18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्बन्ध भाषा र भावनाको

विचार डा. टीकाराम पोखरेल November 7, 2024, 11:42 pm
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

विषय प्रवेश
वि.सं २०४५ सालमा एस.एल.सी. उत्तीर्ण गरी उच्च शिक्षाको अभिलाषा बोकी म गाउँबाट काठमाडौँ शहर पसेँ । राम्रो कलेजको खोजिमा कलेजको गेट चहार्न थालियो । कलेज मात्र राम्रो भएर कहाँ हुन्थ्यो र आप्mनो आर्थिक स्थिति र आप्mनो अध्ययन पृष्ठभूमि सुहाउँदो कलेज चाहिएको थियो मलाई । कुन कलेजमा अध्ययन गर्दा चाहिँ साथीभाइ, वातावरण, अध्ययन र लोकेशन ठीक होला भन्दै थप केही दिन बिताएँ । अलमलकै विचमा अझ साँच्चै भन्नुपर्दा अरुकै लहैलहैमा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस छोडेर अन्ततः त्रिविकै सम्बन्धनपाप्त क्याम्पस पशुपति बहुमुखी क्याम्पस चाबेलमा भर्ना भएँ, आई ए. मा । भर्ना भएको ३ दिनपछि कक्षा सुरु भयो । पाठ्यक्रममा अनिवार्य नेपाली विषयमा एउटा उपन्यास पनि पढनुपर्ने रहेछ, उपन्यासको नाम रहेछ बसाईँ । लेखक थिए लीलबहादुर क्षत्री ।

नामसँगको भ्रम र रोचकता:
मेरो जन्मघर काठमाडौँबाट पूर्वी पहाडतिर हो, जनकपुर अञ्चलको पहाडी जिल्ला दोलखा । उहिलेको पूर्व २ नम्बर भन्ने गरिएको मेरो जिल्लातिर नाम सामान्यतः लीलाबहादुर हुने गर्दछ । लीला नाम गरेका थुप्रै जना छन् मेरो गाउँमा, तर लील नाम गरेका एकजना पनि छैनन् । यसकारण लीलाबहादुर मेरो लागि सधैँ मुखमा झुण्डिरहेको ‘कमन’ नाम हो, तर लीलबहादुर चाहिँ ‘कमन’ हुन सकेन । जब कलेजमा बसार्इँ उपन्यास पढाउने क्रम सुरु भयो अनि भनियो– ‘बसार्इँँ उपन्यासका लेखक लीलबहादुर क्षत्री हुन् ।’ नेपाली पढाउने गुरु थिए घटराज भट्टराई । सुरुमा त घटराज गुरुले लीलाबहादुरलाई छिटो उच्चारण गर्दा मैले लीलबहादुर सुनेको होला भन्ने लाग्यो । पछि ‘ब्ल्याकबोर्ड’मा पनि बसार्इँका लेखकको नाम लीलबहादुर लेखेपछि चाहिँ म चकित परेँ । घटराज भट्टराई जस्ता भाषा व्याकरणका विद्धान्ले पनि कस्तो अशुद्ध लेखेको होला जस्तो लाग्यो । लेखकको नामसमेत अशुद्ध लेखेको लागेपछि मैले असैह्य भएर भनेको थिएँ– ‘सर ! लीलबहादुर भयो, एउटा धर्को त छुुट्यो नि लेखकको नाममा ।’ तब घटराज गुरुले भन्नुभएको थियो– लीलाबहादुर होइन, लीलबहादुर नै हो ।’
कक्षामा केही समय नाममा भ्रम भए पनि परीक्षा दिने दिनसम्म आइपुग्दा म बसाइँँका लेखकको शुद्ध नाम लीलबहादुर लेख्ने भैसकेको थिएँ । शुद्ध नाम लेखेर परीक्षा दिएर आई. ए. उत्तीर्ण पनि भएँ । तर पछि मैले कलेजमा बसार्इँ उपन्यास पढाउने क्रममा उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीहरुमा त्यही मेरो भ्रम दोहोरिएको देखेको छु । हुन त मलाई पनि कुनै जमानामा लीलाबहादुर र लीलबहादुरमा भ्रम भएकाले मैले पढाएका विद्यार्थीलाई पनि भ्रम नहोस् भनेर ‘बसार्इँका लेखकको नाम लीलाबहादुर नलेख्नुस है लीलबहादुर लेख्नुस्’ भनेर कक्षामा पटक पटक भन्ने गरेको छु । तर भन्दैमा आजकलका विद्यार्थीले कहाँ ध्यान दिएर सुन्छन र ? त्यसमाथि आजकल कलेजमा ‘रेगुलर’ विद्यार्थी पाउनै गाह्रो । अधिकांश विद्यार्थी ‘टुरिष्ट’ भैसके । ‘टुरिष्ट’ विद्यार्थीले यस्ता कुरामा किन ध्यान दिन्थे । फेरि मैले मात्र लीलबहादुर घोकाएर के गर्नु सबै शिक्षकले यो भ्रमको यथार्थ बुझेर नघोकाउन पनि सक्थे । अहिले पनि सर्वसाधारण र ‘टुरिष्ट’ विद्यार्थीलाई बसाइँका उपन्यासकारको नाम सोध्यो भने धेरैले लीलाबहादुर क्षत्री नै भन्छन्, खासगरी नेपालमा ।

अधिक पढिएको उपन्यास: बसाइँ
नेपालीहरुमा पठनपाठनको संस्कृति एकदम कम छ । झन ३० देखि ५० को दशक त पठनपाठनका दृष्टिले खँडेरी नै परेको समय हो । पछिल्लो दशक पठनपाठन संकृतिमा केही बढोत्तरी भएको छ । तर जुन बेला खँडेरी परेको थियो त्यो बेलामा पनि केही पुस्तकहरु भने पढिए । त्यस्तो खँडेरीमा पनि उल्लेख्य रुपमा पढिएको मध्ये एउटा उपन्यास बसाइँ पनि हो । बसाईँ पढिनुको नाताले लीलबहादुर क्षत्री बढी पुकारिएको नाम हो । यो उपन्यास बढी पढिनुमा तीनवटा कारणहरु रहे । पहिलो हो यसको लघु आकृति । लघु आकारको भएकाले झण्डै एक बसाइमै पढिसकिने उपन्यास भएकाले पाठकहरुको यसमा आकर्षण बढ्यो । आजको व्यस्त युगमा महाकाव्य आकृतिका उपन्यास पढ्ने धैर्य पाठकमा छैन । त्यसैले लघु हुनुको कारण पाठकको आकर्षण बसाइँले प्राप्त ग¥यो ।
बसाइँ धेरै पढिनुको अर्को कारण हो यसको सरलता । जटिल लेखिनुलाई नै साहित्य ठान्ने मानिसहरुको एउटा वर्ग पनि छ हामीकहाँ । भाषाको जटिलता होइन बरु विषयको सरलता, प्रस्तुतिमा नवीनता, सन्देशमा गहनता, भावनाको गहिराई अनि कल्पनाको उडानमा नै साहित्यको उत्कृष्टता भेटिने हो । जुन कुरा बसाइँमा छ । बसार्इँ नेपाली उपन्यास साहित्यको चटनी हो जसले खानालाई मिठो बनाउँछ ।
यो उपन्यास बढी पढिनुको तेस्रो कारण हो पाठ्यक्रममा समावेश । लामो समयसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रवीणताप्रमाणपत्र तह र पछि उच्चमाध्यमिक शिक्षा परिषदले उच्च माध्यमिक तहमा अनिवार्य नेपाली विषयमा पाठ्यक्रमको रुपमा समावेश गरेकाले पनि यो उपन्यास धेरै विद्यार्थीहरुले पढ्नैपर्ने विषय बन्यो । अनिवार्य नेपालीको पाठ्यक्रममा यही एउटा मात्र उपन्यास समावेश गरिनु र परीक्षामा उपन्यासबाट एउटा प्रश्न सधैँ सोधिने गर्नाले विद्यार्थीहरुले यसलाई अनिवार्य रुपमै पढे ।

वस्तु, पात्र र परिवेश: मेरो भ्रम र यथार्थ
‘टिनएजर’ हुँदा कलेजमा भर्ना भइयो । त्यही बेलामा नाता गास्न पुगियो बसार्इँसँग । यो उमेर बडो विचित्रको हुँदो रहेछ । । एकातिर कल्पनाशीलता अर्कोतर्फ जिज्ञासु । बसाईँ पढाउँदा हामीलाई कक्षामा भनियो– ‘यो पूर्वीपहाडको कथा हो । घटना, पात्र र वातावरण सबै यथार्थ छन् । सामाजिक यथार्थवादी उपन्यास हो यो ।’ सोचेँ, मेरो घर पनि पूर्वी पहाडतिरै त हो । त्यसैले उपन्यास मेरै गाउँको कथा हो, मेरो गाउँको कथाको अर्थ मेरै कथा हो ।
तर आप्mनै गाउँको कथा भएर पनि त्यहाँ उल्लेख गरेका पात्रहरु मैले चिनेका थिएनन् । न त बसाइँ उपन्यासमा कुनै पात्रको रुपमा मेरो नाम नै समावेश थियो । न त धने र मैना मेरो गाउँमा थिए न त रिकुटे र मोटे कार्की नै । न त कुनै झुमा मेरो गाउँमा अवैध गर्भधारण गरेर दोजिया भएकी थिई न त नन्दे ढकाल र बैदार बुढा नै मैले पाउन सकेको थिएँ । मेरो गाउँमा न त लिम्बूगाउँ थियो न त रागेभिर नै मेरो घर छेउमा मैले देखेको थिएँ ।
मेरो त्यो उमेरले शङ्का गरेथ्यो, बसाइँ पूर्वी पहाड उर्फ मेरो गाउँको कथा भए ती पात्रहरु मैले चिन्नुपर्ने होइन र ? मेरो कथा भए पात्रको रुपमा म पनि उपन्यासमा हुनुपर्ने होइन र ? बसाइँमा मेरो गाउँको नाम छैन, मेरो पनि नाम छैन भने बसाइँ कसरी मेरो गाउँको कथा हुन पुग्यो होला ? यस्ता थुपै प्रश्न र कौतुहलता मेरा मनमा बग्रेल्ती थिए जब म आइ.ए. पढ्दै थिएँ ।
अध्ययन र ज्ञानको सीमा बढ्दै गएपछि थाहा भयो मेरोलाई मेरो जस्तै बनाएपछि मात्र कथा आप्mनो हुँदो रहेछ । जब मैले यो कुरा बुझेँ तब मैले धने, मैना, रिकुटे, नन्दे, बैदार जस्ता पात्रहरु आप्mनै गाउँमा देखेँ । जब यी पात्र प्रतिनिधि पात्रको रुपमा मैले आप्mनो गाउँमा देखेँ तब मैले यो मेरो कथा भन्ने बुझेँ । अब बसाईँ मेरो पनि कथा बन्यो, मेरो छिमेकीको पनि कथा बन्यो र आमनेपालीको कथा बन्यो । यो त्यस्ता नेपालीको कथा बन्यो जो धने र मैना अनि झुमा र मोटे कार्की झैँ बसाइँ सर्न बाध्य छन् ।
हो मेरो गाउँमा धने र मैना नाम भएका दम्पत्ति छैनन् तर धने र मैना जस्ता दम्पत्ति भने थुप्रै छन् । मोटे कार्की जस्तो आदर्श पात्र पाउन कठिन होला तर रिकुटे जस्तो बदमास पात्रको अहिले पनि कमी छैन । नन्दे ढकाल र बैदार बुढा नाम गरेका नहोलान् तर नन्दे ढकाल र बैदार बुढाकै चरित्र बोकेका जमानसिंह र परमानन्द जस्ता शोषक र सामान्तहरु भने धेरै छन् । लिम्बूगाउँ र रागेभीर त नहोला तर माझगाउँ र तारेभीरहरु त पक्कै छन् । लिम्बूगाउँले झै मझगाउँँले पनि धेरै रिकुटेहरु जन्माएको छ र रागेभीरमा झैँ तारेभीरमा धेरै झुमाहरुले ज्यान आहुति दिने प्रयास गरेका छन् ।
हो, बसाइँको परिवेश र पात्र मेरो गाउँमा प्रसस्तै छन् । मेरो गाउँमा मात्र नभएर मेरो भन्दा पल्लो डाँडाको गाउँमा पनि छन् । त्यसैले मेरो मात्र होइन म जस्ता धेरैको कथा हो बसार्इँ । हामी सबैको कथा हो र आमनेपालीको कथा हो । मेरो हुनुको भन्दा आमनेपालीको कथा हुनुको महत्ता नै अर्कै हुँदो रहेछ । त्यसैले बसाइँ मेरो प्रिय उपन्यास बन्यो ।

भाषा, भावना र भविष्य:
लीलबहादुर क्षत्रीलाई आजसम्म मैले सशरीर भेटेको देखेको छैन तर उनका कृतिमार्फत मैले हजारौँ पटक उहाँलाई भेटेको छु । भेटिरहने छु । लाखौँपटक उहाँको नाम पुकारेको छु र पुकारिरहने छु । उहाँसँगका अटुट सम्बन्धहरु छन् मेरो जीवनमा । मरो मात्र नभएर आमनेपालीको पनि सम्बन्ध छ । पहिलो त प्रवासी नेपाली भएका नाताले हरेक नेपालीको एकअर्को देशमा बस्ने नेपालीहरु बीच भावनात्मक सम्बन्ध हुन्छ र मेरो पनि छ । संसारको जुनसुकै कुनामा भए पनि नेपाली नेपाली नै हुन् । नेपाली हुनुको मानक उसको बसाई कहाँ छ ? ऊ दौरा सुरुवाल टोपी लगाउँछ कि लगाउँदैन ? भन्ने होइन । यस्ता सोचाइ र बुझाइले अर्थ पनि राख्दैन । अर्थ राख्छ त नेपाली हुँ भन्ने अर्थात नेपालीत्वको भावनाले । त्यसैले भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि लीलबहादुर क्षत्रीसँग सम्पूर्ण नेपालीको नाता छ भावनाको ।
लीलबहादुर क्षत्रीसँग दोस्रो सम्बन्ध छ भाषाको । नेपाली भाषामा बसाईँ, अतृप्त, ब्रह्मपुत्रको छेउछाउ, दोबाटो, लीलबहादुर क्षत्रीका कथाहरुलगायत दर्जनौँ अमूल्य र कालजयी कृतिहरु दिएर क्षत्रीले नेपाली भाषा र साहित्यलाई कहिल्यै तिर्नै नसकिने गुन लगाएका छन । सम्पूर्ण नेपालीहरुले आप्mनै भाषा र लवजमा आफ्नै कथा कहानी पढ्न पाएका छन् । आफ्नोत्वको अनुभूति गर्न पाएका छन् । नेपाली भाषासाहित्यलाई धनी बनाउन क्षत्रीले अतुलनीय योगदान पु¥याएका छन् ।
म र म जस्तै पाठ्यक्रममा बसाइँ उपन्यास पढेका विद्यार्थीहरुको लीलबहादुर क्षत्रीसँगको तेस्रो सम्बन्ध हो भविष्यको । कलेजमा बसाईँ उपन्यास पढियो र त्यसैमा परीक्षा दिएर पास भइयो र भविष्यको रेखा कोरियो । पछि आफूले कलेजमा पढाउँदा त्यही उपन्यास धेरैलाई पढाएर भविष्यको रेखा कोर्न लगाइयो । परीक्षामा बसाईँबाट सोधिएका प्रश्नका उत्तरहरु दिएर म मात्र होइन म भन्दा अग्रज र मेरा अनुजहरुले पनि भविष्यको रेखा कोरे ।

नयाँ लिलबहादुरहरुलाई आग्रह:
नेपाली साहित्यमा धेरै उपन्यासहरु प्रकाशित भैरहेका छन । पछिल्लो समय नेपाली आख्यान साहित्यको बाढी नै लागेको छ । यस अर्थमा नेपाली साहित्यमा धेरै लीलबहादुरहरु जन्मिरहेका छन् । तर बसाईँका लेखक लीलबहादुर चाहिँ हुन सकेका छैनन् । हुन नसक्नाको कारण हो आप्mनो लागि लेखन । आप्mनो दृष्टि र कोणबाट मात्र साहित्य सिर्जना गरिनु । आफ्नै मात्र विचार पाठकमा लादिनु । अर्थात आफ्नो परिवेशबाट बाहिर निस्कन नसक्नु, नखोज्नु ।
सिद्धान्त र दर्शनले जेसुकै भनुन् । सामान्य मानिसले बुभ्mने कुरा त्यति मात्र हो कि साहित्य पाठकको लागि हो । आमपाठकको लेखक त्यो हो जसले पाठकको कोणबाट लेख्छ । एउटा लेखक लेख्ने बेलामा जब आफू लेखक जस्तो नबनेर पाठक जस्तो बन्छ तब पाठकप्रिय साहित्य लेखिन्छ । जब पाठकपृय साहित्य लेखिन्छ तब बसार्इँका लीलबहादुर बनिन्छ । नेपाली साहित्यमा जति पनि लीलबहादुरहरु आउन खोजिरहेका छन् ती कुनै न कुनै रुपमा बसाइँका लीलबहादुर बनून् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।