18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपना

कविता लोक सुब्बा May 3, 2024, 2:57 pm
लोक सुब्बा
लोक सुब्बा

सधैँ सधैँ भय र त्रासका सपना देख्ने आँखाहरुले
सधैँ सधैँ भत्केको सडक्र अस्पष्ट त्यसको गन्तव्यको
सपना देख्ने आशाहरुले,
अस्तव्यस्त जीवनको विरसिला गीत गाउँने मनहरुले,
मिठो सपना पनि देख्नु पर्छ।

खोज त्यसलाई,
आखिर मनहरुले चाहनु न हो,
मीठो र सुन्दर सपना कोरिन सक्छ,
मीठा सपनाहरु
सपनाका भित्ताहरु कुँदिए भने कतै
पक्र,
त्यसलाई बलियो गरि समातेर
सखारै साथै लीई बिउँझनु
त्यो विपनामा फेरिन पनि त सक्छ।

बर्गेन, नर्वे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।