18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खाऊ खाऊ सम्धी पैंचे गास

कथा सदानन्द अभागी January 25, 2025, 12:17 am
सदानन्द अभागी
सदानन्द अभागी

आज धेरै दिनको अन्तरालमा बेलुकाको घाम डुब्नै लागेको वेला थियो । भीमा पटाहामा बसेर बेलुकाको खाना बनाउने सोचमा थिइन् । घरको अगाडी अटो आएर अडियो । एउटी बूढी महिला अटोबाट ओर्लिइन र हातमा सानो पोको समाउँदै भीमाको घरतिर बढिन् । भीमाका आँखा त्यतैतिर गए । पहिला त को हो को हो बूढा नजरले ठम्याउन गाह्रै लाग्यो । जति जति सीमा घरको नजिक पुग्न थालिन् उति उति भीमालाई चिन्न गाह्रो परेन बरु उनका आँखा खुसीले रसाए । उनी सीमालाई चिनेपछि हर्षका आँसु बगाउँदै अंकमाल गर्न पुगिन् । दुबै अङ्कमालमा बाँधिए र दुबैका आँखा बाट आँसु बग्न बाहेक कुनै आवाज निस्केन । भीमाले आफ्ना बाहु अलग्याएर सीमालाई घरतिर डोर्याइन् । दुबै बहिनी पटाहामा पुगेपछि एक आपसमा सञ्चो विसञ्चो सोधनीमा लागे । सीमाले भनिन् –“घरमा को छ र म नै हुम् ,सञ्चै छ्ु ।” सीमाले भीमालाई पनि सोधिनकि यताकस्तो छ भीमाले पनि “भिना र म हो के रे ? सञ्चै छन्” भनिन् ।

धेरै वर्षपछि तिमीले बाटो बिरायौ । मैले बाटो बिराउन कहिल्यै जानिन । तिमीलाई मात्र आइनौ भनेर के गर्ने म गएको भए पनि हुन्थ्यो क्या रे ! म कहिल्यै घरबाट बाहिर निस्कन पाएको हैन । बस, म चिया पकाएर ल्याउँछु , भोक लागेको होला ? दुई चार दिन बसौली के रे ?” भन्दै भीमा भित्र प्रवेश गरिन् । केही बेरमा नरनाथ आईपुगे । पटहामा सालीलाई देखेर निकै खुसी भए । सालीले उठेर अभिवादन गरिन् । भीमाले चिया लिएर आइपुगिन् । सबै सँगै बसेर चिया पिउने काम भयो ।

खानपिन भयो । पुसको महिना थियो । नरनाथ खाना खाएपछि विस्तरा तताउन गए । दुबै वहिनी अगेनाको छेउमा बसेर अतितका घटनाक्रमहरू केलाउन थाले । दुबै दिदी बहिनीको उमेर दुई बर्षको अन्तर थियो । भीमा जेठी थिइन् र सीमा कान्छी थिइन् । गाउँको बसो बास थियो । पढ्ने चलन त्यतिवेला थिएन । बाबु पल्टनका लाहुरे थिए र आमाले घरको काम गरेर सासू ससुरालाई सेवा गर्नु र छोराछोरीलाई पालन पोषण गर्नु थियो । निकै कष्ट गरेर आमाले दुई छोरा र दुई छोरीलाई हुर्काइन् । भीमाका हजुरबाले नातिनीको गोडाको जल खाएर मर्न पाए स्वर्ग जाने थिएँ भन्दै छोरालाई छुट्टी लिएर छोरीको विवाह गर्न बोलाए । आफूले केटो खोज्ने काम गरे । केटो पनि टाढा नभएर घरकै नजिकको सोभारामको छोरा नरनाथलाई नातिनी विवाह गरि दिने सोच राखे । भीमाको विवाह आठ वर्षको उमेरमा भयो । नरनाथ पनि ९ वर्षका थिए । विवाह गरेर बनारस गएर पढ्न थाले शास्त्री पास गरेर नेपाल आए । जागिर खाने सोच बनाएनन् उनले कर्मकाण्ड गराउनमा व्यस्त भए । भीमा कहिल्यै एक्लै बस्न परेन ।

भीमाका दुई भाइ छोरा र एक बहिनी छोरी जन्मिए । छोरालाई अंग्रेजी पढाइयो । स्कुलमा माष्टर बने, सरकारी जागिर खाने इच्छ्या कहिल्यै गरेनन् । माष्टरी पेशामा लाग्दा लाग्दै विवाह भयो, डिभीको लागि फारम भरे र डिभी परेपछि सपरिवार अमेरिका तिर लागे । छोरीको विवाह नजिकैको अधिकृतसँग गरिदिए । छोरी पनि सुखी जीवन बिताइ रहेकी छन ् हाल नरनाथका बुढा र बुढी मात्र घरमा छन् ।

सीमा बढ्दै गइन् आमाकी सहारा बनिन् । बाबुले कान्छी छोरीलाई पल्टनकै लाहुरेसँग विवाह गरिदिने बिचार गरे । आफूलेनै लगेर भर्ना गरिदिएको केटालाई छुट्टिमा लिएर आएर सीमालाई विवाह गरिदिए । उमेरमा दुबैको ठूलो अन्तर थियो । सीमाका सासू ससुराले विवाह भै गयो अव अँगलाभरीकी केटे भगाएर लिएर जाने सल्लाह दिए तर सीमाको श्रीमानले आँट गर्न सकेन । सीमाले सौता वेहोर्न त परेन तर घरकाको बुहार्तन भने निकै भोग्न पर्यो । दिन बित्तै गए । सीमाका पनि दुई भाइ छोरामात्र जन्मिए । दुबै बच्चालाई डेहरादूनमा लगेर पढाइयो । राम्रो अध्ययन गरे ।दुबै राम्रो शिक्षा हाँसिल गरें एउटा डाक्टर र एउटा इन्जिनियर भएर भरतमै जागिर खान थाले । दिदीबहिनीले आफ्ना आफ्ना वेदना खोल्दा खोल्दै सीमा एक्कासी रुन थालिन् । भीमा यो देखेर निकै आत्तिदै सोध्न थालिन् –“सीमा किन यसरी रोएको ?”

सीमाको अझै जोड जोडले रुन थालिन । भीमाले निकै सम्झाए पछि सीमाले भन्न थालिन –“दिदी तिमी त निकै भाग्य मानी । भिनाजु हुनुहुन्छ । छोरा टाढा भए पनि छोरी त नेपालमै छिन् । मेरो कलकलाउँदो वैंसमा तिम्रा जुवाई भारत पाक युद्धमा मारिए । एउटा छोरो दुई वर्षको थियो । २० दिनको विदा लिएर आएको हुँ, भारतमाथि आक्रमण हुने हल्ला सुनिरहेको छु आजभोली नै आवा आउन सक्छ भन्दै हुनुहुन्थ्यो । साँच्चि नै उहाँ आएको तेस्रो दिन एउटा कागज लिएर आवाको मानिस आईपुग्यो । उहाँले आवा पढ्नुभयो र निधारमा हात लगाएर झोला कस म त जान पर्यो भन्न थाल्नु भयो । यो नै मेरो उहाँसँगको अन्तिम मिलन थियो । झोला बोक्नु भयो आँखाबाट बलिन्धारा आँसुझार्दै छोरालाई राम्रो स्याहार गर्नु, आफ्नो शरीरको पनि ख्याल गर्नु, बाँचे आउने छु मरे यत्तिकै नै अन्तिम मिलन भयो भन्दै झोला बोकेर उहाँ हिड्न थाल्नु भयो म मूर्छा परें छु र घरका परिवार कस्ले मलाई स्यहार गरो मलाई थाहा भएन । उहाँ गोरखपुरमा गएर हाजिर हुनु भयो ।

दिन बित्तै गए मेरो शरीर पनि डोलिदै गयो । ऋतुदान दिनमात्र उहाँ आउनु भएको रहेछ । समयक्रममा छोरा जन्मो । भारत पाक सीमानामा घमासान युद्ध भयो । बहादुरीको साथमा लड्नु भए छ । निकै शत्रु मार्नु भएछ । शत्रुहरूको वेगलाई रोक्न सफल हुनु भए छ तर अन्तिममा आतङ्ककारीले राखेको वम पड्केर उहाँको शरीर छतविछत भएछ । यस
वि.वि.सी. रडियो सुन्ने गर्दथें । दिनको भोक पनि थिएन र रातमा निद पनि थिएन । ज्यान सुक्दै गएको थियो । समय भए पछि पेटको शिशु पनि पृथ्वीमा झरो । त्यो शिशु छोरै थियो ।

आज एकाविहानै घरको अगाडी कौवा करायो मन निकै डरायो, दिउसो हुलाकीले खाम घागोले बाँधेको पत्र लिएर आयो ।त्यो पत्र देख्ने वित्तिकै म वेहोस भएँछु । निकै वेरपछि होसमा आउँदा गाउँलेहरू जम्मा भएका थिए । सासू पनि वेहोस् हुनुहुन्थ्यो भने ससुराले छोराको क्रिया गर्न तयारी गर्दै हुनुहुन्थ्यो । क्रियाकर्म सकियो । उहाँले पाउने रकमलाई घरकाले बाँडफाँड गर्ने कुरा उठाउन थाले । यो रकम टुहुरा बालको खातामा जान्छ । बँडफाँड हुँदैन भने पछि म घरबाट अपहेलित हुन थाले । घरबाट निकालियो । एकल नारी दुई दुई ओटा बालक सहयोगी कोही भएनन् ।

गोर्खा फौजले शत्रुहरूलाई रोकेर भारतलाई शत्रूबाट जोगाएको हुँदा मृतकको परिवारलाई केही सहयोग दिने भएकोले गर्दा प्राप्त सहयोगले छोरा हुर्काएँ, पढाएँ , विवाह गरिदिने बिचार गरेको त फेसबुकले लमीको काम गरे छ । छोरालाई विवाहको कुरा राखे । आमा विवाहको लागि त मैले केटी तयार गरेको छु । हजुरलाई जानकारी दिनमात्र बाँकी छ । मैले छोरालाई भने –“बाबु पानी खानु मूलको र विवाह गर्नु कुलकी छोरी भनिन्छ । नानी कस्की छोरी हुन् ? तिमीलाई थाहै होला हतारमा विवाह गर्नु जीवनभरी पछुताउनु हो ।” “आमा हामी दुबैले प्रेम गर्दछौं । हामीले हजुरले स्वीकार गर्नु भएमा विवाह घरबाट गर्ने नत्र भने हामी आफ्नै तरिकाले अदालती विवाह गर्दछौं ।” म विवस भएँ छोराको इच्छा अनुसार नै विवाह भयो । “दिदी जेठो छोरो जस्को मुख हेरेर बाबुलाई भुलेको थिएँ । कान्छोले भन्दा जेठोले मेरा दुःखलाई देखेको थियो ।त्यसो हुँदा उसले निश्चय पनि मेरो पीडालाई बुझ्ने छ बुहारी आएपछि अझै सहज होला भन्ने सोचेकी थिएँ । विवाह गरेर परिवारलाई साथमा लिएर जागिरमा लाग्यो ।”

“ दिदी समय वित्तै गयो । कान्छाले पनि पढाई सकाएर घरमा आउँदा त एउटी भारतीय मूलकी केटी देहरादुनबाटै लिएर आयो । बुहारी हो । टिका लगाइ दिनुोस् भन्यो । म अकमक्क परें । के गरुँ के गरुँ भयो । नबोली टिका लगाई दिएँ । नेपाल घुम्न भनेर आएका रहेछन् । घुमे र भारततिरै लागे । आज म वेसहारा बनेकी छु । छैनन् दुई भाइ छोरा छन्, बुहारी छन् तर छन् भनुभने तिनीहरूसँग म कसरी अट्ने ?

भीमाले सीमालाई भन्छिन् –“समय परिवर्तनशील छ । हाम्रो समय जस्तो कठोर समय छैन । हामीले भोगेका पीडाहरू आजकाले भोग्दैनन् । प्रेम विवाहमा ठाउँ ठाउँमा ठूला ठूला समस्याहरू पनि देखिएका छन् । तिम्रा मनमा भएका रहरहरू अवस्य मरेर गए । तर छोराहरूको चाहनालाई पनि हामीले ख्याल गर्नुपर्छ । तिमी हामी पुरानो परमपरामा भएकाहरूलाई सहजै परिवर्तन हुन फलामको चिउरा चवाउनु सरह हुन्छ । त्यसो हुँदा सीमा तिमीले छोरालाई आफ्नो परमपरा, आमा बाबुप्रति छोराको दायित्व के हो र जातीय संस्कारलाई भुल्न हुँदैन भन्ने पाठ समयमा पढाउन सकिनौ । अझै पनि केही विग्रेको छैन । अब आजको नयाँ परमपरामा छोरा बुहारीलाई मन पर्ने काम गर्नै पर्छ र तिमी तिम्रा छोरासँग अड्न सक्छेऊ । हो म यो पनि तिमीलाई भन्छु । हाम्रो समाजमा सासू र बुहारीको सुमधुर सम्बन्ध कमै देखिन्छ । त्यसमा पनि तिमीले गहन भूमिका खेल्न सक्नुपर्छ । एउटी नमुना सासू बन्ने प्रयास तिमीले जन्माउनु पर्छ ।” यसरी भीमा र सीमामा लामो गफ भए । भीमाले सीमालाई आफ्नो घरको समस्यालाई पनि लुकाइनन् । उनले जेठी बुहारीलाई बुहारी नभनी छोरी भनेर व्यवहार गरिन् तर पनि सुमधुर सम्बन्ध देखिन धौ धौ भयो । उनले बुहारीलाई थुप्रै कुराहरू दर्शाइन् । तिमीहरूले सासू ससुरालाई सेवा गर्नु भनेको परम लगाउनु हो । त्यो परम तिम्रा छोराबुहारीले तिमीलाई तिर्छन् यदि तिमीहरूले सासुससुरासँग नराम्रो काम गर्नु भनेको तिम्रा छोराछोरीलाई सिकाउनु हो । तिमीले जे सिकाउछ्यौ छोराले त्यही सिक्छन् , तिम्रा पनि दुई छोरा छन् । सीमा मैले जेठी बुहारीलाई भनिदिएँ –“खाउ खाउ सम्धी पैंचा गास”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।