18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महाकावि देवकोटाप्रति छोटो दृष्टिपात

विचार सदानन्द अभागी November 4, 2024, 2:33 pm
सदानन्द अभागी
सदानन्द अभागी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण कावासोतीको टरिया फाँट हाल यसलाई साँड पनि भनिन्छ , भूपेन्द्र लमामिछाने , मोहन रेग्मी, जगत रिजाल, भेषराज रिजाल, इन्दिरा रिजाल लगायतले साहित्यकार भुपेन्द शर्मा गण्डर्षि लोकनाथ खरेल दीपक भट्टराई लगायतका साहित्यकारलाई बोलाएर गाउँका किसान समुदायलाई समेटेर गाउँमा बालबालिकाले वि.स. २०५६ सालमा कविता पाठ मात्र न भै घैंटो फुटाउने कार्यकर्म राखेर निकै रोमान्चको साथमा पण्डित रघुनाथ सापकोटाको प्रमुख आतिथ्यमा र सदानन्द अभागीको सभापतित्वमा लक्ष्मीजयन्ती मनाउने कार्य सुसम्पन्न भएको थियो । सोही अवसरमा सदानन्द अभागीको सभापतित्वमा लक्ष्मीस्मृति साहित्य समाजको गठन गरी हालसम्म लक्ष्मीजयन्ती कार्यक्रममा स्रष्टा सम्मान, कविता वाचन कृति विमोचन जस्ता कार्यक्रा गर्दै आएको छ । यसै बीचमा यो कार्यक्रम नवलपुर एफ् एम र लक्ष्मीस्मृति साहित्य समाजको आयोजनामा हुन थाल्यो । आगामी यही २०८१ कार्तिक १५ गते नवलपुर एफ एमको सभाहलमा गरि ने भएको छ ।
महाकविको छोटो परिचय – संघर्षका प्रतिमूर्ति महाकवि लक्ष्मीप्रसाद खेवकोटाको जन्म १९६६ साल कार्तिक महिनाको २७ गते लक्ष्मीपूजाको दिनमा काठमाडौको धोवीधारामा भएको थियो । उनको न्वारानको नाम तीर्थ माधव देवकोटा राखिए पनि लक्ष्मीपूजाको दिनमा जन्मेको हुँदा उनलाई लक्ष्मीप्रसाद देवकोटाको नामले बोलाउन थालियो । देवकोटा पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मी देवी देवकोटाका साहिंला सुपुत्र थिए । तीलमाधव देवकोटा संस्कृतका विद्वान् थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई प्रारम्भिक शिक्षा दिने काम बाबुबाटै भयो । संस्कृत व्याकरण पनि उनले अध्ययन गरेका थिए । स्कुल शिक्षा भने दरबार हाई स्कुलबाट थालनी भएको थियो । देवकोटाको कविता लेखन विद्यार्थी कालबाटै थालनी भएको थियो । उनले दरबार हाई स्कुलमा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । तर उनका उच्च कोटीका कविता सुनेर साथीहरूले पत्याउँदैनथे , त्यसो हुँदा एकदिन उनको कविता लेखनको परीक्षा लिने भनेर कविता लेखाइयो । साथी शिक्षकहरूलाई तत्कालै कविता लेखेर सुनाएको हुँदा उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिइयो ।
सन् १९२५ मा देवकोटाले त्रि–चन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्न थाले र विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा भर्ना भएर सन् १९२९ मा आफ्नो स्नातक तहको अध्ययन पनि पूरा गरे । यसपछि उनले भारतमा गएर अंग्रेजी विषयमा स्नातकोत्तर गर्ने इच्छा लिएर सन् १९३१मा पटना गए । तर स्थान पाएनन् र उनले कानून पढ्न थालनी गरे । अंग्रेजी पढ्ने उनको अभिलाषा ट्युसन पढाएर पैसा कमाएर घरको अर्थिकभार कम गर्नु थियो ।
साहित्यिकयात्रा – देवकोटाको साहित्य लेखनको थालनी विद्यार्थी जीवनबाटै भएको थियो भन्ने कुरा त मैले मथिनै भनिसकेको छु । लक्ष्मीप्रसाद देवकोटा बहुप्रतिभाका धनी भएकाले उनको लेखन शक्ति निकै बलियो थियो । उनले सबै विद्यामा कलम चलाएका छन् । भारतीय विद्वान राहुल सांकृत्यानले एक समय भनेका थिए – “भारतके पन्त, प्रसाद और निराला बराबर एक लक्ष्मीप्रसाद देवकोटा है।“ हेरौ लक्ष्मीप्रसाद देपकोटाका केही कृतिहरूको विवरण –
महाकाव्यहरू– पृथ्वीराज चौहान, प्रमिथस, महाराणा प्रताप र वनकुसुम, सुलोचन र शकुन्तल
खण्डकाव्यहरू – कुञ्जिनी, जिप्सी, मायाविनी, मुनामदन, राजकुमार प्रभाकर, रावण जटायु युद्ध, सीताहरण र म्हेन्दु
काव्यहरू — कटक, तुषार वर्णन र मैना दुष्यन्त शकुन्तलाभेट, लुनी, वसन्ती र सुन्दरीजलमा
निबन्धहरू – दाडिमको रूखनेर, लक्ष्मीनिबन्धसङ्ग्रहरू
कथाहरू– लक्ष्मी कथासङ्ग्रह,
नाटकहरू– राजपूतरमणी र सावित्रीसत्यवान्
गीतिनाटक– कृषिवाला
गीतहरू– गाइने गीत र लक्ष्मी गीतसङ्ग्रह
उपन्यास – चम्पा
बाल साहित्य– पुतली भाग, पुतली भाग र सुनको बिहान
अनुवाद –प्रसिद्ध प्रबन्धसङ्ग्रह, बिग गेम सूटिङ इन नेपाल, म्याकबेथ
अङ्ग्रेजीमा अनुदित –द ब्यालेड अफ लुनी र शाकुन्तल महाकाव्य
कविताहरू–
आफ्नो घर, ईश्वर तैँले रचेर फेरि,एक असारको बिहान, एक सुन्दरी च्यामिनी, किसानको रहर, कुखुरो, क्षितिज तिर, खन खन दिलको खेत, गरीब ,ग्रहण नुहाउदी प्रति, घाँसी, जीवन, तिनको घँसिया गीत, दाल भात डुकू, नेपाली , पागल, पाप लाग्छ , पाप को गुनासो , प्रभुजी, भेंडो बनाऊ ,प्रश्नोत्तर, फूल फूलेको बागमा, बन , बादल, भिखारी, म लहरा भएँ, मेरो धर्म, यात्री, शण्डेश्वरको पर्व, सम्झना ,सन्ध्या, सून्यमा सून्य सरी, हुरीको गीत, आदि
गीत– किन मलाई, भो है तिमी नआऊँ, मैले भने खोइ त , सागरभरि छाती चिरी
गजल–दिल कचौरा यो उचालौँ ।
हिन्दीमां अनूदित–सुमन पोखरेलले केही कविता हिन्दीमा र मुसाफिर उर्दूमा अनुवाद गरेका छन् । ती यसप्रकार छन् –
प्रभू जी, मुझे भेड़ बना दो , पागल, राही र उर्दूमा अनूदित–मुसाफिर
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका सागरै हुन् । उनका अनगिन्ती लेखरचना यति नै छन् भनेर मैले ठोकुवा लगाउन सक्दिन । केही लेख रचनाको विवरण विविध स्रोतबाट सङ्कलन गरेका माथि उल्लेख गरेको छु ।
महाकवि देवकोटा–कुँवर इन्द्रजित सिंहको मन्त्रिपरिषदमा देवकोटा शिक्षा, स्वायत्तशासन मन्त्री भएका थिए। ११० दिनसम्म मन्त्री भएका बेला उनले नेपाल राष्ट्रभरिका विद्यालय र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाएका थिए ।
लाइब्रेरी पर्व –भीमशमशेरले देशमा नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारी भाषाको उन्नति गर्न भनेर विशेष खवर जारी गरे । यसै सुचनाको आधारमा पुस्तकालयको आवश्यक्ता महसुस गरेर ४५ जना युवाहरूले हस्ताक्षर संकलन गरेर श्री ३ भीम शम्शेरसमक्ष निवेदन पेस गरे । रामचन्द्र अधिकारी नामक अर्का युवाले हस्ताक्षरकर्ता युवाहरूको अभियान राजनीतिक उद्देश्यको भएको र उनीहरूले श्री ३ को गाथगादी ताकेका छन् भन्ने उजुरी दरबारमा चढाए । बि. सं १९८७ साल वैशाख १६ र १७ गते दुई दिन गरी पुस्तकालय खोल्ने अभियानका युवाहरूलाई सरकारले पक्राउ ग¥यो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइरालालगायतलाई रु. १०० जरिवाना र अबका १२ वर्ष जनस्तरका कुनै कार्य गर्ने छैन भन्ने कागज गराई छोडिएको थियो ।
सल्लाहकार समिति सदस्य
वि.सं. २००७ सालको क्रान्ति मार्फत प्रजातन्त्रको बहाली भएपछि देवकोटालाई राजा त्रिभुवनद्वारा वि.सं. २००८ मा नेपाल सल्लाहकार समितको समूहको सदस्यमा नियुक्त गरि बक्सिएको र देवकोटालाई विपक्षी नेता बनाइएको थियो। सल्लाहकार सभाको दोस्रो अधिवेशनमा मातृकाप्रसाद कोइरालाद्वारा प्रस्तुत बजेटमाथि विपक्षी दलका नेताका हैसियतले देवकोटाको चर्को बहसको प्रस्तुतिको कारण सरकार विघटित हुन पुगेको थियो ।
तास्केन्त सम्मेलनमा सहभागी–
सन् १९५८ को अक्टोबरमा तत्कालीन सोभियत गणतन्त्र उज्बेकिस्तानको राजधानी तास्केन्तमा अफ्रिकी–एसियाली लेखकहरूको सम्मेलन भएको थियो । त्यसमा देवकोटाले नेपाली मण्डलको नेतृत्व गरेका थिए । देवकोटाले राजा ( कुलपति)बाट अनुमति लिनु पर्ने थियो तर राजासँग स्वीकृति नलिइ सरकारसँग स्वीकृति लिएर गएका थिए । तास्केन्तमा देवकोटाको प्रस्तुतिले नेपालको इज्जत धेरै माथि उठेको पनि थियो । यता देवकोटाका बिरोधीहरूले राजाबाट स्वीकृति लिन पर्नेमा नलिएको कारण राजाको अनादार गरे भनेर उनको विरोध गरियो । देवकोटा कम्युनिस्ट भयो भनेर राजा महेन्द्रलाई कुरा लगाइयो । देशको बदनाम भयो भनेर राजालाई सुनाइयो । राजा महेन्द्रले पनि उनको तीन महिनाको तलब जरिवाना बापत रोक्का गरिदिए । यस घटनाले उनी यति निराश भएकी श्यामदास वैष्णवसँग “धेरै बाँचियो ! बाँच्न पुग्यो।“ धारणा राखेका थिए भनिन्छ ।
व्यक्तिगत जीवन
देवकोटाको विवाह १५ वर्षको उमेरमा मनदेवी चालिसेसँग भयो । वि.सं. १९८५ मा छोरी सावित्रीको जन्म भयो । वि.सं. १९८९ मा जेठो छोरा प्रकाशको जन्म भयो । वि.सं. १९९३ मा माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्मे । यसरी लक्ष्मीप्रसाद देवकोटाका ५ छोरी ४ छोरा जसिन्मए । यिनमा पददम देवकोटा कवि तथा लेखक हुन्। उनी त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभाग, काठमाडौंमा धेरै वर्ष प्राध्यापकको रूपमा काम गरे । महाकविको जीवन निकै कष्टदायी थियो । आर्थिक संकटले गर्दा र आमा बुबा, दुई वर्षे छोरी, उनका कलिला छोरा प्रकाश र कृष्णको मृत्युको कारणले गर्दा उनी मर्माहित भएका थिए । उनले भारतको राँचीको मानसिक अस्पतालमा पाँच महिना विताएका थिए । आर्थिक ऋणका भारले गर्दा स्वैक्षिक मरणको अवस्थासम्म पुगेका थिए भनिन्छ । जीवनका संघर्षले मात्र नभएर क्यान्सर रोगले पनि उनलाई सतायो । अ‍ैषधी किन्ने पैसासम्म नभएर क्यान्सरसँग लडदा लडदै विसं २०१६ साल भाद्र २९ गते काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीको किनारमा रहेको आर्यघाटमा उनको निधन भएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम क्षणमा आपूmलाई नास्तिकबाट आस्तिक धारणा यसरी पस्केका छन् –
संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ।।१।।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ।।२।।
महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ।।३।।
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ।।४।।
मानिसमा बसेको संस्कार कसैगरी पनि मेटिदैन । म पनि महाकवि जस्तो कट्टर त हैन तापनि म आपूmलाई आस्तिक होइन पनि भन्न सक्दिन र नास्तिक हुँ पनि भन्न सक्दिन किनकी म आस्तिक भनेर मन्दिर धाउने गर्दिन तर मन्दिर देखे मेरो शीर निहुरिन्छ ।नास्तिक हुँ पनि भन्न सक्दिन किनकी सबै धर्म देवी देवताका मन्दिर देख्दा शीर निहुरिन्छ । हालसालै म लामो विमारी भएँ । अबत जीवनको अन्तिम क्षण हो जस्तो लाग्न थाल्यो मेरो मुखबाट नमोशिवाय र ॐनमो भगवते वासुदेवायको नाम स्वत पूmर्न थाल्यो ।
अन्त्यमा महाकवि देवकोटाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै विदा चाहान्छु ।

सन्दर्भ सामाग्री:
Laxmi Prasad Devkota, Wiki pedia- the free Encyclopedia
लक्ष्मीप्रसाद देवकोटा विकिपेडिया एक स्स्वतन्त्र विश्वकोश
लक्ष्मीप्रसाद देवकोटा विकिपेडिया एक मुक्त ज्ञानकोश

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।