बिहान देखि बेलुकासम्म
सँधै खोजिरहेछु, रोजीरहेछु
आखिर म के खोजिरहेछु
अथवा कुनै घनचक्करमा
घुमिरहेछु
हिसाब त जम्मा जम्मी शून्य नै छ
तब म सँधै के गरिरहेको हुन्छु।
मृत्युसम्मको यात्रा त
सबै नै हिंडिरहेकै छन्
किताबहरूमा,
कतै शून्य आकाशमा
फेरि कुनै एकान्तमा
घरि घरि म खोजिनैरहेछु
यो कस्तो खोजाई हो
कस्तो रोजाई हो
कि कतै यो उन्मादना हो
जीवन त
यसरी नै बितिरहेछ लगातार
म कुन अर्थमा बाँचेको छु भनौं
कसरी ठम्याउँ
यो मदहोस हो
या वास्तविकता।
असम