17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बालकवितासंग्रह 'मञ्जरी' एक पाठकीय दृष्टिकोणमा

कृति/समीक्षा भाष्कर मैनाली शर्मा October 5, 2024, 11:57 pm
भाष्कर मैनाली शर्मा
भाष्कर मैनाली शर्मा

महेन्द्र प्रधानको जन्म सन् ११ डिसेम्बर १९६० मा दार्जीलिङ स्थित पुलबजार मा भएको थियो। उनको शैक्षिक योग्यता बारे कुरा गर्नुपर्दा उनले नेपाली साहित्यमा एम ए, बी एड सम्मको अध्ययन पूरा गरेका छन्। पेसागत रूपमा उनी दार्जीलिङ स्थित सन्त जोसेफ विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए र उनले त्यही विद्यालयमा शिक्षकको रूपमा धेरै वर्ष योगदान दिएपश्चात् सन् २०२० मा उही विद्यालयबाट अवकास प्राप्त गरे। फिल हाल उनले आफ्नो अवकास प्राप्त जीवन बिताइरहेका छन् र आफ्नो अवकास प्राप्त जीवनमा उनले विभिन्न साहित्यक र सामाजिक कार्यहरूमा योगदान पुर्याउदै आइरहेका छन र हाल उनी दार्जीलिङ स्थित नेपाली साहित्य सम्मेलनको सचिव को पदमा रहेका छन्। उनको प्रकाशित कृतिहरू बारे कुरा गर्नुपर्दा विश्वासका चोटहरू नामक कथासंग्रह प्रकाशित गरिसकेका छन् भने हिन्दू धर्मको पवित्र ग्रन्थ मानिने श्रीमद्भागवत गीता उनले नेपालीमा अनुवाद गरिसकेका छन् यस संगै विद्यार्थीहरूको निम्ति उपयोगी हुने विभिन्न पाठ्यक्रमहरू पनि उनले प्रकाशित गरिसकेका छन् र यही वर्ष २०२४ मा उनले मञ्जरी नामक बाल कविता संग्रह प्रकाशित गरेका छन्।
मञ्जरी बाल कविता संग्रह यही वर्ष अक्टोबर २ तारिक २०२४ मा प्रथम चोटी नेपाली साहित्य सम्मेलन भवनमा प्रकाशित भएको थियो। यस पुस्तकका प्रकाशक नरसिंह परिवार पूलबजार दार्जीलिङ रहेको छ। यस संगै यस पुस्ताको आवरण तयार गर्नमा प्रथम दुतराज ले सहयोग पुर्याएका छन् भने यस पुस्तकको मुद्रक सिस्टम्याटिक कंप्यूटर अफसेट प्रिन्टर्स, दार्जीलिङ रहेको छ। जम्मा ७८ पृष्ठहरू रहेको यस पुस्तकमा ४१ वटा कविताहरू रहेको छ। यसरी हेर्दा यस पुस्तकको आकार केही पातलो देखिए पनि धेरै कविताहरू अटाउन सकेको छ।बाल साहित्यमा विशेष गरी बाल कविता साहित्यमा त्यति धेरैले कलम नचलाए पनि कवि महेन्द्र प्रधानले यस विधामा कलम चलाएका छन्।
यस संग्रहको प्रार्थना नामक कवितामा कविले बाल बच्चाहरू को निम्ति प्रार्थना नामक कविता लेखेका छन् यसमा कविले बाल बच्चाहरूको निम्ति आफ्नो कविता मार्फत सानो ईश्वरीय प्रार्थना लेखेका छन्। मानिसहरूको जीवनमा प्रार्थना एकदमै महत्वपूर्ण हुन्छ चाहे त्यो कुनै पनि धर्मको मानिस होस्। प्रार्थना गर्दा हामी ईश्वरको नजिक पुग्छौ र यसले हामीलाई मनमा शान्ति दिने गर्दछ आजको २१औ शताब्दीको युगमा मानिसहरूलाई विभिन्न प्रकारको मानसिक तनावहरु रहेको हुन्छ त्यस्तो तनावबाट मुक्त हुनमा प्रार्थना ले हामीलाई धेरै सहयोग गर्दछ र प्रार्थना गर्न हामीले बाल बच्चाहरूलाई उनीहरूको सानो उमेर देखि नै सिकाउनु पर्छ किनकि प्रार्थनाले बाल बच्चाहरू को मन मस्तिष्कमा सकरात्मक प्रभाव पार्ने गर्दछ यसैले यस पुस्तकमा पनि कविले सबैभन्दा पहिले यस पुस्तकमा प्रार्थना नामक कविता लेखेका छन्
साना साना दुई हाथ जोडी
मन एक गरी आँखा चिम्ली
गर्छौ प्रार्थना दयालु प्रभुकन
बनाउँछौ फुर्ती मन अनि तन
मानिसहरू आफू बसेको ठाउँ वरी परी सफा गर्दा सफाई को कारणले गर्दा त्यहाँ फोर महिलाहरु जम्न पाउँदैन। फोर महिलाहरु जम्न नपाएपछि त्यस ठाउँमा मानिसहरू स्वस्थ रहने गर्दछ फेरि ती ठाउँहरुमा फोर महिलाहरु नभए त्यो ठाउँ सफा र स्वच्छ देखिने गर्दछ यसैले मानिसहरूले आफ्नो ठाउँ वरी परी साफ सफाई राख्न अनिवार्य रहेको छ र हामीले बाल बच्चाहरू लाई उनीहरूलाई सानो उमेर देखि नै सफा बस्न सिकाउनु पर्ने हुन्छ र यही कुरालाई ध्यानमा राखेर कविले सफाई नामक कविता लेखेका छन् जुन कवितामा कविले बाल बच्चाहरूलाई आफ्नो कविता मार्फत सफा बस्ने संदेश दिएका छन्
आफ्नो घरको आँगन
सधैं सफा राख न
छरिएका टुक्राहरू कागजका
टिपेर मैलाको टोकरीमा हाल न।
दसैँ तिहार हामी गोर्खे जातिहरूको एकदमै ठूलो महान चाडहरु हुन्। यस चाडमा सबै मानिसहरू खुशी र हर्षित हुने गर्दछ। विशेष गरी बाल बच्चाहरु सबैभन्दा धेरै खुशी हुने गर्दछ यी चाड पर्वहरूमा यस दसैँ तिहार लाई लिएर पनि कविले एउटा कविता लेखेका छन् जसको शीर्षक "दसैं तिहार" रहेको छ
दसैं आयो तिहार आयो
हेर खुशी चारैतिर आयो
सबैले नयाँ नाना पाए
नानीहरू सबै धेरै रमाए
अल्छी गर्नाले मानिसहरूको जीवनमा धेरै नकारात्मक प्रभावहरू पुग्न जान्छ। मानिसहरू अल्छी गर्नाले उनीहरूको जीवनमा धेरै असल कुराहरू गुमेर जान सक्छ। यसैले कविले यस सङ्ग्रहमा अल्छी नगर नामक बाल कविता लेखेर नानीहरूलाई अल्छी नगर्ने सुझाउ दिएका छन्। यस संगै यस संग्रहको अर्ती नामक कवितामा बाल बालिकाको दैनिक जीवन कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन खोजेका छन् जस्तै बिहान हाथ मुख धोएर, ईश्वरको ध्यान गर्नु, पढाई लेखाई दैनिक रूपमा गर्नु र मिठो बोल्नु जस्ता कुराहरू आफ्नो कविता मार्फत कविले बाल बच्चाहरूलाई संदेश दिएका छन्। यस संग्रहको मौरी र कमिला नामक बाल कविता मार्फत कविले मौरी र कमिलाहरुको उदहारण दिँदै बाल बच्चाहरूलाई मेहनती हुने, एकत्रित हुने, आउने दिनहरु सुख संगले विताउनको निम्ति आज नै धेरै मेहेनत गर्नुपर्ने र एकता नै बल हो भन्ने सन्देशहरू दिन चाहेका छन्। अचेल मोबाइलको युग मानिसहरूको जीवनमा धेरै हावी भएको हुनाले मानिसहरूले सामाजिकता भुल्दै गइरहेका छन् ठुलाहरु संग सँगै बाल बच्चाहरू पनि मोबाइल फोनको आदि भएका छन् र बाल बच्चाहरू पनि मोबाइल फोनमा नै गेम हरु खेल्न रुचि राख्ने गर्दछन् मोबाइल फोनमा गेमहरु नखेलेपनी उनीहरू अधिकांस घरभित्र नै बस्न रुचि राख्ने गर्दछन् तर आजभन्दा धेरै वर्ष अघि बाल बच्चाहरू बाहिर तिर खेल्न जाने गर्थिए, जहाँ तिर खुला मैदानहरु छन्, जहाँ बगैंचा हरु छन् त्यहाँ खेल्न जाने गर्थिए र ती फूलहरू भएका बगैंचा हरुमा बाल बच्चाहरू खेल्दा ती बाल बच्चाहरू त्यस ठाउँमा खेल्न खुबै रमाउने गर्थिए त्यस बगैंचामा फूलको रस चुस्न आएका भमरा, मौरी र पुतलीहरू सित ती बाल बच्चाहरु खेल्न खुब रमाइलो मान्ने गर्थिए तर आजको दिनमा न त हाम्रो वरी परी बगैंचाहरु छ, न त बगैंचा तिर खेल्ने नानीहरू छन् यस संगै मोबाइल फोनको नराम्रो रेडीएसनको कारण भमरा, मौरी र पुतलीहरू पनि आज धेरै नै कम भइसक्यो तर यस सङ्ग्रहमा भएको फूलको संगी नामक कविताले ती पहिलाको समयमा बाल बच्चाहरु ढकमक्क फुलेको बगैंचाहरुमा जहाँ भमरा, मौरी र पुतलीहरू उडिरहेका हुन्थिए त्यही समयको याद यस संग्रहमा भएको " फूलको संगी" नामक कविताले याद दिलाउने काम गर्दो रहेछ
फूलहरू छन् अनेक थरीका
भमरा मौरी पुतली सारा।
गाउँदै नाच्दै गीत भर्छन्
मनलाई सदा खुशी राख्छन्।
यस संग्रहको खेलौं अनि पढौ नामक कवितामा कविले बाल बच्चाहरूको जीवनमा खेल कुद अनि पढाई कतिको अनिवार्य रहेको छ ती कुराहरू बारे कविता लेखेका छन् यस संगै यस खेलौं अनि पढौ नामक कविता पढ्दा यहाँ बाल बच्चाहरूले पहिले तिर खेल्ने हरबरी र लुकी चोरी जस्ता खेल बारे उल्लेख गरिएको छ जुन खेलहरु अहिलेको बाल बच्चाहरूले खेलेको एकदमै देखिँदैन। यस संगै यस कविताले नानीहरूलाई बाहिर गएर खेल्ने संदेश दिएको छ।
हात समाई गोल गोल बनाई
खेलौ है हरबरी यसरी
आफू लुकी खोज्न लगाई साथीलाई
खेलौं है लुकीचिरी चक चक नगरी।।
यस संग्रहको फूलबारी नामक कवितामा कविले बाल बच्चाहरू लाई सानो उमेर देखि नै फूल रोप्ने संदेश दिएका छन्। यस संगै यस संग्रहको के गरौं नामक कविता मार्फत कविले नानीहरूलाई छिटो उठ्ने, मिठो बोल्ने राम्रो पढ्ने संदेश दिएका छन्। यस संग्रहको खुशी नामक कवितामा कविले घरमा आएको पाहुना लाई आदर सत्कार गर्ने, समयको महत्वलाई बुझ्ने सुझाउ हरु आफ्नो कविता मार्फत दिएका छन्। यस मञ्जरी बाल कविता संग्रहमा ३ वटा बाल लहरी कविताहरू रहेको छ जहाँ कविले धुक्कुर, मौरी र कमिला जस्ता पंछी र कीराहरू बाट मानिसहरूले मिठो बोल्न र महेनत गर्न सिक्नु पर्ने कुराहरूको सुझाउ दिएका छन्। यस संगै हर बर जस्ता खेलहरु खेल्ने र चराहरूले आफ्नो गुँड मा रहेको बचेरा हरुलाई खुवाइने कुराहरू को उल्लेख आफ्नो कवितामा गरेका छन्। यस संगै आफ्नो लहरी कविताहरूमा सफा बस्ने, स्कूल जानु अल्छी नगर्ने र अन्य औपदेसिक लहरी कविताहरू लेखेका छन्। यस संग्रहको पुतली नामक कवितामा पुतलीको सौन्दर्यता, पुतलीको फूलको रस चुस्ने गुणहरू बारे लेखिएको छ।
यस संग्रह भित्र जुन बालगीत हरुमा बाल बच्चाहरूलाई रुचि हुने गीतहरू र औपदेशीक गीतहरू लेखिएको छ। यस संगै बाल बालिकाहरु लाई ज्ञान दिनको निम्ती बाल कविता ज्ञान पनि यस सङ्ग्रहमा रहेको छ जहाँ बाल बालिकाहरूलाई आपको बोटमा फुल्ने फूललाई मञ्जरी भनिएको कुरा लेखिएको छ यस संगै मकैको फूललाई धान चमेरी भनिएको कुरा पनि लेखिएको छ र हात्तीको बच्चालाई चावा भनिएको र गधा को बच्चालाई गाँडू भनिएको कुराको उल्लेख गरिएको छ यस्ता कुराहरू अहिलेको बाल बालिकाहरूलाई धेरै थाहा हुँदैन र यसरी लेखले यसप्रकारको कुराहरू कविता मार्फत लेख्दा यी कुराहरू यो बाल कविता संग्रह पढ्ने बाल बच्चाहरुलाई थाहा हुनसक्छ र यस ज्ञान बाल कविताबाट धेरै कुराहरुको ज्ञान पाउन सक्छ। यस संगै यस संग्रहको नित्य सिकौ नामक कविताबाट हामीले फूल, हावा, फल र भमरा जस्ता हाम्रो वरी परीको प्राकृतिक कुराहरू बाट असल असल कुरा सिक्ने सुझाउ दिएका छन्। यस संग्रह भित्र पर्ने बिरालु कविता र मुसा कविता यी दुई कविताहरू बाट कविले बिरालु लाई सत् पात्र र मुसा लाई खल पात्र को रूपमा देखाएका छन् जहाँ मुसालाई हाम्रो घरमा दूलो बनाउने, लुगा काट्ने , पुस्तक काट्ने र हाम्रो धेरै नोक्सानी गर्ने रूपमा लिएको छ भने बिरालोलाई हाम्रो धेरै नोक्सान गर्ने त्यस मुसा खाने सत् पात्र को रूपमा त्यस बिरालोलाई लिएको छ। मुसा र बिरालोको कथा बाल बच्चाहरूको निम्ती रुचिको विषय रहेको हुन्छ, बाल बच्चाहरूले पहिले रुचि साथ हेर्ने कार्टुन टम एंड जेरी जस्ता कार्टुन पनि बिरालो र मुसा माथी नै आधारित रहेको थियो। यस संग्रहको झिंगा नामक कवितामा झिंगा एउटा फोहोर फैलाउने किराको रूपमा देखाइएको छ र हामीलाई बिरामी पार्ने किराको रूपमा देखाइएको छ। यस सङ्ग्रहमा रहेको वर्षा ऋतु नामक कवितामा बाल बच्चाहरू को जीवनमा वर्षा ऋतुको भूमिका बारे कविता लेखिएको छ। हामी जहिले पनि प्रशंसा गर्दा फूलको प्रशंसा गर्ने गर्छौ तर फूल को सौन्दर्यमा काँडाको पनि धेरै भूमिका रहेको हुन्छ त्यही काँडाको महत्व बारे यहाँ कविले कविता लेखेका छन्। अल्छी नामक कवितामा कविले अल्छी गर्नु बाल बच्चाहरू को निम्ति राम्रो नभएको र असफलताको मूलमन्त्र नै अल्छी हो भन्ने संदेश यहाँ दिन खोजेका छन्। यस संग्रहको माकुरी नामक कवितामा यस संसारमा माकुरा को कस्तो भूमिका रहेको हुन्छ त्यस बारे यहाँ कविता लेखेका छन्। बाल बच्चाहरू लाई बाहिर गएर खान धेरै रुचि लाग्ने गर्दछ विशेष गरी वनभोज खान धेरै रमाइलो लाग्ने गर्दछ यही वनभोज विषय लाई लिएर वनभोज कविता यहाँ कविले लेखेका छन् र यस वनभोज नामक कवितामा कविले सामूहिक कार्यको संदेश बाल बच्चाहरू लाई परोक्ष रूपमा दिएका छन्। यस संग्रहको विचित्रको स्वभाव नामक कवितामा कविले विभिन्न जनावरहरूको आ आफ्नो स्वभाव भएपनि उनीहरू सञ्चोले बाँचेका छन् तर मानिस जाती हरु भने आफू पनि सञ्चोसित ले नबाँच्ने र अरूलाई पनि यसले बाँच्न नदिने कुरा यहाँ आफ्नो कविता मार्फत देखाएका छन्। यस संग्रको भोजन र के खान्छौ नामक दुई वटा कविताहरूमा कविले घरको खाना नै असल खाना हो बाहिरको खाना खानु स्वास्थको निम्ति राम्रो नभएको कुरा भन्न खोजेका छन् यस संगै प्याकेटको चिप्स हरु पनि धेर खानु राम्रो होइन यसले पनि हाम्रो स्वास्थ्यमा धेरै नराम्रो असर गर्छ त्यसैले घरको खाना मात्रै खाने संदेश उनले यी कविताहरू मार्फत दिन खोजेका छन्। स्मार्ट फोन अहिलेको समयमा नभई नहुने कुरा हो तर यस स्मारटफोनबाटै विद्यार्थीहरुले धेरै उपयोगी कार्यहरू पनि गर्न सक्छ यसरी नै यही स्मार्ट फोन को दुरुपयोग गरेर विद्यार्थीहरुले आफ्नो भविष्य र स्वस्थ सम्म पनि बिगार्न सक्छ भनेर स्मार्टफोन को सदुपयोग र दुरुपयोग बारे कविले स्मार्ट फोन नामक कविता लेखेका छन्। दार्जीलिङको रेल सम्बन्धित विभिन्न बाल गीत हरु रहेको छ, बाल बालिकाहरुले पनि दार्जीलिङको रेलमा चड्न र हेर्न खुब मनपराउने गर्दछ दार्जीलिङ को रेल दार्जीलिङका बाल बालिकाहरुको निम्ति एक मुख्य आकर्षण को यही दार्जीलिङ को रेल सम्बन्धित हाम्रो " रेल नामक " कविता लेखेका छन्
आऊ है साथी जाऊ है हेर्न
दार्जीलिङको सानो रेल।
चड्दैछन यात्री बतासे हेर्न
हतारमा छ हाम्रो रेल ।।
बदमास केटो नामक कवितामा कविले एउटा बदमास केटो जसले आफू जस्तो बदमास रहेको छ अरूलाई पनि त्यस्तै बनाउने प्रवृत्ति भएको र आफू घर कहिले नबस्ने प्रवृत्तिको एक बदमास केटो बारे यहाँ कविले आफ्नो कविता लेखेका छन् तर अचेल बाहिर बाहिर घुमी हिड्ने , गुलेली जस्ता कुराहरूले चरा मारी हिड्ने बदमास केटो हरु हामी त्यत्ति पाउने गर्दैनौ। बाल बच्चाहरूलाई इन्द्रेणी लागेको धेरै राम्रो लाग्ने गर्दछ र घाम पनि भए इन्द्रेणी लाग्ने गर्दछ र यही कुरालाई आधार बनाएर घाम, पनि इन्द्रेणी नामक कविता कविले लेखेका छन्। यस संगै मन नामक कवितामा हामीले जहिले पनि राम्रो मनलाई साथ दिने अर्थात् सकारात्मक सोचलाई साथ दिने कुरा यहाँ यस कविता मार्फत कविले जोड दिएका छन्। यस संगै समयको महत्व नामक कवितामा कविले समयको महत्व लाई बुझ्ने र समयको कदर गर्ने कुरा यहाँ गरेका छन्।l अचेल बाल बच्चाहरू व्यायाम गर्ने गर्दैनन् त्यही माथि घर भित्र नै बसेर विभिन्न प्रकारको प्याकेटका खानाहरु खाइरहेका हुन्छन् यसले गर्दा बाल बच्चाहरूमा विभिन्न प्रकारको रोगहरू लाग्ने गर्दछ यसैले अहिले बाल बच्चा हरुले व्यायाम गर्न एकदमै जरुरी रहेको छ यस संग्रहको व्यायाम गर नामक कविता मा कविले बाल बच्चाहरू लाई व्यायाम गर्ने सुझाव दिएका छन्। यस संगै साथी नामक कवितामा कविले दुखमा जो साथ रहन्छ त्यही नै साँचो साथी रहेको कुरा यहाँ गरेका छन्। यस कविता संग्रहको अन्तिम कवितामा जुन कविताको नाम प्रणाम आमा रहेको छ यस कवितामा कविले सन्तानको निम्ति आमाको भुमिका कति महत्वपूर्ण रहेको हुन्छ त्यो कुरा गर्न खोजेका छन् र सदैव सन्तानहरूले आमाको योगदानलाई कदर गर्ने उपदेश कविता मार्फत दिएका छन्।
अन्त्यमा यही भन्न सकिन्छ यस बाल कविता संगालो मञ्जरी मा बाल बच्चाहरूको निम्ती धेरै प्रकारको औपदेशिक, ज्ञानवर्धक, सौन्दर्यले भरिएको बाल सुलभ कविताहरू लेखिएको छ। यस मञ्जरी कविता संग्रह भित्र ३ वटा बाल लहरी कविता र बाल गीत कविताहरू रहेको छ। अहिलेको उत्तरआधुनिक समयमा स्मार्ट फोन ले बाल बालिका मा ल्याएको बिकृती देखि लिएर प्याकेट को खाने कुराहरूले बाल बालिकाको स्वास्थमा आउने समस्या बारे पनि यस सङ्ग्रहमा कविताहरू लेखिएको छ। हामीले आफ्नो बाल्यकालमा खेल्ने लुकी चोरी र ढुकुमुकु जस्ता खेलहरु को यस सङ्ग्रहमा उल्लेख भएको पाउदा हामीलाई पनि आफ्नो बाल्यकालको याद उक्त संग्रह पढ्दा याद आउने गर्दो रहेछ। यस संग्रहको नाम मञ्जरी रहेको छ मञ्जरी अर्थात् आपको बोटमा लाग्ने फूल लाई मञ्जरी भनिन्छ र बाल बालिकाहरु फूल झैं कोमल भएको कारण र संग्रहको नाम पनि मञ्जरी फूल माथी रखिनुले गर्दा यस बाल कविता संग्रह को नाम मञ्जरी एकदमै सार्थक देखिन्छ। बाल साहित्यमा कलम चलाए यसको भाषा शैली एकदमै सरल सहज र बाल सुलभ हुनुपर्ने हुन्छ जस्तै बाल बच्चाहरू ले चलाउने भाषाहरू हुनुपर्छ र यस मञ्जरी बाल कविता सङ्ग्रहमा पनि भाषा शैली एकदमै सरल सहज र बाल सुलभ रहेको छ। लेखक लाई आउने दिनहरूको निम्ति बधाई र आउने दिनहरुमा पनि लेखक बाट हामी पाठक वर्गले यस प्रकारको संग्रहहरुको उपेक्षा साँचेका छौ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।