परिचय:
यो कवितासङ्ग्रकी कवयित्री हुन् शोभा खनाल कोइराला । उनी सत्यनारायण खनाल र गौरी खनालकी द्वितीय सन्तती हुन् । उनी गैडाकोट–१४ नवलपरासीमा जन्मिन, स्नात्कोतरसम्म अध्ययन गरिन, ३० वर्षसम्म शिक्षण पेशा अपनाइन् र हाल साहित्य र समाजसेवामा लागिरहेकी छन् । उनका हालसम्मका प्रकाशित कृतिहरू ,संयुक्त गजलसङ्ग्रह (संयुक्त२०७७, चैत), संयुक्त कविता सङ्ग्रह २०७८), मनको बाँसुरी (कवितासङ्ग्रह , २०८१) को साथै विद्यालय, विभिन्न स्थानीय संघस्ंस्था, पत्रपत्रिकाहरूमा फुटकर कविता, र गजल, प्रकाशित भएका छन् । उनको साहित्य संस्थामा आवद्धता यसप्रकार देखिन्छन् । आजीवन सदस्य – त्रिवेण साहित्य प्रतिष्ठान, नवलपरासी (बसपू) र नारी साहित्य प्रतिष्ठान ( नवलपरासी –बसपू) ।प्रज्ञा सभा सदस्य, गैडाकोट, गैडाकोट नगरप्रज्ञा प्रतिष्ठान नवलपरासी), केन्द्रीय सदस्य, साहित्यिक चौतारी,नेपाल) र शाखा संयोजक साहित्यिक चौतारी नेपाल गण्डकी प्रदेश, सञ्चालक सदस्य सारथि साहित्य परिवार, काठमाडौ, सञ्चालक सदस्य, मनको आँकुरा साहित्य समूह काठमाडौ र उपाध्यक्ष उषाकालीन साहित्य समाज ,नवलपरासी (बसपू)
कृतिको संरचना –यस कृतिको प्रकाशन त्रिवेण साहित्य प्रतिष्ठान,नवलपरासी (बसपू)ले गरेको छ । मूल्य २५५÷– राखिएको छ । यस कृतिलाई पितामह कवि रामनाथ खनाल, मातामही देवकादेवी खनालमा एक श्लोकबाट समर्पण यसरी गरिएको छ –
शोभामा छ अभाव पावन कला खट्केर आत्मा पनि
अज्ञानी छु भनी परें शरणमा आमा र वावा भनी ।
कस्तो भो कविता समर्पण गरे बुन्दै गएँ अक्षर
आशीर्वाद दिनुहोस् झुके चरणमा मेरा दुवै ईश्वर ।।
(समर्पण पृष्ठ ग)
यस कवितासङ्ग्रहले इन्द्रराज पौडेलको प्रकाशकीय, प्रा. डा. नारायणप्रसाद खनालको ‘मनको बाँसुरी ’ बजाउँदाको आनन्द शीर्षकमा भूमिका र गोविन्दराज विनोदीको शुभेच्छाका शब्दपुष्पहरू, पूर्व माननीय सांसद सत्य नारायण खनालको आशीर्वचन र शोभा खनाल कोइरालाका आफ्ना मनको कुरा, पाएकोछ । आवरण पृष्ठ बाहेक कदेखि ल सम्म विविध विष र ६४ कविताहरू ७० पृष्ठमा प्रस्तुत गरिएका छन् । कृति अग्र आवरण कलम सहितको सुन्दर चित्र निलो पृष्ठ भूमिमा सजिएको छ भने पछिल्लो आवरणमा शोभा खनाल कोइरालाको तस्विर सहित व्यक्तिगत विवरण दिइएको छ ।
कविता भित्र प्राकृतिक सुन्दता:
माथि नै भनीसकिएको छ कि शोभाका ६४ कविताहरू यसमा समावेस गर्एिका छन् । यी कविता विविधताले सजिएका छन् । शोभा वर्तमान परिवेशलाई केलायकी छन् । प्राकृतिक सुन्दरतालाई समाएकी छन् । हेरौं प्राकृतिक सुन्दताको एक झलक –
चरी प्यास मेटे फिजाएर पंख
रमाएर मौरी बनेझैं छ चङ्ख ।
गुनी केशरी गुनगुनाइन् कुनामा
अझै भुन्भुनाइन् भँगेरी मुनामा ।।
(पृष्ठ १,श्लोक ३, वर्तमान परिवेश)
आजको परिवेशमा मानवले आफ्नाप्रतिको श्रद्धाभाव हराएको छ । आफ्नै जन्मदातालाई चिन्दैन, जिउँदो छँदा माड दिंदैन,मरेपछि पिण्डबटार छ देवता समान मातापितालाई बृद्धाश्रम पठाउँछ संस्कार मान्दैन आदि आदि । कति राम्रो छ कवयित्रीको भावना ।
मातृभूमि –सबैले ग्रहण गर्दै आएको धारणा आमा, जन्मभूमि स्वर्ग भन्दा पनि प्यारी हुन्छिन् ।शोभाले पनि आमा र मातृभूमिप्रति अगाध श्रद्धाभाव पस्केकी छन् । सुन्दर शान्त, सौम्य, स्वर्ग समान, देवी देवता रमाउने यस पूण्य भूमिमा आमाले जन्माएका सपूतप्रति शोभा यसरी प्रस्तुत भएकी छन् –
जन्मे शान्ति बुनेर बुद्ध भृकुटी श्रद्वेय सीता सती
छर्दै ज्ञान चिरे तमाधिक सधैँ ंव्यापी बनी विश्व ती ।
चारैतर्पm हिमाल उर्वरक अहा ! पीयूष झन ओखती
सारन जीव लिएर सिर्सिर चले टापू चिसो वायु ती ।।
(पृष्ठ ४ श्लोक ३, मातृभूमि)
यस कवितासङ्ग्रहमा देश भक्तिका धारणा, देशद्रोहीसित राजनीति, अपराध, कुकर्मले देश विगार्ने, छोरी भएर बस्न चाहने, बलबालिकालाई नेपालको मूल हुन पर्ने छ भन्ने आग्रह, मुलुक भरमा शान्ति प्याला निभेको,भ्रान्ति ज्वाला फिँजेको, हिजोका साहासी देशप्रेमी र वीर राष्ट्र प्रेमीका गाथा पढिन्थ्यो आदि राष्ट्रियताले भरिएका धारणा सहित सबैमा यस्तो आग्रह गरिएको छ –
सुम्पी योद्धा रगत पसिना राष्ट्रका निम्ति त्याग
बिर्सी नेता सहिद सपना पूर्ण के बन्छ आज ।
तिम्रै आशा छ जति जननी जन्म देऊ सपूत
शान्तिप्रेमी सब जन बनुन् जन्मियुन् फेरि बुद्ध ।।
(पृष्ठ ५५ , श्लोक ५, सपूत)
विदेशीएका युवालाई फर्कने आह्वान:
आज देशको मुख्य समस्या भनेको युवा युवतीहरूको स्वदेश नफर्कने गरी विदेश पलायन हो । यसमा कवयित्रीले फर्केर आउ र आफ्नै पसिना आफ्नै देशमा लगाउ, तिमीलाई आमा कुरेर बसेकी छन् भन्ने आग्रह समय सान्दर्भिक छ । उनी भन्दछिन् –
गुन्जेर मीठो धुन बाँसुरीको
पुन्जेर थुप्रो वन माधुरी यो ।
आई तराई पहरा रसाऊ
मुस्कान ल्याई जननी हँसाऊ ।।
(पृष्ठ ६२ श्लोक ५,फर्की आऊ)
सहिदको सपना–सहिदको वलिदानबाटै हामीले चाहेको व्यवस्था ल्यायौ, राज्यसत्ता चलायौं, सहिदले चाहेको सुन्दर, समृद्ध देश सुखी नेपालीको सट्टा उपहास निम्त्यायौं । सहिदको वलिदान बिना संसारका कुनै पनि देश स्वतन्त्र भएनन् । कडा शासनमा जनता पिल्सिएका थिए । नेपालीले पनि राणाशासन, पञ्चायती क्रुरता र दमनलाई व्यहोरेकै थिए । यस्तो व्यवस्था फाल्न सहिदले छातिमा गोली थापे, रगतको खोला बग्यो आजको राज्यसत्ता सञ्चालमा आयो सहिदका सपना पुरा हुन सकेनन् त्यसको परिणतीमा कवयित्री यसरी प्रस्तुत भएकी छन् –
हिमाल झुक्दैछ सपूत साथ
सम्झेर रुन्छे धरणी प्रभात ।
पुग्दैन श्रद्धा दिन एक मात्र
हुँदैन पूरा सपना सुपात्र ।।
(पृष्ठ ५, श्लोक १, सहिदको सपना)
ंविकृति र विसङ्गति– कवयित्रीले कुप्रभथा हटाउन चाहान्छिन् । विशुद्ध भावनाले भर्न चहान्छिन् । अघोष कम्प र बीभत्सकाण्ड मास्नु र उम्रिदो काल जण्ड फ्याक्नु छ भन्ने भावना र कामना यसरी प्रस्तुत गर्दछिन् –
चलेछ आज विगिँ्रदै पिपासु साथ पाषण
हरेक क्षेत्र मौलिँदै छ आज पाप व्यापक ।
भएन आश खै कतै सुरम्य शान्ति उज्ज्वल
लिएर बुद्ध भावना मनुष्य हुन् सुनिश्चल ।।
(पृष्ठ ६ श्लोक ५, कामना)
पर्यावरण र सम्पदा:
नेपाल पर्यावरण र सम्पदाले धनी देश हो । सबले बुझ्न पर्ने कुरा के भने यो देश सस्तो छैन । पर्यावरण, सम्पदा, वातावरण, माटो, पानी, रगत पसिनाले निर्मित यो देश स्वर्ग तुल्य भएको धारणा राख्दै इतिहास केलाउँदै कवयित्री भन्छिन् –
पुर्खौलीका परिचय कुनै शक्तिले मेटिँदैन
तातो –रातो रगत पसिना भक्तिले भेटिँदैन ।
बाँकी केही भन न छ भने देहको श्वास तुल्य
हाम्रो पर्यावरण अहिले सम्पदा हो अमूल्य ।।
(पृष्ठ १०,श्लोक ५, पर्यावरण र सम्पदा)
अध्यात्मवादी चिन्तन:
यस कविता सङ्ग्रहमा ईश्वरप्रतिको चिन्तन व्यापक रूपमा आएको छ । हातमा थाली लिएर अहोरात्र पूजा गरेको, देह र आत्मा समेत टकारीएको, ईश्वर कहाँ मिल्छ ईश्वर प्राप्त गर्न कुन मार्ग समाउनु पर्छ, सबै जीव ईश्वरकै साझा हुन्, महादेव, पार्वती, राम सीताको स्मरण कतै, कतै शरण को माग,कतै शिवजीको रूपको वर्णन, संसार भर्ता संहारकर्ता, दक्षको तिरस्कारले गर्दा सतीले अग्निकुण्डमा देह त्याग गर्दा, दक्षको यज्ञमा बाधा पु¥याउने कर्ता भन्दै गोमाप्रतिको व्यवहारलाई यसरी प्रस्तुत गरिएको छ –
लिई कष्ट गोमा सदा त्याग बन्दै
दिई निष्ट आत्मा परीक्षा समेल्दै ।
उनै बाट भोगी भयौ पाप ठानी
बडो दुःख बोकी लिई श्राप मानी ।।
(पृष्ठ ३६ श्लोक ५ शिवभक्ति)
सुखमा मानिसले मानिस के ईश्वरलाई पनि खोजदैन, कतै देव तन भित्रभित्र छन् भनिन्छ आदि थुप्रै धारणा आएका छन् ।
सहित्यकारप्रतिको धारणा –यससङ्ग्रहमा मोतीराम भट्टको सँझना, राष्ट्रकविप्रति श्रद्धासुमन चढाइएको छ । युवा कवि मोतीराम भट्टको योगदान भानुभक्तका रामायण छपाउजु सृङ्गार रसमा गजल लेखनप्रति उच्च महिमामा गान गाइएको छ । राष्ट्रकविप्रति राष्ट्रका लालपूmल, साहित्यका मूल, गौरी शोक काव्य रच्दै राष्ट्रसम्मान प्राप्त गर्ने प्यारा कविप्रति पूर्णश्रद्धा सुशब्द अर्पण गरिएको छ ।
जीवन जगत:
जीवनसँग सम्बन्धित कविताहरू यस कविता सङ्ग्रहमा समावेश गरिएका छन् । जीवन भन्दा जन्मदेखि मृत्युवरण हुने वेलासम्म लिइन्छ । यस अवस्थामा मानिसले सुख दुःख उतार चढाव थुप्रै घटनासँग सङ्घर्ष गर्नु पर्ने हुन्छ । कवयित्री अधुरो जीवन यात्रामा अडिन परेको छ । कवयित्रीको सुखसित जिउने चाहना हो तर त्यसो हुन सकेको छैन । त्यसो हुँदा निभ्ने दियामा तेल किन थप्ने भन्ने धारणा, घरभित्रै बसेर बाँचौ बचाउँ, पुन यस पृथ्वीमा पुनर्जन्म हुन्छ या हुँदैन यही जुनीमा राम्रो काम गरौं । गरिब मारिएका छन् । दिनरत पसिना बगायर चारा बाँडेर खाना पाएका छैनन् भन्दै कवयित्री यसरी प्रस्तुत हुन्छिन् –
ब्रह्माण्डमा डर भयावह रूप कस्तो
हे देव आज ! किन भोग्न परेछ यस्तो
छायौ अहो ! किन जगै सब हुन् कि दास
खायौ हरे ! भुवनमा मनु छन् निराश ।।
(पृष्ठ २० श्लोक ५, वर्तमान अवस्था¬)
मिति लेखिएको छैन तर यो कविताले कोभिड १९को संकेत गर्दछ ।यस सङ्ग्रहमा जीवन भोगाईका धारणा यत्रतत्र पोखिएका छन् ।
नारी वादी चिन्तन् – विश्वमा आधा आकाश ओगटेका नारी तिनले भोगेका सुख दुःख, संघर्ष, थिचोमिचो, सन्ततीप्रतिको माया राष्ट्रप्रतिको योगदानमा कवयित्रीका धारणा बुलन्द बनेर आएका छन् । छोराको चाहना राख्ने हाम्रो समाजमा छोरी जन्मदा नाक खुम्च्याउने चलन व्यापक छ । कवयित्रीले ‘पुत्रीश सु–स्वागत’ कवितामा यसरी प्रस्तुत भएकी छन् –
ब्रह्माण्डै अधुरो छ सृष्टि जगमा नारी विनाको कथा
फिज्दै यी ममता अपार रसमा सन्तान नै शारदा ।
नारी पुज्छ भने अथाह तिनमा रम्ने सदा ईश्वर
लक्ष्मी रूप धरी सहर्ष म गरूँ पुत्रीश सु–स्वागत ।।
(पृष्ठ ६८,श्लोक ४, पुत्रीश सु–स्वागत)
छोराछोरी जन्मे पछि हुर्कन्छन् बढ्छन् र छोराको विवाहमा बुहारीलाई हर्षाेलास साथ भित्र्याइन्छ र छोरीलाई आँसुको साथ अन्माइन्छ । यहाँ कवयित्रीले छोरीलाई अन्माउँदा यसरी आशीर्वाद दिएकी छन् –
सन्ताप शोक नलिई बढ हर्ष साथ
बाधा हटाउन तिमी अब काँध थाप ।
स्वर्गेै समान गृहमा बन जून तारा
आफ्नो स्वयं वन अनन्त सदा सहारा ।।
(पृष्ठ ५४,श्लोक ५,छोरी विदाइ)
प्रेमप्रणय:
यो संसार मायाले भरिएको छ । कवयित्री पनि मायावी संसारकी एक सदस्य भएको नाताले उनको यस सङ्ग्रहमा प्रेमका धारणा पोखिएका छन् । उनका कवितामा शुद्ध प्रेमका धारा बग्दछन् –
कलाकी म तिम्री पुजारी र रानी
सही दुःख पीडा हिमाली सिरानी ।
तिमी अग्नि हुन्छौ भने जिन्दगानी
गरी प्रेम चोखो म बन्नेछु पानी ।।
(पृष्ठ २६,श्लोक १, निश्छल प्रेम)
पवित्र हुन्छ सिर्जना सुभाव भित्र उब्जँदा
हुँदैन स्वार्थ त्यागमा हुनेछ शुद्ध सर्वदा ।
परेर आज मोहमा सुगन्ध बास रच्दछु
तिमी भएर प्रीतिमा अमूल्य हर्ष साँच्दछु ।।
(पृष्ठ ५६,श्लोक ३ प्रणय दिवस)
सुद्ध,पवित्र, मर्यादित प्रेमकी पुजारी कवयित्रीले, ‘सच्चा प्रेम रची सजेर लिउँला आए दिलै खोलन’ भन्दछिन् ।
विविध धारणाहहरू:
मानिसले पहिचानको खोजी गर्छ । कवयित्री कतै वियोगका कुरा गर्छिन,् कतै युवाहरू विभूमिका दास पाउँछिन् । कहिले भान्से खटाउँछिन् र भान्से बन्नेले भान्सेबन्न सहज छैन भन्छन् । पहाडी शिलामा धेरै कम्पन भएको धारणा राख्छिन् । मन सफा राख्नु पर्ने धारणा राख्दै भन्छिन् –
लड्ने छु वैचारिक द्वन्द्व धेरै
बढ्ने छु पोख्दै सु–विचार मेरै ।
आऊ दिँदै साथ लिएर आस
जाऊ लिँदै रात चिरेर खास ।।
(पृष्ठ ३५, श्लोक १,धारणा)
यस कवितासङ्ग्रहमा त्रासादीले गर्दा आशा मर्नु ,निराशा बढ्नु, तपो भूमि जस्तो देश पाप कुण्डमा परिणत हुनु,, मानवताको ह्रास, गैडाकोटको महिमा, विजया दशमी तथा नवदुर्गाले सन्तोष, उमङ्ग, समृद्धि छाओस् अनि वैषम्य हटोस् भन्ने शुभेच्छा, शशी झै नभमा रहने,सबैको दिलमा रसले भर्ने, ममतालाई बुझ्ने,जीवित छँदा लोभ रही रहने,जे भए पनि जति भए पनि एक दिन छोड्न पर्ने, बलेको आगो ताप्ने, नत्र परपर भाग्ने, मानिसको आवश्यक्ता जिए जन्त मरे मलामी, मरेपछि चाँहिदैन सलामी, माता पितामा जिउँदै छँदा दिनु पर्छ माड कुन पितृले खाए हाम्रो पिण्ड दान, गुरु ब्रह्मा, विष्णु र शिवभन्दा माथि छन् र मैन जल्दा झै जलेर ज्ञान दिन्छन्, ब्रह्मबाटै रीति चलेको हो,त्यागबाट नै शुद्ध प्रीतिको निर्माण हुने हो, त्यसो हुँदा भ्रम पाल्न नहुने,निराशाले भरेमा धड्कन बढ्छ ,नास्तिक भाव भर्न नहुने,रगत सबैको रातो हुन्छ मानिस मानिसमा विभेद किन ?ठूलो सानो पानी चल्ने नचल्ने भनेर जातीय विभेद गर्न नहुने, यसरी नै कतै धन्यवाद दिइएको छ ,कतै एकतामा बलियो समाज भनिएको छ ,कतै विधाताले सिर्जना गरेको यस सृष्टिमा चन्द्रमा छुने सपना पनि अधुरो रहने भनिएको छ, कतै राज्यमा दुराचार बढेको पाइन्छ, कतै नेताले मिठो बोलेर आफ्नो स्वार्थ पूर्ति गरेर देशको अर्थ भ्याएको धारणा आएको छ, कतै अग्नि विना नै किन मुटु जल्छ भनि प्रश्न सोधिएको छ आदि विविधताले सजिएको यस कृतिको अन्तिम कविता छद्मभेषको अन्तिम श्लोक प्रस्तुत गर्न मन लाग्यो–
फिँजाएर द्वन्द्वै लिए युद्ध व्योम
भए आज दुष्टै हराएछ प्रेम ।
थिए साधु जस्ता भए भेष मुण्ड
तपो भूमि यस्तो बन्यो पाप कुण्ड ।।
(पृष्ठ ७०, श्लोक ५, छद्मभेष)
भाषाशैली:
छन्दमा लेखिएका कविता भएकोले लयदार र गायनयुक्त देखिन्छन् । विविध रसले सजिएका कविता पढ्न सरल र सहज छन् ।सुन्दर पु्रस्तुति छ ।
शीर्षकी करण –मनको बाँसुरी शीर्षकमा कुनै कविता छैन । प्रतीकात्मक रूपमा शीर्षक राखिएको छ । फर्की आऊ शीर्षकमा ‘गुन्जेर मीठो धुन बान्ँसुरीको ’शब्द आएको देखिन्छ तापनि कविता भनेको मनमस्ष्किको भावनात्मक अभिव्यक्ति हो । यी कविता सबै लयात्मक छन् । मुरलीमा बजाउँदा स्वरकम्पनको आभास मिल्छ । धुन भन्दा मनको वेग,सुर, लहड,ताना आदिलाई जनाउँछ । कृष्णले बाँसुरी बजाउँदा गोपिनी मोहित भएझै लय हालेर पढ्दा उनका कविता मनमोहक छन् । यसरी शिर्षक सार्थक छ ।
कविता सबै गुणै गुणले सजिएको र यसमा कुनै कमी कमजोडी छैन त भन्ने प्रश्न उठ्न सक्छ । स्वभाविक हो । सबै चिजमा पूर्णता हुन्छ भन्न सकिन्न । पाठक तथा विश्लेषकको सोच तथा बिचारमा निर्भर रहन्छन् । लेखनको निरन्तरताले यस्ता कमी कमजोडी सुधार हुँदै जान्छन् ।
अन्त्यमा मैले यस कविताको सारभाव माथि नै पस्किसकेहो हुँदा यिनै धारणालाई दोहो¥याउन चाहन्न । एक शब्दमा भन्दा कविता मनमोहक छन् , पठनीय छन् ।शिक्षासेवाबाट साहित्य सेवामा समर्पित उनको भावी जीवन साहित्यमय बनोस् भन्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।