगान्त कथाको पनि साहित्यिक मिठासका बारेमा मेरो आफ्नै व्याख्या छ) काव्य, कथा, कहानीहरुले मानव इतिहास परिपोषण गरेका दृश्यहरू देख्न वा काव्य, कथा र कहानीमा पढ्न पाइन्छ । दुष्ट धनीमानी वा राजा वा शासकहरुले दुख दिएका, लखेटिएका वा मारिएकासम्म कवि कलाकार, विद्धान् र राजनैतिक व्यक्तिहरुदेखि लिएर तिनै वर्गका असलहरुले चांिह फेरि तिनैहरुलाई पालन पोषण मात्र होइन आफ्नो महल र महफिलमा वा राजामहाराजाहरुले आफ्नो दरवारमा उच्चसम्मान र प्रोत्साहनकासाथ बगैंंचाजस्तो बौद्धिक र सिर्जनशील सौन्दर्य सजाई समुच्चा वातावरणलाई भावानुकूल, शान्तिसौन्दर्यानकूल, सदा आनन्ददायी, रचनात्मक र गतिशील बनाइरहेका पनि पाइन्छन् ।

व्यथित पाटाका अन्य कथाव्यथाहरुले चाहिं विद्रोहको रुपमा एकातिर अनि सिर्जना, चिन्तन र शासनका संयुक्त राम्रा प्रसङ्गहरू अर्कातिर दुवैले नै आआफ्ना किसिमले मानव इतिहासलाई उध्र्वमुखी विकाश र निकास दिएको कुरा नयाँ पनि होइन । दमन गरिएका प्रसङ्गमा सर्जकहरू सदा विद्रोही भएर सहीद पनि भएका छन् तर ती विद्रोहहरुले रचनात्मकताको लागि सदा विजय हासील पनि गरेकै छन् ।

प्रश्न – सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनु भएको छ ?

उत्तर– माथि हामीले शासक र सर्जकका बिचको सम्बन्धका बारेमा केही कुरा ग¥यौं । कुनै पनि सर्जक स्वयं पनि आफ्नो समाजको सदस्य हो । ऊ त्यहाँ विलय हुन्छ मृदुल भएर एकातिर भने अर्कातिर विद्रोही पनि । अब यहाँ मानवको चिन्तन चौतारी र सिर्जन सलिला कसरी मानवसमाजमा व्याप्तिन गयो ? र के भयो ? भन्ने जस्ता कुुरामा संक्षिप्त प्रकाश पार्नु पर्ने हुन आएको छ ।

यसो मानव इतिहासतिर टटोल्न पुग्दा चिन्तन र सिर्जनातत्व व्यक्तिबाट परिवार, समुदाय हुँदै शासकमा पुगेर दुत्कार, बलात्कार वा सम्मान र मान्यताप्राप्त स्तरको रुपमा अगाडि बढेको छ । अपहेलित सर्जक र चिन्तकहरुबाट पनि प्रकारुान्तरमा समाजमा दुरगामी राम्रो योगदान हुन पुगेको कुरालाई हामीले अवमूल्याङ्कन गर्नु हुँदैन । परम्पराप्रिय एवम् तानाशाही शासक र तिनको दवावमा तत्कालीन समयमा अपहेलित भए पनि समयान्तरमा ती सर्जकहरुको पुनर्मूल्याङ्कन भएका धेरै उदाहरण्हरू छन् नेपाल लगायत विश्वमा ।

तर चिन्तना र सिर्जना तत्कालीन समाजमा लोकप्रिय हुँदा अझ धेरै छीटो र मीठो किसिमले मानव विकाशका द्धारहरू खुलेका छन् । शासकबाट थुनिएका ढोकाहरू पनि भत्काइएका छन् रचनात्मक विद्रोहले । चिन्तना र सिर्जनाले विकाश नै गर्छन् तर अबरोध भएका खण्डमा यिनीहरू कुनै पनि पर्खाल र जेलनेल तोड्न पछि पर्दैनन् र जन विकाशको अग्रगामी यात्रामा यी दुई उत्तिकै सिर्जनशील र संघर्षशील तत्व सदा विजयी र गतिशील भइरहन्छन् । यहाँनेरि यी तत्व ध्वंशात्मक जस्ता देखिए पनि यिनको त्यो संघर्षशील अपरिहार्यता तत्तत्कालीनरुप मात्र हो । वास्तवमा यिनको दुरगामी लक्ष चाहिं सिर्जना र चिन्तनाको विश्वव्यापी क्रियाशील र कल्याणकारी रचनात्मक अनवरतता नै हो । कविको चिन्तन र सिर्जनाले नै विश्वको र विश्वलाई नयाँ बोध र विकाश दिएको छ । यस प्रसङ्गमा माथि पनि भनिएको सेलीको ‘कविहरू विश्वका मान्यता अप्राप्त विधाइका हुन् (एयभतक बचभ तजभ गलचभअयनलष्शभम भिनष्कबितयचक या तजभ धयचमि ’) भन्ने कुरा पुन मननीय छ ।

प्रश्न – तपाईंलाई उत्कृष्ट लागेका स्वदेशी सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

उत्तर–जसले अत्यन्त तीब्र किसिमले प्रखर आलोकित तीब्र व्यथित जस्तै वा यी दुईको सङ्गम विस्मित भएर कुनै पनि भौतिक वा मानसिक विषयवस्तुको अनुभूत गर्न सक्छ त्यसैले नै मर्मस्पर्शी रुपमा सिर्जनशील अभिव्यक्ति दिन सक्छ । उदाहरणका लागि बाल्मीकिको माः निषाधः..., भानुभक्तको भर्जन्म घाँसतिर मन् ...वा देवकोटाको भित्र छ ईश्वर बाहिर आँखा.....साथी म पागल , अथवा कीट््स्को सुनिएका गीतहरू मीठा हुन्छन् , तर जुन सुनिएका छैनन् ती झन् मीठा हुन्छन् .. ’ जस्ता घटना र अभिव्यक्तिलाई लिन सकिन्छ ।

यस सवालमा भानुभक्तदेखि नै सारै लामो नेपाली सर्जकहरुको नामावली तयार भएको छ । निकै त माथि पनि भनिएको छ । अझ प्राचीन यात्रा गर्ने हो भने नेपालको कोशी नदीको किनारमा तपस्या गर्दै बाल्मीकिले रामायण लेखेको हो भनिन्छ । सेती गण्डकीको तिरमा हालको दमौली नजीकैको गुफामा व्यासको बासस्थान थियो । कालीदास नेपालमा नै जन्मेका हुन् आदि । बुद्ध नेपालमा जन्मिएको कुरा गर्नु नै पर्दैन । यो स्वत सिद्ध छ ।

नेपालमा धेरै चिन्तक, तपस्वी र सर्जकीय महामनाहरू प्राचीकालदेखि नै समयसमयमा जन्मिरहेका छन् । सर्जकहरुमा लेखनाथको तरुण तपसी, समका नाटकहरू र चीसो चूल्हो महाकाव्य, देवकोटाका शाकुन्तल (नेपाली र अंग्रेजी), सुलोचना, प्रोमिथियस आदि महाकाव्यहरू) मुनामदन खण्डकाव्य, पागल र यात्री जस्ता धेरै प्रतिभान्वित कविता र लक्ष्मी निबन्ध संग्रह जस्ता निबन्धहरू, सिद्धिचरणका मंगलमान, उर्बशी लगायत समाज, प्रकृति र स्वाधीन राष्ट्रियता, अध्यात्मिक र चरित्र चिन्तन, वीपिका पनि नयाँ किमिका विशिष्ट कथा र उपन्यासहरू, माधव घिमिरेका सन्तुलित, पूर्ण र सुललित राष्ट्रवादी छान्दसिक कविता र ग्रामीण गीतहरू, भूपि शेर्चनका झर्झराउँदा बिम्बविधानले भरिएका शाश्वत मानवीयता र समाजमुखी कविता, लीलबहादुरका सामाजिक चित्रण, पारिजातको अस्तित्वबोध र प्रतीकात्मकता, मोदनाथ प्रश्रितको मानवीय, जनवादी, ऐतिहासिक, सांस्कृतिक र राष्ट्रवादी र बौद्धिक प्रभावकारी लेखनहरूका साथै अहिलेका नयाँ सशक्त विविध किसिमका गद्यपद्य सर्जकहरुको सामाजिक र वैयक्तिक मनोविज्ञान, विद्रोह, प्रयोग धर्मिता, कल्पनाको विचित्र पुट अनि यथार्थको जीवन्त चित्रण, नयाँ किसिमको सिर्जनशीलतामा सचेत, नवीन बिम्ब र प्रतीकहरूको प्रयोग, विश्वमानवको साझा समस्यामा दृष्टिपात आदि कुराहरू पाइन्छन् । यी सर्जकहरू मध्ये धेरै यथार्थ चित्रणलाई साहित्यिक सिर्जनशीलता एवम् प्रायोगिक नवीन प्रतीकहरुको सौन्दर्यमा गालेर मनोज्ञिान र दर्शनलाई समेत अँगाल्न खोज्दै प्रस्तुतिलाई जीवन्त बनाउनेतिर प्रयाशरत र केही चाहिं उच्च सफलतातिर अगाडि बढीरहेछन् ।

नेपालमा पनि बिम्बविधानको पश्चिमी छाल आइपुगेर नवीनता ल्याउने तेस्रो आयामेली र अस्तित्वबाद र नवीन प्रतीकका प्रयेगहरू पारिजात र अन्यमा प्रखररुपमा देखिएको हो र अरु पनि धेरै प्रयोग कर्ताहरू हालमा देखिएकाछन् ।

केही पहिले महाकाव्यसमेतको प्रसङ्ग चलेको सन्दर्भमा अर्को के कुरा थप्न मन लाग्छ भने सानो देश नेपालको डायस्पोरा समेत पनि सानो संख्याले बोलिने नेपाली भाषामा मात्र करिब १६० भन्दा बढी महाकाव्यहरू छापिइसकेका छन् । कमसेकम ५० भन्दा बढी नै होलान् नछापिएकाहरू पनि । यसले नेपाली भाषाको क्षमता र सौन्दर्यलाई मात्र इङ्गित गर्दैन बरन् नेपालको साहित्यिक, सांस्कृतिक र कलात्मक सभ्य परम्परा र वर्तमानको साहिीत्यक चेत र चिन्तन अनि काव्यिक क्षमता र सर्जकीय समर्पणलाई मान मर्यादाकासथ गौरवशाली किसिमले पहिचान दिंदै उठाउँछन् ।

सुधपा, रामप्रसाद उपाध्याय, रामकृष्ण शर्मा इन्द्रबहादुर राई, राजनारायण प्रधान, गुमानसिं, लील बहादुर, पवनसिं चाम्लिङ्ग, हरिभक्त कटुवाल, गीता उपाध्याय जस्ता र अन्य धेरै भारतीय नेपाली कवि, लेखक र गीतकारहरू, वाङदेल, शशी शाह र अन्य प्रशिद्धि कमाएका नेपाली चित्रकारहरू, सिद्धहस्त समालोचक एवम् उपन्यासकार कृष्णचन्द्र सिह प्रधान, ताना शर्मा, प्रयोगशील सर्जक विजय मल्ल, सरल शैलीका प्रगतिशील लेखक श्यामप्रसाद शर्मा, वरिष्ठ साहित्यकार र महाकाव्यकार मेरा मित्र कृष्णप्रसाद पराजुली, प्रशिद्ध उपन्यासकार मेरा सहपाठी र घनिष्ठ मित्र ध्ुवचन्द्र गौतम आदि हुन् । जसरी यादव खरेल, मेरा सहपाठी र घनिष्ट मित्र विशिष्ट गीतकार रत्न शम्सेर थापा र अन्यहरू लगायत म. विवि शाहा, चाँदनी शाहा आदि धेरै उल्लेखनीय रुपमा गीत रचनाकारका हैशिययतले सर्जक हुन् , त्यसरी नै बाजागाजामा सङ्गीत भर्ने सङ्गीतकार र गायकहरू पनि सर्जक हुनु । यी क्षेत्रमा आआफ्ना किसिमले मित्रसेन, धर्मराज थापा, भक्तराज, नातीकाजी , प्रेमध्वज, सङ्गीत सम््रााट नारायण गोपाल, अम्बर गुरुङ्ग, अरुणा लामा र अन्यान्य उच्च कलाका गायक उपयुक्त, उच्च स्तर, सफल एवम् लोकप्रिय हास्यब्यंग्यकार र सिने कलाकारहरू अनि अहिलेका नयाँ पुस्तामा प्रशिद्धि पाएका र नपाएका, सवै पुरष्किृत र सवै अपुरष्कृत नेपाली लेखक, कविहरू, विविध किसिमका गीतकार, नृत्य र गलाका कलाकारहरू जस्ता सशक्त सर्जक, टिभि, डटकम र मञ्चनहरुले आआफ्नो तरफबाट स्वदेशी र विश्व मानवीय, सामाजिक र वैयक्तिक मृदुल उत्थानमा अभूतपूर्व रुपमा योगदान दिइरहेर आए अनि अनवरत सक्रियतामा दिईरहेका छन् । धेरै पहिलेका धेरैजसो त अपठित पनि तर परम्परागत दोहोरी (नेपाली सन्दर्भमा) लगायत अन्य लोकगीतहरू फकाफक लय, भाका र तूक मिलाएर गाउने र नाच्ने जहाँँ भए पनि साझा विश्वका स्वतन्त्र र प्राथमिक अनि पछिका शिक्षित लोकगायकहरू कति सफल र सुन्दर कलाकारहरु हुन् !

लेख्दै जाँदा केही विषयान्तर जस्तो, तर पनि कलाका विषयले सम्बन्धित हुने र छाड्न नहुने सूचीकार, चर्माकार, लोहार र सुनार, कुम्हाले, चुँदारा, काठे, ढुङ्गे सिकर्मी र विचित्र अनि विविध बाजा बनाउनेहरू लगायत अन्य विश्वका स्थानीय कामदारहरू पनि त त्यत्ति कै आआफ्ना क्षेत्रका पेसेवार कलाकार हुन् नि ! तिनीहरुका कलाको मौन निनाद जोहन कीट्स्ले मात्रै सुन्न सके ः ९ज्भबचम mभयिमष्भक बचभ कधभभत , दगत तजयकभ गलजभबचम बचभ कधभभतभच० अब हामी पनि सुनौं । ( हेर्नोस् यही पङ्क्तिकारका गोठालाहरू (निबन्ध संग्रह), सिद्धिसुधा, जीवन बाँसुरी र नवालोक...र अन्य काव्यहरू)।

यो त एक संक्षिप्त टीप्पणी मात्र हो । यो विपुल क्षेत्रको विधा, सर्जक, शैली र पाटापरक अनि अन्य अझ उपउयुक्त शीर्षकहरुका विषयवस्तुमा आधारित विशद अध्ययन र वाख्या गरिनु आवश्यक छ ।

प्रश्न – तपाईंलाई उत्कृष्ट लागेका डायस्पोरिक सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

उत्तर – विश्वका प्राय सवै देशका मानिसहरुको धेरथोर डायस्पोरा हुन्छ । प्राचीन अवस्थामा इज्रायलीहरुको सवैभन्दा भीषण डायस्पोरा भएको थियो र अन्य पनि केही थिए । अफ्रिकीहरू पनि थिए । विश्व युद्धहरू पछाडि युरोपका केही भागबाट यो आवागमनको प्रकृया भयो । साथसाथै त्यही कारण र अन्य स्थानीय विभिन्न संकटले यो डायस्पोराको ठूलो प्रवाह चाहिं एशिया र ल्याटिन अमेरिकी देशहरुबाट बढेर आएको छ । यहाँ म नेपाली डायस्पोरामा मात्र सीमित हुन चाहन्छु । यस सबालमा पनि सवै समेट्न म आफ्नो सीमा बोध गर्छु ।

डायस्पोराका प्रशिद्ध साहित्यकार, लेखक होमनाथ सुवेदीजी लगायत खिमानन्द आचार्य, गीता खत्री र खेमनाथ दाहाल द्धारा सम्पादित अनि प्रा.डा. गोविन्द भट्टराईद्धारा विशद र सुयोग्य भूमिका लेखिएको अनेक डायस्पोराका कविता हरुको सङ्कलनमा यो विषयमा तत्कालीन धेरै व्यापक विवरण पेस गरिएको छ । अहिले अझ धेरै युवा र प्रौढ सर्जकहरु थपिएका छन् । अबत कसैले यही विषयमा मात्र शोध गरी सर्जक र विधाविधाका छुट्टाछुट्टै नामावली तयार गर्नु पर्छ ।

महिलाहरुमा भारती गौतम, नीलम कार्की निहारिका, गङ्गा लिगल, कमला प्रसाईं, गीता खत्री, सीता पाण्डे, सीता कोइराला, निशा अर्याल, शकुन ज्ञवाली, ज्योति पौडेल, ज्योत्स्ना राणा, सिलु, अञ्जु कार्की, कल्पना सत्याल, सानु घिमिरे, पुनम क्षेत्री आदि धेरै धेर छन् ।

पूरुष सर्जकहरुमा अमेरिकाबाट होमनाथ सुवेदी, मोहन सिटौला, दुवसु, वसन्त श्रेष्ठ, सम्राट उपाध्याय, खेम दाहाल, खिमानन्द आचार्य, दुर्गा दाहाल, मधु माधुर्य, शिव गौतम, गुणराज लुइंटेल, लाल गोपाल सुवेदी, हरि घिमिरे, सुदीप भद्र खनाल, हरिराज, भट्टराई, गोबर्धन पूजा, प्रेम सङ्ग्रौला, हेमन्त श्रेष्ठ, कृसु क्षेत्री, गोपाल रेग्मी, भीम रेग्मी, राम प्रसााद खनाल, कपील सिटौला, राजेन्द्र श्र।ेष्ठ , गोविन्द गिरी प्रेरणा, नीलु कृष्ण, पदम विश्वकर्मा, शान्ति ढकाल, वासु श्रेस्ठ, विनोद रोका, मोहन गुरुङ्ग, पूरु सुवेदी, कवीन्द्र सिटौला, देवराज न्यौपाने, राम लामा ‘अविनाशी’ र अन्यान्य धेरै धेर छन्द र गद्यकवि, निबन्ध, उपन्यास र कथाकार अनि गीत र गजलकार, हाइकु र तङ्काकार आदि क्षेत्रका सफल प्रयोगकर्ता र उदीयमान लेखकहरू छन् ।

क्यानाडामा सुरेन्द्र उप्रेती, गोविन्द रावत आदि र अष्ट्रेलियामा भीम सेन सापकोटा, गणेश घिमिरे, महेश्वर शर्मा, सानु घिमिरे आदि अनि जापानमा प्रशिद्ध हाइकु र ताङ्काकार प्रकाश माइला लगायत अन्य धेरै सर्जकहरू सक्रिय छन् । त्यसै गरी बेलायतमा प्रशिद्ध नियात्राकार र समकालीन साहित्य डटकमका सम्पादक कृष्ण बजगाईं लगायतं, सुमल गुरुङ्ग र अन्य धेरै सर्जकहरू, बेल्जियममा कवि विमल गिरी लगायत राजकुमार पुडासैनी, पोर्चुगलका सुनिल सङ्गम, विजी श्रेस्ठ आदि अनि रसियाका कृष्ण्प्रसाद श्रेष्ठ र अरुहरू, कोरियाका प्रमोद दाहाल‘सारङ्ग’, जीवन खत्री, लगायत चिन, बर्मा, इण्डोनिेसिया र अन्यान्य ठाउँमा पनि धेरै लेखक, कविहरू सशक्त रहेका छन् ।

अनेसासद्धारा एनआरएन सहितको सहयोगमा नेपालको सोल्टि होटेलमा सम्पन्न भएको पहिलो अन्तराष्ट्रिय नेपाली कवि सम्मेलन २००७ मा कवि भीम उदासले दक्षिण अफ्रिकाबाट कविता प्रस्तुत गरेका थिए । त्यहाँ अरु पनि धेरै होलान् । दक्षिण अमेरिकामा पनि नेपाली कविहरु धेरै छन् भन्ने सुनेको छु । तर तिनीहरुलाई यहाँ समावेस गर्न सकिएको छैन । यसरी विश्वका सवै महादेशहरुमा भएका नेपाली डायस्पोराहरुमा हज्जारौं हज्जार महिला र पुरुष चिन्तक, संगठक एवम् सर्जकहरू लाम लागेर आइसकेका र नयाँ आइरहेका छन् ।

यी सवै ठाउँमा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषा, लोकसङ्गीत, बाजागाजा, रचना र सिर्जनाहरू पुुगेका हुन्छन् — प्रस्तुतिका सुन्दर एवम् गौरवशाली झाँकी भएर । फेसबुक र अन्य मञ्चन, प्रकाशन तथा अनेसास एन्आरएन र अन्य धेरै संघसंस्था र समकालीन साहित्य, डिसि नेपाल, बिआर टि नेपाल, हिमाल पाटि, रातो पाटि लगायत अन्य डटकमहरु र अन्यान्य विविध अभिव्यक्तिका गतिविधि र साधनले पनि डायस्पोराका धेरै नेपाली महिला÷पुरुष चिन्तक, लेखक अनि सर्जकहरुलाई प्रकाशमा ल्याइरहेका छन् ।

यी सारा सर्जकहरुले नेपाली भाषा र डायस्पोरिक साहित्य एवम् संस्कृतिलाई उचाल्नु, फैलाउनु र यसको गुणस्तरीयतालाई उठाउनुका साथसाथै आजको विश्वको साहित्य क्षेत्रको बिम्बविधान, सौन्दर्यबोध, स्थानीय र शाश्वत, सामाजिक र वैयक्तिक मानवीय मनोविज्ञान अनि अन्यान्य नवीनवीन दर्शन, दृष्टि, प्रयोग र अत्याधुनिक (उयकत mयमभचलष्कm० भनिएका सिर्जनशील चेतहरुलाई भित्य्राउँदै छन् र आफ्नो नेपालीको तरफबाट विश्वमा नवीन पहिचान र प्रशिद्धि पनि दिइरहेका छन् । तथापि नेपाली सर्जकहरू विश्वमा परिचित, सम्मानित र पुरष्कृत भई पूर्ण व्यापकतामा प्रशिद्ध हुनलाई उनीहरुका कृतिहरुको अंग्रजी वा अन्य अन्तराष्ट्रिय भाषामा अनुवाद गर्ने , गराउने कामलाई सक्रिय कार्ययोजनामा नल्याइन्जेल यो मग्सद प्रखर प्रभावकारितामा पूरा हुन पाउँदैन ।

प्रश्न– तपाईंलाई लाग्छ, अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय साहित्य सिर्जना हुन सक्छ ?

उत्तर –साहित्य सिर्जना भन्नु नै भौतिक र बौद्धिक अनुभव र अनुभूतिबाट आएको ज्ञान गङ्गालाई सिर्जनशील साहित्यिक सौन्दर्यमा रसिलो किसिमले समाजलाई केही न केही आनन्द, नव चेतना र ज्ञान दिनु नै हो । आनन्द, समाजिक कल्याण र नवोत्थान अनि विश्वप्रेम नै हो — सिर्जनाको अन्तिम उद्देश्य ।

यस दृष्टिकोणबाट हेर्दा हामी नेपालीले पनि ठीकै बाटो समातेका छौं । म अशावादी र विश्वस्त छु । तथापि व्यापकता र गतिमा अझ बढी अभियानमुलक बृद्धिको आवश्यकता छ । लेखकका पुस्तकहरू छाप्ने, विश्व बजारमा फैलाउने र बिक्रि वितरण गर्ने संकट नै छ । नेपाली सर्जकहरुको सम्मान र प्रोत्साहनमा राज्य र संघसंस्थाहरुले बढोत्तरि गर्नु पर्छ । झुण्डवाद वा ग्याङ्गिरी नभैदिए हुन्थ्यो । आम सर्जकहरुलाई आम सर्जकले र आम पाठकहरुले आम पाठकलाई यसरी नै सवै क्षेत्रमा आमपनाको आत्मीयता, सम्मान र प्रोत्साहन हुँदाको परिणाम अहिलेको भन्दा अझै बढी उत्पादनमुखी हुन्छ । व्यत्रिगत रुपमा हानी कसैलाई हुँदैन । स्वास्थ्य, यात्रा, पुस्तक र अन्य इलक्टा«ेनिक साधनहरु ख्रिद गर्ने सवालमा सर्जकहलाई नियमित सुविधा कार्डको व्यवस्था र पुस्तक प्रकाशनमा विशेष सहयोग वा सुविधा हुनु पर्छ अथवा पुस्तक प्रकाशनको लागि चाहिं आम लेखकलाई रोलिङ्ग फण्डको व्यवस्था भएमा पनि धेरै परिमाणमा प्रकाशनहरू अकुण्ठित गतिमा जनसमूहका बीचमा देखा पर्थे र त्यसैबाट गुणस्तरीयताको पनि स्वत छानबीन हुन सक्थ्यो ।

डायस्पोरामा नयाँ बच्चा र किशोर किशोरीहरु अंग्रेजी भाषामा प्रशस्तै सिर्जना गर्न लागेको पाइएको छ । सिर्जनाको दृष्टिबाट राम्रो कुरा हो यो । नेपाली भाषामा सिर्जना गरिनु पर्ने उद्देश्यलाई सम्बोधन गर्ने र बढोत्तरि दिने हो भने तिनीहरुलाई नेपालीमा पनि लेख्ने घरायसी र सामाजिक , संस्थागत प्रोत्साहनमुलक वातावरण र शिक्षण दिनु नितान्त जरुरी देख्छु । हो, डायस्पोरामा ठाउँठाउँमा निकै नेपाली स्कुलहरू सक्रिय छन् । तर धेरै प्रभावकारी भैरहेका छैनन् । डायस्पोराका स्थानीय शिक्षण संस्थाहरुमा नेपाली भाषाको पनि ऐच्छिक रुपमा स्वीकृति भएमा यसमा धेरै प्रभावकारिता आउने थियो । सियाटलका प्रशिद्ध नेपाली समाजसेवी मोहन गुरुङ्गको प्रयाशमा त्यहाँ नेपाली भाषा शिक्षण संस्थामा ऐच्छिक रुपमा लागु गरिएको छ । यो ऐृतिहासिक र उदाहरणीय कदम हो ।

डायस्पोरामा सम्बन्धित देशको नियम कानून अनुसार यथा समयमा विश्वद्यालय गराउन सकिने उद्येश्यले औपचारिक कक्षाहरू भएको छुट्टै नेपाली विद्यालय जस्को सम्बर्धन नेपालका विविहरुमा हुन सकेको होस् वा तत्तत् देशकै विविहरुसित भएको होस् ।

अनुवादका सवालमा त विशेष बलकासाथ छुट्टै किसिमले नै श्रीबृद्धि गर्नुपर्छ । अनेसास जस्तो संस्था अन्तर्गत नीतिगत रुपमा बेग्लै विभाग खोलेर, एन्रआरु एनको पनि सहयोग सहमति लिएर प्रशस्त बजेट जुटाएर कार्य अगाडि बढाउनु पर्छ । यो अनुवादका क्षेत्रमा अनेसास, एनआरएन, नेपाल प्रज्ञा प्रतिष्ठानका साथै निजीक्षेत्रबाट केही काम भएको छ तर वहुतै न्यून परिमाणमा मात्र । तर ती सवैको एकीकृत तथ्याङ्क भने कहीं पनि तयार छैन ।

आआफ्नो देश र आआफ्नो भाषा अनि त्यहाँका प्रतिभाहरुको पहिचान दिन अनुवाद जति प्रभावकारी अर्को किसिमले हुँदैन । तथापि अन्तराष्ट्रिय आवागमन, भेटवार्ता र सेमिनारहरू पनि प्रशस्तै गरिनु पर्छ । युएन्ओ मा मान्यता प्राप्त भाषाहरु चलेका देशहरुको सवालमा त अनुवादको यो समस्या छैन । अफ्रिकी र एशियाई क्षेत्रका भाषाहरुको त अंग्रेजी वा अन्य युएनुओ भाषामा अनुवाद हुनै पर्छ । भारतका रवीन्द्रनाथ ठाकुर (टेगोर) को गीताञ्जली कृति अंग्रैजीमा अनुदित भएर मात्रै उनले नोवल पुरष्कार पाएका हुन् । नेपालमा पनि पुराना र नयाँ धेरै सर्जकहरुका कृतिहरु वा समूच्चा साहित्यकारका समष्ठिगत कृतित्व र व्यक्तित्वका हैशियतले नै पनि अन्तराष्ट्रिय विशिष्ट सम्मान र पुरष्कार प्रदान गरिनका लागि निकै धेरै संख्यामा सुयोग्य छन् । पर्याप्त अनुवाद र अत्तप्र्रृकृया नभएको मात्र हो ।

माथि केही उल्लेख गरिएका वा नगरिएका विश्वका अन्य महान सर्जकहरु गहन चिन्तक र दार्शनिक पनि थिए वा दार्शनिकहरुसित सन्निकट वादविवादमा रहन्थे । उनीहरू प्रशिद्ध भएका र आआफ्ना देशलाई पहिचानमा ल्याएका पनि अरु युएन् ओ भाषा लगायत खासगरी अंग्रेजीमा अनुवाद गरेरै हो ।

प्रश्न – समसामयिक साहित्यिक लेखन कस्तो हुनुपथ्र्यो होला ?

उत्तर– यस सम्बन्धी माथि पनि प्रकारान्तरमा निकै कुरा भएका छन् भन्ने मलाई लागेको छ । पहिलो कुरा त सिर्जनशील लेखन एक स्वतन्त्र साम्राज्य हो । यसमा यसो उसो गर वा गर्नु पर्छ भन्नु हास्यास्पद हुन्छ । भनेर पनि काम लाग्ने होइन । प्लेटोले सहित्यकार जति सवैलाई जङ्गलमा बस्नु भन्ने निर्देश गरेका थिए । तर त्यो काम लागेन । गहन, सम्वेदनशील, सचेत र अध्ययनशील अन्वेषक, विचारक, स्वस्थ कल्पनाशील द्रष्टा, वाह्यान्तर सामाजिक र व्यक्तिमानवको यथार्थताप्रति जीवन्त र शैलीमा प्रयोगशील भएर सिर्जनाको नयाँ सुस्वाद र सन्देश दिने प्रतिभाशाली कलाकार नै उच्च सर्जक बन्दछन् । विषयवस्तुको सीमा छैन – यो अनन्त छ ।

प्रश्न – नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्छ होला ?

उत्तर– यस सम्बन्धी पनि माथि नै केही त भनिएको छ । घरायसी, सामाजिक, संस्थागत र राज्यगत प्रोत्साहन, गतिविधिमा अभियान, सिकारुलाई सिक्लाई र उचित वातावरण मिल्नु पर्छ अनि व्यापक विधागत, सर्जकगत अनुवाद अन्तराष्ट्रिय स्तरमा वा भाषिक वा सिर्जनशील भेला र मेलाका कार्यक्रमहरू युद्धस्तरमा बढाउनु पर्छ भन्दै माथि पनि गरिएको अनुवाद सम्बन्धी जीरहलाई दोहो¥याउन चाहन्छु । अन्तर्भाषाभाषी समुदायका वीचमा विभिन्न संस्थागत सामूहिक सहकार्य गरिएमा पनि यो पक्षलाई बेग्लै थप उर्जा मिल्दछ ।

प्रश्न – तपाईंका लेखन र प्रकाशनसम्बन्धी भविष्यका योजनाहरूका बारेमा केही बताउन मिल्छ कि ?

उत्तर–सवै कवि, लेखक, कलाकारहरु के चाहन्छन्? आफ्ना नयाँनयाँ प्रस्तुति स्थानीय समुदाय, समाज र व्यापक विश्वबजारमा दिईरहूँ , पु¥याइरहन सकिरहूँ । म अहिले माथि मेरो व्यक्तिगत विवरणमा उल्ल्ोख गरेका अप्रकाशित लेखनहरुलाई आबृत्ति दिएर, केही सम्पादन पनि गर्दे पूरा गरेर प्रकाशनमा ल्याउने योजना छु । सम्बन्धित सवैको यथोचित सहयोगको अपेक्षा पनि राख्दछु ।

प्रश्न – नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाई यहाँले कुन रूपमा लिनुभएको छ ?

उत्तर– नेपाली होस् वा अरु नै, जुन्सुकै भाषाका निस्वार्थी, विनम्र, असल, उच्चगुणस्तरीय सिर्जनशील वा सङ्गठनात्मक रुपले वरीय स्तरमा पनि सक्रिय भएका तर दबाव, लालचा र आशक्ति नगर्ने स्वाभिमानी साहित्यिक किशानहरू — चिन्तक, सर्जक, सङ्गठक वा समालोचक—अथवा वौद्धिक, सांस्कृतिक, कलाकर्मी जसले जहाँ पुरष्कार या सम्मान पाए पनि स्वागतयोग्य कुरा हुन्छ । यसरी उदारताकासाथ निस्वार्थ सद्भाव राखेर प्रोत्साहन र सम्मानका लागि पुरष्कार स्थापना वा प्रायोजन गने र सो को न्यायिक र निस्वार्थ किसिमले व्यबस्थापन गर्ने अनाम सवै पुरष्कार व्यवस्थापकहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । यस विषयमा संस्थाको सुसङ्गगति र काम, कर्तब्य, अधिकारलाई सम्यक तरिकाले सदुपयोग गर्दै हादिक, सम्वेदनशील, विवेकपूर्ण न्याय, संस्था र पुरष्कारको मर्यादालाई उच्चाइतिर उचालिएको र लोकप्रियताको व्यापकतामा फैलिएको र संस्थाका सारा मतदाता एवम् शुभेच्छुकहरुको जनसमर्थन प्राप्त भएको पुरष्कारको हैशियत हुनलाई सम्बधित कार्यकारी समिति र यसका अङ्गप्रत्यङ्गगहरुको आपसी समझदारी र सहमतिको अकुण्ठित सञ्चालनको आवश्यकता हुन्छ । यसरी नै कार्यप्रणाली अघि बढाउने कार्यकुशलताजन्य जुन, जस्ता कार्यहरू विविध संघसंस्थामा भइरहेका छन् तिनमा र ती संस्थाहरुको विकाश र उद्येश्योन्मुख प्रभावकारी सेवा पुगिरहेको सवालमा म धेरै खुशी र तिनीहरुको उत्तरोत्तर प्रगतिप्रति बढी आशावादी पनि भएको छु ।

जुनसुकै संस्था होस्, त्यसमा कहीं कतै शक्ति, अहङ्कार र स्वार्थोन्मुख साँठगाँठगतादि विवाद आउँछन् भने सम्बन्धित सवैले ठूलो त्याग, निस्वार्थ लगनशीलता र मेहनत गरेर यो वा त्यो संस्थाको यशको स्तर र एकताको सद्भावलाई त्यस अबस्थासम्म ल्याएको अनाम संस्थाको प्रगति र सम्मानप्रति स्वभावैले चिन्ता पनि लागेर आउँछ । त्यस्तो भएको खण्डमा सवैले जागरुक सामुहिक आत्मीय भाव लिएर कमी कम्जोरिलाई सुधार्नु पर्छ । न्यायिक, मयादित र लोकप्रिय कार्यको सवालमा अनेसासद्धारा प्रायोजित सर्वोत्कृष्ट पुस्तक पुरस्कार नरेन्द्रराज पौडेल लगायत अन्य ८ जनालाई विभिन्न प्रायोजकहरुका शुभनामका अनेसास सर्वोत्कृष्ट पुस्तक पुरष्कार र यसपालीदेखि शूरु भएको वासुदेव—मालती स्मृति अन्तराष्ट्रिय साहित्यिक पुरष्कार वरिष्ठ साहित्यकार स्वनामधन्य लीलबहादुर क्षेत्री र छुट्टै सन्र्दभमा होमनाथ सुवेदी आदिलाई अनेसास कार्यकारी समिति र यसका सम्बन्धित अङ्गप्रत्यङ्गको साझा सहमतिमा प्रदान गरिएकाजस्ता अनेसासका विविध पुरष्कारहरुलाई ससम्मान उल्लेख गर्न सकिन्छ ।

माथि भनिएजस्ता सम्मान र पुष्कारका राम्रा अभियानलाई अघि बढाउने प्रस्तावक, प्रायोजक, व्यवस्थापक, प्रापक आदि सवै व्यक्ति र सस्था सम्मान र प्रशंसाका सुपात्र हुन् ।

प्रश्न – तपाईंलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?

उत्तर – कान, आँखा, बोली र सुसूचनागत ज्ञान र चेतना हुने वा नहुने सवैको लागि तत्तत् चीज प्रदान गर्ने धर्म वा सेवा वा सो पेसागत सहयोग गर्ने बौद्धिक सिकर्मीहरुको नाम नै पत्रकार हो । सवै पत्रकारहरुले सिर्जनशील संस्कृतिलाई पनि केही न केही ठाउँ दिएर सम्मान र प्रोत्साहन गरेकै हुन्छन् । यिनलाई राज्यको चौथो अङ्ग पनि उपयुक्त किसिमले भनिने गरिएको छ । यो उपाधी यो बर्गकोलागि दिइएको शाश्वत सम्मान पनि हो । राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक वा सर्वव्यापी क्षमता राख्ने पत्रकारिता बाहेक विशुद्ध साहित्यलाई लिएर अथवा साहित्यलाई प्रमुख स्थान दिएर अन्य क्षेत्रतिर पनि चाख राख्ने पत्रकारितालाई साहित्यिक पत्रकारिता भनिएको हो । साहित्यिक पत्रकारिताले सिर्जनशील साहित्य फाँटको विशेष कुम्लो वा दायित्व बोकेको हुन्छ ।

पत्रकारिता एकलकाँटे, कुनै वाद वा विचार वा मान्छे वा समूहलाई मात्रै समेटेर आफ्नै डम्फू मात्र बजाउन लाग्यो भने त्यो कतिसम्म न्यायिक र स्वस्थ हुन्छ भन्ने कुराको प्रश्न जटील भएर आउँछ । प्रश्नकर्ता पनि ज्यादा आफैं बोलिरहने र जवाफलाई नपर्खिने हठी स्वभावका भए भने पनि त्यति सरस, न्यायिक र प्रभावकारी नहुन सक्छ । पक्षपात वा पूर्वाग्रह नलिइकन आफ्नो इलेक्ट्रोनिक पत्रिका प्रकाशन मार्फत समकालीन साहित्य डटकमले व्यापक प्रकाशन गरेजस्तो र यस्तै अन्य धेरैले साहित्य क्षेत्रको न्युज मेडिया पनि भएर समाजको उन्मुक्त सेवा गरिरहेजस्तो गरिरहेमा त्यसले समाजका सर्वाङ्गीण पेसा र पहलुका मानिस र विचारलाई सिर्जनात्मक प्रवाहमा उत्तिकै समेट्न सक्छ । परिणामतः साहित्यिक वा सवै खाले पत्रकारिता स्वस्थ र व्यापक रुपमा सेवामुखी हुन्छन् भन्ने कुरामा शङ्का छैन । नेपाली साििहत्यक पत्रकारिता पनि यस्तै हुनु पर्छ । युगौंयुगदेखि ‘चार जात छत्तीस वर्ण’ ले मिलेर बसोबासो गरेको यस्तो मिलनसार समाज भएको भूस्वर्गदेश नेपालमा र सर्वत्र नेपाली डायस्पोरामा सवै भाषाभाषीहरुका साहित्यिक पत्रकारिताको साझा सहभागितामा श्री बृद्धि हुनु पनि त्यत्तिकै आवश्यक छ ।

प्रश्न – नेपाली पत्रकारिताको जनकका रूपमा रहेको साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाका बारेमा यहाँलाई थाहा भएसम्मका कुराहरू बताइदिनुहुन्छ कि ?

उत्तर – हो, नेपाली पत्रकारिता साहित्यिक पत्रकारिताबाट नै शूरु भएको हो ।

नेपाली पत्रकारिताको विषयमा प्रथम समूहमा रामराज पन्त, इतिहास शीरोमणी बावुराम आचार्य, कमलमणी दीक्षित आदिले र केही पछि गृष्म बहादुर देवकोटा अनि पछि पछि रवि सिं नेवा र अरुहरू धेरैले यस विषयमा राम्रै अध्ययन गरेका छन् । उनीहरुको अध्ययनानुसार विसं १९०८ मा नै जङ्गबहादुरले गिद्धे प्रेस (गिद्धकोजस्तो मुख भएको) युरोपबाट ल्याएका थिए । तर ती ‘धिक्ताम्...’ शासकहरुबाट दशकौंसम्म त्यो चलाइएको थिएन ।

विसं १९४३ मा रामकुमार बर्माले भारतको वनारसमा गोर्खाभारत जीवन छापाखाना खोलेका थिए । पछि मोतीरामले त्यही नामबाट एउटा साहित्यिक पत्रिका निकाल्ने प्रेरणा दिई बर्मा नै सम्पादक भएर १९४५मा केही प्रयाश र १९५० देखि सोही छापाखनाको नाममा एक साहित्यिक पत्रिका शूरु गरियो । त्यो पत्रिका बनारसमा उनीहरुको मण्डली र बाहिर बाँडिन थालियो । त्यसपछि सुधासागर भन्ने साहित्यिक मासिक पत्रिका १९५५ विसं देखि पशुपति छापाखानाबाट काठमाडौंमा छापिन शूरु भयो । अनि गोप १९५८, शारदा मासिक साहित्यिक पत्रिका १९९१ विसं. र केही शिक्षासम्बन्धी पत्रिकाहरु र उद्योग , घरेलु इलम, आँखा, पुरुषार्थ आदि हुँदै जयतु संस्कृतम् को आन्दोलन पनि आयो अनि २००४ मा साहित्यस्रोत र २००७ मा जागरण साहित्यकार हृदयचन्द्रसिह् प्रधानद्धारा नेपालमा छापिए ।

गंगाप्रसालद प्रधानले दाजीृङ्गिबाट गोर्खे खबर कागत् १९०१ देखि, कोही अरुले बनारसबाट सुन्दरी, माधवी, उदय र सदाशिव शर्मा द्धारा उपन्यास तरङ्गिणी वनारसबाट अनि ठाकुर चन्दन सिंहले देहरादुनबाट हिमालयन टायम्स्, गोर्खा संसार( १९२६) र तरुण गोर्खा ( १९२८) जस्ता पत्र पत्रिकाहरू निस्किन थाले । उता भारतको शिलङ्गबाट पनि केही नेपाली पत्रपत्रिकाहरु त्यसबेलामा निस्किंदै थिए । अहिले भन्दा धेरै पहिले स्थापना भएको साहित्य सम्मेलन दाजीलिङ्ग भन्ने संस्था र त्यहाँ अनि सिक्किम, भूटान, सिलीगुडी असम आदि ठाउँका नेपाली साहित्यिक संघसंस्था र पत्रपत्रिकाले पनि ठूलो भूमिका खेलेका छन् ।

विसं २००७ साल पछाडि प्रशस्त चलायमान र जागरुक भएको नेपाली समाजमा छरिएका व्यापक चेतनाहरुलाई सिर्जनशील साहित्यिक किसिमले पनि सघन र व्यापक भएर सिंहनादजस्ता र अन्य दुर्ईमासिक र अरु वहुविध आवधिक साहित्यिक पत्रपत्रिकाहरू निस्किएर आवश्यक डोलेटो दिनु थियो । यसै वतावरणमा निजी क्षेबत्राट रुपरेखा साहित्यिक मासिकले धेरै लामो समयसम्म विश्वव्यापी नेपाली भाषा, साहित्य, कला, संस्कृति अनि सङ्गीतको जगत्मा अभूतपूर्व सेवा पु¥यायो । निजी नै क्षेत्रबाट भानु त्रैमासिक, अभिव्यक्ति, रचना आदि मासिकहरू र रत्नश्री आदि साहित्यिक पत्रिकाहरू छापिन थाले । गो.प.संस्थानबाट मधुपर्क र साझाबाट गरिमा, राष्ट्रब्याङ्क लगायत विभिन्न संस्थान, संघसंस्था र अन्य व्यक्तिले देशभरिमा छापेका हज्जरौहज्जार विविध आवधिक पत्रिकाहरूको बाडी नै आयो । यही क्रममा जनमत मासिक र मैैंले पनि सम्पादन र भारद्धाज प्रकाशनले प्रकाशन गरेको भारद्धाज (अंग्रेजी÷नेपाली) द्वैमासिक र अरुहरुका अन्य पत्र पत्रिकाहरू पनि यही लामो अवधिमा महत्वपूर्ण रुपमा देखा परेका हुन् । कोहीले लामै समयसम्म आआफ्ना कार्य गरिरहे र गरिहेका छन् भने कोही केही समयमा स्थगित पनि भए । तर सवैले आआफ्ना समयमा ठूलैठूलै सेवा पु¥याएका हुन् ।

अन्य चौतारी, गरुकुल जस्ता सयौं र अन्य निकै धेरै संख्याका मदन पुरष्कार , जगदम्बा पुरष्कार, गोपाल पाँडे ‘असीम’ पुरष्कार, सिद्धिचरण प्रतिष्ठान, मैनाली कथा पुरष्कार, शङ्कर लामिछाने पुरष्कार, राष्ट्र कवि माधव घिमिरे गीती पुरष्कार, रमेश विकल प्रतिष्ठान, जनक हुमागाईं प्रतिष्ठान, हरिभक्त कटुवाल गीती पुरष्कारजस्ता धनीमानी वा विभूतिहरुका शुभनामका धेरै संख्यामा संघसंस्थाहरू लगायत अनेसासबाट पनि धेरै व्यक्तिहरुका शुभनामका पुरष्कारहरू पनि यस क्षेबमा सक्रिय भएर भाषा, साहित्य, संस्कुति, कलाजस्ता विविध फाँटमा आआफ्ना भूमिका निर्बाहा गरिरहेका छन् । आजकाल त वसन्त चौधरी जस्ता प्रमुख मध्येमा मानिएका उच्च व्यापारीहरू पनि साहित्य सिर्जनाका क्षेत्रमा राम्रो किसिमले प्रवेश गरेको पाइन्छ । यो शुभ सङ्गेत हो ।

नेपाल बाहिर नेपाली डायस्पोरामा अनेसासले छाप्ने गरेको उच्चस्तरीय र विश्वव्यापी अन्तर्दृष्टि र केही वर्ष यतादेखिद सञ्चालित अनेसमस डबली र अनेसासका अन्य च्याप्टरहरुले छाप्ने गरेका उच्च स्तरीय पत्रिकाहरू लगायत विविध समय र स्थानमा बहुविध संघसंस्था र साहित्यिक पत्रकारिताले नेपाली भाषा, साहित्य ,संस्कृति, शिक्षा लगायत सामाजिक जनजागरण र अभिव्यक्तिमा विश्वव्यापी राम्रो बल पु¥याएका छन् ।

प्रजातन्त्रको लगतै पछि नेपालमा स्थापना भएको प्रगतिशील लेखक संघ नेपाल र विसं २०२८ सालमा स्थापना भएको साहित्यिक पत्रकारसंघ जस्ता संगठन र साहित्यिक संघसंस्था अनि धेरै पछि आएर सडक कविता क्रान्ति जस्ता अभियानले पनि आाआफ्ना समयमा नवनव जागरण मात्र गरेनन् स्वयंं नयाँ क्रान्तिका रङ्गभूमिमा पनि साहित्य क्षेत्रबाट सामाजिक र राजनैतिक विगुल फुक्दै सक्रिय भई हाम्फाले र अद्यापि प्रगतिशील लेखक संघ नेपाल अनवरत नै छ ।

युरोपेली, बेलाइती र अमेरिकी र विश्वकै जागरण, क्रान्ति, प्रजातन्त्र अनि मानवअधिकारजस्ता विश्व—जनजीवनका अपरिहार्य तत्वहरुलाई जनमुखी, सेवामुखी बनाई मुखरित गराउन विद्वान्, कवि ,लेखक, कलाकारका दृष्टिका प्रकाश र सपना अनि तिनका कल्पनाजन्य साधकका जपना र रटनाबाट पुन निर्माण र नवनिर्माणमा जुन हात छ भनी हामी सम्मान गछौं त्यति नै तिनीहरुका बोली र कान भईदिने, चेतनाका सरिताहरुलाई मूलप्रवाह दिने साहित्यिक पत्रपत्रिका क्षेत्रलाई पनि प्रदान गरिनु पर्छ । यस बाहेक नेपाल टिभि, नेपाली भाषाको विविसि कार्यक्रम र धेरै एफएमहरू र इन्द्रणी जस्ता विविध मञ्चनहरू अनि नेपालीहरुले नै गरेका समकालीन साहित्य डटकम (नेपाली÷अंग्रेजी) जस्ता र अन्यान्य धेरै साििहत्यिक डटकम पत्रकारिताको पनि यता केही लामै समयदेखि ठूलो योगदान भई आएको कुरा पनि त्यत्तिकै टडकारो रुपमा महत्वपूर्ण छ ।

प्रतिष्ठित साहित्यकारहरुको नाममा स्थापना भएका संघसंस्था र सम्मान, पुरष्कार आदि क्षेत्रबाट पनि व्यापक नेपाली सर्जक र कलाकारहरुलाई ठूलो टेवा, मलजल र सक्रियता दिलाएको छ । नेपालमा भएका यस्ता राम्रा पक्षहरुको सम्मान गर्दे यिनीहरुको सक्रियता सदासदा अनवरत भइरहोस् भन्ने शुभकामना व्यक्त गर्नु म पनि मेरो पुनीत कर्तब्य सम्झिन्छु ।

भन्नु उसो मात्र होइन, सवै दैनिक, साप्ताहिक र पाक्षिक खबर कागजहरुले पनि भाष। साहित्य,संस्कुति, दर्शन, राजनीति, प्रकृति, जङ्गलमङ्गल, हावापानी आदि मानव समाज र प्राकृतिक समाजका पशूप्राणी र उद्भीज आदि सवै पाटा र पक्षमा योगदानोन्मुख दृष्टि पु¥याएका छन् । बरु अहिले लोकतन्त्रकालीन नेपालमा सरकारी पक्षबाट यस्ता अति महत्वपूर्ण र प्रभावकारी क्षेत्रको जगेर्ना र उत्थान गर्न नीतिगत रुपमा अझ बढी योजना अगाडि ल्याउनु नितान्त आवश्यक छ र सो नीति निर्माणमा साहित्यिक र सवै पत्रकारिताको पहल कदमी र सहभागिता हुनु अत्यन्त जरुरी छ ।

प्रश्न – यहाँ सोध्न छुट हुन गएका र तपाईंलाई सोधिदिए हुन्थ्यो भन्ने लागिरहेको कुनै प्रश्न बाँकी भए कृपया ‘तपाईंको प्रश्न तपाईंकै उत्तर’ मा व्रmमशः प्रश्न उत्तर लेखिदिनु होला ।

तपाईंको प्रश्न तपाईंकै उत्तर

प्रश्न – अहिले तपाई के गर्दे हुनुहुन्छ र पछि के गर्ने विचार छ ?

उत्तर – यस्तै केही लेखपढ, केही सामाजिक सहभागिता, आफ्नै स्वास्थ्यको हेरचाहा, केही वरपर देशप्रदेशमा एका साहित्यिक, र्साकृतिक कार्यक्रमहरुमा सहभागिता र घुमफिर आदि इत्यादिमा नै दिन, हप्ता, महिना र बर्षहरू गइरहेका छन् । दैनन्दिनिको सबालमा चाहिं विहान योजना गरेको कुरा ढिलो रातसम्म पनि नसकिएकै हुन्छ र रहन्छ भोलीलाई...... ब्यस्तै छु ।

पछि के गर्ने भन्ने कुरा त धेरै अर्थमा पछि त भै पनि सकियो । यो आयुको सबाल पनि हो । निकै पहिलेदेखि म विशेषतः स्वास्थ्य कै कारणले सकेसम्म अस्पतालमा बारम्बार जानबाट केही कम होला भन्ने हिसाबले बढी अमेरिका नै बसिरहेको छु । यो बोनस प्राप्त फाल्टु आयुमा नेपालमा भन्दा धेरैधेरैधेरै कम पनि बिमार गएको छु यहाँ । तर नेपालको खाशगरी आफ्नो जन्मभूमी पूर्वाञ्चल तेरथुम आठराई चुहान्डाँडाको ज्यादै सम्झना आउँछ । परिवारमा सवैका पितापुर्खाका गौरवका आआफ्ना किसिसका कुरा हुन्छन् । हामी सिटौलाहरुको पहिलो मूल थलो नुवाकोट हो र पछि हाम्रा पूर्खा चाहिं पूर्वमा गए पछिं त्यहाँको आदि वा मूल थलो त्यही चुहाण्डाँडा हो । त्यही अति रमणीय गाउँको तल सुन्दर अनि यावत् भेकको जीवन दायिनी ठूलै तमोर नदी विविध घुम्ती लिईलिई बग्छ भने उत्तरमा सदा सामुन्ने कुम्भकर्ण त्यहीं अँखा अगाडी आङ्गनको पल्लो छेउमा झैं झललल झल्कि रहन्छ , टललल टल्कििरहन्छ । त्यो तमाृर नदीमा हाम्रा पूर्खाले पूल हाले पछि त्यहाँ हिक्षा र अन्य आधुनक विकाशका अभियानहरू अघि बढेका हुन् । म पनि जन्मिएको, हुर्किएको, पढेको , बढेको हो त्यही चुहाण्डाँडामा नै हो । त्यहाँ जे जति गरियो, त्यसले पूरा चित्त बुझेको छैन । केही थप गर्न पाए हुन्थ्यो र त्यहीं गएर लामै बस्न सके हुन्थ्यो भन्ने लाग्छ । सम्पत्तिको कुरा होइन हो । यी सवै चीज छोडेर नै परमधाम जाने हो । तर बाँचुञ्जेल जति सकिन्छ त्यसको साझा सुरक्षा, सम्भार र र्गाँउ विकाशमा केही सहयोग गर्न अझै सके हुने थियो भन्ने सपना सम्हालेको छु । भन्न सकिंदैन के हुन्छ ! साहित्य र अन्य पठनपाठन र सिर्जना गर्न त जहाँ बस्दा पनि भएके छ नि !

प्रश्न –श्रोता र पाठकलाई सजिलै पढाउन वा सुनाउन सकिने गरी पुस्तक छाप्ने प्रकृया वा प्रविधिमा केही नयाँपन ल्याउन सकिएला ?

उत्तर –सारा विश्व समाजमा आज मान्छेमा नयाँ रोगहरू आएता पनि पुराना रोगबाट निकै मुक्त भएर बढी स्वस्थ भएकाले र आहार विहारमा पनि सचेतता आएकाले बढी दीर्घजीवी भएको अबस्था छ । यसका साथसाथै अहिले सवै उमेरका मानिस पहिले भन्दा इलेक्ट्रोनिक र काम एवम् अन्य मेला, भेला, चाड पर्व र सामाजिक सक्रियता आदि विभिन्न कारणले वैयक्तिक र सामुहिक दुइटै किसिमले आन्दोलित र बढी चलायमान पनि भएको छ । यस्तो अबस्थामा शान्तसित बसी सिर्जनशील कार्यमा रहने वा कुनै विचारमा गम खाने, हाम्रा प्राचीन वा केही पहिलेका विभूति वा वयष्कहरुप्रतिको आत्मीय रागात्मकताको मृदुलता कम हुँदै गएको कता कता प्रतीत हुन्छ ।

फलतः पुस्तकको अध्ययनशीलताजस्तो कुरा धेरै न्यून भएर गएको छ । तर अध्ययन शीलतामा बढोत्तरी ल्याउनु पर्छ । ज्यादै चलायमान भए पनि विश्वका विकशित मुलकहरुमा पाठकीयताको प्रतिशत बढेर गएको छ भनिन्छ । युरोपमा पनि यस्तो अध्ययनशीलता उच्च प्रतिशतमा रहेछ । तर नेपालजस्तो विकाशोन्मुख देशमा यो कुरा चुनौतिपूर्ण हुँदै गएको प्रतीत हुन्छ ।

यसैको लागि चक्का पुस्तकालय ९ध्जभभ िीष्दचबचथ०(मोटरमा गुड्दै सिडि सुन्ने) र कार्य पाठशाला ९व्यद क्अजयय०ि हिंड्दै वा कुनै काम गर्दै सो सिडी सुन्ने कार्य) को रुपमा इलेक्ट्रोनिक साधन , स्थान र समयको सदुपयोग गन सकिन्छ । त्यसैकोलागि कवि लेखकहरुले आआफ्नो पुस्तक छपाउनु भन्दा पहिले सम्बन्धित पुस्तकको सम्पूर्ण पाठ आफैंले वा अरु कुनै अझ राम्रो पाठकले पढी सिध्याएर त्यसको सिडिकपि पनि पुस्तकमा नै समावेस गरी बाहिर बिक्री वितरणमा लगेमा पुस्तक पठन र श्रवणमा बढी व्यापकता र पुस्तकमा रहेको सन्देशमा पनि प्रभावकारिता आउने थियो ।

प्रश्न – नेपाली सिर्जनशील दुनियाँमा मात्र होइन सवैतिर सवैलाई नाश गर्ने विषसमान रहेको झुण्ड वा ग्रुपिजम्लााई सवैको भलाइकोलागि हटाउन के गर्नुपर्छ ?

उत्तर– आफ्ना सपना र आकांक्षा पूरा गर्ने सिललिामा सक्रिय र सक्षम मान्छेले सहारा लिने क्रममा आफ्नो टीम वा टोली बनाउँदो रहेछ क्यारे — सपनाको जपना र त्यसको रटना ९एचयअभकक०का लागि । सााझा वैचारिक आधार पनि हुनसक्छ त्यहाँ । अनि समूहसमूहको सिर्जना हुने क्रम त्रढेको हो क्यारे ! सम्बन्धित सरकार, सशक्त संघ संस्था र सम्पन्न व्यापारी केन्द्रले पनि कुनै उदार नियम र नीतिगत रुपमा सर्जकहरुलाई अकुण्ठित आवश्यक सहयोग दिने परिपाटि बसाउन सकेमा यस्तो संंस्कृतिमा सिर्जनशील आत्माहरू परस्पर आत्मीय रुपमा बस्न सक्ने भूस्वर्ग बन्न सक्थ्यो कि नेपाल ! राजनैतिक परिवेसमा पार्टि पद्धति त प्रजातन्त्र, स्वतत्रता, मानव अधिकार आदिका लागि अपरिहार्य कुरा नै हो ।

प्रश्न – सम्पन्नहरू सर्जक हुँदैनन् , सर्जकहरू सम्पन्न हुँुदैनन्, के गर्ने ?

उत्तर– सवै यस्तो नभए पनि धेरै चाहिं यस्तै देखिन्छ । कमाउने बेलामा कविता, कथा आदि लेखिन्छ वा कला खिपिन्छ । अनि त्यो सिर्जना समाजमा बिक्दैन कसैले पनि त्यमे खर्चमा प्रायोजन गर्दैन । विवाह आदि ठाउँँमा आआफ्नो उत्पादनको उपहार पुस्तक वा कुनै कला लिएर गयो भने हाँसो र गिल्ला खप्नुपर्ने समाज छ । कलाकार, सर्जकहरुले बराबर सतहको सामाजिक स्तरको डोरी अरु भन्दा दुईपूmट गहिरो खाल्डोबाट उफ्रेर नाघ्नु पर्छ । अनि सर्जकहरू सम्पन्न कसरी हुन्छन् ? राष्ट्रले ,संंघसंंस्थाले, अन्य सम्पन्न, शुभेच्छुक र उदार व्यक्तिहरुले प्रदान गरिने पुरस्कारका साना ठूला राशीहरुले केही राहत चाहिं दिएकै छ । तर त्यहाँँ पनि गु्रपिजमको दरिद्रता र त्यसको हमक पुग्ने गर्छ र न्यायिक नहुन सक्छ । तै पनि कसैले त पाएकै हुन्छ, भलै । यसैले सरकारी स्तरबाट सारा सर्जकहरुलाई छुट्टै नियमित र नीतिगत यथेष्ट पारिश्रमिकको व्यवस्था हुनु जरुरी छ ।

प्रश्न – भौगोलिक वा प्राकेतिक कारणले संसारका मानवमा भाषा, साहित्य, संस्कृति र रङ्गमा पनि फरक छ । सिर्जनाको भूमिकाले यो विभेद हट्छ कसरी र विश्व भातृत्व बढ्छ कसरी ?

उत्तर –प्राकृतिक कारणले भएको यो वास्तविकता अकाट््य यथार्थ हो । राष्ट्रकवि माधव घिमिरेले स्वीकार मात्रै गर ब्यूँझिएर भने झैं हामीले यस्ता अकाट््य चीजलाई स्वीकार गर्दै ज्ञान र विवेकले मानवीय मूल्यमा ढाल्नु पर्छ । राष्ट्रिय र अन्तराष्ट्रिय नीतिगत व्यवस्था भैसकेकै छन् । तर त्यत्तिले मात्र पुगिरहेको छैन । समाजिक जागरण मुलक अभियान पनि त्यत्तिकै चाहिन्छ । साथसाथै हार्दिकताजन्य सम्वेदशीलताका व्यवहारले यो पृथकतामा मानवीय भाइचाराको आत्मीयता बढाउन सकिन्छ जसमा सर्जकहरू लगायत अन्य सवै विचारवान् अभियानका अभन्त गार्डेहरुको महत्वपूर्ण भूमिका रहन्छ ।

प्रश्न – खाने, घुम्ने ठाउँ वा साथी—सँगी र अन्य मन बहलाउने के कस्ता चीजहरू मन पर्छ ?

उत्तर– सर्वसाधारण हिन्दुले खाने मध्येका केही छनौट परिकारहरू । कविप्रवृत्तिका, दिलदार, निर्धक्क, मिलनसार साथीहरुसित नयाँनयाँ ठाउँको अध्ययनगत—भ्रमण । उहिले उमेरमा त प्रशस्तै खेलकुद गरियो जिल्लातिर । अहिले साधारण हिंडडुल र केही पौडीमा गईन्द्ध । धेरजसो स्वास्थ्य र लेखपढमा नै समय बितिरहेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।