18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो दायित्व

कथा सदानन्द अभागी February 28, 2025, 12:38 am
सदानन्द अभागी
सदानन्द अभागी

सन्ते र जयन्तीको विवाह भएको आज करिव ७ वर्ष भयो । यिनीहरूको एक छोरा जन्मेको छ । छोरा अहिले ५ वर्षको भयो । विश्व निकेतनमा नर्शरीमा अध्ययन गर्छ । बालक चतुर छ । सज्जन छ । दिन बित्तै जान्छन् । सन्ते र जयन्तीको दिन राम्रोसँग चलिरहेको छ । दुबैले एक अर्कालाई माया गर्दछन् । आज पाठशालाको नतिजा प्रकाशनको दिन थियो , सन्ते र जयन्ती पनि छोराको नतिजा सुन्न विश्व निकेतन पुगे । सबै अविभाबक उत्सुकताको साथमा नतिजा पर्खी राखेका थिए । सन्ते र जयन्ती पनि निकै उत्सुक थिए । नर्शरीको नतिजा सुनाउने वेला भयो । माइकमा आवाज घन्कियो विभूषण प्रथम स्थानमा सफल भयो । विभूषणलाई अबिर र पुरस्कारले विभूषित गरियो । आमाबाबु र छोरा रमाइलोसँग घर फर्के । छोराको भर्नाको कुरा गर्दागर्दै सन्तेले कुरा निकाल्यो र भन्यो काठमाडौ जाने भनेको धेरै भयो । एक हप्ता काठमाडौ घुमेर आएर स्कुल भर्ना गर्ने कि, सन्तेले जयन्तीसँग कुरा राख्यो । जयन्तीले ‘ठिक भन्नु भयो’ भन्दै सहीथापी । अब सन्तेका पविार काठमाडौ जाने भए ।

बेलुकीको सूर्यको लालीमा चढ्दै थियो । सन्तेका पविारले खाना खाएर कपडा लाएर काठाण्डौ जाने तयारीमा जुटे । बेलुकाको सात बजेपछि उनीहरू बुटौल चारआलीमा पुगे ।दाङबाट आएको गाडी थियो ।चारआलीमा रोकियो । खलासीले काठमाडौ काठमाडौ भनेर यात्रीलाई बोलाइरहेका थिए । सन्तेका परिवार बस चढे ।गाडी केही मिनटमै नारायणघाटतिर बढ्यो । वरघाटमा खाना खुवायो । भाते निद भन्छन् । भात खाए पछि प्राय सबैलाई निद लाग्छ । रात्रीबसको ड्राइभरलाई पनि निदले निकै सतायो । निद भगाउन गीत लगायो । खलासीलाई बोलायो । खैनी बनाउन लगायो । खैनी खायो कुनै कुराबाट निदले छुटकारा दिएन । बसले बाटो छोडो र खोलातिर मोडियो । खलासी ढोकाको नजिक भएकोले फरालेर ज्यान बचायो तर ड्राइभर लगायत धेरैको मृत्यु भयो भने कोही घाइते भए । सन्तेका पति पत्नी दुबैले संसारबाट बिदा लिए । बिचरा बालक विभूषण थरथरी कामी रहेको थियो । पुलिस उद्धारको काममा जुट्यो । घाइते सबैलाई बुटवल पुर्‍याइयो । विभूषण पनि बुटवल हस्पिटालमा पुर्‍याइयो । भर्ना गरियो । ऊ आमा बाबुको खोजीमा थियो । आँखाबाट आँसु खसी रहेका थिए । ऊ सुक्क सुक्क गरेर रोइरहेको थियो । रजनीदेवीको शक्ति क्षिण हुँदै गयो । सूर्यदेवले लालिमा छर्दै अगाडि बढे. । पत्रपत्रिकामा बस दुर्घटनाको खवर छापियो । हस्पिटलमा आफन्तहरू आउन थाले । सन्तेको ससुराली पनि बुटवलमै थियो । पतिपत्नी बितेका र एउटा बच्चामात्र जीवित रहेको हल्ला चल्न थाल्यो सन्तेको जेठान पनि हस्पिटलतिर लम्क्यो । रोइरहेको विभूषणले मामा पायो । उसको रुवाई रोकियो । विभूषणलाई बाबाआमा मरेको जानकारी भयो । ऊ निकै रोयो ।

यता दाउन्नेमा लासको सनाखत गर्ने काम भै रहेको थियो । सन्ते र जयन्तीको लास आफन्तले बुझे । अन्तिम संस्कारको काम सकियो । विभूषण मामाको घरमा रहन थाल्यो । केहीदिन त उसले राम्रै सेवा पायो । तर उसको बसाई झनै कष्टकर हुन थाल्यो । ऊ पढ्न जाने कलिलो उमेरमा बाख्रा चराउन जान्थ्यो । न समयमा खानु थियो न समयमा सुत्नु थियो । अव त उसले टोकाहाको संज्ञा पाउन थाल्यो । मामा घरमा आजित भयो । एक दिन मामाको घर छाडेर ऊ निस्क्यो । गन्तव्यको कुनै थाहा थिएन । चौराहामा आयो बसमा चढ्यो । रातको समय थियो पछिल्लो सिटमा गएर बस्यो । कन्डक्टर कसैलाई मतलवै भएन उज्यालो हुँदा काठमाडौमा पुग्यो । काठमाडौ सहरमा उसको को नै थियो र । ऊ अलपत्र पर्‍यो । अबत्र त ऊ सडक बालकमा परिणत भयो । माग्थ्यो, सबैका अगाडी हात पसार्थ्यो, केही पाए खान्थ्यो, सडक पेटीमा फालिएका बोरा ओछ्याएर सुत्थ्यो, बोरा नै ओड्थ्यो । एक दिन माग्दा पनि केही पाएन, भोकले सतायो, होटेलको अगाडी फालिएका खाना खान थाल्यो । होटेल मालिकले देख्यो । दयालु थियो । बोलाएर सोधखोज गर्‍यो । खाना पनि खुवायो । टेवल पुछ्ने र भाँडा माझ्ने काममा लगायो । अबत विभूषणले खान बस्न पायो । यो काम पनि उसलाई सहज त थिएन तर बाध्यता थियो गर्नै पर्ने ।

विभूषणको काम गराई, नम्रबोली, इमानदारिता, सहनशीलताले गर्दा विभूषणलाई घरका सबैले माया गर्थे । अब त ऊ साहुजीका छोराहरूको नजिक पनि जान पाउने भयो । उसले उनका किताव मागेर पढ्न पनि थाल्यो । उसको पढाइप्रतिको लगनशीलतालाई देखेर साहुजीको मन पलायो । साहुजीले पढ्ने हो भनेर सोध्यो । ऊ मुन्टो हल्लायो तर केही भन्न सकेन । साहुजीले हेर्दै गयो । उसको अध्ययन प्रतिको लगनशीलता देखेर मालिकलाई पढाउने मन भयो । विभूषणले अब त स्कुल जान पाउने भयो । स्कुल जानु, होटेलको काम गर्नु, फुर्सतको समय पारेर गृह्यकार्य गर्नु उसको नित्यकृया हुन थाल्यो । वार्षिक परीक्षाको नतिजामा स्कुल भरीमा प्रथम स्थान प्राप्त गर्‍यो । विभूषणको यो प्रगति देखेर होटेल मालिक निकै प्रभवित भयो । उसलाई होटेलका कामको भारी कमगर्न थाल्यो । भाँडा माझ्ने काम बाट उसलाई, विल काट्ने पैसा लिने र रेखदेख गर्ने काममा लगायो । अव त विभूषणलाई कामको समय पढाइमा परिणत गर्न थाल्यो। आफूलाई तोकेको काममा कहिल्यै कमि आउन दिएन । होटेल मालिकले उसको पढाइलाई कहिल्यै कमी आउन दिएन । आफ्ना छोराको दाँजोमा उसलाई राख्यो । आज १२को परीक्षको नतिजा निस्को । उसको नतिजा अब्बल निस्को अर्थात बोर्डमै ऊ प्रथम भयो । विभूषणको यो प्रगति देखेर होटेल मालिक निकै रमायो । क्याम्पसहरूले छात्रबृत्ति दिएर पढाउन तँछाड मछाड गर्न थाले र पत्रकारहरूले के पढ्ने के बन्ने इच्छा छ भनेर सोध्न थाले । विभूषणले के नै जवाफ दिन सक्थ्यो र तै पनि सहास गर्‍यो र होटेल मालिकतिर मुख फर्काउँदै बाबाले के पढाउनु हुन्छ त्यही पढ्ने हो । होटेल मालिकले पनि उसको जिज्ञाशाा जान्ने बिचार राख्दै भने तिम्रो बिचार भनन सबैलाई । विभूषणले मेरो विचार त डाक्टर बन्ने छ भन्न जवाफ दियो । पत्रकारहरूले होटेल मालिकलाई सोधे तपाइँको के विचार छ । आजसम्म विभूषणको नामले बोलाउने होटेल मालिकले आज भने छोराको जे बिचार छ मेरो पनि त्यहि हो भनेर पत्रकारसँग प्रतिबद्धता जनायो । विभूषणलाई आफ्नो विगतको दुखद घटना सबै मेसिनको रफ्तारमा मस्तिष्कमा घुमिरहेका थिए । जे भए पनि होटेल मालिकको दयामा ऊ बाँचेको थियो । अध्ययन गरेको थियो ।होटेल मालिकको काममा पनि ऊ दिलोज्यान लगाएर गरिरहेको थियो । उसको सपना पुरा गर्नु थियो । एउटा निजीक्याम्पसले उसलाई निशुल्क अध्ययन र आवासको व्यवस्था मिलाई दियो । होटेल मालिकसँग उसले आज्ञा माग्यो –‘बाबा म पढेर घरमा आई होटेलको काम गरे के होला ?’ होटेल मालिकले विभूषणलाई ‘बाबु तिमीलाई अब होटेलको काम गर्न पर्दैन’ भनेर उसलाई छात्रबासमा जाने सुझाव दियो । विभूषणले अव आफ्नो क्षमता हरेक चिजमा देखाउन पायो । त्यो विद्यलयलाई उसले हरेक क्षेत्रमा उच्चाइमा पुर्‍यायो । नेटको सहयोगमा वैदेसिक छात्रबृत्तिको खोजिमा लाग्यो । यु.के.मा उसले डाक्टरी पढ्ने मौका पायो ।

केही दिनमै उसलाई युकेको भिसा, जहाजको टिकट र कलेजको भर्ना भएको जानकारी प्राप्त भयो । उसको सफलताको मार्गदर्शक त होटेल मालिक नै थियो । हरेक विदाको दिनमा गएर होटेल मालिकलाई दर्शन गर्दथ्यो । यस पटक त उसले खुसीको खवर लिएर होटेल पुग्यो । होटेल मालिक पनि निकै खुसी भयो । होटेलमालिकले त्यो दिन सम्झ्यो जुन दिन त्यो बालकले खान नपाएर भाँडा माझ्ने ठाउँको खाना खाई रहेको थियो । उसले नाबालकलाई काम गराउनु कानुन बिपरित थियो तापनि काम माम र आश्रय दिएर ‘मैले राम्रै काम गरेछु ’ भन्ने महसुस गर्‍यो । होटेल मालिकले भन्यो –‘बाबु तिमी धन्य हौ , अब मैले गर्नु पर्ने सबै काम गरेर तिम्रो सहयोग गर्ने छु ।’

विभूषणलाई विदा गर्नको लागि क्याम्पसका सबै प्राध्यापक, विद्यार्थीहरु जम्मा भए उसलाई खादा र मालाले अभिनन्दन गरियो ।कलेजले आफ्नो गाडीमा राखेर होटेलमा लग्यो , होटेल मालिक मालिकिनी बच्चाहरू सबैले विदा गरे । होटेल मालिक र मालिकिनी दुबैले विभूषणलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा लगेर विदा गरे ।

क्रमस विभूषणको जीवनले नयाँ गोरेटो थप्यो । मेडिकल कलेजमा पनि उसको अध्ययन गहिराईमा चलेको थियो । हरेक परीक्षामा ऊ प्रथम नै हुन्थ्यो । पाँच वर्षमा उसले माष्टर अफ मेडिकल साइन्सको पढाई समाप्त गर्छ । सबै साथीहरूले बेलायतमै जागिर खाने सल्लाहा दिन्छन् तर विभूषणले यो कुरा स्वीकार गर्दैन । साथीहरूले बल गर्छन् र भन्छन् –‘नेपालमा के पाइन्छ ? यत्रो उच्चशिक्षा हाँसिल गरेर नेपालमा स्रोत साधन केही पाइँदैन, तिम्रो विद्वतालाई कसरी उपयोग गर्दछौं । तिमी त्यहाँ गएर निरुत्साही मात्र हुने हो ।’ विभूषणले भन्छ – ‘ म जन्मेको नै नेपालको लागि हो । मेरो उच्च डिग्रीको उपयोग आफ्नै देशको स्रोत र साधनलाई उपयोग गरेर मेरै देशका विमारीको सेवामा जुट्ने हो । प्रकृतिले सजिएको देशमा केही छैन भन्नु भन्दा भएकैमा सहजीकरण गर्ने हो । मेरा देशलाई फुल्ने फल्ने बनाउने मेरो दायित्व हो । नेपालमा भविष्य छैन भनेर विदेश पलायन हुनु त कायरता हो । मैले मेरो भविष्य नेपालमै निर्माण गर्नेछु । ’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।