18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्रान्तिवीर कृष्णप्रसाद कोइरालाको विवरणात्मक अध्ययन

कृति/समीक्षा सदानन्द अभागी April 14, 2025, 11:52 pm
सदानन्द अभागी
सदानन्द अभागी

कवि इन्द्रराज पौडेलको पाँचौं कृति ‘क्रान्तिवीर कृष्णप्रसाद’ आज अध्ययन गर्ने मौका पाएँ । कृष्णप्रसाद नाम अध्ययन गर्दा नै याद आउँ छ कि उनी एउटा ऐतिहाँसिक व्यक्तित्व हुन् जस्का तीन भाइ छोरा यस देशका प्रधानमन्त्री बने जस्ले राणाहरूको क्रुर शासनबाट मुक्ति पाउन आफ्नो जीवन जेलमै त्याग गरे । इन्द्रराज पौडेलले कृष्णप्रसाद कोइरालाको जीवनी र व्यक्तित्वलाई विषयबस्तु बनाएर खण्डकाव्य सिर्जना गर्नु एउटा महत्त्वपूर्ण काम गरेको मलाई महसुस भएको छ । यस खण्डकाव्यमा एघार खण्डहरू छन् । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठानले गरेको छ । मूल्य १५०/–रु राखिएको छ । अग्र आवरण पृष्ठमा कृष्णप्रसादको तस्विर राखिएको छ । बाह्य आवरण पृष्ठमा काव्यकारको व्यक्तिगत विवरण राखिएको छ । अगण्य र गण्य गरी ११० ( १४+९६) पृष्ठको कृतिको आयतन छ ।
प्रकाशकीयमा प्रा.डा.नारायणप्रसाद खनालले लेख्नु हुन्छ – ‘ यस काव्यको पठनले साधारण पाठक वर्गमा थुप्रै अनुद्घाटित राणकालीन रहस्यहरूको ढोका खुलाइदिन्छ र अत्याचारी शासनको झलक देख्न पाइन्छ । साथै यसमा राष्ट्रप्रतिको भक्तिभाव र दायित्वबोधको शिक्षा वा सन्देश पनि सहजै प्राप्त गर्न सकिन्छ ।’ यस काव्यका भूमिको बरिष्ठ छन्देली कवि गोविन्दराज विनोदीजीले लेख्नु भएको छ । विनोदीजीले काव्यको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘यो कृति अनुसन्धानमूलक , ऐतिहासिक , तथ्यपरक गीतिकाव्यका रूपमा प्रस्तुत भएकाले यसको नेपाली साहित्यमा आफ्नै अलग महत्व र गरिमा छ ।’
कृतिभित्र व्रवेश गर्दा– कुनै पनि काव्य लेखनमा मङ्गलाचरणबाट थालनी गरिएको हुन्छ । काव्यकारले प्रारम्भ शीर्षक दिएर काव्यको थालनी गरेका छन् । प्रारम्भ शीर्षकमा १९ श्लोक छन् । नेपाललाई पशुपति नाथको देश, सगरमाथाको देश भनेर विश्वव्यापी रूपमा चिनिन्छ ।यस खण्डकाव्यमा काव्यकारले शिवदेश भनेर नामाकरण गर्दै भन्छन् –
सृष्टि र स्थिति प्रलय चक्र चलेको शिवदेश
धर्म र अर्थ काम र मोक्ष शिवकै उपदेश ।
हजारौं वर्ष अगाडीदेखि जीवन्त यद्यपि
महत्वपूर्ण महिमा ज्ञान हिमाली पद्धति ।।
(श्लोक १, पृष्ठ १)
पवित्र सगरमाथा हिमालको देश यो पूण्यभूमि,गणेश, गौरी, शंकरको आगन, गौरव शाली नेपाल र हिमालको नातो, मानवको लागि ज्ञानको भण्डार, शैविक धर्म कल्याणदायी जीवन परिस्कार, महत्वपूर्ण योग र ध्यानमार्फत सक्षमता, दीर्घायुको लागि र निरोगिताको लागि जगतगुरु हिमालबासी शिवमा नमस्कार गर्दै नेपालको भौगोलिकताको वर्णन यसरी गरिएको छ–
पर्वत डाँडा छहरा छाँगा खोच र दूनटार
तराई पाखा बगर लेक सृष्टिकै उपहार ।
सहस्रौं धारा हिमालबाट शिव ॐसुसेली
तराईबाट लिएर जान्छन् बुद्धका कोसेली
(श्लोक ४ पृयठ १ )
हिमाली क्षेत्र र लेकाली क्षेत्र बीचमा पर्ने छेलको सौन्दर्यता, हिमपग्लेर झर्ना झर्दा देखिने दिव्यहार,यो सुन्दर धाम नेपाललाई कविले नमस्कार गर्दै यस्तो देशमा प्रवृत्तिहरू दुषित हुन थाले बुद्धिमा दाग लाग्न थाल्यो, लोभ र पाप झाङ्गिन थाले, बिश्वास घात, छल,कपट हिंसा, अत्याचार, बढन थाल्यो, विकृति पनि स्वीकृतिमा परिणत हुन थाले, महान देश भक्तको कतै सम्मान भएन,गरेका योदानको कदर भएन, सहिदहरू तिरस्कृत भए, वीरका पत्नी सती सावित्री जस्ता पनि तिरस्कार भए, भीम मल्ललाई धरापमा पारेर मारियो,भीमसेन थापा, गगन मारिए,बहादुर शाहलाई विवश भएर जेलमा सड्न पर्‍यो र देशलाई सतीले सराप दिए जस्ता घटनाक्रमलाई काव्यले समाएको छ । सतीको सराप परेको हुँदा शासन सत्तामा बस्ने हरूले असल व्याक्तिलाई खराप देख्दछन् । यस्ता अव्यवहारिक कामले गर्दा तथा वीरको खुन निरर्थकमा माटोमा मिल्छ भने मुटुमा बदलाको भावले स्थान लिन्छ । देशमा शान्ती वहाल रहदैन ।
काव्यकार चिन्तित छन् किनकी –
वेरोजगारी देशको दशा गरिबी ल्याउँछ
देशको सिप साहस उर्जा जाँगर गलाउँछ ।
प्रगतितिर लम्कने जोश विवेक हराउँछ
अभाव चोट युवाको मन काँतर बनाउँ छ ।।
(श्लोक १०, पृष्ठ ३)
देशमा पद्धति नराम्रो बन्न गयो, स्वार्थको घेरामा पर्‍यो, मानिस तेरा र मेरामा विभाजित भए, वीरका जोश गरम खुन सोसेर दवाइयो, जाँगर र उर्जालाई देश निर्माणमा लगाउनुको सट्टा विदेश पठाउने संस्कार बनाइयो । देशले सही मूल्याङ्क नगर्दा आजको देशको अवस्थाप्रति कवि चिन्तित हुँदै भन्छन्–
अमृत विख नसकी छान्न विग्य्रो नि सरोकार
सज्जनलाई शूलीमा कठै दुष्टलाई पुरस्कार ।
दुष्टको खुवी बढेर गयो फस्टायो कुचाल
अहम बढ्यो दुर्दशा भयो देशको बेहाल ।।
(श्लोक १२, पृष्ठ ३)
अब काव्यकार नेपाल एकिकरण कसरी भयो भन्ने तर्फ मोडिन्छन् । पृथ्वीनारायण शाहले टुकुरे राज्य जितेर नेपाल एकिकरण गर्ने काम थालनी गरेका हुन् । उनैले साझो नेपालको निर्माण गरेका हुन् । दुर्भाग्य के भयो भने सन्ततिले साँचोलाई थाम्न सकेनन् र देशको साँचो राणालाई बुझाइदिए । यसरी शासन सत्ता राणाले पाए र राजाले गुमाए । यसको परिणति नेपालीलाई रुवाए ।
परिस्थिति सधै एकै नाश रहदैन । राणाको कुशासन विरुद्ध लड्न सक्ने सन्तानको आवश्यक थियो र नेपाली आमाले साहसी योद्धालाई जन्म दिइन् । यी योद्धाहरूले युगको मागलाई चुनौतीको हाँकलाइ स्वीकार्दै देशको भलोको लागि कर्ममा लाग्दै हजारौं देशभक्तले रातो रगत बगाए र राणालाई भगाए । देशनिर्माणको लागि प्रदीप जन्मन्छन् र राम्रो काम गर्दछन् भन्ने धारणा कविले यसरी पस्केका छन् –
प्रदीप कतै कुलमा कुनै जन्मन आउँछ
पौरख गरी सुन्दर उषा देशमा ल्याउँछ ।
आहतलाई राहत दिन्छ शिलतो जुनको
दर्शन दिन्छ पद्धति नयाँ सुगन्ध सुनको ।।
(श्लोक १८,पृष्ठ ४)
यस खण्डको अन्तिममा कोइरालाको यथार्थ चित्र प्रस्तुत गर्ने लक्षको साथमा झ्याउरे माला उनेको भन्ने कविको धारणा छ ।
खण्ड १–यस काव्यकमा आएका कथालाई मैले कन्जुस्याइ नगरी विवरणात्मक रूपमा पस्कने भएको छु । यस खण्डमा ५७ श्लोक छन् ।यसमा कोइरालाको वंश बर्णन गरिएको छ । दुम्जामा कोइराला थरीका प्रतापी ब्राह्मण थिए । सेवा नै धर्म मानेर कर्म गर्दथे । जीवन पद्धति चलाउनको लागि नानाकर्मका मेसाहरू जानेका थिए ।समयसँग मितेरी गाँसी जिन्दगी काटेका थिए । नन्दीकेश्वर नाम थियो । उनी पण्डित ज्ञानी स्वधर्म गामी, पवित्र जीवन भएका विद्वताकै कारण सम्मान, प्रतिष्ठा, ख्याति र धन कमाएका थिए । गाउँमा परेका खाँचो टार्ने, चिना लेख्ने,गाउँका सहारा,निर्धा गरिबहरूलाई शरण दिने, पुराण ज्ञाता, जोषित, वेदान्त ज्ञाता दर्शन बुझेका व्यक्ति थिए । उनले सरकारी जागिर पनि खाएका थिए तर प्रधानमन्त्री श्री ३ वीर शमशेरको पालामा मानवलाई दानव जस्तो व्यवहार गरेको कारणले गर्दा जागिरमा चित्त नबुझेर जागिर छाडी दिए । उनले जागिरमा गरेको अनुभूतिलाई कविले यसरी वर्णनज गरेका छन् –
दरवार देखे नरक जस्तै बैकुण्ठ जस्तै गाम
श्वतन्त्र स्वच्छ सुन्दर शान्त पावन पुण्य धाम ।
आन्द भई गरेर खान गाउँमै गएर
आनन्दसित बसने इच्छा मनमा भएर ।।
(श्लोक ६, पृष्ठ ६)
नन्दकेश्वर गाउँ फर्के र बारिमा सिर्जना फलाउने काम मात्र हैन उनी समाजसेवामा पनि उत्तिकै क्रियाशील थिए । तत्कालिन समयमा कोर रोग अति नन्दनीय थियो तर उनले कोरीलाई घरमा ल्याएर सेवा नै धर्म हो भनी सेवा गरेका थिए ।धर्म पूजापाठमामात्र सीमित रहदैन दया र माया गर्नु प्रमुख धर्म हो भन्ने उनको बिचार थियो ।
नन्दकेश्वरको विवाह राज्यलक्ष्मी पोखरेलसँग भएको थियो । सुयोग्य श्रीमती प्राप्त भएर जीवन पद्धती सजिलैसँग चलेको थियो । यिनका चारभाई छोराहरू जेठा कालीप्रसाद माहिला नारायण साहिला ..... ईश्वर र कान्छा कृष्णपसाद कोइराला हुन् । जेठा र माहिलाले जागिर खान्थे । साहिला ईश्वर भक्तिमा लागे भने कृष्णप्रसादले देश सेवामा ध्यानदिन थाले ।
कृष्णप्रसाद कोइरालाको जन्म १९३६ मा भयो । यिनको नाम कुलप्रसाद राखियो । चन्द्रमाको कला बढदा झै प्रकाश छर्दै बढे । हुने बिरुवाको चिल्लो पात भनेझै कृष्णप्रसादको बारेमा कवि भन्छन् –
आमाको स्नेह ममता पाए पिताको सिहार
सबैको श्रद्धा सुमन पाई खारियो बिचार ।
बालकै छँदा पाइएका राम्रो आचार संस्कार
सम्पन्नतामा हुर्कदै गए ती कृष्णप्रसाद ।।
(श्लोक १२, पृष्ठ ७)
नन्दीकेश्वरको सन्तती सुधार्ने प्रयास,घरको सुविस्ता,असल चिन्तन, असल ज्ञान, प्राप्त गरे कृष्णप्रसादले । दैवको लीला अचम्मको हुन्छ । आकाशमा बिजुली चम्केको, चड्कनी परेको तर्कन चाहेर पनि तर्कन नसकेको अवस्थामा यसले नराजा नरङ्क केही चिन्दैन । सबैलाई समान प्रहार गर्दछ ।यसरी नै कालले विद्वान नन्दिकेश्वरलाई संसार छोडायो, चोला फेर्न लगायो,संसारदेखि सम्बन्ध तोडायो, यस्ता महान व्यक्तिको मृत्यु हुँदा घर परिवार गाउँले समेतलाई रुवायो । सबै रोए नन्दीकेशवरले पालेको कोरी पनि रोयो ।
मानिस जिउँदो छन्देर गाली खान्छ तर मरेपछि प्रसंसा पाउँछ भने जस्तै यहाँ नन्दीकेश्वरको हकमा जिउँदै छँदा गाली पाएनन् मृत्युपछि उनलाई गाउँको छहारीको रुपमा लिइन्थ्यो र प्रशंसा गरियो । बाबाको मृत्यु हुँदा जेठा र माहिला जागिर खान्थे साहिलाले दैवीज्ञान प्राप्त गरेका थिए भने कृष्ण प्रसाद भने वेइलमी थिए । आमा लक्ष्मीले कृष्णप्रसादप्रति चिन्ता लिन्थिन । यस्तै हो दैवले लाठी हानेपछि मानिस ठहरै पर्छ तर हिक्मत गर्नेले जङ्घार तर्छ । यो प्रष्ट छ कि रुदैमा ईश्वरले पनि सहारा दिंदैन । प्रयास गर्नु पर्छ र मात्र वितरा परिदैन । काव्यकारको प्रयास संबन्धी मार्ग दर्शन यसरी आएको छ –
आगोमा पोली पारेर रातो फलाम हाने पो
चाहिए जस्तो आकार पार्न आफैले जाने पो ।
फलाम पनि युक्तिले बल खेलाउन सकिन्छ
विवेकी उर्जा दिमागी पुर्जा मिलाउन सकिन्छ ।।
(श्लोक २० पृष्ठ९)
पतिको मृत्युमा पत्नीमा वेदना हुनु स्वभाविक हो । राज्यलक्ष्मीले सहास बटुलेर जे पर्छ त्यो टार्न पर्छ भन्ने भवना सहित अगाडि बढेका कुराहरूमा काव्यकारले सहास गरेर अघि बढ्दा चिप्लोमा लड्न सकिन्छ तर निराश हुनुहुँदैन उठ्नु पर्छ र यो पनि सम्झन पर्छ कि सहास र बल लगाएर गरेका श्रमको फल खेर जाँदैन भन्ने अभिव्यक्तिको साथ थप दार्शनिक अभिव्यक्ति यसरी आएको छ–
पहाडसित खेलने कुस्ती भुङ्ग्रोमा टेकेर
लडने आँधी तुफानसित भुमरी छेकेर ।
देहको तडी पसिनासित सिर्जना साटेर
उभिन जाने मैदान आफ्नै काबुमा राखेर ।
(श्लोक २३, पृष्ठ ९)
राज्यलक्ष्मीको कठिन भन्दा कठिन परिस्थितिमा जुध्न सक्ने क्षेमता भएकी प्रभावशाली , शिक्षित, संस्कृत भाष पढ्न लेख्न सक्ने विलक्षण क्षमता, निडर, हकी, ईश्वर भक्त, पवित्र विचार,गृहणी चरित्र, सहनशील, सुशील, अडिलो स्वभाव, अन्याय अत्यचार सहन नसक्ने, अभिमान रहीत, कुलको रीति रिवाजको पालनकर्ता भन्दै उनको बहुप्रतिभाको काव्यमा वर्णन गरिएको छ ।
मानिस जति लोकप्रिय, सबैको हीतकारी,प्रभावशाली भए पनि उसका यी सबै गुणमा डाहा गर्ने व्यक्ति समाजमा पाइन्छन् । उनकै गोत्रकी एउटी कोइराल्नी दरबारकी धाइ थिइ । ऊ गाउँकी नाइके बन्न चाहान्थी, उसलाई दरबारकी धाइ भएकोमा घमण्ड थियो ।ऊ राज्यलक्ष्मीलाई सश्रु ठान्दथी । त्यसैकारण राणाको दरबारमा सिकायत लिएर पुगी । दुम्जागाउँलाई विर्तामा लिएर धाई फर्के पछि राज्यलक्ष्मी पनि उसको अधिनमा रहनु भन्दा त्यो ठाउँका पानी पनि नखाने भनी कसम खाएर गाउँबाट अन्यत्र सर्न उचित ठानी घरको सर्वस्व छोडेर त्यो गाउँ नै छाडिदिइन ।
काव्यकारले यस अवस्थालाई यसरी मूल्याङ्कन गरेका छन् । मानिसलाई कठिन समस्ष परेको वेला दैवले पनि त्यहीवेला कठिन परीक्षा लिन्छ । पीडित भएर राहत खोजेको बेला दैवले पनि पसारी दिन्छ समस्याहरूको पहाड नै चुल्याइ । यस्तो अवस्थामा राज्यलक्ष्मीले पीडालाई सामान्य मानेर समस्यालाई ग्रहण गरेर, पीडालाई सहेर, सहास शक्ति अठोट दह्रो लिएर सुदृढ भएर नैतिक बलमा उभिन सकिन् । छोरा कृष्णप्रसादलाई पढाउनको लागि घरमै शिक्षक राखिन् । अक्षर आरम्भ गराइन् । नैतिक शिक्षा आफैले सिकाइन् । फारसी उर्दू, विशेष शिक्षा, संङ्गीत, गाउन सिक्नको आदिको लागि व्यवस्था मिलाएर बालक कृष्णलाई वीरगाथा, कथा, युद्धका कथा रहस्यमय ज्ञान, सुयोग्य हुनेध्यान, छिचोल्ने बाटा, कठिन पाटा, घोडामा चढने, कुस्तीमा लड्ने, रिश्कीमा खेलने ज्ञानमा निपूण बनाइन्् ।
कोही देखेर, कोही पढेर, कोही गरेर,कोही बाबु आमा बाट, कोही नक्कलबाट, केही सामाजिक घटनाबाट र कोही सङ्गतबाट सिकिन्छ । चाहेको जस्तो निर्माण गर्न सहज हुँदैन । यस्तो अवस्थामा आमा बाहिरबाट कडाइ र भित्री हृदयबाट नरम भएर तथा माया दिएर बालकलाई सक्षम बनाउनु पर्ने धारणा काव्यमा आएको छ । कविले राज्यलक्ष्मीको यसरी प्रशंसा गरेका छन् –
आफैमा पूर्ण ती राज्यलक्ष्मी कोइराला कुलमा
प्रतिभाशाली शालिन नारी असल गुणमा
भविष्य द्रष्टा प्रखर वक्ता निडर आँटिली
साहसी धीर दरिली कर्म क्ष्ोत्रमा अडिली ।।
(श्लोक ४४, पृष्ठ १३)
नन्दीकेश्वरले अन्तिम वेलामा छोरा छोरीलाई आमा बाबु मिलेर शिक्षा दीक्षा दिनु पर्दथ्यो तर त्यो नभए पनि छोरालाई –
पुरुष रत्न बनाउँ छोरो गरेर राम्रो ध्यान
गरिन पूर्ण पतिको बोली लगाई दिलो ज्यान ।
बेलाको माग समय हाँक समस्या समाधान
अन्तर चुरो सहास दरो पारेर भराइन ।।
(श्लोक ४७, पृष्ठ १४)
राज्यलक्ष्मीले छोरालाई काठमाण्डौ लिएर सर्दार कालीप्रसादकोमा पुर्‍याएर पढाउने जिम्मा लगाइन् । कालीप्रसाद, चतुर ज्ञानी क्षमतावान भएर नै सर्दारको पद पाएका थिए । यिनले आमाको वाणीलाई स्वीकार गरे । आमालाई आश्वास्त पनि पारे । ‘म बाँचनदेर आमाको कुरा पूरा गर्दछु , भाइको व्यवस्था पनि गर्ने, राज्यलक्ष्मीको इच्छा पनि पुरा गर्छु मनमा लागेको भन्नु होस्’ भने पछि राज्यलक्ष्मी जनकपुर बस्ने इच्छालाई पनि उनले पुरागरे । आमाको इच्छा पुरागरेपछि राज्यलक्षीले बुहारीलाई पनि छोरो मानेर आत्मिय मायाको साथमा देवर पाल्न भन्दै कालीप्रसाद र बुहारी लाई उपदेश यसरी दिइन् –
चनाखो भई सजग रही बुझेर परिवेश
कुलको धर्म मर्यादा थाम्न दिएर उपदेश ।
कर्मको ध्यान भोगको ज्ञान सुस्वास्थ हुने ज्यु
दिएर छोरा बुहारीलाई आशिष दीर्घायु ।।
(श्लोक ५६, पृष्ठ १६)
सन्तानप्रति गर्न पर्ने कर्तव्य निभाएर उनी जनकपुर प्रस्थान गरिन् भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड २ – यस खण्डमा सरदार कालीप्रसादको बारेमा ४५श्लोकमा वर्णन गरिएको छ । सरदार कालीप्रसाद दरबारका कारिन्दा थिए । उनको काम न्याय फाँटमा थियो ।उनले न्यायको बारेमा केस्रा केस्रा केलाएर न्याय दिन्थे । उनको न्याय दिने काम अच्युक हुन्थ्यो । जबराहरू पनि प्रसन्न थिए । भाइलई पनि साथमा राखेर काम सिकाउँथे, छिनेका मुद्दाका मिसिल उतार्न लगाउँथे । कृष्णले पनि कालीप्रसादलाई बाबु सरहकै मान्यता दिएर आदर गर्दथे ।काजमा जाँदा कृष्ण साथमा जाने गर्दथे र सानातिना कृष्णका गल्ति कालीप्रसादले सपार्दथे । यसरी कृष्णले दरबार र राज्यको व्यवस्था कसरी चलेको हुन्छ भन्ने कुरा सिकेका थिए । दरबारको काम गराई कृष्णको नजरमा –
दरबारको ठाँट चलने चाल रहनसहन
जसरी चल्थे कानुनी पञ्जा जनमा दमन ।
दरबारभित्र खेलिने खेल उल्टा र सोझा धार
तरिका हेर्ने औसर पाए चलेको सरकार ।।
(श्लोक ७, पृष्ठ १८),
राण सरकारको अत्याचार नेपाली जनताले सहनै पर्ने अवस्थालाई देखेर कृष्ण भाबुक हुन्थे । उनको कलिलो मगजभित्र अत्याचारी राणाको सरकार ढल्नै पर्छ भन्ने गहिरो छाप पर्‍यो । कृष्णले दरबारमा जबराहरूले सुख सयल मोजमस्ती गरेको, मस्त युवती नाङ्गिन परे नाङ्गिने काम, बाहिरी परिवेशबाट बञ्चित भएर ज्यु–ज्यान राणकै लागि अर्पेर, राणकै इच्छापूर्ति गरेर बाँचेका र उनको इच्छापूर्तिमा बाधक बने अकालमै मारिएका, उनको निर्जिब जस्तो अवस्था जता पल्टायो उतै पल्टनु पर्ने, अति दयनीय अवस्थाको बारेमा कविले यसरी वर्णन गरेका छन् –
जबरा गर्थे सुन्दर ठिटी देखेर हाना र थाप
सुन्दर भई जन्मनु थियो नारीको अभिशाप ।
जवरजस्ती सुन्दर केटी टिपेर उडाई
थुनेर भित्रै राखिने गर्थे कोठामा सजाई ।।
(श्लोक १३, पृष्ठ १९)
भोकमा गास दरबारको बास सम्पत्ति भन्ने केही छैन तर राणाको इच्छा भएको खण्डमा नौ पटी नाङ्गिन पर्ने अवस्था थियो । त्यसवेला चिच्याए पनि कसैले सुन्दैनथ्यो र यस्तो धिकारको जिन्दगी देखेर कृष्ण दुखित हुन्थे । उद्धार गर्ने इच्छा हुन्थ्यो । सुधार कहिले होला भनी चिन्तागर्दथे । राणहरूको चरित्रलाई निहाली राख्थे चरित्र हीन पाउँथे, लहडी पनाको समीक्षा गर्थे । दरबरभित्र नै मान्छेको काँधमा राणको सवारी,बाहिर जानपरे अरबी घोडाको सवारी, बग्गी सजाएर अत्तर घसेर बजारको सवारी, सवारीमा हजारौं स्वस्ती खाँदैं हिड्दा नेपाली निरीह पशुजस्तो मूकदर्शक बन्थे र ज्यू–ज्यान बचाउनको लागि चनाखो हुनु पर्दथ्यो । कतिका छोरा राणाको पञ्जामा परेका हुन्थे र तिनलाई फजुल काममा गोरुका जस्तै जोताइ हुन्थ्यो । यसरी नै सुन्दर केटी पनि राणको फन्दामा परेका हुन्थे तर यिनलाई भने राणका केटाहरूले काँधमा बोकेर हिड्थे । कानुन राणको मुखमा हुन्थ्यो र मुलुकी ऐन राणाका थुकले गल्दथ्यो ।
। पसन परेर दाम राखेर कसैले ढोगो भने नहुने काम पनि सबै हुन्थ्यो ।राणाको अधिनमा जन धन जमिन सबै राणकै अधिनमा रहनु पर्ने, राणाको हुकुममा चल्ने, मोड ृनकै पाराको, उनका बिरुद्धमा कसैले केही बोले भने तरबारले गर्धन छिनाइ दिन्थे, उनीहरूिँग बात गर्दानिहुरेर दुबै हात जोडेर बिनम्र भै बोल्नु पर्ने जस्ता धारण सहित उनको सोखको बारेमा कविले यसरी वर्णन गरेका छन् –
राणका सयल अनौठा हुन्थे सयल आनन्द
मिलाइ राख्थे सेवकहरू प्रभूको प्रबन्ध ।
कोठामा नाङ्गा तरुनी केटी काखमा राखेर
पिएर दारु नचाई नानी मस्तिदै हाँसेर ।।
(श्लोक २४, पृष्ठ २१)
सुरा सुन्दरीसँग भोगमा मस्त भएर आनन्द लिने, जनतालाई काममा घोटी पसिना शोष्ने,सुसारेहरूलाई तेल घसेर नाङ्गै भएर नुहाइ दिने साथमा खेल्ने नानाखेल, विदेशबाट सेम्पो,नयाँ नयाँ कपडा जुता बाट सजिने,सुनका चम्चा,चाँदीका थाल,किमती गहना,सुनका औंठी, मोतीका माला, हीराका टलक, सुनका करुवा, उनेका सुन्दर माला आदिको प्रयोग गरेर देशको सम्पत्ति सकेर मोजमस्ती गर्दथे । उनले भनेको नमाने पचासौं कोर्रा खान पर्ने ।
नेपालीमा ‘राजाका सामु बाबुकी दुहाई’ त्यै बेलाबाट चलेको, उखान हो । सर्बोच पदमा राणहरूनै थिए । त्यसो हुँदा विद्वान पनि राणाका अघि काइते देखिने । राणाका यी सबै क्रियाकलाप कृष्णले हेर्द थे र जङ्गली काडाको संज्ञा दिन्थे । काडा फाडन मुस्किल हुने भए जस्तै राणाको शासन भनेको मुटुको किलो समान हो । तिनीहरूको स्वभाव ब्बाँसा र चितुवा जस्तो थियो । निसाफ पनि जङ्गली नै थियो ।
त्यो वेला सर्दार कालीदास डिठ्ठा पदमा थिए । उनको काम विभिन्न मुद्दाको छिनो फानो हुन्थ्यो कालीप्रसादले यस्ता काममा भाइलाई साथ राख्थे । एकपटकको मुद्दा उल्टियो । नखाएको विष उनलाई लाग्यो । प्रधानमन्त्री वीरशमशेरको पालामा वीरशमशेरको मनमा गडेकी सुन्दरीको भाइको मुद्दा कालीप्रसाले हराएकोमा ती सुन्दरीले वीरशमशेरलाई कुरा लगाएर वीरशमशेरले कालीप्रसादलाई बोलाएर कुन दफाबाट मुद्दा हराइयो भनेर सोधनी भयो । काली प्रसादले पनि दफा सुनाए । वीरशमशेर मानिसको काँधमा चढेर आएका थिए केटाको दाहिने कान बटारे केटो दाहिने कोठामा पस्यो । केही बेरपछि कालीप्रसादले भनेको दफा च्यातेर कानुनको ठेली कालीप्रसादलाई तेरो दफा खोई भन्दा काली प्रसालदे पनि हिजो त्यो दफा सक्रिय थियो र त्यही दफाको आधारमा मुद्दा फैसला गरको थिएँ आज त्यो दफा निलँबित भयो सरकार भन्ने जवाफ दिए । वीरशमशेर रिसाय अन्यायको साथ दिए । वीरशमशेरको अन्यायको परिणती कविले यसरी परिणती प्रस्तुत गर्नुको साथै यो खण्ड समाप्त भएको छ –
प्रधानमन्त्री श्री तीन वीर शमशेर रिसाए
झुटको खेती गरेर काली प्रसाद फसाए ।
सर्वस्वहरण गरेर चार भञ्ज्याङ्ग कटाए
कसुर विना विना इमानी कालीप्रसाद धपाए ।।
(श्लोक ४५, पृष्ठ २५)
खण्ड ३
यस खण्डमा कालीप्रसादको जागिर सहित सर्वश्व हरण गर्ने वीरशमशेरले पुन कालीप्रसादलाई सर्वस्व फिर्ता गर्ने र जागिरमा बोलाउने आदेश भयो ।कालीप्रसादको जागिर पुन थालनी भयो । कृष्णलाई दाजुको आज्ञा वापत ६ महिना खर्दार जागिर खाएका थिए । खरदार बाजे कहलिन पुगे । हुर्कदो अवस्था थियो । चढ्दो वैंस थियो । अभाव केही थिएन । ओठको माथि जुँगाको रेखी बसेको थियो । हेर्दा सुन्दर थिए, युवतीहरूले जिस्काउँथे, उनी लजाउँथे, दाजुले विवाह नगरी जागिर नखाने भने र दाजुले केटी खोज्न थाले । दाजुको भनाइ कविको लेखाइ यसरी आएको छ –
घरमा भयो सल्लाह पक्का विवाह गरने
तयारी भयो रुक्मिणीसित सम्बन्ध जोडने ।
दाजुको आज्ञा विवाह गरी जीवन सुधार
असल धन्दा गरेर राम्रो जीवन गुजार ।।
(श्लोक १०, पृष्ठ २७)
रुक्मिणीसित कृष्णको विवाह गाँसियो । दुबै बीच अपार माया पनि बस्यो । यिनको माया परेवाका जोडी जस्तो थियो । त्यस समयमा माया पिरती आजको जस्तो खुला थिएन । लुकेर पिरती गाँसिन्थ्यो ।पिरतीको उपहार उदरमा बढ्दै थिए । समस्या पर्ला कि भन्ने ज्ञान दुबैमा भएन । दुई सन्तानको जन्म दिएर रक्मिणीको मृत्यु भयो । रुक्मिणीको मृत्युबाट कृष्णमा परेको असह्य वेदनालाई कविले यसरी वर्णन गरेका छन् –
दुखेको भित्री मुटुको घाउ ओखती हुँदैन
दवाईमुलो जे गरे पनि पटक्कै छुँदैन ।
पीडाको राँको सल्केको थियो कृष्णको मुटुमा
दैवले चुँडी लैजाँदा जोडी परेको चोटमा ।।
(श्लोक १८, पृष्ठ २९)
वियोगको अन्धकारमय समयमा कताकता जुनकिरी टिमटिमको प्रकाशलाई हेर्दै ,छातीमा वियोग पीडाले पारेको चरचरी चहराइरहेको घाऊ र यो वियोगलाई कविले अँधेरी रातमा ताराले दिएको प्रकाश झर्दा को निराशासँग तुलना गरेका छन् र आफ्नी पत्नीको वियोगको वेदनालाई सहनै पर्छ र दुखले सुख पनि दिन्छ मानिसलाई भुलाउन जीवन गुजार्न भन्ने धारणा सहित यो खण्ड समाप्त हुन्छ ।
खण्ड ४ – यस खण्डमा ५१ श्लोक छन् ।यस खण्डमा मोरङको प्राकृतिक वर्णन, काली प्रसाललाई मोरङको विकासको लागि पठाइएको ,कृष्ण प्रसादका विवाहका प्रसङ्ग उठाइएको छ । हेरौं मोरङको अवस्था –
मोरङ जिल्ला ओझेल थियो राज्यको आँखामा
सम्पदा धेरै सडेका थिए बनेला पाखामा ।
मोरङ जिल्ला छोपेको थियो वनले छपक्कै
सम्पदातिर राज्यको दृष्टि थिएन पटक्कै ।।
(श्लोक १, पृष्ठ ३०)
मेची र कोशी बीचको भूभाग जङ्गलले ढाकेको थियो । भारततिरबाट तस्करी हुन्थ्यो । जडीबुटीहरू पनि उतैतिरका लान्थे । यहाँका प्रमुखहरू सजग रहन्थे । यहाँको पानी पिउन हुँदैन भनेर कलकत्ताबाट सोडा पानी मगाएर पिउँथे । यहाँ खटाइएकोमा कर्मचारीले सजाए दिएको ठान्थे किनकी धिमाल, थारु, सतारहरूको पुर्खैली थलो भएको र यिनीहरूले अरुको दखल सहदैनथे । खानामा दही र माछा पर्हेज गरिन्थ्यो । पानी विषालु मानिन्थ्यो, तस्करको डर, औलोको विगविगी, प्रचण्ड गर्मी परिवेश सुहाउँदो भएन भने मानिस खुत्रुक्क हुन्थ्यो । जेपर्ला टर्ला भनेर जो गए ती विस्तारै रमाए र ऐश्वर्य कमाए किनकी त्यहाँको माटो उर्वरक थियो । उद्दिमशील थियो । भारतसँग सटेको हुँदा पैठारी सुगम थियो, व्यपारको लागि सहजता थियो ।
यहाँको विकासको लागि वीर शमशेरको नजर परेपछि योजनाकार पठाएर योजना तयार पारेर केन्द्रमा मुख्य हाकिम राखेर जिल्लाको हाकिम कालीप्रसादलाई खटाएर विकास गर्ने कामको थालनी गरियो ।घरका परिवारले काली प्रसादलाई नजाने सुझाव दिंदा पनि कालीप्रसाद नुनको सोझो गर्नको लागि विराट नगर जान तयार भए । साथै कृष्णप्रसाद पनि साथमै बिराटनगर गए । त्यहाँ गएर व्यपार गर्न थाले उब्जेका अन्न, नगदेबाली तेलहन संकलन गर्ने र सीमा पारीको बजारमा बेच्ने गर्न थाले । सीमा छेउमा रङ्गेली बजार थियो । बिराटनगर बजार जन्मिसकेको थिएन । फारबिस गञ्ज बजारमा व्यपार थियो । नेपालका बस्तु कलकत्तातिर निकासी गरिन्थ्यो ।कलकत्ताबाट मूल्यवान बस्तु युरोप पठाइन्थ्यो । नेपाललाई चाहिने बस्तु पैठारी गरिन्थ्यो । सरकारको नजर पर्न थाल्यो । बजार फस्टायो औलोको र पानीको डर घट्दै गयो । कृष्णले पनि व्यपारी वर्गमा राम्रो सम्बन्ध स्थापित गरे ।बिराटनगर त्यति फस्टाएको नपाएर रङ्गेलीदेखि ६ कोष पूर्व गोग्राह गएर जङ्गल फाडेर ठूलो सहर निर्माण गरेर,सहर सजाएर विराटनगर नामाकरण गरेर सरकारी अड्डा,व्यपारी केन्द्र, भन्सार, हुलाक बसाले, विराटनगर एक ऐतिहासिक ठाउँ पनि हो किनकी आदिम युगमा बिराट राजाले राज्य गरेका, कीचक र भीम लडेको ठाउँ र पाण्डवहरू लुकेको ठाउँ हो भन्दै कविले विराटनगरको बखान यसरी गरेका छन् –
राज्यले नाम स्वीकृति दियो विराटनगर
देशकै पहिलो बन्यो गोग्राह सहर
पसिना त्यहाँ सुकेको छैन कोइराला गुनको
बसाइ राख्छ सिर्जनासित सुगन्ध सुनको ।।
(श्लोक २८, पृष्ठ ३५)
राज्यले बिराटनगर नाम स्वीकृत गर्‍यो। गोग्राह सहर नेपालकै पहिलो सहर बन्यो । यो सहर निर्माणमा कोइराला वंशजको पसिना बगेको छ । नतीजा बसाइ राखेको छ ।कविले विराट नगरको उच्च मूल्याङ्कन गरेका छन् –
वि.प्र.को आत्म निर्माण गर्ने रज र बीजत्यो
उद्घोष प्रजातन्त्रको मन्त्र बिगुल बजेको ।
साहस तर्क उर्वर भूमि कोइरालावर्गको
राणाको जग हल्लाई दिने उत्साही तर्कको ।।
(श्लोक २९, ृष्ठ प ३५)
कालीप्रसादको साथ पाएर कृष्णले आफ्नो स्थिति दह्रो बनाए ।पहाडबाट विभिन्न थरी समाना लिन मोरङ झर्दथे,घिउ मह बेचेर लत्ता कपडा मटितेल किनेर लान्थे । व्यपारीको कारणले गर्दा हटाराहरू लुटिन्थे । कृष्णले सजगताको साथमा व्यपार गर्दथे । उनको व्यपार कलकत्तासम्म फैलिएको थियो । कृष्णको व्यपारको वर्णन कविले यसरी गरेका छन् –
माटाको थुप्रो हातमा लिंदा अन्नको राश भो
हातले छुँदा फलाम पनि सुनको तास भो ।
जे गर्दा पनि नाफा नै नाफा नाफाले चुलियो
निमको पात चपाए पनि भयो नी गुलियो ।।
(श्लोक ३६,पृष्ठ ३७ )
कृष्णको मेवाडीसँग सङ्गत भयो, सहास र उर्जा सक्रिय भए, मगज खारियो, जे गरे पनि सहज हुन थाल्यो, दुख र सुख, उकाली ओराली सबै समान देखिन थाले, पसिना बगाएकोले सबै सहन हुन थाल्यो सवारीको लागि अरबी घोडा, दुधको लागि गाई भैंसी पालिए र सबै कुरामा सम्पन्न भए । कृष्ण ठूला व्यापारी, समाजसेवी, उद्योगपति भए पनि उनी एकल थिए । अब उनलाई पत्नीको खाँचो थियो । उनले मोहन कुमारीसँग वैवाहिक सम्बन्ध जोडे । राणापछिको पहिलो प्रधानमन्त्री बन्ने ( मातृकाप्रसाद) छोरा जन्माइन् ।
श्रीमती, छोरा, धन संपत्ति भए पनि पश्चिमे प्रभावको आकर्षणले कृष्णलाई आधुनिकता, सुरम्यता नवीनताले लोभ्यायो । उनले अंग्रेजी जुता, चश्मा, किमती कपडा,अत्तरको प्रयोग कर्ता, हवेलीलाई सजाउन सक्ने, आधुनिकता सहजै स्वीकार्ने, पतिको भाव र इसारा बुझ्ने, पढेलेखेकी अशल कन्यासँग विवाह गर्ने इच्छा जागेर काठमाडौ बालाज्यु टुक्रेपानीकी कन्या हेर्न पुगे । त्यतिवेला विवाह पूर्व केटी हेर्ने चलन थिएन । चलन मिच्दै दिव्यादेवीलाई हेरेर लगन तोकेर विवाह बन्धनमा कृष्ण र दिव्या बाँधिएको धारणा कविले यसरी पस्कदै यो खण्ड समाप्त हुन्छ –
जोडिए दिव्या देवी र कृष्ण लगन गाँठोमा
प्रचुर राम्रा बधू र वर सुन्दर प्रतिमा ।
विधिको त्यही विधान थियो जोडने जोडी जोर
दिव्याको कोख उर्वरक भई जन्मन विश्वेश्वर ।।
(श्लोक ५१, पृष्ठ ४०)
खण्ड पाँच
यस खण्डमा कविले प्रकृति वर्णनको लामो धारणा पस्कदै कृष्णप्रसादको सम्पन्नताको विवरण दिएका छन् । समय परिवर्तित छ आज जस्तो भोली हुँदैन । भोली अर्कै उमङ्ग आएँछ । दृष्टि फेरिन्छ । घटित घटनाले प्रभाव पार्छ आदि घटनालाई काव्यले समाउँदै कृष्ण घोडा चढेर निर्जन वनको बाटो हुँदै विराटनगर जाँदै गर्दा उनको प्रगतिको मूल्याङ्कन आफैले गर्दा मन प्रफुल्ल थियो । अन्तर तानाहरू खेल्दै गए आफ्नो करोडैको सम्पत्ति, नोकर चाकर, सामाजिक मान मर्यादा, गोरखादेखि बझाङसम्मँको सरकारी करको भन्सारको ठेक्का।,असक्तलाई सहारा समाज सेवा,दरबारसँगको सम्बन्ध,, हुलाक सेवा, पाठशाला खोलेर निशुल्क शिक्षा(साठी बालकलाई निशुल्ककापी कलम आवास), अशक्तको लागि आफैले अस्पताल खोलेर सेवा, श्री ३ चन्द्र शमशेरले पनि मान गर्ने, आदि आफ्ना प्रगतिका भावनाहरू मगजमा घुमेका वेला निर्जन वनमा आकाशवाण्ी सुनिएको अनुभूति हुनु,उनी चकित पर्नु उनले लगम तानेर घोडालाई रोक्नु, आकाशवाणीलाई देववाणी सम्झनु ,आकाशवाणीले उनको सम्पन्नताको खिल्ली उडाएको जस्तो लाग्नु, सम्पत्ति भयो भनेर गर्व नलिए हुन्छ रे किनकी मानिस धनले हैन मानिस सम्पन्न बन्ने सचेत मनले हो । आफैले आफैलाई सम्पन्नशाली देख्नु अज्ञात हुँदा चढेको मात हो ।र विपन्न पनि त्यही हो । उनलाई आकाश वाणीले धर्तीमा के दिइ जान्छौ, सम्पन्नातामा गमक्क हुनु छैन । यस्तो आकाशवाणी सुनेर कृष्णको जोश लोलायो, होस् मुर्झायौ, सपना हरायो कृष्णको आत्मापुकार पनि चिच्याई करायो–
निर्धक्क भन्छु सम्पन्न मछु विपन्न हैन म
मलाई देख्ने विपन्न को हौ सामुन्ने आउन ।
तुरुन्तै दियो उत्तर पनि आकाशवाणीले
दुम्जाका भोका नाङ्गालाई खै त के दियौ तिमीले ।।
(श्लोक १६, पृष्ठ ४४)
हजारौं दुम्जा मुकलुक भरीका दुर्गम बस्ने भोका र नाङ्गा, हेरेउ कि हेरेनउ नन्दीका जस्तै कोरीको सेवा गरेउ कि गरेनउ गाउँका दुखी दरिद्रीलाई हेर्‍यौ कि हेरेनउ, तिम्रो सेवाको सीमा सीमित भयो, दुर्गममा पुगेन, तिमीले गरेको सेवाको मूल्याङ्कन अवस्य हुन्छ । अमर नामको चर्चा हुनेछ सुनौला भविष्यले सेवाको रङ्ग निमाण र् गर्नेछ भन्दै भाबुक हुँदै घोडा चढे । यस घटनाले तिनको मन देशको स्थिति सुधार्नतर्फ तानियो । कृष्णले अन्तर मनले देशको तस्वीर झाँकेर हेर्दा ‘थुनेका मुख, बाँधेका हात, पाउमा जञ्जिर’ पाए । कृष्ण भविष्यवाणी के थिए भनि प्रश्नवाची हुन्छन् । आफै सोचन गर्छन् । यी भित्री भावना विस्फोटन भगएको हो कि ? बोलेका देवता ह्नु कि आफ्नै मन ? गुम्सेका चाहना कि रहर लहडी ? तन्तुमा भुमरी परेर अन्तर ताना खेलेका हुन् कि आदि तर्कना सहित कविले तलको श्लोक पस्कि यो खण्ड समाप्त भएको छ ।
भावनासित खेलेका हुन् कि अन्तर संवेग
खेलेका हुन कि सपना जस्तै मनका प्रवेग
त्यो थियो एक रोचकताको रहस्य मय क्षण
जीवन यात्रा नविन मोड घुमाइ दिने दिन ।।
(श्लोक २२। पृष्ठ ४५)
खण्ड छ
यस खण्डमा प्रथम विश्वयुद्धमा नेपाल पनि अछुतो नरहेको, नेपाली युवा युद्धमा लादिए, युवाको रगत बग्यो, फर्कदा केही चेतना बोकेर आएका कुरा,नेपालीहरूको वीरतालाई चिनाएका कुरा, श्री ३ चन्द्रशमशेरले अंग्रेजलाई सहयोग गरेका कुरा, युवाको रगत विदेशमा बेचेर नाम र दाम कमाएका कुराहरू १ देखि ४ श्लोकसम्म आएका छन् ।
कारखाना खुले,उद्योग चले बिराट नगरमा । व्यपारबाट कृष्णले नाफा कमाए ,हुलाक ल्याएर चेतना जगाए, कालिक माइको मन्दिर निर्माण ,स्कुल निर्माण शिक्षक र डाक्टरको तलब निजी सम्पत्तिबाट दिन्थे । दशैमा गरिबलाई सहयोग, राणको शासनमा सुधारको चाहना, कलकत्ताबाट पत्रिका झिकाएर सन्देशमा सुसुचित हुनु, गान्धीको दर्शन मनमा गड्नु, भारत स्वतन्त्र नभए सम्म राणको शासन नढल्ने किनकी अंग्रेजसँग चन्द्र शमशेरको गहिरो मित्रता,राणा शासन फाल्न जनता व्युझाउनु पर्ने, महिलामा जागुरता ल्याउनको लागि दिव्यले महसुस गर्नु र कृष्णले पनि उचि तै ठाने । चन्द्र शमशेरकी कान्छी रानी साथ पत्रचार गर्नु , रानीले स्व्कीार्य गर्नु र नेपालमा पहिलो महिलासंघको स्थापना हुनु, अध्यक्ष रानी सचिवमा दिव्या उपाध्यक्षमा मोहन कुमारी र सदस्यमा सचेत महिलाहरू राखेर कार्य सन्चालन । कृष्णले श्री ३लाई नियमानुसार सुधारको लागि निवेदन लेख्नु, दासप्रथा र सतीप्रथा रोक्नु पर्ने ,शिक्षा र स्वास्थमा प्रसार गराइ सुविधाहरू बक्सिनै पर्ने धारणा राख्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड–७
यस खण्डमा कृष्णप्रसादले नेपाली जनताको अवस्थाको सप्रमाण पार्सल पठाउनु चन्द्रशमशेर रिसाउनु उनलाई कारवाही गर्ने समाचार थाहा पाएपछि उनी भारततिर निर्वासित हुन्छन् । हेरौं कथा विवरण –
फाटेक लुगा परेका धुजा नौ ठाउँमा टालेका
लिखाका थुप्रा उपियाँ जुम्रा लुगामा पालेका ।
टोपीको घेरो नतनु जस्तै निधार माथिको
नुन र तेल जुगाड गर्न तराई झरेको ।।
(श्लोक १ , पृष्ठ ५०)
विहानी पख कुखुराको डाँकोमा भारी बोकेर द्यौराली पाखा हुँदै नौमुले फाटमा ताँती लगाएर अमूल्य बस्तुहरू साथमा लिएर बजारमा बेचेर नुन तेल लिएर फर्कने हटारुहरू मध्ये कोही चन्द्रगञ्ज पुग्दछन् । यो व्यपारी केन्द्र भएको र यहाँ कर असुली गर्ने ठाउँ भएकोले कृष्णका कर्मचारी टनाटन भएका र यही. कृष्णले समाज सुधारको लागि केही छलफल चलाएका थिए । ती झुत्रेहरू चन्द्रगञ्ज छलफल भएका ठाउँमा पुग्छन् । त्यस्ता गरिबको सुधार कसरी गर्न सकिएला भनी छलफल चन्ल्नु एक्लो प्रयास बाट सम्भव नहुनु भन्ने तर्क निक्लनु कृष्णले हेर्नु र यस्तो देख्नु –
स्पष्ट नै थियो पहाडी दुखी जिउने जिन्दगी
सयमा नब्बे गुजारा गर्ने जीवन पद्धति ।
देखिन्थयो झल्को प्रत्यक्ष खाका नेपाली अनुहर
यथार्थ आफ्नै देशको स्थिति बाँचेको अभिशाप ।।
(श्लोक १२,पृष्ठ ५२)
एउटा हटारुलाई बोलाए र उसले लगाएका कपडा उतार्न लगाएर नयाँ कपडा लगाउन दिएर हटारुको लुगाको पार्सल बनाएर भावुक विवरण लेखेर चन्द्रशमशेरलाई बिन्ती चढाउँदै पठाए । पार्संल र चिठी पुग्यो श्री३ चन्द्रशमशेरले चिठी पढे र पार्सल खोल्न लगाए । पार्सल खोल्दाको अवस्था –
मइला धुजा परेका लुगा राखेका पट्याई
टोपीको घेरो थाप्लाको नाम्लो राखेको मिलाई ।
रिसाए चन्द्र देखेर तेस्तो कृयणको कोसेली
राता र पिरा भएर निस्के क्यै पनि नबोली ।।
(श्लोक १९, पृष्ठ ५३)
चन्द्रशमशेरलाई पार्सल विशेष प्रकारको होला भन्ने सोच थियो । तर मैला झुत्रा लुगा, लँगोटी फाटेको, पोते र चुरा भेटियो । यो देखेर चन्द्रशमशेर तो नाथेले के भन्न खोजेको भन्दै रिसाएर खोपीमा गएर भाइभार्दार जोरेर तुरुन्तै जेल हाल्ने नत्र हेप्ने छ , राणा विरुद्धको खेल खेल्नेछ, डाकेर गौडा छेकेर मौका छोपेर बाँधेर ल्याई खुट्टामा नेल हालेर हथकडी लगाएर सडाइदिनु पर्छ नत्र गद्दीमा गिद्धे नजर लगाउला जनता भँड्याइदिन्छ भन्ने निर्देशन भयो । दशैंका दिनमा अति गोप्य पक्राउ पुर्जी कर्णेल जीतबहादुरकोमा पठाइयो र कर्णेल जीतबहादुर कृष्णका घनिष्ट मित्र हुनाको कारणले सतर्क रहु समय खराब आउँदै छ भन्ने संकेत दिए । कर्णेलकै घोडा लिएर सीमाना काटेर घरका जहान बच्चा बोलाएर केही पकेट खर्च व्यवस्था मिलाएर जसरी रामको वनबास भए सरी कृष्णको मोरङबाट उठिबास भयो । उनले सर्वस्व त्यागे तर अठोट त्यागेनन् । बाह्रवर्ष तपसी भए हरेस खाएनन् ।
उनका पाँच छोरा र चार छोरीहरू थिए । मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला, केशव प्रसाद कोइराला र तारिणी प्रसाद कोइराला उनका छोराहरू थिएः र चार छोरीहरू नलिनी कोइराला (उपाध्याय), इन्दिरा कोइराला (आचार्य), सौभाग्य कुमारी (सौरी) कोइराला (अर्जेल) र विजयलक्ष्मी कोइराला (जाकी)। उनका तीन जना छोराहरू नेपालका प्रधानमन्त्री बने भारत निर्वासन हुनुभन्दा पहिला कृष्णको अवस्थाको वर्णन कविले यसरी गरेका छन्–
दूधका घुट्का सुनका टुक्रा चौरासी व्यञ्जन
बगैचा भरी फलेका फल फूलका वासना ।
अर्जेका कति हितका साथी कोइराला कुलका
मोरङतिरै छोडेर गए बिस्तरा फूलका ।।
उनले सम्पूर्ण आफ्नो श्रीसम्पत्ति स्वतन्त्रताको लडाइँको लागि छाडेर भारत प्रवेश गरे । यतिवेला उनका ४५ जना परिवार सङ्ख्या थियो । बनारसमा पुगेर यिनको गास र बासको व्यवस्था अनेक युक्तिका साथ गरेको धारणा सहित यो खण्ड समाप्त भएको छ ।
खण्ड – ८
यस खण्डमा कृष्णले देवीप्रसादसँग पत्रिका प्रकाशनतिर लागेको, मासिक ‘जन्मभूमि’ र सप्ताहिक ‘गोर्खाली’ पत्रिका प्रकाशन, यसबाट क्रान्तिका धारा प्रवाह गर्दै , यसवाट युवा जोस बढाउँदै, राणका अत्याचारका जोशिला समाचार डाँडा काँडा फैलाउँदै युवाहरूलाई पढाउँदै धरणी धरका कविताहरूको ‘नैबेद्य’ नाम राखेर कविता प्रकाशन गरेर पढ्न इच्छुकलाई उपलब्ध गराएर कामहरू अगाडि बढे ।
ठूलो पविारको व्यवस्थावन सहज हुँदैन यहाँ पनि दुखका दिन आए खाना नाना, औषधी आदि जोड्न कठिन भयो। समान जोडेर कपडा बुन्न लगाए । चन्द्र शमशेरले माफी मागेर फर्केर आउनको लागि बोलावट भयो । यस सम्बन्धमा कृष्णको धारणालाई कविले यसरी प्रस्तुत गरेका छन् –
मागेर माफी कोइराला कृष्ण हुँदैन बदनाम
गर्विलो शिर निहुरीकन बाँचेर के काम ।
दयाको भिख मागेर खान्न जिउँदो रहुन्जेल
पौरख गरी अभाव टार्छु जीवन छउन्जेल ।।
(श्लोक ७, पृष्ठ ५८)
राज्यको बकौता तिर्न पर्ने पठाए । श्री ३को पत्रको जवपाफ नरम भाषामा पठाए । एक छाक खाना र एक छाक चना भिजाएर खाँदा पनि चुलो नजले पछि आफ्नो व्यपारी अवस्थाको मान मर्यादा सँझेर केही सहयोग मिल्छ कि भनेर कलकत्ता गए तर सहयोगको अपेक्षा राणाको विरुद्धमा नलाग्न र माफी मागेर नेपाल फर्कने सुझाव पाए । फुटपाथको व्यपार सुरु गरे तर पनि नाफा हात लागेन । उनी ‘गयाकाँग्रेस’मा प्रवेश गरे । सिआर दास काँग्रेसी नेतासँग साथ भयो । उनको क्रान्तिकारीसँग सम्बन्ध भयो । अत्यान्त गोप्य समान बोकेर अड्डामा पुर्‍याउनु, नाम कमिनु, ख्याति बढ्नु , अंग्रेजको नजरमा क्रान्तिकारी नेतामा गनिनु , यसैवेला विपिलाई खटिरा आउनु , साथमा पैसा नहुनु, हारगुहार गरेर उपचार गराउनु, यस्तो कष्टदायी अवस्थालाई देखेर। कटुवाल काजीले भागलपुर टेढीमा गएर जग्गा किनेर बस्नको लागि सापटी पैसा दिए । टेढीमा जग्गा किनेर घर बनाए, बाटा बनाए स्कुल खोले, गाउँले सीपको प्रयोग गरेर घर सिङ्गारे, पाहुनाहरूको लागि विशेष घर निर्माण भयो, आदर्श नामको स्कुल खोलेर बालक पढाउन थाले, आदि धारणासहित कविले घरको सजावटको यसरी वर्णन गरेका छन् –
कोठाका भित्रै फुलने फूल फलने नाना फल
आकाशबाट बर्षदा पनि नछिर्ने भित्र जल ।
आउने जाने विशेष व्यक्ति पाहुनाहरूको
आवास थियो सम्मान गर्ने नेताजीहरूको ।।
(श्लोक २२, पृष्ठ ६१)
विद्यार्थी आवासगृह निमार्ण, गुरुकुल शिक्षा प्रणाली लागु गर्नु, विद्यार्थीले गोसेवा गर्नु पर्ने, सिटीको तालमा पिटी खेल्न पर्ने कवाजको लागि पूर्व सैनिकको नियुक्ति आदि कामको लागि गङ्गानाथ काजीले अपार गुन लगाएका थिए । प्रवास बासको अवस्थाको बारेमा कविले यसरी प्रस्तुत गरेका छन् –
एघार वर्ष प्रवास बास आनन्दमय छिन
छ बर्षसम्म सुविस्तासित काटेका राम्रा दिन ।
भागलपुर टेढीको बास जहान बच्चाको
अत्यान्त राम्रो सुविस्ता थियो शिक्षा र दीक्षाको ।।
(लोक २६, पृष्ठ ६२)
यहाँ कर्मेष्टि जीवन थियो । व्यायम, खेती, गोठको धन्दा,चर्खा चलाई, धागो कातेर लुगा बुन्ने आदिको ।२४ सै घण्टाको तालिका थियो । तालिका बमोजिम काम हुन्थ्यो । विद्यार्थीलाई साँझमा वाद विवाद, नाच, गान, ज्ञान, स्वतन्त्रताको लडाइँ लड्ने चर्चित योद्धाको प्रशंसा र क्रान्तिका कुरा हुन्थे । गान्धीको आचार शिक्षाको सिकाई । यसको लागि विशिष्ट नेता त्यही आएर दिन्थे ज्ञान । लेवी तिर्न भनेर रातभरी धागो कातेर धागाको लाच्छा काँग्रेस पार्टीलाई दिइन्थ्यो । कृष्ण सजगसँग रहन्थे । भारतबाट अंग्रेज नधप्पिएसम्म राणको दरबार हल्लाउन सकिर्दैन । त्यसो हुँदा भारतमा चलेको स्वराजको आन्दोलनमा कृष्ण पनि तनमन लगाएर सहयोग गर्दथे । भारतका नेताहरू राजेन्द्र बाबु नेहरू,गान्धी, लोहनी, पटेल, जयप्रकाश, नारायण, मोतीलाल नेहरू, भुवेन्द्र, सिआरदासहरूले कृष्णलाई सहभागी गराउने र उनको राय लिने गर्दथे । नेपालका सिताराहरू मनमोहन अधिकारी, गिरिजा, विपि मातृका पनि टेढीकै सहारामा हुर्केका थिए । कृष्णले टेढीमा राम्रोसँग गरेको व्यवस्थित बसाई पुन प्रकृति प्रकोप(हुरी)ले खलबल्यायो । कोशीको बाढी पसेर टेढी चुर्लुँम्म डुवायो र कृष्णले सर्वस्व गुमाउनु पर्‍यो । असह्य यो घटना जो नहुनु पर्ने थियो त्यही भै गयो आहारा साहारा सबै छिन्न भिन्न भयो ६ वर्ष टेढीमा जोडेका केही बाँकी रहेन । माटो पनि बालुवामा परिणत भयो । यो मार्मिक अवस्थालाई कविले विभिन्न कोणबाट प्रस्तुत गरेका छन् ।
जोरेका साँगा भएको स्वाहा हेरेर आँखाले
बासे झै लाग्ने न्याउली चरी उराठे भाखाले ।
दैवले पनि झटारो हान्छ ताकेर दुख्ने मन
मुटुमा चोट परेको वेला पीडा नै हुने झन् ।।
(श्लोक ४१, पृष्ठ ६५)
मानिसले प्रगति गर्न आधर चाहिन्छ । आधार बिना सिंहाशन बन्दैन । यहाँ त पसिना वगाउने ठाउँ पनि रहेन । ऐश्वर्य थुपार्न पनि चाहेको हैन । केवल हात मुख जोर्नको प्रयासमात्र थियो । भनिन्छ दशा विग्रेपछि बसेको भुई पनि भासिन्छ । कृष्णले टेढीमा जे निर्माण गरे कोइराला परिवारलाई मात्र नभएर समुच्च टेढीकै विकासको लागि थियो । ५० जनाको परिवार धान्नको लागि सहज थिएन । पीडाले पोल्यो हृदय जल्यो समस्या झाँगियो । साथमा भएकालाई सहारा खोज्न चौतर्फ पठाइयो । दिव्याका परिवार विहारको वेतिया गए, दीर्घराजले सामल जोर्थे, कृष्णप्रसाद बाथले गलेका थिए, गिरिजा, केशव,हरिप्रसाद, तारणी भोकको शोकमा ओठमा कलेठी पारेका थिए, विपी काशी, टेढीमै मोहन कुमारी । यस्तो दयनीय अवस्थामा पनि कृष्णप्रसाद राणा शासन कसरी ढाल्न सकिन्छ भनी उपाय खोज्न दौडी रहेका थिए । हरिहरलाई हैजाले लग्यो बाटो कात्रोको समस्या पर्‍यो । यही समयमा राणकी छोरी वेतिया आएकी र कोइराला पुत्र मरेको थाहा पाएपछि त्यहाँ आएर लासको दाहसंस्कारको व्यवस्था मिलाएर मराठा राजा राजाराम आश्रममा आश्रय लिएर दुखका दिन विताउने सुझाव दिइन् । यसवेला कृष्ण बाहिर थिए र पुत्रशोक परेको जानकारी गराइयो । मराठा राजा राजाराम आश्रममा आश्रय लिन जाने निर्णय भयो र मराठा राजाले पनि सम्मान साथ आश्रय दिंदै भने –
राजाले भने राजसी भोग भोगेर रमाऊ
नमान दुख भएर ढुक्क आनन्द मनाऊ ।
दुई ओटा छोरा पठाइ दिन्छु लन्दन पढन
निश्चित होऊ विताउ तिमी अमिरी जीवन ।।
(श्लोक ५५, पृष्ठ ६८ )
पुत्रशोकको खाटा बसेको र दरबारको सुख भोग गर्न पाए पनि कर्तव्यबाट टाढिए जस्तो लागेर २२ दिन बसेपछि हिडने बिचार पलायो र २३ दिनका दिन राजासँग विदा मागेर फर्कने बिचार प्रकट गर्दा राजाले भने–
राजाले भने समय काट मसितै बसेर
विर्सेर अरु भएर ढुक्क सन्तोष लिएर ।
बनाइदिन्छु आरामदायी बसने राम्रो बास
भट्केर हिँड्दा दिँदैन शोभा भइन्छ परिहास ।।
(श्लोक ५८, पृष्ठ ६८)
राजाको यत्रो सम्मान पाएर कृष्ण भाबुक भए र राजामा विन्ती विशाय कि ‘मैले मेरो लक्ष भेटाउन विपत्ति सहेर सक्छु र मैदान छाडेर सन्तोष लिन सक्दिन ।’ सुखले मानिस कमजोर हुन्छ र लक्षमा पुग्न टाढिन्छ । दयाको भिख मागेर खाने पक्षमा हुनु हुँदैन । परेका जति अभाव पीडाहरू दैवका उपहार हुन् । लोभी भएर मानवी शिष्टचार त्याग्न हुँदैन जस्ता धारणा सहित कृष्णले राजालाई भने –
बिन्ति छ मेरो खुसीले विदा बक्सिओस् महाराज
फर्कन्छु म त अज्ञात ठाउँ आजै सपरिवार ।
बिर्सने छैन आत्मीय श्रद्धा जीवित रहुन्जेल
संयोग जुर्‍यो अतिथ्य पायौं जोरेको दैवी खेल ।।
(श्लोक ६१, पृष्ठ ६९ )
खण्ड– ९
यस खण्डमा ४४ श्लोक छन् र चन्द्र शमशेरको राज्यकालको विवरण यहाँ दर्शाइएको छ । नेपालमा कुर्सीको लागि तछाड मछाडको इतिहास पुरानै छ । चन्द्रशमशेर भन्दा पहिला देव शमशेरले श्री तीन भएर राज्य सञ्चालन गरेका थिए । चन्द्र शमशेरले उनको कन्चटमा पेस्तोल ताकेर राजिनामा लेख्न लगाए र सत्ता आफ्नो हातमा लिए । यस सम्बन्धमा कवि भन्छन् –
श्री तीन देव शमशेरलाई जबरै धपाई
षडयन्त्र गरी कटाइ डाँडा श्री पेच उतारी ।
निपुण कुटनीतिज्ञ चन्द्र बनेका महाराज
लगाए युक्ति चतुर चन्द्र चलाए राजकाज ।।
यिनको पालामा प्रथम विश्व भएको थियो । यस अवस्थामा यिनले अंग्रेजलाई युवा पठाएर सगाए । विश्वकै शक्तिशाली अङ्ग्रेजसँग मित्रताको हात मिलाएर २९ साल सत्ता चलाए । नेपाली युवाहरूले बहादुरी साथ लडे र भिसी तक्मा प्राप्त गरे र नाम कमाए । यिनीस्हरूले नाम मात्र कमएनन् ।त्यहाँको बारेमा जे जति जानेका थिए यहाँ आएर सबैलाई सुनाए । यिनले सबैका मन हल्लने गीत गाए । देशमा दासता बोकेको अनुभूति भयो र यिनीहरूका आँखा खुले ।
सर्दार बाजे मोरङ गएर मोरङलाई सिँगारे सजाए । शिक्षा र स्वास्थ सुधार गर्ने योजना बनाए । गाइनेहरूले आर्वाजा बजाए र रङ्गिला गीत गाएर चेतना जगाए । चन्द्र शमशेरको पालासम्म सती प्रथा र दास प्रथाको समस्या थियो । यसलाई कृष्णले औंल्याउनु र चन्द्र शमशेरले सती प्रथा हटाउनु र दासलाई पनि मुक्त गर्ने काम भयो । शिक्षातर्फ पनि सुधार भयो । त्रिचन्द्र कलेजको स्थापना भयो । सरकारले बजेट छुट्ट्यायो । चन्द्र शमशेर बाध्यतामा परेर पनि विकासका काम हुन थाले । विद्युत, नहर, विराटनगरको निर्माण चन्द्रकै पालामा भएका थिए । राणाको आँखामा कृष्ण दुधको माखाको रूपमा देखिन्थे । चन्द्र शमशेर र कृष्णको बीचमा तरङ्ग रङ्ग चलेको हुन्थ्यो । चन्द्रले शंका गर्दथे ।विकासको लागि दुबैमा बिचार मन्थन चल्थ्यो । चन्द्रशमशेरले कृष्णको मनले आँटेको काम गर्ने खुबी बुझेका थिए । कृष्णको चलेको अन्धविश्वासको सुधार,पहिलो नारीसंघ खोल्ने काम, स्कुल खोल्ने काम, पहिलो अस्पताल खोल्ने काम, बिराटनगर नामाकरण,उद्योग धन्दा प्रसार गर्ने काममा कृष्णको अग्रसरताको साथै चन्द्रशमशेरलाई समाजको यथार्थता जानकारी गराउन पठाएको पार्सलको विवरण यसप्रकार छ –
ढाक्रेका मैला कपडा जिर्ण भोटो र कछेट
थाप्लाको नाम्लो टोपीको घेरो पटुका समेत ।
पार्सल गरी श्री तीनलाई पठाउने सहास
देशको स्थिति सुधारी लाने कोइराला प्रयास ।।
(श्लोक १९, पृष्ठ ७३)
कविले कृष्णको लक्षलाई सुधारवादी भनेका छन् भने राणाको लागि भने उनी मुटुको किलोको रुपमा लिएका छन् । नबुझ्नेसँग मित लगाउनु भन्दा बुझ्ने शत्रु ठिक हुन्छ किनकी केही उपदेश त दिन्छ भन्ने कुरा कविको छ । चन्द्रशमशेरको बानी शस्त्र नहानी अन्तरसम्म पुग्ने चोट हाँसी हाँसी हान्ने र गहिरो चोट पार्दिने तर कृष्ण निकै अडेर लड्न सक्ने हरेस नखाने अनि स्पातको छडी जस्तो गलेर नजाने । सुधार भन्दै सीमा नघाएकोले चन्द्रशमशेरले सर्वस्व गरी कृष्णलाई धपाए । धपाएको कृष्णले भारतिरबाट सङ्ग्राम लडने तयारी गर्दै छ भन्ने कुरा दरबारमा सुनिएकोले चन्द्र शमशेरले भाइभारदार जोडेर खर्दारलाई बोलाऊँ । ऊ आयो भने उसको योजना भत्किन्छ भन्दै चन्द्रले दयालु भावको पत्र लेखाएर माफी मागेर फर्क भन्ने आसयको पत्र पठाइयो ।पत्रमा स्वास्थको अवस्था र सन्तानका अवस्था पनि सोधिएको थियो । कृष्णले पनि सधन्यवादको पत्र पठाए । नेपाली भाषा विहीनको अवस्थाान बालक रहेको, आफू निस्वार्थ समाज सेवामा लागेको यथार्थ धारणा सहितको पत्र चन्द्रलाई पठाउनु र चन्द्रले कृष्णको पत्र पढेर नेपाली भाषाका राम्रा पुस्तकहरू मुटुको व्यथाको औषधी पठाउँदै तिम्रो खाँचो छ अभिमान छाडेर हात जोडेर आउँदा तिम्रो स्वाभिमान झुक्दैन समेत उल्लेख गरेर पत्र पठाएका थिए । मरिचमान काजीले मध्यस्थको काम गर्थे र दुबैको समाचार आदान प्रदान गराउँथे । बालकहरूले पुस्तक पाए पढेर रमाए , कृष्णले पनि पढेर क्षमता बढाए । साथीहरूले औषधी नखाने सुझाव दिए तर विश्वास घात गरे म मरुला तर चन्द्रको वदनाम हुनेछ भन्दै औषधीको प्रयोग गरियो। राहत मिलो । चन्द्र शमशेरले भीम शमशेरलाई कोइरालाहरू भारत बसेर नेहरू,गान्धी, राजेन्द्रसँग हिडेर बलिया हुँदैछन् त्यसो हुँदा म मरेपछि कोइराला कृष्णलाई झिकाउनु भनेका थिए । चन्द्रको भनाइलाई कविले यसरी प्रस्तुत गरेका छन् –
नदेख्नु सानो जङ्गल खान्छ आगाको फिलिङ्गो
समुद्र पारी जानको लागि हाल्दैछ झोलुङ्गो ।
काबुमा राख्न नसके लाग्ला वनमा डढेलो
बलेको बत्ती निभेर होला दरबार अँध्येरो ।।
(श्लोक ३४, पृष्ठ ७६)
कोइराला कृष्णलाई रामले सीतालाई फर्काइ ल्याए जस्तै फर्काएर ल्याउने सुझाव चन्द्रले भीमशमशेरलाई दिनु र चन्द्र शमशेरको निधनपछि भीमशमशेरले निसर्त चिठी पठाएर स्वदेश झिकाइयो । नेपाल फर्केपछिको उनको स्थितिलाई कविले लेख्छन् –
सहास धैर्य गर्विलो शान पौरखी ठाडो शिर
बाह्रै र वर्ष प्रवास काटी अडिला महा वीर ।
अन्तरभित्र तिखारीकन क्रान्तिका भाला तीर
उज्ज्वल कान्ति हँसिला ओठ नलिने मन पिर ।।
(श्लोक ३८, पृष्ठ ७७)
मातृका, विपि, गिरिजा बाबु,मनमोहन र सुशील गरी ५ ओटालाई हुर्काए र यी सबै प्रधानमन्त्री बने । अभाव हुँदा पनि खोले खाएर लडे तर कहिल्यै निराश भएनन् । बौद्धिक जमात र सचेत वर्गले इज्जत दिए र सुनौला प्रभात ल्याउँछन् भन्ने भरोसा राखे । श्री ३ भीम शमशेर बाट सम्मान पाए । भीम शमशेरले दुई वर्ष सन्तोष जनक शासन चलाए ।
श्री ३ जुद्ध शमशेर प्रधानमन्त्री बने । यतिवेला राणाको शासन ढुलमुल हुँदै थियो । भारदारहरूले कानुन मिचेर जनतामा अत्याचार् गरिहेका थिए । जुद्धशमशेरले पनि अनेक युवालाई जेल हाले चार जनालाई फाँसीमा झुण्ड्याए । यतिवेला स्कुल खुले, उद्योग चले, व्यपार फस्टायो, द्वितीय विश्वयुद्धमा लड्न नेपाली पठाए भन्दै यो खण्ड समाप्त हुन्छ ।
खण्ड– १०
जुद्ध शमशेर श्री ३ प्रधानमन्त्री हुँदा स्वागत गर्न कृष्णप्रसाद नजानु , जुद्ध शमशेरले नै बोलाउनु, र हवेलीमा टहल हुँदा कृष्णले स्वस्ती चढाउनु, जुद्ध शमशेरले कृष्णलाई के गर्न सकुला या केही नगरी मरुला भन्ने प्रश्न राख्न्ु ,कृष्णले पनि हालसम्मका प्रधान मन्त्रीले केही गरेनन्, जनताको सुधार होला जस्तो लागेको छैन । हजुरका २१ कुमारको लागि २१ ओटा विशाल दरबार बनाइसेला, एक्काइस थरी आदेश होला , एक अर्का पट्टी शंका बढ्ला, आजसम्म कसैले देशको लागि केही गरेन मौका पाएका वेला आफ्ना दुना सोझ्याए सबैले, हजुरले के गरिसेला भविष्य बताउला राम्रो काम भयो भने अमरत्व बनाउला भन्ने धारणा कृष्णले राखे । जुद्ध शमशेरले छोराकै लागि दरबार नबनाउने पद्धति नविगार्ने, दरबारसँग सम्पर्क बनाइराख्ने भन्दै दुबैको सौहार्द पूर्वक कुरा टुङ्गिन्छन् ।
जुद्धशमशेरसँग भेट भएपछि क्रान्तिको लागि संस्था खोले र मेच्ची काली जुट्ने गोप्य संस्था को रचना गरे । नेपाल प्रजापरिषद नाउँको संगठन खोलेर खोपीका राजालाई बाहिर निकाले श्री ५ त्रीभूवनले युवालाई साथ दिए । धर्म र शुक्रलाई खरीको बोटमा झुण्ड्याइयो, गङ्गा र चन्दलाई गोली हानेर मारियो ।रामहरी जोशी र टंकप्रसादलाई जेल हालियो । यसले युवामा गर या मर भन्ने सन्देश प्रवाह भयो । अन्याय सहन हुँदैन भावना जागृत भएर आयो । यस सम्बन्धमा कवि भन्छन् –
देश हो हाम्रोसबैको साझा नेपाली जातिको
सबैको हक समान जहाँ क्वै छैन माथिको ।
खोजनै पर्छ मिलेर सबै समान अधिकार
बाँचेर पनि मरेकै हुन्छ सहने अत्याचार ।।
(श्लोक १४, पृष्ठ ८१)
देशको ढुकुटी सबैको साझा हो । यसको लागि जनता उठ्नु पर्छ ।अन्या गर्ने भन्दा अन्याय सहने अत्याचार हो र जनताले प्रतिकार गर्नुपर्छ । खर्दार बाजेले सजग रहेर सन्देश दिन्थे । जुद्धशमशेर बाट स्वीकृती लिस्र जुट र खयरको उद्धोग खुल्यो । खर्दार बाजेले जुद्धको नाममा स्कुल खुलाइ रहेका थिए । अङ्ग्रेज धपाऊ अभियानमा लागेका वारेन्ट जारी भएकाहरू लोहिया र जयप्रकाश नारायणहरू नेपाल आएर सुरक्षित बसेका थिए । अङ्ग्रेजले पक्रन लगाए र नेपालले सबैलाई पक््रयो र जेलमा हाल्यो । जयप्रकाश नारायण जेल तोडेर भागे । खोजी भयो । सोम शम्शेर बडाहाकिमले कृष्णलाई बोलाएर निवर्तमान हाकिम शिवप्रसाद थापालाई उजुरी हाल्न भने तर खर्दार बाजेले मानेन् । सोम शमशेर निकै रिसाए उता अंग्रेज पनि रिसाएको थिए खरदार बाजेलाई जयप्रकाशले लेखेको किताप भेट्टाएको निहुमा हथकडी लगाइयो । यसको नतिजा यस्तो देखियो–
यी हाम्रा पिता खर्दार बाजे आदर्श मानव
दिदैनौ लान यिनको गर्छौ सत्कार आदर ।
जय जय कार मच्चियो त्यहाँ खर्दार बाजेको
लैजानै दिन्नौ मरन परे मरौंला सँगै भो ।।
(श्लोक ३२, पृष्ठ ८५)
त्यहाँ भिडन्त हुने लक्षण देखिनु , मानिसहरू वोइरिनु, सङ्गीन धारी सैनिकहरू माझमा घेरिनु , अन्याय भयो भनेर मानिसहरू झोकिनु , सोम शमशेर डराउनु र कृष्णलाई सम्झाउन भन्नु, त्यहाँ जम्मा भएका मानिसलाई जानदेऊ कसुर छैन फर्केर आउँछु भनेर सम्झाउनु, तर यो मोरङको लागि अन्तिम दिन रहेछ । उनीप्रति मोरङ्का जनताको आदर सत्कारलाई कविले यसरी प्रस्तुत गरेका छन् –
बसाइ राख्छ मगमग त्यहाँ पसिना उनको
प्रशंसा होला हजारौं बर्ष उनका गुनको ।
आत्मीय माया सम्मान दिए मोरङे सबैले
पर्केर फेरी दर्शन हुन दिएन दैवले ।।
(श्लोक ३७ पृष्ठ ८६)
डेडकोष बाटो हजारौ.जनता जुलुस भएर गए । ढोगेर रुँदै घर फर्के । बास बसेका ठाउँमा पनि हजारौं जनताले स्वागत गरे । कृष्णले सजग भएर हक खोज्नु पर्छ भन्थे । बाटोमा मुटुको रोग र बाथको रोगबाट सत्तिदै २२ दिनमा काठमाडौ पुगियो, नजरबन्दमा राखियो, सोम शमशेरले जुद्धलाई नाना कुरा लगाएर तड्पाइ तडपाइ जाली मुद्दा लगाएर मार्न खोजियो, कृष्णले जुद्धसँग पत्रचार पनि गरे तर सोम शमशेरले भेट्न दिएनन् । दम,वाथ र मुटुको व्यथाको औषधी नपाएर पीडित भय, विपि र मातृका हजारीबाग जेलमा थिए । तारणी र गिरिजा पनि त्यहाँ थिएनन् । उनको ख्पाल दिव्या र केशवले गरेका थिए । कविले यस परिस्थितिलाई यसरी वर्णन गरेका छन्–
पीडन प्युन वीरले सक्छ व्यवधान सहन
समन गर्छ मुटुको चोट अभाव पचन ।
वीरको मृत्यु रचिदो रैछ पीडाको राशमा
मरेर पनि अमर हुन्छ उसको बासना ।।
(श्लोक ४९,पृष्ठ ८८)
पीडादाइ अवस्थालाई दर्शाएर कृष्णले जुद्धलाई पत्र लेखेका थिए र जुद्धले पनि कृष्णलाई दुख नदिने भनेका थिए तर बहादुर शमशेर रिसले चुर भएर धर्मशालामा लगेर राख्नु र कहिले धर्मशाला कहिले जेल गरेर निकै दुख दिए । उठ्न बस्न समस्या भयो, शरीर सुनियो, जति जति जाडो र हिउँको प्रकोप बढछ त्यति त्यति समस्या थपिदै गयो । ज्वरो, काँसो, दम पनि थपिन गयो । यो मार्मिक अवस्थालाई उल्लेख गरेर कृष्णले जुद्धलाई पत्र लेखे । यो पत्र पनि बहादुर शमशेरले पाउनु र आफैले तिमीहरू राणको लागि विषालु सर्प हौ । राणालाई डस्न सक्दैनौ प्रयास नगर । तिम्रा सन्तान पनि विषका प्डुी हुन् तिनको दमन कसरी गर्नुपर्छ राणले जान्दछन् भनेर जवाफ पठाए । यस्तो धम्कीपूर्णपत्र पाए पछि कृष्णले पनि तत्कालै भएको अन्त्य मृत्युमा हुन्छ मर्नमा डर छै । नेपाली अब निडर भए , मेरा छोराले राणको गद्दी ताक्दैछन् र नेपाली हाक्ने छन् । हज्जारौ युवाले हिसाब माग्नेछन् तिमीले यातना दिएर मारेका लास जागेर आएर तिम्रा मुटुमा ताकेर गोली हान्ने छन् ।राणातन्त्र समाप्त पार्न सहिद आउँदै छन् । यो पत्र पढेर बहादुर शमशेर साह्रै रिसाएर भद्रगोल जेलमा राखे अन्तिम क्षण श्री जुद्ध शमशेर धर्म शालामा ल्याए ।त्यही चैतन्य चोला उडेर गयो । पचली घाटमा केशव कोइरालाले दागबत्ती दिए र दिव्यले चम्धारा रोएर आँसुले अञ्जली दिइन् भन्दै यो खण्ड सकिन्छ ।
खण्ड–११
यस खण्डमा कृष्णप्रसादको मृत्युपछि पचली घाटमा अन्त्यष्टि गरिन्छ । दिव्याले हातका चुरा, पोते, लासमा चढाइन् । अब के नै गर्नु थियो र कृष्णको दिव्य मुहारलाइ दिलमा सजाइन् ।कृष्णको कारुणिक मरणको बर्णन कविले यसरी गरेका छन् –
धर्तीमा कीर्ति छोडेर गए अमर भयो नाम
गाइए गाना लेखिए काव्य प्रसंसा भए काम ।
दुनियालाई राहत दिन आहत भएर
ओखती पनि नपाइ खान गए नि मरेर ।।
(श्लोक ३, पृष्ठ ९२)
देशमा प्रजातन्त्रको दियो बाल्न, देशको विकास गर्न इच्छा मुटुमा राख्ने वेलामा विमारी थिए जेलमा लगियो शुद्ध पानीको घुट्को पिउन पनि पाएनन् भन्दै उनको सपन्नताको वर्णन कविले यसरी गरेका छन् –
सुनको थाल फालेर पर पातमा खाएर
जेल र नेल अनेक थरी हण्डर सहेर ।
जोरेको जति जमिन ज्यथा सामर्थ्य जीवन
गरने वीर खर्दार बाजे देशकै अर्पण ।।
(श्लोक ६ ,पृष्ठ ९३)
खर्दार बाजेले देशका कर्णधारलाई भविष्य देखाए, शिक्षा र स्वास्थ मार्फत चेतना जगाए, सती प्रथा र दासप्रथा हटाउन आवाज उठाए, आँट गरे दैवले पुर्‍याउँछ र चोटीमा पुगिन्छ, निराशा हुनु हुँदैन भए चिप्लोमा लडिन्छ भन्ने उनको धारणा थियो । उनको कथन थियो ‘कि वीर मृत्यु वरण गर्छ सङ्ग्राम लडेर, कि मृत्यु गर्छ स्विकार वीर जेलमा सडेर ।’ उनको मृत्यु जेलमा सडेर भयो । राणका पालमा उनी सुधारबादी पहिला व्यक्ति थिए । हक, हित, न्याय, स्वतन्त्रता र स्वास्थ्य, शिक्षाको लागि सुनको थाल( सम्पन्नता)मा लात हान्ने पनि उनी नै थिए । सहिद शब्द कस्तो ठाउँमा लागु हुन्छ भनि कविले परिभाषित गरेका छन् । कविको भनाइ छ देशमा नयाँ दर्शन दिनको लागि क्रान्तिमा लडेको,लोकलाई रहतको लागि जेलमा मरेको, देशकै लागि सर्वस्व र जीवनदान गरेकोलाई प्रयोग गरिने शब्द हो सहिद । कृष्णप्रसादले यी सबै कर्म पुरा गरेका छन् । त्यसोहुँदा उनलाई सहिद घोषणागर्नु पर्ने हो तर सहिद घोषणा गरिएन । सत्ताले सहिद घोषणा नगरेर किन शोषण गरेको प्रश्न सहित यो काव्यको समाप्ति भएको छ ।
पात्रविधान –यस कृतिको कथानकभित्रका पात्रहरू दुई प्रकारका छन् । सकृय पात्र र पेटबोलीमा आएका पात्र । मुख्य पात्र कृष्ण प्रसाद कोइराला हुन् सारा काव्य नै उनको नाममा लेखिएको हुँदा कथासरमा उनका कृयाकलाप आएका छन् संक्षेपमा भन्नुपर्दा उनी समाज सुधारक र राजनीतिज्ञ थिए । थुप्रै पात्रहरूको भूमिका पनि काव्यमा त्यतिकै महत्वपूर्ण देखिन्छ । छोटो परिचय यसप्रकार दिइएको छ –
नन्दीकेश्वर – नन्दीकेश्वर कोइरालाबाट काव्यको थालनी भएको छ । नन्दीकेश्वर कोइराला दुम्जा निवासी, पण्डित,जोतिषी, जागिरे (वीर शमशेरका पालामा), कालीदास र कृष्णप्रसादका पिता हुन् ।
राज्यलक्ष्मी पोखरेल –नन्दीकेश्वर कोइरालाकी पत्नी हकी महिला, कसैको हप्की नसहने कर्सैले दवाउन चाहे नदविने ।
दरबारकी धाई कोइराल्नी –नाइके बन्ने प्रयास गर्ने, राज्यलक्ष्मीसँग दुस्मनी राख्ने ् दुम्जालाई दरबार बाट आफ्नो नाममा बिर्ता बनाएकी महिला ।
कालीदास कोइराला –नन्दीकेश्वरका जेष्ठा पुत्र । दरबारमा सर्दार पदमा कामगर्दथे । यिनले न्याय क्षेत्र हेर्दथे । तत्कलिन वीर शमशेरकी सुन्दर ठिटी को भाइको मुद्दा हराइ दिएकोमा वीर शमशेर रिसाएर सर्बस्व हरणगरी चारभञ्ज्या कटाइयो । पछि कालीदासलाई जागिरमा बोलाइयो र हरण गरेको सर्वस्व पनि फिर्ता भयो । बिराट नगरको विकास गराउनको लागि हाकिम बनाए र पठाइयो उनले त्यहाँ विकासका थुप्रै काम गरे ।
रुक्मिणी –कृष्णकी प्रथम श्रीमती जुम्ल्याहा बच्चा जन्माएर बच्चा सहित स्वर्गारोहण भएकी पात्र ।
मोहनकुमारी–कृष्णकी दोस्री पत्नी र प्रथम महिला संघकी सदस्य, राणकाल पछि प्रथम प्रधानमन्त्री(२००८साल) मातृकाप्रसादाकी आमा ।
दिव्यादेवी –कृष्णकी पढेलेखेकी, परिबर्तित परिस्थिति र आधुनिकतालाई अपनाउन सक्ने कान्छी श्रीमती, र प्रथम महिलासंघकी सचिब । विश्वेश्वरप्रसाद कोइराला(प्रधानमन्त्री २०१६साल) की आमा ।
काजी भिम मल्ल–सेना नायक,देशको समृद्धिमा लागेका भोटको लडाइँ जितेर आउँदा आउँदै राजालाई भारादारले गद्यदारी गरेको भनि कुरा लगाउँनु र राजाले काटी दिनु भने बमोजिम काटीएका । उनकी पत्नी सती जाँदा ‘अब यो देशमा कसैको भलो नहोस्’ भन्ने श्राप दिएको पेटबोलीमा आएका पात्र
भिमसेन थापा – महारानी साम्राज्य लक्ष्मीका नाबालक छोरा देवेन्द्र विक्रमलाई विष खुवाएर मारेको आरोपमा नजरबन्दमा परेका थिए । यसै अवस्थामा उनकी कान्छी श्रीमतीको हुरमत लिइदै छ भन्ने सुनेपछि उनी सेरिएर मरे । उनी राष्ट्रिय विभूति हुन् पेटबोलीमा आएका पात्र ।
गगन पेटबोलीका एका पात्र
बहादुर शाह– पृथ्वीनायण शाहका कान्छा छोरा,नेपाल एकिकरणका उनको अविस्मरणीय योगदान, कहिले निर्वासन, कहिले नजरबन्द अन्त्यमा दुखद मृत्यु ।
पृथ्वीनारायण शाह –श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता पेटबोलीमा आएको नाम ।
भारतीय पात्रहरू–कृष्णप्रसाद कोइराला भारतमा बस्दा भारतमा अंग्रेज धपाऊ आन्दोलनका नेताहरू राजेन्द्र बाबु नेहरू,गान्धी, लोहनी, पटेल, जयप्रकाश, नारायण, मोतीलाल नेहरू, भुवेन्द्र, सिआरदास सँग आन्दोलनमा लागेको धारणामा आएका नाम हुन् । यी सबै भारत स्वतन्त्र भए पछि उच्च ओहोदामा आसिन व्यक्तित्व जस्तै राजेन्द्र प्रसाद पाठक राष्ट्रपति,पंडित जवहरलाल नेहरु प्रधानमन्त्री, विश्वका महान नेताको रूपमा महात्मा गान्धी ।
भारतको स्वतन्त्रतको लागि मनमोहन अधिकारी, गिरिजा, विपि मातृकाको आन्दोलनमा सहभागीता जेलको सजाय भोग्न्नु । नेपालमा राणा शासन हटे पछि यी सबै नेपालका प्रधानमन्त्री बने ।
राणाकी छोरी र हरिहर –हरिहर हैजाबाट मरेका कोइराला खानदानका व्यक्ति । यतिबेला कोइराला परिवारमा आर्थिक अवस्था निकै अभाव थियो । लासको लागि प्रयोग गर्ने बाटो कात्रो किन्ने पैसासमेत थ्एिन र यस अवस्थामा राणकी छोरी वेतिया गएकीले यो थाहा पाएर गएर भेटेर पैसाको व्यवस्था मिलाइ दिएकी र मराठा राजा राजारामको आश्रममा आश्रय लिने सुझाव दिएकी ।
वीर शमशेर–राणा शासनकालका सातवा तथा नेपालका ११ औं प्रधानमन्त्री हुन् यिनका पालामा नन्दीकश्वरले जागिर खाएका थिए ।
जुद्ध शमशेर राणा – राणा शासनकालका ७औं प्रधान मन्त्री यिनले चार जना सहिदलाई धर्मराज र शुक्रराजलाई खरिको बोटमा झुड्याए, गङ्गालाल र दशरथ चन्द गोली हानेर मारे । रामहरी जोशी (लोकतान्त्रिक योद्धा, काँग्रेसका संस्थापक नेता) र टंकप्रसाद(प्रजातन्त्रवादी नेता, नेपाल प्रजापरिषदका संस्थापक अध्यक्ष नेपालका भूतपूर्व व्रधान मन्त्री),लाई जेल हालियो । स्कुल खुले, उद्योग चले, द्वितीय विश्व युद्धमा लड्न नेपाली सेना पठाइयो, कृष्णप्रसाद भेट गर्न नगएकोले बोलाएर सुझावको आदान प्रदान भयो । यस काव्यमा उनका धेरै कामको उल्लेख छैन ।
देवीप्रसाद –जन्मभूमी मासिक र गोर्खाली सप्ताहिक पत्रिका कृष्णसँग मिलेर सञ्चालन कर्ता ।
धरणीधर कोइराला –नेपाली भाषासेवी र कवि ।
कटुवाल काजी–कृष्णप्रसादलाई जग्गा किन्नको लागि पैसा सापटी दाता ।
मरिचमान काजी– चन्द्र शमशेर र कृष्णसँग मध्यस्थता गर्ने व्यक्ति
मराठा राजा राजाराम – कृष्णलाई आश्रय दाता तर कृष्ण त्यहाँ सुखभोग लिएर बस्न चाहेनन् ।२३ दिनका त्यहाँ बाट हिंडे ।
कर्णेल जीतबहादुर– बिराटनगरका हाकिम, पक्राऊ पूर्जीको जानकारी पाएपछि कृष्णलाई पक्रनुको साटो गोप्य जानकारी गराएर भगाउने हाकिम ।
देव शमशेर–राणा शासनका चौथा तथा नेपालका १२ प्रधानमन्त्रीलाई चन्द्र शमशेरले पदचुत गरेका श्री ३ ।
चन्द्र्र शमशेर – राणाकालका पाँचौ श्री ३ र नेपालका १३ प्रधानमन्त्री ।यिनका पालामा सती प्रथाको अन्त्य, दासप्रथाको अन्त्य, त्रिचन्द्र कलेजको स्थापना, टोखा क्षयरोग अस्पतालको निर्माण,त्रिचन्द्र सैनिक अस्पतालको स्थापना, सिंहदरबार बैद्यखाना, फर्पिङ जलविद्युत आयोजना, विराटनगरको विकास लगायतका धेरै सुधारका काम भएका त्यस मध्ये केही काम यस काव्यमा समेटिएका छन् ।
भीम शमशेर – छैटौं श्री ३ तथा १४औं नेपालका प्रधानमन्त्री । यिनले निसर्त चिठी लेखेर कृष्णलाई बोलाए ।
सोम शम्शेर–बिराट नगरका बडाहाकिम बडाहाकिमले कृष्णलाई बोलाएर निवर्तमान हाकिम शिवप्रसाद थापालाई उजुरी हाल्न भने,कृष्णले नमानेकोले
खानतलासी लिएर जयप्रकाश नारायणको किताप राखेको अभियोगमा हथकडी लगाइयो । सोमले जुद्धसँग भेट गर्न पनि दिएनन् ।
बहादुर शमशेर –युद्ध शमशेरका पुत्र, यिनी कृष्णप्रसादसँग निकै क्रुध थिए । कृष्णलाई भद्रगोल झेलमा राखे । अन्तिम बेलामा जुद्ध धर्मशालामा ल्याइयो । यहीं नै कृष्णको देहान्त भयो ।
यस खण्डकाव्यमा समावेश गरिएका पात्रहरूको विवरण लामो भएकोले सबैको विवरण समेट्ने प्रयास भएको छ तर तिनको परिचय गराउन त्यति सहज नदेदिखको हुँदा तथा निकै लामो हुने भएकोले अघि बढिएन । काव्य सानो भए पनि पात्र घटना अनुसार महत्वपूर्ण पात्रहरूको चयन गरिएको छ ।
परिवेश–परिवेश शब्दले धेरै कुरालाई समेटेको हुन्छ । स्थान विशेषलाई लिंदा यस काव्यक दुम्जा,काठमाडौ, बिराटनगर, गोग्राह, फार्विसगञ्ज, भारतको रङ्गेली, टेडी,बेतिया, वनारस कलकत्ता, मराठा आदि तथा यो काव्य नेपालका र भारतका भौगोलिक अवस्था प्राकृतिक सम्पदालाई समेटेर लेखिएको हुँदा स्थान विशेषको हिसाबले काव्य सफल छ । सामाजिक परिवेशलाई केलाउँदा स्थानीय बासीको अवस्थालाई हेर्दा हटारुको अवस्थाको दयनीय चित्रण, राणा शासकको भोगविलास, ऐसआराम, कोइराला परिवारको कहिले आर्थिक सम्पन्नता र कहिले मानिस मर्दा पनि अन्तेष्टीसम्म गर्न नसकेकोले अवस्था, ग्रामिण समाजमा स्वास्थ, शिक्षा, बेरोज गारी, नेपाली फौजलाई विश्व युद्धमा खटाएर युवा जनशक्तिको खती तराई पहाड भारत समेत आदि सामाजिक गतिविधिलाई काव्यले समेटेको छ र काव्य समाजिक चित्रणमा पनि सफल देखिन्छ । राजनीति दृृृष्टिकोणको हेर्दा नेपालमा राणाहरूको अत्याचारी शासन व्यवस्था, राणा हटाऊ अभियान,आन्दोलनको थालनी,वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रा, युवाहरूलाई धरपकड, चारजना सहिदलाई प्राणदण्ड लेखन र पठनमा रोक नेपालको राजनीति अवस्थालाई काव्यले समेटेको छ । क्षिमेकी देश भारतमा पनि अंग्रेजको शासन, अंग्रेज थपाऊ अभियान भारतका नेता मात्र नभएर नेपालका युवाहरू मातृका, विपी मनमोहन लगायतका नेताहरू जेलजीवन बिताउन बाध्य भएका धारणा काव्यमा आएका छन् ।यसरी राजनीति विश्लेषणको हिसावले पनि काव्य पूर्णरूपले सफल देखिन्छ ।
भावको हिसाबले हेर्दा भावपूर्ण, लयको हिसबले हेर्दा गीति लयमा लेखिएको, ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रसको बाहुल्य भए पनि रौद्ररस, वीररस भयानकरस, श्रृङ्गाररस,आदि विविधरसको मिश्रण, भाषाशैलीको हिसाबमा भाषा सरल, सुबोध, सबै प्रकारका पाठकको लागि पठन योग्य र उद्देश्यका हिसाबले स्वयम् काव्यकारकै शब्दमा यो खण्डकाव्य उनै युगपुरुष अग्रसमाज सेवी क्रान्तिको वातावरण बनाउने सहासी नायकको योगदान र बलिदानको गाथा हो ।’ यसले तत्कालिन राणाशासनको क्रुर दमनको पर्दाफास गरेको छ र कोइराला परिवारले देशमा ल्याउन खोजेको प्रजातन्त्रका लागि पुर्‍याएको योगदानको केही मात्रामा जानकारी गराएको छ । काव्यकारले लिएको उद्देश्य यस खण्डकाव्यले पुष्टि गरेको छ ।
शीर्षक सार्थकता – यो खण्डकाव्य क्रान्तिवीर कृष्णप्रसादको बारेमा लेखिएको हुँदा शीर्षक सार्थक छ भन्नमा कुनै प्रमाण खोजी राख्नु पर्दैन ।
कमी कमजोडी – मैले भन्दै आउने गरेको छु कुनै पनि व्यक्ति हरक्षेत्रमा पूर्ण हुँदैन । पूर्णतातिर लम्कने प्रयास छ या छैन भन्ने कुरा मात्र हो । यस खण्डकाव्यमा पनि केही कमी कमजोडी औंल्याउन सकिन्छ । मैले नकरात्मक पक्षलाई जोड नदिइ सकरात्मक पक्षलाई जोड दिने गरेको छु किनकी लेखक तथा कविको मनोबल बढाउँछ र उसले पाठकलाई आफ्ना भावनालाई पस्कदै जान्छ साथै ऊ परिमार्जनतिर लम्कन्छ ।
निष्कर्ष –मैले यस काव्यको चिरफार माथिनै गरी सकेको छु । संक्षेपमा भन्नुपर्दा राणा शासकहरूको दमन,भोग विलास, कोइराला परिवारले गरेको बिरोध, समाज सेवा, न्यायिक हक अधिकारको लागि लिएको अडान र स्वतन्त्रता प्रेमी,समाजसेवी, राष्ट्रसेवी एक क्रान्तिकारी व्यक्तित्व कृष्णप्रसाद कोइरालाको जीवन बलीदानले भरिएको यो ऐतिहासक खण्डकाव्य एउटा सफल कृति हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।