त्यो दिन उनी कुनिकिन घरिघरि सम्बन्धका कुरा गर्दै थिइन्, कहिले खूनका नाताको त कहिले मर्ने र मार्ने। फेरि यसो पनि भन्दै थिइन्, “मैले तिमीलाई पाउनका निम्ति यति धेरै प्रार्थना गरेँ कि अन्त्यमा तिमी मलाई सपनामा देख्न वाध्य भयौ।” केही बेरपछि एउटा कलम र सादा कागज लिएर मलाई एउटा कविता लेखिदिनुहोस् भनिन्।
एकदिन घरमा निम्ताई चिया-चमेना पनि गराइन्, आफ्ना जीवनका दु:ख-सुख र सङ्घर्षहरू सुनाइन्। अन्त्यमा मैले नै उनलाई कथा सुनाउन लगाए भनेर रिसाइन् पनि।
फेरि एकदिन घरमै आई “क्षमा गर्नुहोस्” पनि भनिन् र अतीतका कुराहरू निकालेर धेरै बेरसम्म रोइरहिन्। आँसु अविरल झारिरहिन्। जब हाँस्न थालिन् तब आँसु पुछ्नुहोस् भनी मलाई नै एउटा सेतो रुमाल टक्राइन्।
दार्जीलिङ