उसले रुने पनि गरेको छ,
त्यसैले
उसको हाँसो भित्र सँधैं
दौडिरहेको हुन्छ एउटा सपना ।
रुख लडेर बाटो रोकिएको छ
बाँदरहरुको पनि बास लडेको छ,
मान्छेको आश,
आशको मान्छे,
मुढासँगै गलेर बसेको छ।
गल्नु नगल्नु उसकै कुरा हो,
तर उ ढलेको छ,
उ आफैँ जलेको छ।
दौडिरहेको उसको सपनामा
आज त चन्द्रमा उदाउने भनेर
ऊ भरी आकाश कपाल फिजाएर बसिरहिन
माइतीघरको यादले सतायो रे उनलाई
माइती आज यस्तो बेलामा साउती मारिरहेको
“उसको केश भित्र हराई रहेको हुनुपर्छ पुर्णिमा”।
बर्गेन, नर्वे