18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बसन्‍त मोहन अधिकारी December 16, 2008, 9:41 am

नझारनु यी कहिल्यै तिमी आँशुहरु ।

देउ मलाई आँशु म झारी दिन्छु बरु ।

नदुखाउँनु त्यो तिर्मो टाँउको कहिल्यै

देउ तिर्मा पिडाहरु रोई दिन्छु अरु ।

यी फूलै फूलले ढाकुन् तिर्मा बाटोहरु

यो काँडा बिज्ने बाटो भरी मै यात्रा गरु ।

देखेर मिठो सपना कल्पनामा डुब्नु

यो जिउँदै जल्ने चितामा म मात्र परु ।

जन्म जन्म सम्म तिमी हाँस्दै बाँचि राख

बरु सधै भरी रोई म बसन्त मरु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।