तिमी छैनौ र साह्रै साह्रै अतालिएँछु म
नितान्त कतै एक्लै एक्लै बरालिएँछु म।।
शब्दकै अनिकाल भोग्नुपर्दा सृजनामा
अचेल त आँसु आँसुले पखालिएँछु म।।
बाँचेको समय खै कस्तो छ भनौँ र अब
पीडाको भुक्तभोगी भएर समालिएँछु म।।
जस्तो देख्नु छ त्यस्तो क्यै देख्तिन अचेल
जिन्दगीबाट नै अचानक फुकालिएँछु म।।
अब सकियो रहर सबै एकलास मात्र छ
रमाइलो संसारबाट उ बेलै निकालिएँछु म।।