18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भर्‍याङ

लघुकथा रमेशचन्द्र घिमिरे July 27, 2024, 3:49 pm
रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे

सानैदेखि नै उसमा भर्‍याङ चढ्ने खुब सोख थियो ।
बाँसको भर्‍याङ बनाएर रातिराति अरूका बारीका सुन्तला टिपेर घरमा भित्र्यायो ।
काठको भर्‍याङ खोजेर छिमेकीका खेतका रुख चढेर गोठमा घाँस थुपार्‍यो ।
फलामको भर्‍याङ चढेर छिमेकी पुत्रीका झ्याल चहार्न भ्यायो ।
ऊ अहिले नेता बनेको छ र नेता बन्नका लागि पनि उसले भर्‍याङ नै रोज्यो, त्यो भर्‍याङ थियो - जनताको ढाड ।

भोर्लेटार, लमजुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।