18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बृद्धपाको गन्थन

कथा सदानन्द अभागी July 18, 2024, 11:28 pm
सदानन्द अभागी
सदानन्द अभागी

जेठको गर्मी, तातो हावा, पहाडको खोच, दुई जना बुढाहरू घरको नजिकै पिपलको छहारीमा बसेर दुखेसे पोखि रहेका थिए । उमेरले करिव एक जना ९० वर्ष काटिसकेका थिए निरोगी भएको कारणाले अझै लौरो टेक्न परेको थिएन भने एक जना ८०को हाराहारीमा थिए । ९० वर्षे बृद्ध जस्को नाम मनप्रसाद थियो । धन, धान, पुत्रपुत्रीको हिसावले पनि निकै धनी थिए । ८० वर्षे बृद्ध जसको नाम श्यामप्रसाद थियो तर अलिक कमजोड थिए । ९० वर्षेले ८० वर्षेलाई भने जति समय घर्किदै गयो उती कष्टदाई जीवन बिताउन बाध्य हुनु पर्दो रहेछ । छैनन् भनौं भने चारभाइ छोरा छन् । दुईबहिनी छोरी छन् । दुई श्रीमती छन् । छन् भनौं भने उमेरले डाँडो काटेको बेलामा म बुढोलाई एक्लै छाडेर आफ्नो आफ्नो बाट्यो लागे । ८० वर्षेले भन्यो हो त नी ठूलदाइ मलाई पनि अचम्मै लाग्यो । अनि भाउजुहरू त दुबै हजुरसँगै हुनुहुन्छ होला नी ? कहाँ हुनु ! माहिलाले आफ्नी आमालाई पहिल्यै देखि पाल्दै आएको थियो । अहिले पनि जेठी श्रीमती माहिलासँगै बसेकी छन् । उनलाई पनि सहज त छैन । उनीले मेरो अंश हरायो भन्दै गुनगुनाउँछिन् । हैन ठूलदाइ जेठी भउजूलाई अंश दिएको हैन र ? किन नहुनु दिएको हो नी । आमालाई फकाइ फुलाइ हामी तराइमा भएको मौका छोपी कुश्मा अड्डामा लगेर बकस गरेछ छोराले । केही दिन अरू छोरा बुहारी कराए । मलाई गन गन सुनाए । मैले पनि बकस दे भनेको होइन । जाउ अड्डामा मुद्दा हाल । मसँग नकराऊ । उसले आमा पालेकै छ । सबै छोरा सक्षम थिए र मुद्दा लडेर कति नै पाइन्छ र भनेर चुप लागेर बसे । हो अन्यायमा परेर सहेर बस्न त नहुने हो । झै झगडा गर्नु पनि राम्रो त होइन । श्यामले सोध्यो –अनि कान्छी भाउजु नी दाई कता हुनु हुन्छ ? कान्छी श्रीमती पनि निकै रोगी थिइन् । पानी सारेर पनि खान सक्ने अवस्थामा थिइनन् । कान्छी बुहारीले निकै माया दिई । ऊ कान्छातिर नै बस्ने भनेर गाउँबाट सहरतिर लागी । मलाई पनि कान्छा र कान्छीले सहर जाउँ बा भनेका थिए । मेरो मनले मानेन । म एक्लै भए पनि गाउँमै बस्ने निधो लिएँ । सानो उमेरदेखि नै मेरो रगत पसीना यही माटोमा भिज्यो । यहाँका जग्गामा , बिरुवा सारें, बाबुआमाको एक्लो छोरो, म सानो छँदा बाबा बडारको बोटबाट लड्नु भयो । अपाङ्ग बाबुलाई पालन पोषण गरें । पहिलो विवाह गरें । छोरा छोरी नभएका पनि होइनन्। छोरा छोरी वर्षैपिच्छे लगातार जन्मन थाले । बाबा अपाङ्ग, आमाले घरको काम गर्न नसकेपछि । घरमा काम गर्ने मानिसको अभाव खड्कियो । म दोधारमा परें । के गरुँ के गरुँ दोधारे मन भयो । गाउँमै एकदमै परिश्रमी नानी थिइन् । कहिलेकाँही कसै कसैले तेरो घर धान्न सक्ने त यो केटी छ विवाह गर्छस् ? सौता माथि अनि तीन तीन ओटा छोराछोरी माथि कसले केटी दिन्छ र विवाह गर्ने ? म मन मनै प्रश्नवाची हुन्थे । एक दिन लहड चल्यो रामले यो केटी विवाह गर्छस् भनेको थियो । रामेलाई नै धनेले छोरी दिन्छ भने माग्न त भन्न मन लाग्यो । रामेले मेरो काम गर्न पाएकोमा निकै रमायो । भनुँ, साच्चि हो ? उसले प्रशन तेस्र्यायो । मैले पनि विश्वास दिलाउने गरेर साँचो हो भने । ऊ दौडेर धनेकोमा पुग्यो । कुरा राख्यो । धनेले पत्याउन सकेन । ऊ प्रश्नवाची भयो साच्चै हो र ? मेरी छोरी त्यत्रो साहुको छोराले विवाह गर्छ त ? ऊ बाध्यतामा छ । श्रीमती वर्षेनी सुत्केरी भएकी छ । घरमा काम गर्ने मानिस छैन । गरिबका छोरी धनीले विवाह गर्ने भनेको यस्तै वेलामा र यस्तै अवस्थामा त हो नी । सौता भएर के भयो ? कान्छी श्रीमती हुन्छे । सम्पत्ति उसैका हातमा हुन्छ । धने धेरै बेर अल्झियो । सौता साथै झटकेला झटकेली भएको घरमा, धनसम्पत्ति धेरै छ भन्दैमा छोरीको विवाह गरिदिंदा भोली छोरीले दुःख पाउन पनि सक्छे । दिनभरी काम गरेर एक माना कमाएर आनन्दसँग श्रीमान श्रीमती बसेर हाँसी हाँसी खानु नै स्वर्गको आनन्द पाउनु हो । मेरो छोरीमा के छैन ? रूप छ ,सीप छ, अनुशासन छ,आमाको निगरानीमा बसेकी छ , कर्मशील छ छोरी । धने अलमलमा परेको देखेर रामेले के सोच्दै छस् त ? छोरीले दुःख पाउँछे भनेर हो ? धन्दा नमान दुःख पाउँदिन विश्वास लाग्दैन भने गैरी खेत नै जिउनी लेखाइ दिन्छु । धनेले त्यसो केही हैन गोडधुवा, जन्ती खर्च केही जोडजाम गर्न सक्दिन । एकदिनको इज्जत राखिदिनै प¥यो । धनको अभावले गर्दा त छोरीको उमेर बढेर गएको हो ।धनेका कुरा सुनेर रामेले, धन्दा नमान सकेसम्म विवाह खर्च पनि मागिदिम्ला भन्यो । छोरी बेच्ने काम त म गर्दिन । गरिब छु तर हरिप छैन धनेले भन्यो । घर सल्लाह त गर्नै प¥यो नि श्रीमती ले के भन्छिन् । हुन्छ ! हुन्छ ! कि मैले नै राखिदिउँ कुरा । पर्दैन म नै कुरा गर्छु । किन दवाव हाल्ने ? धनेले रामेलाई भन्यो । भोली तपार्इँले जवाफ पाउनु हुनेछ । धने निकै चिन्तित मुद्रामा खेतबाट घर आयो । उसको मनमा कौतुहलता उठ्छ बिलाउँछ । घरमा श्रीमतीले खाना बनाएर बसेकी हुन्छिन् । उसलाई खाना खान पनि मन छैन । श्रीमानको चिन्ताजनक अवस्थालाई देखेर श्रमितीलाई पनि खुलदुली उठ्यो तर धैर्यता लिइन् र खाना खान जाउँ भनिन् । खाना खाने काम सकियो । धने बिस्तरातिर लाग्यो । श्रीमतीले खाएका भाँडा माझेर श्रीमानको आडामा गएर बसिन् । बिस्तारै्र दुबैको भलाकुसारी चल्न थाल्यो । धनेले आज एउटा सन्देश आएको छ भनेर श्रीमतीलाई कुरा सुनायो । सुन्तलीले गम्भिर रूपमा के सन्देश होला भनेर कुरा कोट्याई । धनेले अकमकिदै डाँडा घरे साहुले दोस्रो विवाह गर्ने अरे छोरी माग्न पठाएका छन् । सुन्तली झस्किदै भनी छोरा छोरी भै सकेका छन् किन विवाह गर्न प¥यो अरे । घरमा काम गर्ने मानिसको खाँचो भयो अरे विवाह नगरी भएन अरे । रामेले त्यही कुरा लिएर आएको थियो । मैले निधो दिएको छैन । तिम्रो विचार के छ सोधेर भोली कुरा गरौंला भनेर पठाएँ । सुन्तली निकै भावुक भई । आफ्नो घरको स्थिति केलाई, छोरीको विवाहको समय पनि गुज्रदै थियो । घरी घरी सौता माथी छोरी दिने भन्दै झस्किन्थि भने घरी घरी दुई तीन विवाह नभएका घरै थिएनन् । गाउँका धनीहरूले दुई तीन विवाह गरेकै छन् ।सम्पत्तिको रेलोखेलो छ । निकै सोचमा परी । भोली छोरीले दुःख त पाउँदिन हो बुढा ? सुन्तलीको मुखबाट आवाज निस्कन्छ । धनेले पीर मान्न पर्दैन जिउनी लेखाइ दिन्छु पनि भनेको छ । ठीक छ सर्वप्रथम साहुलाई बोलाम र दोस्रो विवाहको कारण सोधौं । त्यत्रो ठूलो मानिसले दिएको बचन निश्चय पनि खेर जाँदैन होला ? छोरी मात्रै खोजेको हो कि सम्पत्ति पनि ? मेरी छोरीलाई भोली कसरी रेखदेख गर्छ । सबै कबोल गराएर मात्र निधो गरौंला सुन्तलीले भनी । मानिस विवसताको दास हो । लामो समय सम्म धने र सुन्तलीले छोरीको विवाहको बारेमा मनन् चिन्तन गरे । विवस परिस्थितिले निम्त्याएको असहजतालाई कसरी पार लगाउने भन्ने चिन्ताले सताउँदा सताउँदै दुबै निदाए ।
म धनेको घरमा पुगें । सुन्तली हुनेवाली सासूले आफ्ना जिज्ञासाहरू राखिन् । मैलै पनि उनको धारणालाई बुझे। उनलाई विश्वास दिलाएँ र मैले दोस्रो विवाह गरें । यसरी दुई विवाह गरे पनि धेरै छोरा छोरी जन्माए पनि हाम्रो उखान नै छ कि बाह्र छोरा तेह्र नाति बुढाको थैलो काँधै माथि । अहिले यही अवस्थामा गुज्रेको छ मेरो जिन्दगी । मनप्रसाद एकोहोरो बोली रहेकोमा उनी बोल्न छाडे र श्यामप्रसादतिर फर्केर मैले सारा जीवन कथा बताउन लागें श्याम भाइ अब तिम्रा कुरा पनि सुनौं न त के छ घरको सन्चो विसन्चो? कसरी चलेको छ जिन्दगी ? भन्दै मनप्रसाद श्यामप्रसादतिर हेर्न थाले ।
के भनौं दाइ जीवनका हरेक कदम संघर्षमा जुटेका छन् । धन हुनेका धन्दा हुन्छन् भने जस्तै म तपाई जस्तो धनी पनि भइन र गरिब नै भनेर खानै नपुग्नेमा पनि रहिन । मेरो जिन्दगी तपाइँको भन्दा निकै फरक छ र मलाई सन्तोष पनि छ । दुई सन्तान ईश्वरको वरदान भने जस्तै धेरै छोराछोरी बनाउने भाग्य मैले पाइन । प्रकृतिले जे जति दिए त्यतिमै सन्तोष लिएँ । हुन त मलाई पनि दोस्रो विवाह गर भनेका थिए । समय त्यस्तै थियो । दुईटी नहुनेलाई नामर्द रहेछ भन्ने चलन पनि थियो । मैले श्रीमती थुपारेर मर्द बन्न चाहिन । कानुनले पनि दुई विवाहमा बन्देज लगाएको पनि थियो । मैले कानुनको पालना गरें । दुई विवाह गर्ने गल्ती गरिन । मानिसले मजाकमा भन्ने गर्दछन् –‘तीन गोरुको हल पक्का दुई जोईको घरपक्का ।’ यतिमात्र कहाँ हो र ‘जस्का छोरा उसको धन, जस्का भैंसी उसको वन ’ । यी सबै उखानलाई मनन् गर्दै समयको परिवर्तनलाई ख्याल गर्दे शनै शनै यी दुबै उखानले पनि बाटो लिइसकेका छन् भन्ने मनमा धारणा पलायो । हामी जन्मदाको समय र हाम्रो यो बृद्धपाको समयमा धेरै परिवर्तन आइसकेको छ । एकातिर युवाहरू विदेश पलायन भएका छन् । खेतबारी बाँझो बन्दै छ । धेरै छोराछोरी हुनेवालाको दुर्गति बढ्दो छ । व्यवस्थापन मिलाउनै गाह्रो । धेरै छोराछोरी भएभने बुढेसकालमा हेरबिचार गर्दछन् । त्यो पनि हुँदो रहेनछ । आज म हजुरको अघि खडा छु । खोइ त तपाइँको भावनालाई कदर गरेको । तपाइँकोमा त कोही न कोही आखिरमा काम लाग्ने जोई र पोइ भन्ने उखानले पनि काम गरेन । दुई दुईटी श्रीमती मर्ने वेलामा साथमा एउटै छैनन् । सुन्छु आमा पाल्नेले पनि बुढ्यौली चाहियो भनेर गन गन सुनाई रहेका छन् अरे । बुढेसकाल निकै कठिन हुँदो रहेछ । मानिस भाग्य मानी तब हुँदो रहेछ । जब घरपरिवार मिलेको होस् । आटोपीठो बाँडीचुँडी खान पाइयोस् । सन्तान धेरै किन चाँहिदो रहेछ र हाम्रो धर्म शास्त्रले नै भनेको छ –१०० मुर्ख सन्तान हुनु भन्दा एक गुणवान पुत्र नै असल हुन्छ । हुन पनि हो । मैले धेरैका छोरा देखेको छु गुणवान छन् कर्मशील छन् मातापितालाई देवता सम्झन्छन् । बुहारी पनि सुशील छन् । बुढाबुढीको सेवा गर्छिन् । छोरीले दिने माया बुहारीले दिन्छिन् । घर नै मन्दिर बनाएका छन् । यस्तै हो दाइ, छोरा बुहारीले पनि धेरै सन्तान जन्माउन चाहँदैनन् । हामी दुई हाम्रा दुई भनाइलाई चरितार्थ पार्दै गएका छन् । कुरा गर्न त धेरै मन थियो तर के गर्ने ? छोरीको घरमा जान हिडेको । जान पनि एक लर्कन नै बाँकी छ । आखिरमा बुढेसकाल निकै कष्टकर हुन्छ । यसलाई सहज बनाउने काम हाम्रो पनि हो । मनकारी छोराबुहारी रोज्नु होस् र मधेसमै झर्नु होस् । ल त दाइ विदा पाम् ....।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।