यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै
संक्रमणको पीडामा देश छ, उस्तै उस्तै ।
वसन्त आयो भन्छन, "कोइलीको स्वरुपमा
कागको नौटंकी भेष छ", उस्तै उस्तै ।
सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै ?
विसंगति अन्योलपना घाऊ वर्ग संघर्षका
पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै ।
सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै ।