सहमति!
सहमतिका लागि
सहमतिबाट सुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ।
सहमति!
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो।
सहमति!
सरकार बनाउँन चाहिन्छ
सरकार चलाउँन चाहिन्छ
सरकार बचाउँन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ।
सहमति!
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ।
सहमति!
साधु–साधुबीच हुन्छ
चोर–चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ।
सहमति!
नेता–नेताबीच हुन्छ
सहमति वेश्या–वेश्याबीच
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ।
सहमति!
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ।
चलेको छ –
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पूर्ण सहमतिमा!