फूल भए यो जिन्दगी मन्दिरलाई दिन्थे ।
लास भए जिन्दगी चिता जलाई दिन्थे ।
जिउँदो रैछ यो जिन्दगी स्वास चलीराछ
यो स्वासमा आस भए मलमलाई दिन्थे ।
बाँचा टुटी,आँशा निभी यो मनै मरीराछ
मन कतै मान्ने भए फेरी पलाई दिन्थे ।
सतीले झै चितामाथि जिउँदै जलीराछु
शितल पवन हावा भए उनलाई दिन्थे ।
टुहुरा र बेसहारा मलाई पर्खीराछन्
एक्लै भए यो जिन्दगी गिद्ध स्याललाई दिन्थे ।
फूलपनि होइन जीवन, लास बने छैन्
कोही उस्तै साथी भए बसन्तलाई दिन्थे ।