शनिवार भएकोले म अनीता र छोरालाई लिएर चन्द्रागिरी घुम्न गएको थिए । आफ्नो कामको कर्तव्यले गर्दा परिवारलाई धेरै कम समय दिनु पर्ने हुन्छ । नयाँ काम समातेपछि त्यसको अन्त्य नभएसम्म घर परिवार र बिदा भन्ने कुरानै विर्सनु पर्ने हुन्छ । त्यसैले अनुसन्धानका लागि नयाँ काममा हात नहालेसम्म कार्यालयमा नै हाजिर हुनु पर्छ भने काम समातेपछि कहाँ हुन्छु भन्ने पनि निक्र्योल गर्न सकिदैन । त्यसैले घरमा हुदा बिदाको दिन अनीताले मलाई छोरालाई लिएर कतै न कतै डुल्न जाऊ भन्ने फर्माइस गर्छिन् । दिउसोको दुई बज्दै थियो । हामी एक फन्को छोरालाई डुलाएर न्यु होराईजनमा लञ्च गर्दै थियौ । अचानक प्रमुखको फोन आएपछि म त्यहाँबाट बाहिर निस्केर प्रमुखसँग कुरा गर्न थाले । फोनमा प्रमुखले त्यहीँ साँझ सात बजे याक एण्ड यति होटलमा नयाँ फाईलका बारेमा छलफल गर्न बोलाउनु भयो । वहाँले मलाई साँसद माननीय प्रद्युम्न प्रधान पनि बैठकमा आउने भनेपछि मैले कुनै हाई प्रोफाईलको मुद्दा भएको बारे अनुमान लगाउन थाले । फोन राखेपछि म आफ्नो टेबलतिर आउदा अनीता मलाई हेरेर कति बेला निस्कनु पर्ने हो भनेर प्रश्न गर्न थाली । उनलाई पनि थाहा छ, प्रमुखको फोन आएपछि म आफ्नो ठाँउबाट उठेर एकान्ततिर जाने गर्छु । गुप्तचर विभागको कर्मचारीले यस्ता गोपनीयताका कुराहरु परिवारको अगाडि पनि गर्न सक्दैनौं । फोन आउनासाथ म उठेर गएको देखेपछि उनले अनुमान लगाई सकेकी थिईन । मैले, अहिले एक–दुई घण्टापछि निस्कदा हुन्छ भनेपछि हामी फेरी छोरालाई यताउति खेलाउन थाल्यौं । अनि त्यसपछि घर फर्केर अनीता र छोरालाई घरमा ओरालेर म याक एण्ड यतितिर लागे ।
विभागको नियमानुसार अपराधिक प्रसङ्गका छलफलहरु गोप्य राख्नका लागि यस्ता अपराधको अनुसन्धान आदि गर्ने बारेका भेटघाट–बैठक प्रायः कार्यालय बाहिरनै गोप्य रुपमा गर्ने गरिन्छ । कार्यालयमा यस्तो प्रकारको बैठक गर्दा कुनै एकजना कर्मचारीबाट कुरा बाहिर गयो भने मिसननै असफल हुन जान्छ भनेर बाहिरनै कुनै होटल, रेस्टुरेन्ट वा कसैको घरमा बैठक बस्ने गरिन्छ । आज बैठकमा साँसद सदस्यनै आउने भएकोले याक एण्ड यति होटलमा राखेको अनुमान गर्दै म बीस मिनटअघिनै होटल पुगेर लबिमा प्रमुखलाई कुर्न थाले । तर ठीक सात बजे होटलका एकजना कर्मचारी आएर तपाई कुमार धिताल तपमई हो ? भनेर प्रश्न गरेपछि मैले हो भने अनि उसले मलाई त्यहाँबाट भित्र एउटा कोठामा लिएर गयो । त्यो सानो बैंठक हल रहेछ । त्यहाँ प्रमुखसँगै एस.पि. कुमार बराल र साँसद प्रद्युम्न बसेर कुरा गरी रहेका थिए । मैले प्रमुख र एस.पि. लाई बिना वर्दीको स्यालुट गरेपछि साँसदलाई नमस्कार गरे । तर वहाँले हात मिलाएर मलाई बस्ने ईसारा गरेपछि मेरै लागि राखिएको एउटा खाली कुर्सीमा बसे । प्रमुखले मेरो परिचय गराउँदै प्रह्लाद प्रधानको अपहरणका बारेमा केही सुनेको बारे सोध्नु भयो । प्रह्लाद प्रधान साँसद प्रद्युम्नका भाइ हुन् भन्ने थाहा छ । दुवै दाजुभाइ व्यापार गर्छन भन्ने पनि थाहा छ । साँसदको भाइको हराएको बारेमा सुनेको थिए तर यहाँ प्रमुखले अपहरण भएको भनेपछि म झस्किए । त्यसपछि प्रमुखले अपहरणका बारे जानकारी गराउँदै साँसदका भाइ प्रह्लाद अचानक हराएको आज बयालिस दिन भई सकेको रहेछ । शहरबाट व्यापारी र त्यो पनि साँसदका भाइ अपहरण भएको समाचारलाई गोप्य राख्न खोजिए तापनि जंगलको आगो सरह शहर–बजारमा फैलीसकेको थियो । यसबाट सर्वसाधारण र अन्य व्यापारीहरुमा पनि त्रास उत्पन्न हुन थालेको थियो । प्रहरी प्रशासनबाट अनुसन्धान भई रहेको थियो । प्रहरीले देशका सबै आतङ्कारी, आपराधिक गतिविधि गर्ने व्यक्ती–समुह, फिरौता माँग गर्ने सम्भव भएजति सबैलाई समातेर अनुसन्धान गरेर पनि कतै बाट ठोस उपलब्धी हुन नसकेकोले यो मुद्दा गुप्तचर विभागमा आएको थियो ।
प्रमुखले अहिलेसम्म अनुसन्धान भएका दुईवटा फायल दिदै एकपटक अध्यन गरेर के कसरी जाने बारे जानकारी दिन भन्नु भयो । मैले माननीय प्रद्युम्नलाई वहाँ लगायत उनका भाइका परिवारसँग छलफल गर्नु पर्ने बारे पूव स्विकृति माँगेपछि माननीयज्युले फोन गरेर समय समय मिलाउनु भनेर आफ्नो फोन नम्बर टिपाउनु भयो । वहाँसँग परिचय गराउँदा प्रमुखले माननीयज्युको भिजिटिङ्ग कार्ड दिनु भएको थियो । त्यहाँ उनको विशेष नम्बर रहेछ र वहाँले आफै कुनै पनि बेला फोन गर्दा हुन्छ भनेर मेरो मोबाईल नम्बर टिप्नु भयो । माननीय प्रद्युम्न केही बेर बसेर निस्कनु भएपछि प्रमुख र एस.पी. बरालसँग केही समय कसरी जानेबारे हामीहरुका बीच छलफल हुन थाल्यो । विगत बयालिस दिनदेखि हराएको व्यक्तीका बारेमा आजको मितिसम्म प्रहरीबाट अहिलेसम्म भएगरिएका अनुसन्धानका बारेमा जानकारी लिएपछि अगाडि बढ्ने जानकारी दिएपछि हामी छुटिट्यौं ।
काठमाडौंका प्रायः रैथानेहरुलाई प्रधान व्यापारी घरानाका बारेमा जानकारी भएको हुनु पर्छ । मलाई सम्झना छ, ईन्द्रचौकको बटु मार्ग अहिले दही बेच्ने ठाँउमा ‘पेन हस्पिटल’ भनेर कलम बेच्ने र मर्मत गर्ने एउटा पसल थियो । रुद्रमणि प्रधानको त्यो पसललाई नचिन्ने त्यसबेलाका बुद्धीजीवि कमै होलान । फाउण्टेन पेनको जमाना थियो । मसी हालेर कलमले लेख्ने जमाना । कलमको कहिले निब बिग्रने, कहिले निबलाई समात्ने फिड बिग्रने, कहिले लेख्दा लेख्दै कलमले बढी मसी फाल्ने, कहिले लेख्दा औलामा मसी लाग्ने, कहिले मसी राख्ने बेरल चर्केर मसी चुहिने यस्ता धेरै समस्याहरुको उपचार रुद्रमणि प्रधानको पेन हस्पिटलमा हुने गथ्र्यो । कक्षा चार पास गरेपछि बुवाले चाईनिज कलम दिनु भएपछि पहिलोपटक कलमले लेख्न थालेको थिए । त्यो चाईनिज कलममा भित्र मसी हाल्न रबरको बेरल थियो । बेरललाई मसीको बोतलमा हालेर औंलाले च्यापेर मसी भरिन्थ्यो । बुवासँग एउटा सोझै बेरलमा मसी हाल्ने कलम पनि थियो भने अर्को फलामको सानो पिन तानेर बेरलमा मसी भर्ने कलम पनि थियो । मैले मेट्रिक गरेपछि बजारमा भर्खर आएको आफै मसी तान्ने चाइनिज कलम किनेको सम्झना छ । त्यसपछि त मसीको बेग्लै कार्टेज हालेर लेख्ने कमल पनि आयो । अनि विस्तारै मसी हालेर लेख्ने कलमको ठाँउ डटपेलले लिदै गयो ।
सानोमा कलम बिग्रेपछि शुरुमा बुवासँग र पछि एक्लै अनि साथीहरुसँग पेन हस्पिटल धेरैपटक गएको सम्झना छ । कहिले निब फेर्न, कहिले फिड फेर्न, कहिले बेरल फेर्न आदि पेन बिरामी पर्यो भने वा नयाँ पेन किन्नु पर्यो भने पेन हस्पिटल गई रहन्थे । विस्तारै कलमको ठाँउमा डटपेनले लिन थालेपछि रुद्रमानको पेन हस्पिटलमा पेनसँगै डटपेन पनि पाउन थाल्यो । त्यसपछि उनले विभिन्न कार्यालयमा डटपेन सप्लाई गर्न थाले । व्यापार बढाउँदै डटपेनसँगै अरु स्टेसनरीका सामानहरु पनि बेच्न थाले । पसलको नाम पनि ‘पेन हस्पिटल एण्ड स्टेसनरी सप्लायर्स’ भयो । त्यसपछि रुद्रमानले बालाजु औद्यौगिक क्षेत्रभित्र डटपेनको उद्योग नै खोलेर व्यापारलाई बढाउँदै गएपछि प्रधान ईन्टरप्राईजेजको नामबाट प्रतिष्ठित व्यापारीका रुपमा चिनिन थालेका थिए । कलमबाट शुरु गरेको रुद्रमानको व्यापार आयात–निर्यात, ढुवानी सेवा हँुदै फाईनेन्स कम्पनीसम्म पुगेको छ । उनको शेषपछि उनका दुई छोरा प्रद्युम्न र प्रह्लादले बुवाको व्यापार हेर्दै आएका छन् । रुद्रमानका जेठो छोरा प्रद्युम्न एक कुशल व्यापारीसँगै समाज सेवकका रुपमा पनि चिनिन्छन् । उनी सत्तापक्षबाट माथिल्लो सदनको सदस्य पनि हुन । कान्छा छोरा प्रह्लादले फाईनेन्सको व्यापार हेर्दै आएका छन् । दुई दाजुभाइमा जेठा ईचुङ्नाथमा बस्ने गर्छन भने काञ्छो प्रह्लाद बुढानिलकण्डमा बस्छन् । बैठकपछि मैले आफ्नो अनुसन्धान टोली बनाउन प्रहरी निरिक्षक सजल शर्मा र पार्वती मल्लसँगै प्रहरी उपनिरिक्षक सतिस वान्तवा र सुदर्शन परिहारलाई फोन गरेर भोलीको बैठकमा बोलाए ।
भोलीपल्ट हामी कमलादीको क्याफे कर्नरमा भेटेर अब गरिने अनुसन्धानका बारेमा छलफल गर्न थाल्यौं । हामीले पहिला प्रह्लाद प्रधानको जन्म कुण्डली बनायौं । उनको जन्मेदेखि अहिलेसम्मको अवस्थाका बारेमा जानकारी लिन प्रहरी निरिक्षक सजल शर्मालाई समय लिएर प्रद्युम्नबाट जानकारी लिन लगायौं । प्रहरी उपनिरिक्षक सतिस वान्तवालाई प्रह्लादको फाईनेन्स कम्पनीमा गएर उनका बारेमा जानकारी लिन लगायौं । प्रहरी निरिक्षक पार्वती मल्ललाई प्रह्लादको श्रीमती र परिवारका अन्य सदस्यसँग सम्पर्क गरेर कार्यतालिका र सम्पर्कमा आएको व्यक्तीहरुका बारेमा जानकारी लिन लगायौं । प्रहरी उपनिरिक्षक सुदर्शन परिहारलाई प्रह्दालले प्रयोग गरेका फोनका बारेमा जानकारी लिएर उनी हराएको दिनभन्दा एक महिना अगाडिसम्म को–कोसँग सम्पर्क भएको बारे फेहरिस्त निकाल्ने काममा लगायौं । सबैभन्दा पहिला हामीले प्रह्लादको घरमा गएर त्यहाँ भएको सि.सि.टी.वि.मा भएका गतिविधि हेर्न थाल्यौं ।
त्यस दिन अर्थात प्रह्लाद हराएको दिनको सि.सि.टी.वि. मा प्रह्लाद बिहान ९.५० मा निस्केर दिउसो १.३० मा फर्केको अनि फेरी २.४० बजे निस्केर साँझ ४ं.१० बजे फर्केको लगतै लुगा फेरेर ४.५५ बजे निस्केपछि उनी फर्केनन् । हामी अरु विभिन्न माध्यमबाट सोधपूछको कार्य गर्दै गई रहेका थियौं । प्रह्लाद हराएको दिन उनी दुईपटक घर आएर फेरी निस्केका थिए । यस सम्बन्धमा उनको श्रीमती राधा प्रधानका अनुसार साडे एकबजे उनी लञ्च खान आएका थिए भने ४.१० बजे आएर ४.५५ बजे लुगा फेरेर एउटा विजनेस मिटिङ्गमा जाने भनेर निस्कनु भएको थियो । राधा प्रधानका अनुसार प्रह्लादले अफिसबाट फोन गरेर पाँच बजे कतै मिटिङ्गमा जाने र डिनर पनि त्यतै गर्ने भनेर क्याजुयल ड्रेस ठिक पार्नु भन्नु भएको बारे जानकारी गराउनु भयो । अनि अफिसबाट आएर कफी पिउँदै लुगा फेरेर आफै ड्राईभिङ्ग गरेर निस्कनु भयो । राधा प्रधानका अनुसार हप्तामा दुई–तीनपटक प्रह्लाद साँझ घर फर्केपछि कहिले साथीहरुलाई भेट्न त कहिले व्यापारकै कामका लागि आफै ड्राईभिङ्ग गरेर निस्कने गर्नु हुन्छ र यसरी बाहिर जाँदा आफु जानु पर्ने कारणसमेत बताएर जानु हुन्छ भन्ने जानकारी दिनु भएको थियो । हामीले उनको मोबाईललाई ट्रेस गर्ने प्रयास ग¥र्यौं । तर महाराजगञ्जमा आएपछि उनको दुईवटै मोबाईल अफ भएको देखिन्छ । त्यसपछि हामीले उनको मोबाईलमा त्यस दिन आएका र गएका सबै फोन नम्बर पत्ता लगाएर हे¥यौं । सबै सम्बन्धित व्यक्तीहरुलाई नै गरिएको र त्यसरीनै उनलाई आएको पायौं । उनको कार्यालय र घरबाट पाएको जानकारी अनुसार उनले लगभग एक वर्षदेखि तीनवटा मोबाईल प्रयोग गर्दै आएका थिए । एउटा हातमा सधै रहन्थ्यो भने अरु दुईवटा मोबाईल पनि उनले आफुसँगै रहने ब्रिफकेसमा हुने ग¥थ्यो । उनको श्रीमती राधाका अनुसार तेस्रो मोबाईल विशेष कामको लागि प्रयोग गर्नु पर्ने भएको बारे प्रह्लादलेनै बताउनु भएको थियो तर नम्बर भने दिनु भएको थिएन । हामीले उनको नाममा दर्ता भएको मोबाईलका बारेमा जानकारी खोज्दा उनको नाम र कम्पनीको नाममा गरी दुईवटामात्रै दर्ता भएको पायौं ।
प्रह्लादसँग तीनवटा मोबाईल भएको बारे उनको परिवार र कार्यालयबाटसमेत जानकारी भएपछि हामीलाई त्यसबारे पहिला अनुसन्धान गर्नु पर्ने देखियो । उनले प्रयोग गर्ने तेस्रो मोबाईलको नम्बर उनको श्रीमतीलाई समेत थाहा नभएको जानकारीले एउटा उनुत्तरित प्रश्न जन्माएको थियो । उनको तेस्रो मोबाईलका बारेमा जानकारी लिन हामीले कार्यालयका सबै कर्मचारी तथा उनको व्यापारी मित्रहरुसँग सोधपूछ र खोजतलास गर्न थाल्यौं । तर त्यसबारे सबै नै अनभिज्ञ रहेको पायौं ।
अब हामीले प्रह्लादको चालकलाई आफ्नो घेराभित्र राखेर अनुसन्धान गर्न थाल्यौं । प्रह्लादको नजिक रहेर काम गर्ने उनको चालक पवन लामाबाट प्रह्लादको गतिविधि अर्थाथ उनी अक्सर कता कता जाने गर्छन र क–कस्लाई भेट्ने गर्छन भन्ने बारे जानकारी लिन थाल्यौं । पवनलाई शक्ती प्रयोग गरेर तर्साएर पनि सोध्यौं । तर कुनै ठोस जानकारी पाउन सकेनौं । उनले प्रह्लादलाई लिएर जाने ठाँउमा गएर पनि बुझ्यौं । त्यसपछि हमाीले पवनको मोबाईल लिएर त्यसमा आएका नम्बरका बारेमा अनुसन्धान गर्न थाल्यौं । अनुसन्धानबाट पवनको मोबाइलमा दोहोरी सहने नम्बरमा पवनको श्रीमती र घरको नम्बर, कार्यालयको नम्बर, तीनजना साथीको नम्बरका अतिरिक्त एउटा नम्बरबाट लगातार सातपटक फोन आएको पायौं । पवनका अनुसार प्रह्लाद हराएको एघार दिनअघि प्रह्लादले कालीमाटी सोल्टी मोडमा लगभग दस बजेतिर एउटा मोटर साईकललाई ठक्कर दिएपछि मोटर साईकल चलाउनेसँग प्रह्लादको झगडा भएको थियो । मोटर साईकल चलाउनेले बढी रक्सी पिएर प्रह्लादको मोटरमा ठोकेर उल्टै प्रह्लादलाई दोष लगाएर झगडा गर्दै थियो । त्यसबेला प्रह्लादले आफ्नो चालक पवनलाई फोन गरेर त्यहाँ बोलाएका थिए । पवनका अनुनास त्यस रात आफुले नचिनेको नम्बरबाट लगातार फोन आउँदा पनि उसले फोन उठाएको थिएन । तर बारम्बार फोन आएपछि के रहेछ भनेर फोन उठाउँदा मालिकको आवाज सुनेपछि ऊ झसङ भएको र तुरन्तै टेक्सी लिएर कालीमाटी सोल्टी मोडमा पुगेर आफु त्यहाँ बसेर प्रह्लादलाई घर पठाएको जानकारी दिएपछि हामीले त्यो नम्बरका बारेमा बुझबुझारथ गर्न थाल्यौं । त्यो फोनको सिमकार्ड प्रह्लादले डेड वर्षअघि उसको कार्यालयको लागि बाहिरबाट नगद–चेक लेनदेन र बैंकमा दाखिला आदिको काम गर्ने मनोज त्रिपाठीको नाममा लिइएका रहेछन् । यस बारे मनोज त्रिपाठीसँग बुझ्दा उनलाई प्रह्लादले आफ्नो नाममा एउटा सिमकार्ड ल्याउनु भनेर दस हजार रुपिया दिएका रहेछन् । अनि समय समयमा रिचार्ज गर्न पनि प्रह्लादले मनोजलाई नै भन्दा रहेछन् । यसअघि प्रह्लादसँग भएका दुईवटा मोबाईलबाट प्रयोग गरेका नम्बरहरुको अनुसन्धानबाट केही प्राप्त भएको थिएन । त्यसैले उनको तेस्रो मोबाईलबाट अनुसन्धानका नयाँ किरणहरु देखिने आस पलाउन थाल्यो ।
पवनबाट नयाँ मोबाईल नम्बर पाएपछि त्यसबाट गरिएका र त्यस मोबाईलमा आएका नम्बरहरु पत्ता लगाउने काम शुरु गर्यौ । त्यस मोबाईलबाट धेरैपटक गरिएका र त्यस मोबाईलमा धेरैपटक एउटै नम्बर आएको देखिन्थ्यो । उनका अरु दुई मोबाईलमा पनि त्यो नम्बर देखिएको थियो तर यसरी दिनमा तीन–चारपटक प्रयोग भएको थिएन । हामीले तुरन्तै त्यस नम्बरमा फोन गर्दा तीन–चार रिङ्गपछि महिलाले उठाईन् । उनी निवेदीतारहेछिन् । ईन्टेरियर डिजाईनर । हामीले प्रह्लादका बारेमा सोध्दा उनले राम्ररी चिनेको र उनको परिवारसँग पनि राम्रो चिनजान रहेको बताईन । निवेदीताले प्रह्लाद हराएको बारेमा बुझ्न खोजिन् । हामीले उनीसँग भेट्ने कुरा गर्दा भोली कार्यालयमा आफै आउने भनेपछि उनलाई नजिकको प्रहरी कार्यालयमा बिहान एघार बजे बालायौं ।
भोलीपल्ट बिहान ठिक समयमा निवेदीताप्रहरी कार्यालयमा आएपछि हामीले प्रह्लादका बारेमा उनीबाट जानकारी लिन थाल्यौं । उनको र प्रह्लादका बीच प्रह्लाद हराएको दिनसम्म सधै तीनचारपटक कुरा हुने गरेको बारे बुझ्न खोज्यौं । उनीहरुको बीचको सम्बन्धका बारेमा बुझ्न खोज्यौं । निवेदीताका अनुसार उनका मित्र व्यापारी घरानाका सन्तोष सिंघानीयामार्फत प्रह्लादको कार्यालयमा ईन्टेरियर डेकोरेशन गराउने क्रममा परिचय भएको थियो । सिँघानीया र निवेदीताभने त्रिचन्द्र क्याम्पसमा सँगै पढेको हुनाले एकअर्कासँग परिचित थिए । निवेदीताले बैंककबाट ईन्टेरियर डिजानरको अध्ययन गरेर फर्केपछि आफ्नै कन्सल्टेन्सी खोलेर चलाउन थालिन । त्यहीँ क्रममा फर्निचरका व्यापारी सिँघानीयसँग फेरी सम्पर्कमा आएपछि ऊमार्फत निवेदीताले कन्टे«क्ट पाउन थालिन । व्यापारी वर्गमा पर्नाले सिँघानीयसँग प्रह्लादको पनि राम्रो परिचय रहेछ । अनि त्यसै क्रममा निवेदीताले प्रह्लादको नयाँ कार्यालय सजाउने काम पाएपछि उनीहरुबा बीच सम्बन्ध बाँधिदै गएको जानकारी पायौं ।
हामीले प्रह्लादका अरु दुई फोनमा निरन्तर सम्पर्कमा आएका व्यक्तीहरु मध्ये सिँघानीया पनि परेकोले उनीसँग सोधपूछ भई सकेको थियो । निवेदीतासँगको सोधपुछबाट पनि त्यस्तो कुनै ठोस कुरा पत्ता लाग्न सकेको थिएन । तर पनि प्रह्लादको श्रीमतीलाई समेत थाहा नभएको फोनबाट दैनिक उनको फोनमा कुरा हुनुबाट हामीलाई केही संकेत गरी रहेको थियो । त्यो संकेत बुझ्न हामीले अझ अनुसन्धान गर्नु पर्ने देखियो । निवेदीतासँगको कुराकानीमा उनी कतै पनि अल्मलिएको देखिएनन् । फास्टफोर्वर्ड कुरा गर्न सक्ने निवेदीतालाई हामीले उनीसँग फेरी अनुसन्धानका लागि कुरा गर्नु पर्ने हुन्छ त्यसैले शहरबाट बाहिर जानु परे जानकारी गराउनु होला भनेर उनलाई बिदा ग¥र्यौ ।
निवेदितासँग बयान लिएपछि हामीले प्रह्लादको श्रीमती राधासँग सम्पर्क गरेर निवेदिताका बारेमा बुझ्न खोज्यौं । निवेदितालाई पहिलोपटक उनीहरुको कम्पनीबाट आयोजना भएको रात्रीभोजमा भेट भएको र प्रह्लादले नै परिचय गराएको जानकारी गराउनु भयो । त्यसपछिका व्यापारी प्रयोजनका पार्टीहरुमा र एक–दुईपटक घरमा भएको पार्टीमा पनि निवेदीतालाई देख्दै आएको बताउनु भयो । हामीबीच कुरा हुने गरेको र निवेदीताले फोन पनि गर्न थालेको जानकारी दिनु भयो । राधासँग कुरा गर्दा र निवेदिताका बारेमा जानकारी दिदा राधा अलि संकोचित भएर बोलेको जस्तै लागी रहेको थियो । हामीले राधालाई यसबारे प्रष्ट भन्न आग्रह गरेपछि अप्ठ्यारो मान्दै राधाले प्रह्लाद नवोदितासँग पार्टीमा सँगै भएको बारे अरुबाट धेरैपटक सुनेपछि यसबारे प्रह्लादलाई सोध्दा उनले भेट भएको मात्र भनेका थिए । यसबारे हामीबीच झगडा पनि भएको बताएपछि हामीले निवेदीताका बारेमा अझ बढी अनुसन्धान गर्ने निर्णयका साथ अगाडि बढ्न थाल्यौं ।
त्यसपछि हामीले निवेदीताका बारेमा प्रह्लादको चालक पदमसँग सोधपूछ गर्दा पदमले धेरैपटक प्रह्लाद सरले निवेदीतालाई लिन र छोड्न पठाउने गरेको बारे जानकारी गराएको थियो । प्रह्लादले चालक पदमलाई निवेदीतालिन पठाएर पछि पदमलाई त्यहीँ छोडेर आफै मोटर हाक्ने गरेकोले उनीहरु कता जाने गरेको बारे थाहा नभएको बताएका थिए । पदमले निवेदीतालाई ल्याउन र छाड्ने ठाँऊ ठिमीको राधे राधे अगाडि रहेको रेन्बो अपार्टमेन्टको गेटनिर नै हुने गथ्र्यो । निवेदीताले पनि आफु ठिमीको रेन्बो अपार्टमेन्टमा बस्ने गरेको बताएकी थिईन् । तर कुन कोठामा बसेको बारे पदनलाई थाहा भएन ।
पदमपछि हामीले निवेदीताको साथी सिँघानीयालाई भेटेर प्रह्लाद र निवेदीताबीचको सम्बन्धका बारेमा बुझ्न खोज्यौं । सिँघानीयाले उनीहरुबीचको सम्बन्धका बारेमा थाहा नभएको र पार्टीहरुमा मात्रै उनीहरुलाई सँगै देख्ने गरेको बताए । त्यसबाट पनि हामीले अनुसन्धान अगाडि बढाउन ठोस मार्ग पाउन सकेनौंं । हाम्रो अनुसन्धान टोलीले फेरी शुरुदेखिका काम र अनुसन्धानलाई केलाएर छलफल गर्न थाल्यौं । निवेदीताको अपार्टमेन्टमा प्रह्लाद जान सक्ने सम्भावना पाएपछि हामी रेन्बो अपार्टमेनको प्रशासनसँग सम्पर्क गरेर प्रह्लाद हराएको दिनदेखिको अपार्टमेन्ट छिर्ने मूल गेटको सिसिटिभीको फुटेज माँगेर अनुसन्धान गर्न थाल्यौं ।
प्रह्लाद हराएको दिन आफ्नो घरबाट साँझ ४.५५ बजे आफैले मोटर हाकेर निस्केपछि उनको त्यहीँ मोटर रेन्बो अपार्टमेन्टमा ६.१८ बजे छिरेको देखिन्छ । त्यसपछि त्यहीँ मोटर राती ७.२४ बजे गेटबाट बाहिरिएको देखिन्छ । त्यस दिन प्रह्लाद निवेदितालाई भेट्न आएको कुरा प्रष्ट देखिन्छ । हामीले रेन्बो प्रशासनबाट अपार्टमेन्ट छिर्ने मुख्य लबिको फुटेज मगाँएर हेर्दा राती ६.३७ बजे प्रह्लाद लबिबाट गएको पनि देखियो । तर राती ७.२४ बजे उनको मोटर गेटबाट बाहिर निस्केको देखिए तापनि लबिबाट उनी निस्किएको भने बारम्बार हेर्दा पनि देखिएनन् । बरु ७.५७ बजे निवेदीताबाहिरबाट फर्केको र गेटबाट भित्र छिरेको देखियो । निवेदितालाई गेटबाट छिर्दै गरेको देखेपछि सिकुराटी गार्डसँग कुरा गरेर निवेदीतालबितिर गएको पनि देखियो । अब हाम्रो अनुसन्धान फेरी निवेदितातिर फर्कियो । उनीबाट नै प्रह्लादको आगमन र प्रस्थानका बारेमा जान्न सकिन्थ्यो ।
भोलीपल्ट हामी बिहानै निवेदिताको अपार्टमेन्ट पुग्यौं । बिहान ८.४० बजेको समय थियो । मुलगेटको गार्डले फोन गरेर हामी आएको जानकारी गराएपछि हामी उनको कोठा नं. ३०८ मा पुग्यौं । उनले हरियो र रातो मिसिएको छिर्केबिर्के नाईट गाउन लगाएकी थिईन् । हामी चरजना, म, ईन्सपेक्टर कर्ण र ललिता मल्लसँगै दुईजना स.ई.लाई देखेर आउनु पर्ने कारण सोध्नुअघि नै प्रह्लाद भेटियो ? भनेर प्रतिप्रश्न गर्दै ढोका खोलेकी थिईन् । हामीले यसबारे थप जानकारी लिन आएको भनेर कोठामा पस्यौं । सोफामा हामीलाई बस्न भनेर उनी बेतको आराम कुर्सी तानेर बसेपछि के कारणले आउनु भयो भनेर प्रश्न गरीन् । हामीले उनलाई नै प्रश्नहरु गर्न थाल्यौं ।
हाम्रो प्रश्नहरु सुनेर निवेदीताले दिएको जानकारी अनुसार उनी यस अपार्टमेन्टमा चार वर्षदेखि बस्दै आएकी छिन् । प्रह्लादलाई छ वर्षदेखि चिनेको र साथी जस्तो सम्बन्ध भएपछि कहिलेकाहीँ प्रह्लाद काम पर्दा उनको यस अपार्टमेन्टमा आउने गरेका थिए । गत १२ गते पनि प्रह्लादले नयाँ अफिस खोल्ने भएकोले नयाँ प्रोजेक्टको लेआउट र डिजाईनका बारेमा कुरा गर्न आएका थिए । लगभग एक–डेड घण्टा बसेर छलफल भएपछि मैलेनै उनलाई पार्किङ्गसम्म छोड्न आएर हामीसँगै गाडीमा निस्केका थियौं । अनि म भाटभटिनीमा ब्रेड लिन ओर्लेर हिड्दै अपार्टमेन्टमा फर्केको थिए । दुई दिनपछिमात्र प्रह्लाद हराएको बारेमा सुनेको जानकारी गराईन ।
निवेदितासँग स.ईं. अर्जुन बन्जाडेले बयान लिदै गर्दा मैले निवेदिताको कोठा नियाल्न थाले । दुई बेडरुमको अपार्टमेन्टमा बैठकमा फ्रिजर देखेरपछि म झस्किए । निवेदीतात्यस कोठामा एक्लै बस्दै आएकी भन्नेबारे सिकुरिटी गार्ड र प्रशासनसँगको सोधपुछबाट थाहा पाएका थियौं । एकजनामात्र बस्नेको घरको भान्सामा फ्रिज हुनु स्वभाविकै हो तर फ्रिज हुँदा हुँदै बेग्लै ठूलो फ्रिजर राख्नुको कारण खोज्न थाले । विस्तारै फ्रिजर खोलेर हेरे । खाली थियो । तर एकप्रकारको अनौंठो गन्ध पाए । सामान राखेर खाली भएपछि बन्द गरिएकोले गन्ध आएको होला जस्तो लाग्यो । अनि निवेदितालाई एक्लै मान्छेलाई पनि फ्रिजर चाहिन्छ भनेर सोध्दा उनले यो अपार्टमेन्ट किन्दा नै यतै थियो । पहिलाकाले छोडेर गएको र कहिले काहीँ पार्टी गर्दा धेरै सामान फ्रिज गर्न पनि सजिलो भएकोले राखेको बताईन् ।
निवेदितासँग कुरा गर्दै गर्दा सम्झे । हामीले अपार्टमेन्टको मुल गेटको सिसिटिभीको फुटेज हेर्दा प्रह्लाद हराएको भोलीपल्ट एउटा पिकअप ट्रकमा ठूलो कागजको बाकसमा सामान ल्याएको देखिएको थियो । निवेदितासँग सोध्ने कामलाई एकैछिन तगारो लगाएर म स.ई. साबसँग मुल गेटको सिकुरिटीलाई भेट्न ओर्ले । सिकुरिटीलाई आफ्नो परिचय पत्र देखाएर त्यहाँको मनिटरमा प्रह्लाद हराएको दिनदेखिको सिसिटिभीको फुटेज देखाउँन भनेपछि उसले भनेअनुसार रेकार्डिङ्ग मेसिनबाट प्रह्लाद हराएको दिन अर्थात १२ गतेदेखिको फुटेज देखाएपछि हेर्दै गयौं र प्रह्लाद हराएको भोलीपल्ट एउटा टाटा पिकअफ ट्रकमा ठूलो कागजको बाकस ल्याएको देख्यौं । मूल गेटबाट भित्र आउँदा पिकअपको नम्बर टिपे । त्यसपछि अपार्टमेन्टको लबीमा सेतो फ्रिजरलाई सामान ढुवानी गर्ने ट्रलीमा लगिएको देखियो । लाग्थ्यो ग्राहकले कागजको बाकसबाट झिकेर ल्याउन भनेकोले त्यसो गरिएको होला । यसरी सामान कुन कोठामा लगेको बारे सिकुरिटीलाई सोद्धा थाहा नभएको र लेख्ने पनि नगर्ने गरेको बारे थाहा पायौं । निवेदिताको कोठामा भएको र फुटेजमा देखिएको सेतो फ्रिजर एउटै थियो । मैले त्यहीँबाट कार्यालयमा फोन गरेर अनुसन्धान विभाग मार्फत ट्राफिक कार्यालयबाट पिकअपको विवरण पत्ता लगाउन र त्यो सामान कताबाट डेलिभरीका लागि ल्याइएको र किन्ने ग्राहककका बारेमा बुझ्न भनेर हामी फेरी निवेदिताको कोठातिर लाग्यौं । कोठामा पुग्दा निवेदिताले सबैको लागि कफी मेसिनबाट कफी बनाई सकेको र हामी आएपछि कफीमा चिनी दूध हाल्ने कि न हाल्ने भनेर सोधपछि हामीलाई मीठो कफी खुवाईन ।
मैले उनीसँग सबै कोठा हेर्ने अनुमती माँगे अनि ईन्सपेक्टरलाई साथमा लिएर हामी कोठाहरुमा रहेका सामानहरु हेर्न थाल्यौं । भान्साकोठाको डाईनिङ्ग टेबलमा दुईवटा नयाँ ग्रान्डर मिक्चर राखिएको थियो । त्यतिनै बेला विभागबाट फोन आयो । फोनमा केहीबेर कुरा गरेर म फेरी फ्रिजरनिर आएर फ्रिजरको तल छामेर हेर्न थाले । कुनै धुलो लागेको पाईन् । फेरी भान्सा कोठामा गएर दराजहरु खोतलेर हेर्न थाले । त्यहाँ ठूलो गारबेज ब्यागको खोलिएको बट्टामा केही गारबेज ब्यागमात्रै बाँकी रहेको पाए । तीनवटै ग्राइन्डर मिक्चरलाई राम्ररी नियालेर हेरे । हात भित्र छिराएर औंला र नङले कोट्याएर हेरेर गन्ध महशुस गर्न थाले । अनि त्यहीँबाट कार्यालयमा फोन गरेर फेरनसिक टोलीसहीत महिला प्रहरीसँगै थप जवान पठाउन भनेर हामी बैठक कोठातिर लाग्यौं ।
तीन तीनवटा ग्राइन्डर मिस्चर छ नि ? यो पनि यहाँ छोडेको हो भनेर प्रश्न गर्दा निवेदीताले भान्सा राखिएको ग्राईन्डर मेरो हो र डाईनिङ्गमा भएको ग्राइन्डर मिक्चर सेलमा लागेको बेला किनेको थिए । एउटा दिदी र एउटा आमालाई दिनलाई हो । खोलेर एकपटक चलाएर हेरेको । प्याक गरेर राख्नु छ भनेपछि मैले उनको परीवारको बारेमा बुझ्न खोजे ।
उनका अनुसार उनीहरु बुटवलबाट हुन् र उनको दिदी पोखरामा बस्छिन् । दुई महिनाअघि सेलमा लागेको बेला सस्तो पाएर दुईवटा मिक्चर आमा र दिदीलाई उपहार दिन किनेको तर आफुले फ्रिजर किनेको कुरा अस्वीकार गरीन । उनले बारम्बार पहिला बस्नेले यो फ्रिजर यहीँ छोड्छौं भनेर लिएर गएन अनि काम लाग्छ कि भनेर राखेको भनिन् । त्यसबेलादेखि यहीँ नै छ । अन्त राख्ने ठाँउ नै छैन । अब कसैलाई लिएर जानु भन्नु पर्ला भन्दै फ्रिजर पहिल्यैदेखि नै रहेको बयान दिईन् ।
फ्रिजर राखेको ठाँउको भित्तामा न्युयोर्कमा रहेको ब्रुकलिन ब्रिजको ठुलो आकर्षक फोटो झुण्डिाइएको थियो । फोटो देखाउँदै यो फोटो पनि अपार्टमेन्ट किन्दा थियो भनेर प्रश्न गर्दा निवेदीताले अपार्टमेन्ट किनेपछि भित्तामा राख्न आफैले किनेको भनिन् । अनि मैले फ्रिजर शुरुदेखि नै यस ठाँउमा थियो भनि प्रश्न गर्दा उनले थियो नै भनिन् । अपार्टमेन्टको बैठकमा त्यो फ्रिजर जबरजस्ती राखिएको देखिन्थ्यो । फेरी मैले बैठकमा सजावटका लागि राखिएको खुला दराजमा रहेको एउटा फोटो फ्रेममा तीनजना महिला र दुईजना पुरुष त्यहीँ फ्रिजर रहेको भित्तामा उभिएर लिईएको तस्विरमा फ्रिजर नदेखिएकोले, यसमा त फ्रिजर देखिएन नि भभनि प्रश्न गर्दा निवेदिताले केही सम्झे झै गरी, ए हो सम्झे भन्दै उनले डेड–दुई वर्षअघि घरमा गेट टुगेदरको पार्टीको बेला फोटो लिएको र त्यसबेला बैठक सानो हुन्छ भनेर फ्रिजर हटाएकोले फोटोमा नदेखिएको भन्दै फ्रिजर नदेखिएको कारण प्रष्स्ट्याएर सफाई दिन असफल प्रयास गरीन । मैले कोठाको चारैतिर नियालेर हेर्न थाले अनि त्यसबेला फ्रिजर कता सार्नु भयो भनि सोध्दा बाहिर राखिएको भन्नु भयो । उनको उत्तरबाट आफु सन्तुष्ट नभएको भन्दै मैले उनलाई यी सामानहरुका बारेमा जानकारी गराउँदै भने ।
मलाई जानकारी भएअनुसार यो फ्रिजर र त्यो दुईवटा ग्राइन्डर मिक्चर तपाईले खिँचापोखरीको पवन ईन्टरप्रईजेजबाट १३ गते किन्नु भएको हो । त्यसको डेलिभरी पनि त्यसै दिन भएको थियो । यसको बिलको कपी विभागमा पुगी सकेको छ । तपाईले सबैभन्दा सस्तो फ्रिजर ६८ हजारमा किन्नु भयो भने ग्राइन्डर मिक्चर ह्याबी ड्युटीको महङ्गो ४७ हजारको दुईवटा किन्नु भएको थियो ।
मेरो कुरा सुनेर निवेदिताको अनुहार रातो भईसहेको थियो । आफ्ना एक खुट्टाले अर्को खुट्टको औंला चलाउँदै पालैपालो हामीहरुलाई हेरेपछि उठ्न खोज्दा मैले बस्न आग्रह गरे । अनि डाईनिङ्ग टेबलमा रहेको पानीको जगबाट गिलासमा पानी हालेर उनलाई दिए ।
पानी पिएपछि उनी आफ्ना दुवै हातले मुख छोपेर घोप्टो परेर रुन थालिन ।
मैले उनलाई प्रह्लादको लास कता छ भनेर सोझै सोधे । उनले कुनै उत्तर दिएनन् । प्रह्लाद मारिएको भन्ने कुरा प्रष्ट भएको थियो । तर उनको लास हामीले पाएका थिएनौं । कनूनले प्रमाण माग्छ । प्रमाणका लागि हामीले फेरी निवेदीतालाई दबाब दिन थाल्यौं । मैले फेरी सोधे प्रह्लादलाई कसरी र कता लगेर मार्नु भयो र यसमा तपाईसँग अरु को को सँ‘ंलग्न छन् भन्दै मैले उनको परिवारका सबैलाई शङ्काको भरमा गिरफ्तार गर्नु पर्ने जानकारी आफ्ना टोलीलाई दिए ।
निवेदीता दुई हत्केलाले आफ्नो मुहार छोपेर घोप्टो परेर मौंन छिन् । मेरो कुनै पनि प्रश्नको जबाब नदिएपछि मैले यहाँबाट थानामा लगेर कडाई र बल प्रयोग गरेर प्रश्न सोधिने छ । त्यसैले तपाईले आफ्नो अपराधका बारेमा यहाँ बयान दिनु भयो भने राम्रो हुन्छ भनेपछि उनी जोर जोरले रुन थालिन ।
त्यतिनै बेला ठोका ढक्ढकाएको सुनेपछि स.ई. ले ढोका खोलेर महिला प्रहरीसँगै फोरन सिकका टोलीलाई भित्र ल्याउनु भयो । प्रहरीको एउटा जमातनै आएको देखेपछि निवेदीतारुँदै यहीँनै बयान दिने भनेर आफ्नो साबिती वयान दिन थालिन । त्यहाँ उपस्थित हामी सबैजना चकित भएर उनको वयान सुनी रहेका थिए ।
दिल्लीबाट ईन्टेरियर डेकोरेशनमा डिप्लोमा गरेर नेपाल फर्केपछि यहाँ आफ्नै इन्टेरियर डेकोरेसनको कन्सल्टेन्सी दर्ता गराएर सानोतिनो काम शुरु गरे । मलाई अमेरिका गएर ईन्टेरियर डेकोरेशनमा मास्टर गर्ने ईच्छा थियो । अमेरिका जाने एउटा सपनानै बनाएको थिए । दुईतीनपटक प्रयास गरे । तर भीसानै पाईन । त्यसपछि मेरो बिहेको कुरा चल्न थाल्यो । मैले अमेरिकामा भएका केटाहरुलाई प्राथमिकतामा राखेर खोज्न भने । एक–दुईजनाको प्रस्ताव आएको पनि थियो । त्यसैबेला मैले प्रह्लादको नयाँ अफिसको ईन्टेरियर डेकोरेसन गर्ने कन्टेक्ट पाए । खै किन हो, कसरी हो, हामी प्रोजेक्टका बारे छलफल गर्न भेट्दै जान थालेपछि हामी एक अर्काको नजिक भयौं । नजिकता बढ्दै जान थाल्यो । चालिस नाघि सकेकोले घरबाट विवाहको दबाब बढ्दै जान थाल्यो । उनी परीवार भएको एक प्रतिष्ठित व्यापारी । म अविवाहित एक्लो नारी । उनलाई समाजबाट धेरै डराउने बानी रहेछ । हाम्रो भेट्ने स्थाल काठमाडौंमा असजिलो हुने भएकोले पोखरा, भैरहवा, विरगञ्ज, विराटनगर, चितवन, बाँके, बर्दिया, धुलीखेल, नगरकोट अनि भारतका विभिन्न शहर हुँदै विदेशमा पनि हुन थाल्यो । मलाई आफ्नो घरपरिवार बनाउने रहर उसलाई मलाई प्रयोग गर्ने रहर देखिन थालेपछि मैले बिहेको लागि दबाब दिन थाले । वहाँले कहिल्यै नाई भन्नु भएन । एक वर्षभित्र सबै कुरा मिलाएर कानूनी बिहे गरेर भैंसेपाटीमा बस्ने भनेर घर पनि हेरी सकेका थियौं । एकवर्ष काटीसकेपछि पनि उनले मलाई आफ्नो व्यापारका कारणहरु देखाएर केही समय धैर्य गर्न भन्दाभन्दै दुई वर्ष काटियो । उनको मप्रतिको लगाव पनि कम हुँदै गएको अनुभव गर्न थाले । नेपालबाहिर जाँदा पनि थाहा नै नदिएर जाने र पछि सोध्दा ईमारजेन्सी परेर जानु पर्यो जस्ता वाक्य प्रयोग गर्न थाले । भेटघाट पनि पातलिदै जान थालेपछि मैले फेरी बिहेको लागि दबाब दिन थाले । उनको हुन्छ हुन्छबाट मलाई नकारात्मक गन्ध आउन थालेको आभास हुन थाल्यो । हामीबीच झगडा पनि बढ्दै जान थाल्यो । म रिसाएकोले उनले दुई महिनापछि बैंकक डुल्न जाने भनेर आफ्नो कम्पनीबाट थाईल्याण्डको भिसा लिई सक्नु भएको थियो । तर १२ गतेको हाम्रो भेटघाट अन्तिम हुन्छ भनेर मैले कदापि सोचेको थिईन् । परिस्थितिले त्यसलाई हाम्रो अन्तिम भेट बनाई दियो ।
निवेदीताको कुरा सुनेपछि १२ गते उनीहरुको अन्तिम भेट भएको बारे त हामीले बुझ्यौं । तर प्रह्लादलाई के भयो र कसरी उनी अचानक हराए भन्ने बारे बुझ्नु भन्दा पनि मैले सोझै प्रह्लादलाई कसरी मार्नु भयो भनेर निवेदीतालाई सोधे । उनी फेरी आफ्ना दुवै हत्केलाले मुहार छोपेर रुन थालिन । मैले फेरी प्रश्न दोहोराएर प्रह्लादको लास कता छ भनेर सोधेपछि उनको रुवाई झनझन बढदै जान थाल्यो । मैले टेबलमा भएको जगबाट गिलासमा पानी हालेर उनलाई दिदै सँगै बसेकी महिला प्रहरी उपरिक्षकलाई ईशारा गर्दै उठ्न भने । मेरो आदेश पाएपछि महिला प्रहरी उपरिक्षले निवेदीतालाई, अब उठ्नुहोस् मैडम । जे भन्नु छ थानामा गएर भन्नु होला भनेपछि निवेदीता फेरी रुन थालिन र कराउँदै मैले जानेर र चाहेर प्रह्लादलाई मारेको हैन । यो दुर्घटना हो । हामीबीच फेरी त्यहीँ बिहेको कुरालाई लिएर झगडा भयो । सधैझै धैर्य गरेर बस्न नसकेको भन्दै मलाई नै दोषी बनाउन खोजियो । यसपटक उसले ममाथि हात पनि उठाउन खोज्यो । मैले आफुलाई जोगाउन उनलाई जोरले धकेल्दा प्रश्लादले आफुलाई नियन्त्रण गर्न सकेन र किचनको काउण्टर टेबलको मार्बलको किनारको चुच्चोमा गएर यसको निधार ठोकियो र फेरी पछाडिबाट भुईमा टाउको ठोक्किएर ऊ रगताम्मे भएर लड्यो । उसको त्यो अवस्था देखेर म आत्तिए । कराउन खोजे तर घाटीबाट आवाजनै निस्केन । डरले थरथर काम्न थाले । प्रह्लादलाई समात्ने आट पनि आएर । ऊ केहीबेर छटपटाएर शान्त भयो । म डरले झनझन काप्न थाले । दुई–तीन घण्टा त्यहीँ बसेर बिताउँदा पनि दिमागले कामनै गरी रहेको थिएन । डर र त्रासले भोक प्यास र निन्द्रानै हराई सकेको थियो । भूईमा अघिसम्म मसँग झगडा गर्ने प्रह्लाद शान्त भएर पल्टिएको थियो । मैले आफुभित्र आँट ब्युत्याउँन थाले । म एक्लो थिए । निरपराधी भएर पनि अपराधी बन्न पुगेकी थिए । उनको घरपरिवारलाई भनौं भने पत्याउँदैनन् । प्रहरीलाई खबर गर्दा पनि म नै दोषी ठहरिन्छु । आफन्तलाई भन्न पनि डर लाग्यो । कसैसँगको सहयोग माग्नु भनेकोनै आफुलाई दोषी ठहराउनु थियो । त्यसैले आफैले केही गर्ने अठोट गरेर उपायहरु सोच्न थाले । टिभीमा हेरेका क्राईम सोहरु सम्झन थाले । अनि त्यहीँबाट मैले एउटा उपाय निकालेर उनको लासलाई तह लगाउन थाले ।
केही समयअगाडिमात्र बोलीरहेको प्रह्लाद शान्त भएर भूईमा लडेपछि लास बनेको थियो । मैले पहिला लासलाई बाहिर निकाल्ने उपायहरु खेज्न थाले । तर बाहिर निस्कने एउटामात्र गेट भएको र छ फिट अग्लो लोग्ने मान्छेलाई म महिलाले कसरी लान सकिन्छ भनेर उपाय सोच्न र खोज्न थाले । उपाय खोज्दा खोज्दै रात बित्यो । दोस्रो दिन लास साहे भएर एकप्रकारको गन्ध आउन थाल्यो । ल्यापटपबाट यु–ट्युबमा क्राईम पेट्रोल, सावधान, क्राईम फाइल्स सिरीयलहरु हेर्दै उपायहरु खोज्न थाले । अनि एउटा सिरीयलमा हत्याराले लास तह लगाउन गरेको उपायको अनुसरण गर्ने अठोट गरेपछि बल्ल एक निन्द्रा सुत्न सके । भोलीपल्ट न्युरोडको आकास ईम्पोरियमबाट दुईवटक हेभीड्युटी मिक्सर ग्रेन्डर किने । त्यसपछि सेन्चुरी ट्रेडर्स, खिँचापोखरीबाट फ्रिजर किनेर आजै दुई–तीन बजेभित्र डेलिभरी गर्ने सम्झौता गरे अनि एउटा ठूलो व्ह्लि भएको आईस बक्स किनेर गाडीमा राखे । नजिकै भएको युनिभर्सल हार्डवेयरबाट मार्बल कटर र भूईमा ओच्छ्उन तीनथान प्लास्टिक सिट किने । अनि त्यहीँ नजिकै रहेको पलास्टिकको झोला पाउने ठाँउबाट चार बाकस ठूलो साईजको पलास्टिकको झोला किने । अनि त्यहीँबाट बालाजु गएर बरफका क्युबहरु किनेर ल्याए । चार बजेतिर फ्रिजर ल्याएपछि किनेको बरफ फ्रिजरमा राखेर फेरी बालाजु गएर अझै बरफ किनेर ल्याए । अब लासलाई फ्रिजरमा लाख्ने उपाय खोज्न थाले । सिङ्गो लास राख्न गाहे भएपछि मार्बल कटरले काट्न थाले । त्यसको आवाज मार्न म्युजिकको आजाज ठूलो पारे । लासलाई फ्रिजरमा राखेर कोठा र भूई सबैतिर राम्ररी पुछपाछ गरी सफाई गरेपछि भोक र थकाईले गर्दा सोफामै निधाए ।
निन्द्रा खुल्दा रात परी सकेको रहेछ । रगतम्य भएको पलास्टिक सिटलाई पोको पारेर बाहिर निस्के । मोटरबाट सुरक्षित फाल्ने ठाँउ खोज्दै मनहरा पुगे । त्यहाँ पलास्टिक सिट फालेर नजिकैको रेष्टुरेन्टमा गएर खाना अर्डर गरेर घर फर्के । त्यस दिन थकाईले गर्दा चाडै निन्द्र लाग्यो । भोलीपल्टदेखि मेरो दैनिकी भनेको दिउसो शरीरलाई काटेर मिक्सरमा ग्राईण्ड गरेर पलास्टिकको झोलामा राखेर रात परेपछि काठमाडौंको खोला नाला खोज्दै फाल्ने काम गर्न थाले । तीन दिनअघिमात्र सबै काम सिद्धाएर आजै बैंकक जानका लागि तीन दिनपछिको टिकट बुक गरेर आएको थिए । बैंककबाट अमेरिकाको भीसा ट्राई गर्ने बिचार थियो । अमेरिका जाने सपना यसपटक पनि पुरा भएन ।
निवेदीताले दिएको बयान सुनिरहदा पनि आङ जिरिङ्ग जिरिङ्ग भई रहन्थ्यो । सिङ्गापुर र भारतमा गएर लिएको तालिममा अपराधीले लास तह लगाउन विभिन्न माध्यमहरु मध्ये यसबारे पनि जानकारी गराइएको सम्झन्छु । तर त्यस्तै प्रकारको वारदातको अनुसन्धानमा आफु पर्ने छु भन्ने सोचेको थिईन् । पहिलोपटक निवेदीताको अपार्टमेन्टमा आउँदा त्यो फ्रिजरले ध्यानाकर्षण गरेको थियो । दुईवटासाना कोठा, दुईवटा बाथरुप अनि किचनसँगै रहेको डाईनिङ्ग र लिभिङ्ग रुममा रहेको अपार्टमेन्टमा फ्रिजर अनावश्यक देखिएको थियो । एकजना मात्र बस्ने घरमा साधारण फ्रिजबाहेक पनि ठुलो फ्रिजर, तीनवटा ग्राईण्डर मिक्चर हुनुले पनि शङ्का उब्जाएको थियो । भित्तामा रहेको फोटोमा फ्रिजर नदिखिनु जस्ता कुराले मेरो शङ्का निवेदीताप्रति बढ्दै गएको थियो । त्यसैले मैले फोरनसिक टोलीलाई पनि बोलाएको थिए । निवेदीताले किनेको मार्बल कटर कतै नदेखिएपछि प्रश्न गर्दा कार्बल कटर र बाँकी रहेका पलास्टिकका झोला फाली सकेको अनि फ्रिजर र मिक्चरलाई बेच्न हाम्रो बजार डट कममा राखेको जानकारी पायौं ।
अनुसन्धानका लागि बोलाइएका फोरनसिक टोली र ईन्सपेक्टरसँग दुई प्रहरीलाई त्यहाँबाट सबुतप्रमाणहरु जम्मा गर्न अ¥याएर निवेदीतालाई लिएर हामी निस्कियौं । त्यहीँबाट मैले कार्यालयमा फोन गरेर फोटोग्राफर पठाई दिन भनेर अनुरोध गरे । अनि कोठा छोड्नअघि प्रमुखलाई फोन गरेर मिसन सफल भएको जानकारी दिएपछि वहाँबाट सफलताका लागि धन्यवाद पायौं ।
क्यानडा