कुम्भकर्ण
आधा दिन, आधा वर्ष
अरुलाई नभनी
झसक्क झसक्क उत्तानो पर्ने बितिक्कै
आधा वर्ष सुत्थ्यो रे !
अनि
आधा निन्द्रामा उठेर
खाना खोज्दै
सबको घर चाहार्थ्याे रे !
ऊ
कैलाशको छेउको
कुम्भकर्ण भएछ
सुतेर नै जिन्दगी बिताएथ्यो रे !
हामी यस्तालाई आज
निद्रा नलाग्ने महारोगी भन्छौं
फेरि, यस्तोलाई पनि त
कसैकसैले पूजा त गर्नु पर्याे नि आखिर
हाम्रो, पूजा गर्ने बाँच्ने शैली न हो
आखिर बानीको कुरा न हो !
जे जहाँ पनि
मन पर्ने बितिकै
पूजा भने गरिहाल्छौं नि आखिर !
ढंग मिलोस्, या न मिलोस्
अरूले मन पराइदिए
आफ्नै खुट्टामा ठेस लागेर
रगत चुहिएको ढुङ्गामा पनि
हामी अरुले सिन्दुर र माला लाएर
भगवानको रूप दिएपछि
भोलि, हामी आफै त्यहाँ
सिन्दूर अनि अर्चनाका थाली लिएर
आफैलाई
आफ्नो भाग्यको थाली माग्न जान्छौँ !
वर्गेन, नर्वे