नेपाली भाषामा चिसोको सोझो र सरल अर्थ छ । तातोको अंश कक्तिपनि नभएको, पानी ननिथ्रेको, नओभाएको, जाडो हुने खालको वा ठिहि¥याउ“दो अवस्था नै चिसो हो । यसै आधारमा भाषाका प्रयोगकर्ताहरुले चिसोको गुणलाई मानवीय स्वभाव जाहेर गर्नपनि प्रयोग गर्ने गरेको पाईन्छ । समयमा, बुझाईमा, हि“डाईमा, काम गराईमा केही वेवास्ता वा ढिलो ग¥यो कि भन्ने गरिन्छ कस्तो चिसो सुम (सिम्मु) रहेछ । अचेल चिसोको प्रयायका रुपमा ‘ट्युबलाईट’ शब्दको प्रयोगपनि काफी हुन थालेको रहेछ । खासगरी कुनै कुरा वा विषयबस्तुलाई केही समय लगाएर मात्र बुझ्ने स्वभाव भएकालाई यो शब्द प्रयोग गरिने गर्दो रहेछ । कतैकतै चिसो आनीबानी वा स्वभाव भएकालाई शंकालु, अधैर्य र अर्काको भलो देखिनसहने आरिसे भनेरपनि बुझिने गर्दो रहेछ । चिसा मानिसस“ग काम गर्न अत्यन्त कठिन हुन्छ भन्ने त हामी सबैले यत्रतत्र सुनेकै कुरा हो । कुनै सभा, समारोहका आयोजक हुन् वा प्रमुख अतिथि हुन् चिसा सुम परेभने कार्यक्रममा आमन्त्रित अतिथि र आयोजकहरुको कति कन्तबिजोग हुन्छ त्यो त भोग्नेलाई नै थाहा हुन्छ ।
म नभएसम्म, म नगएसम्म, मेरो विचार नसुनेसम्म, मैले नथालेसम्म अरुले केही लछारपाटो लगाउन सक्दैनन् भन्ने दम्भी, घमण्डी र आरिसे प्रवृतिकाहरु नै अधिकांश चिसा मानिसको समूहमा पर्दा रहेछन् । आफ्नो अभावमा अरु कसैको केही नचल्ने मनगढन्ते विश्लेषणमा रमाउनेहरु, सकेसम्म अरुलाई ढा“ट्न, छल्न पल्केकाहरु, गाह्रो–साह्रोमा काम गर्ने थोरैपनि अनुभव नभएका तर आकासका तारा झार्न सक्ने अनुभव भएको डिङ हा“क्नेहरु, अरु दुब्लाएको देखेर आफू मोटाएको आत्मरतीमा बा“च्नेहरु, दा“या–बा“या, अगाडी–पछाडी टेक्ने ठाउ“ नभएको जान्दा जान्दै दम्भको खुट्टो उचाल्नेहरु, झुट र बेइमानीको खेती गर्न पल्केकाहरु र दुःखको समयमा साथदिनेहरु छाडी अर्कैस“ग सल्केकाहरु यो कित्तामा बेसी पर्दा रहेछन् । अचाक्लीका सन्काहा, पीराहा, हेपाहा र अरुको उपस्थितिलाई नसकार्नेहरु नै चिसो बृतिका मसिहा भएर निस्केको बग्रेल्ती उदाहरण यत्रतत्र पाउन सकिन्छ । समयको माग, चाहना र आवश्यकतालाई नजरअन्दाज गर्दै आफ्नै मात्र विनातुकको अडानमा टा“सिएर मुतको न्यानो गर्ने बानी परेका तोरीलाउरेहरु चिसोको गरिमालाई जोगाईराख्न आफू जहा“, जस्तो अवस्थामा भएपनि ज्यान फालेर लागेका हुन्छन् । समयमा काम गर्न अरुलाई अर्ती उपदेश दिनेहरु आफैले हदैसम्मको ढिलासुस्ती गर्ने गर्छन् ।
कार्यालयमा होस् वा कुनै सभा समारोहमा नागरिक बडापत्र टा“सेर वा तुक विनाका भाषण छा“टेर दुनिया ह“साउन पारङ्गतहरु अलिकति आफ्नो लागि नझरेसम्म वरको फाईल पर सार्न मान्दैनन् । यतीमात्र कहा“ हो र, आफूलाई जन्मजात नेता, अगुवा र जनसेवक भन्न रुचाउनेहरुले समयको महत्वलाई धोती लगाउने गरेको कसबाट छिपेको छ र ? समयको रखवारी गर्ने नाममा कार्यक्रम सुरु भएपछि आफूलाई डाक्न फोन गर्न वा कोही ब्यक्ति लिन पठाउन उपदेश दिने मतिहीनहरुलाई पनि कतिले भोगेको हुनुपर्दछ । बाहिर–बाहिर आदर्शका कुरा गर्ने, संसार बदल्न पहिले आफू बदलिन जरुरी छ भन्ने र सकारात्मक बन्न उर्दी जारी गर्नेहरु नै घोर अन्यायी, दुराचारी, कठोर, अर्काका कुरा सुन्न नसक्ने, अर्काको उन्नती प्रगती देखिनसहने, आरिसे र छोटो मती भएका हुनु कति विडम्बनापूर्ण अवस्था होला सहजै आ“कलन गर्न सकिन्छ । विचारमा जतिसुकै सुन्दर भएपनि कर्म खोटो देखाएपछि तिनका गफमा विश्वास मान्नु पर्छ भन्ने केही छैन । चिसो दिमाग वा ट्युबलाईट ब्राण्डको चिन्तनले समाज र दुनियालाई भलो गर्दैन बरु अन्धकार र बेबिचारको खाल्टामा लगेर जाकिदिन्छ । समाज बदल्छु भन्ने कसम खाएर हि“डेकाहरु बोल्ने एउटा गर्ने अर्कैथोक गर्छन भने ति चिसा सुम नै हुन् भन्न अप्ठ्यारो मान्नै पर्दैन । मुखमा राम राम जप्दै बगलीमा छुरा लुकाएर हि“ड्नेहरु सोझासाधालाई खाल्टामा हालेरै भएपनि आफ्नो घरको तला थप्न कस्सिएको कसले थाहा पाएको छैन र ?
देखी जानेको र भनी सुनेको तथ्य हो– चिसा सुमहरु अरुलाई मात्र अल्मलाउने, भुलाउने र झुलाउने गर्दैनन् अपितु आफै भित्रपनि असम्भव सम्भावना कल्पेर सपना बुनिरहेका हुन्छन् । मैले यति त्याग र योगदान गरेकाले मैले फलानो पद विनाविरोध, विनानिर्वाचन हात पार्नु पर्छ भन्ने उनीहरुको खुल्लम खुल्ला मागदावी हुने गर्दछ । आफूलाई प्रजातन्त्रको ठेकेदार मान्नेहरुको गैर प्रजातान्त्रिक सोच, शैली र व्यवहारले देश छेउ लागेको तिनले मान्न तैयार हु“दैनन् । वास्तवमा चिसोवादीहरु आफ्नो र आफ्नाको सातपुस्ते बन्दोवस्तको खा“तीर जेपनि गर्न र गराउन तैयार हुन सक्छन् भन्ने कुरामा दुईमत हुन सक्दैन । सकेसम्म तारे होटलमा नभएपनि सदरमुकामका भुरेभारे होटलमा फ्रिजको चिसो सन्काउ“दै ठन्डा दिमागले डण्डा चलाउने गुरु योजना बनाउनेदेखि अर्काका छोरीबेटी चड्काउने दाउ मनमा राखेर आफू सदाचारी भएको हाउभाउ गर्नेसम्मका लाउकेहरु सबै चिसापन्थी नै हुन् । भोलीवादका अनुयायी चिसा सुमहरु समाजमा अचम्मको धुम गर्न ब्यस्त देखिन्छन् । आफूलाई बेफूर्सदी देखाएर दिनभर अश्लिल चलचित्र हेर्नेदेखि कार्यालयमा कामै केही नभएपनि दशदेखि पा“च बजेसम्म नै कम्प्युटरमा झुन्डिनेसम्मको हालत एउटै हुन्छ । चेतनाको घैंटोमा भोटे ताल्चा ठोकेका सुमहरु खाना, नाना, छाना र पाईखानाका बडा शौखिन हु“दा रहेछन् । अचम्म छ, कार्यक्रममा कसले के बोल्छ, के भन्छ मतलब छैन तर खानेसमयमा खबर गर्नु है भन्दै पाईखाना जाने बहानामा लुसुक्क बाहिरिएको देख्दा गजब लाग्छ । सिर्जनाको ‘स’ थाहा नभएका घुस्याहाहरु आधुनिक भनिएका पहिरनमा के के जाती बसाउने (?) बस्तु शरीरभरी छर्केर ग्रामीण समुदायको बस्तीमा विकासका पुराण सुनाउन आतुर देखिन्छन् । थुइक्क हुती नभएका सुमहरु, रचनात्मक बन्ने नाममा गरीबी, भोक, अशिक्षा, अज्ञानता र सबैखाले अविकासले प्रताडित नेपालीजनलाई खिसिटिउरी गर्न तिमीहरुलाई के कुराले प्रेरणा दिएको ? गाउ“लेजनका बिचमा गएर अंग्रेजी मिसाउंदै भाषण गर्न र मनगडन्ते कथा भन्न कत्तिपनि लाज नमान्ने चिसा सुमहरुको हर्कत कुनैपनि बहानामा उचित छैन र हुनु हु“दैन ।
हामी सबैले बुझेका, देखेका र सुनेका छौं चिसा सुमहरु अचेल बनिबनाउ कथा कुथुङ्ग्री जनतालाई सुनाएर आफू जस्तै सुम बन्न प्रेरित गरिरहेका छन् । प्रचार प्रसार र हल्ला खल्लामा आस्था राख्ने यिनीहरु कलम चलाउनेहरुलाई खर्च भरेरै भएपनि प्रचार गरिदिन उक्साउ“छन् । अरुभन्दा अग्लो हुनका लागि बा“सका खुट्टा हालेरै भएपनि अगाडी बड्नु पर्छ भन्ने मान्यताका पक्षपातीहरु खुइते बन्दै गएको सुइंको भने पाउ“दैनन् । शास्त्रीय रागमा नाच्न मस्त हुने छेपाराहरु भैपरी आउ“दा सबैस“ग ठिक्क हुनपनि उत्तिकै माहीर हुन्छन् । दहीचिउरे स्वभावका धनी यिनीहरुको आन्तरिक गुदी थाहा पाउन हम्मेसी कठिन नै पर्दछ । अरुलाई नरम, मिजासिलो र गुणी बन्न उपदेशको थुप्रो लाउने हरिलठ्ठकहरु अर्काले गरेको नमस्ते फर्काउ“दा नाकको झिंगा धपाए जस्तो एउटा हात हल्लाउ“छन् । असल संस्कारको रतीभर ज्ञान नभएकाहरु के के न हु“ भन्दै मच्चिएर हि“डेको देखेर दया गर्नु बाहेक केही गर्न सकिदैन । कोठे बैठक, सभा, सेमिनार, गोष्ठीहरुमा अनेकथरी फूईं हा“क्नेहरु आफ्नो बेइमानी, गलत र निन्दनीय व्यवहारले अरुको मन दुखाएको होला भन्ने सोच्न समेत चाह“दैनन् । दुईचारवटा कपोलकल्पित कथाका टुक्का सुनाउ“दै मै मात्र सज्जन, मै मात्र योजना मुताविक चल्न सक्ने, दुरद्रष्टा र उपल्लो कोटीको भन्ने फोस्रो नियति पालेर बसेका हुन्छन् । आर्थिक व्यवहारमा हदैसम्मका चिसाहरु अर्कालाई मर्ममा पारेर आफ्नो घरको तला थप्न व्यस्त हुने गरेको कसबाट छिपेको छ र ? अर्काको खाएर विर्सने तर आफूले दिएको सुका–मोहोरको हिसाव राख्ने नार्मदहरु अचेल वदलिएको अवस्थाको आफू पक्का पहरेदार भएको प्रचार प्रसारका लागि बिहानै देखि चोक चोक र चिया पसलमा चर्का कुरा गरेको सुन्न पाईन्छ ।
हुनत चिसा स्वभाव भएकाहरु अरुलाई झुक्काउन, छल्न, ढा“ट्न र कम आ“क्न माहिर हुन्छन् तर तिनले आफ्नो धोती फुस्केको मेसो भने पटक्कै पाउ“दैनन् । दुनियाको आफूप्रतिको दृष्टिकोण कस्तो छ, समाजले मलाई कुन स्थान र भूमिकामा राखेको छ भन्ने कुराको हेक्का नराख्ने यिनीहरु अन्ततोगत्वा समाजको छिःछि र दुरदुरको भागिदार हुनै पर्दछ । दामका पछाडी मात्र दौडेर इमान जमानलाई पाखा पारेकाहरुले जती नै गुड्डी हा“केपनि समाजबाट पाउनु पर्ने सम्मान र कदर पाउन सक्दैनन् ।
सुनिन्छ अचेल चिसोवादका लम्पटहरु दुनिया हि“ड्ने बाटो घाटोमा बेइमानीको एम्बुस थापेर बस्ने गरेका छन् । सत्कर्ममा विस्वास गुमाएका यि पाण्डाहरु अर्काको दुर्गती नदेखेसम्म सन्तोष नमान्ने ज्यादै अमानवीय सोचको आधारमा परिचालित भैरहेका छन् । ताकपरे तिवारी नत्र गोतामे भने झै जतापनि ठिक्क राख्न सक्ने विशेष खुवी भएका चिसापन्थीहरु अग्रगमनका नाममा प्रतिगमनको तरफदारी गरिरहेको प्रष्ट बुझ्न र ठम्याउन सकिन्छ । यिनले खल्तीमा सबै दलका सदस्यता ग्रहण गरेका रसिद बोकेर हि“डेको देख्न र सुन्न पाईन्छ ।
समाजलाई अग्रता प्रदान गर्ने बाटोमा चिसा सुमहरु बाधक हुन् भन्ने कुरामा फरक मत हुनै सक्दैन । चिसावादका सर्मथकहरु ‘हामी’ भन्ने भावनामा विश्वास गर्नै सक्दैनन् । आफू र आफन्तका लागिमात्र भन्ने ‘म’ वाद यिनीहरुको मूलमन्त्र हो । सकेसम्म अर्कालाई झुक्काउन पाए हुन्थ्यो, अर्काको सम्पत्ती हात पार्न पाए हुन्थ्यो भन्ने सोचमा २४ सै घण्टा बिताउनेहरुबाट समाजले सहयोग र समर्थनको आशा नै गर्न सक्दैन । समाज अगाडी बड्दै जानु, सभ्य, शिक्षित र विकसीत हु“दै जानु चिसाहरुको लागि पाच्य हुने कुरा होइन । धमिलो पानीमा माछा मार्न पल्केकाहरुलाई पानी सङ्लिनु कसरी उचित हुन सक्छ ? यथास्थितिमा उनीहरु रमाउ“छन् । अझ सके प्रतिगमन नसके अग्रगमनको ढोकामा भोटे ताल्चा ठोक्नु उनीहरुको अन्तिम उद्देश्य हो । यसर्थ चिसा मानिसहरुको हरेक व्यवहारमा होशियार हु“दै समाज व्यवस्थालाई उन्नतीको शिखरमा पु¥याउने अभियानमा सामुहिक प्रयासको थालनी गर्न अब ढिला गर्नु उपुक्त हु“दैन ।
कुश्मा, पर्वत