18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हरिलाल सुवेदी बन्धुवृत्त कृतिको छोटो विवेचना

कृति/समीक्षा सदानन्द अभागी May 3, 2024, 2:20 pm
सदानन्द अभागी
सदानन्द अभागी

जि.मु हरिलाल सुवेदी बन्धुवृत्तमा स्मरण ग्रन्थ हो ।यसमा होमनाथ सुवेदी, बुद्धिप्रसाद सुवेदी, गंगाधर सुवेदी, डा. कल्पना सत्याल , कल्पना सुवेदी र नरेन्द्र पौडेलका भावना र धारणा आएका छन् । कृति अन्तराष्ट्रिय साहित्य समाज वासिङगटन डी.सीले प्रकाशन गरेको छ । कृतिको मूल्य नेपाल र दक्षिणपूर्व एसियामा नें रु २०० र दक्षिणपूर्व एसिया बाहिर यूएस डलर १० राखिएको छ । यस कृति सम्बन्धमा होम नाथ सुवेदी लेख्नु हुन्छ–“यसमा लेखकका कल्पनाभन्दा जि.मु. हरिलाल सुवेदीको बन्धुवृत्तमा के कस्तो सम्बन्ध थियो र के कसरी बन्धुको वंशमा उनको वंशबृद्धि भएको छ त्यसको वस्तुगत सूचनाहरूलाई स्थापित गर्ने प्रयत्न गरिएको छ ।”
यस कृतिले समेटेका विषयहरू– जि.मु.हरिलाल सुवेदीको एक ज्वलन्त व्यक्ति र व्यक्तित्वको अवसान शीर्षकमा बुद्धिप्रसाद रेग्मीले उनको जीवनी (जन्म मिति वि.सं. १९७९ वैशाख २१ र मृत्यु मिति जुन १३, २००९)उहाँका पारिवारिक विवरण, राजनैतिक, धार्मिक, सांस्कृतिक,समाजसेवी, कृषि व्यवस्थापन आदि कार्य विवरणलाई प्रस्तुत गर्दै भन्नु हुन्छ–“ जि.मु.हरिलाल एक मानव थिएनन्, महामानव थिए ।” ंगङ्गाधर सुवेदी ले ‘स्व. हरिलाल उपाध्याय मेरो नजरमा’ शीर्षकमालेख्नु हुन्छ –“उहाँको विचार ताकम गाउँलाई म्याग्दी जिल्लाको नै एउटा उत्कृष्ट सबै गाउँ भन्दा सम्पन्न बनाएर देखाउने उद्देश्य थियो ।” जीबाको सम्झनामा शीर्षकमा डा. कल्पना सत्याल लेख्नु हुन्छ–“आपूm चढेका घोडामा आपूm नचढेर रुझेर हिँडी मलाई घोडामा चढाएर ताकम लगेको, बोर्डिङ्ग स्कुलमा हात समाती डो¥याएर लगेको, हाम्रो घर ताकुम, काठमाण्डौ, भैरहवा,र अमेरिका आवत जावत गरेर हामीलाई बढाएको जीवाको त्याग र वलिदान भावी सन्ततिसहित हामी सबैको लागि उदाहरणीय छ ।” जीबा कल्पनाको सम्झनामा शीर्षकमा कल्पना सुवेदी लेख्नुहुन्छ–“हुन त जीवन र मृत्यु जीवनका दुई पाटा भए तापनि मृत्युको बारेमा त्यति कुरा गर्न रुचाउँदैनौं हामी । उहाँको मृत्यु देख्दा मलाई लागिरहेको थियो –उहाँ कति भाग्यमानी आफन्तहरू सबै ओरिपरि माला बनेर बसिरहेका थिए । उहाँको शव वरिपरि पनि प्रकाश छरिरहेको थियो ।” नरेन्द्र पौडेलले हरिलाल दाजुको सम्झनामा शीर्षक दिएर हरिलालसँग मावली जाँदाको सम्झनालाई यसरी पस्कनु भएको छ – “जिम्मुवाल दाजु गाउँ जाँदा “एक पन्थ दुई काज ” हुँदो रहेछ , कहीं तालुकदारी उठाउने, कतै चिना चपेटा हेर्ने, कहीं सत्यनारायणको पूजा गराउने, कहीं श्राद्ध गराउने, कहीं जनप्रतिनिधिको रूपमा विकासका काम गर्ने, योजना तर्जुमा गर्ने ।” बहुआएमिक कर्मका धनी ।
जि.मु.हरिलाल सुवेदी –बन्धुबृत्तमा शीर्षक दिएर यसमा निजका जेष्ठ सुपुत्र होमनाथ सुवेदीज्यूले जन्मदेखि अन्त्य सम्मको विवरणलाई यहाँ प्रष्ट्याउने प्रयास गर्नु भएको छ । जि.मु. हरिलाला सुवेदी आफ्ना नातिनातिना र पनातिका काख र रोहवरमा सबैले हेर्दाहेर्दै एक एक सास गनेर आरामसित जुन १३ , २००९, शनिवारको दिन अमेरिकाबाट नै स्वर्गारोहण हुनु भएको थियो । जि.मु.हरिलाल सुवेदीको पिताको नाम कलाधर, माताको नाम भद्रकला पौडेल सुवेदी, पितामह छविलाल सुवेदी, र बुढीआमाको नाम राधा पौडेल सुवेदी थियो । छविलालकी पहिली श्रीमती सावित्री अधिकारी सुवेदीजीबाट भूमिश्वर जन्मेका थिए । तर उनी रहेनन् । छलिलालका पिता रत्नाखर उपाध्याय र माताको नाम ज्ञानधरा, रत्नाखर भन्दा माथि कालु(कालिदास) र कालुकी श्रीमती मणिदेवी भनी विवरण यहाँ आएको छ । होमनाथ सुवेदीजीले आमा बुढीआमातिरका माता पिताको नाम समावेश गर्नु भएको छ । पुरानो परम्परा अनुसार छोटो नाम (जस्तै कालिदासलाई कालु )लेख्ने परम्परा रहेको विवरण पनि यहाँ होमनाथजीले पस्कनु भएको छ । हरिलाल १२ वर्षको उमेरमा पिता कलाधरको देहावसान भएको, टिका कुमारी गर्भमानै छँदा पिता वितेका कारण भदकला्रलाई ठूलो परिवार चलाउन परेको थियो । यो शीर्षकमा होमनाथजीले घरपरिवार सम्बन्धमा विवरणात्मकरूपमा प्रस्तुत गर्नु भएको छ ।
ताकुम गाउँ – यो गाउँ धौलागिरी पर्वतारोहीको मुख्य बाटोमा पर्ने, मल्ल राजाका ेराजधानी, मगर छन्त्याल थापा र मल्ल राजाको पनि राजधानी रहेको थियो भन्ने भनाइ छ । प्रथम थापा राजा कालु थापा – (वि.सं. १२४६) ले ताकममा राज्य स्थापना गरेका र थापाहरूको राज्यकाल ३०० वर्ष रहेको धारणा यहाँ आएकाृ छ । डिम्बबम मल्लले थापालाई हराएर विशाल पर्वत राज्य स्थापना गरेका थिए र पछि रणबहादुर शाहको पालामा बहादुर शाहले नेपाल अधिराज्यमा गाभेपछि म्याग्दि पनि नेपाल अधिराजयको एक अभिन्न अङ्ग बन्यो । यस लेखमा गौचरनका कुरा, पुस्तकालयका कुरा, हरिलालले स्नान गर्ने पानी पधेंरो ,गाउँ पालिकाको विवरण, ताकमदेखि अमेरिका, अमेरिकाको ग्रीनकार्ड होल्डर, अमेरिकामा पनि कुलदेवता पूजा गर्न मिल्ले धारणा, पूर्णाखर (कान्छा भाइ), स्व.डिल्लीराज उपाध्या( माहिला भाई) परिवारको विवरण, होमनाथ सुवेदीका दुई भाइ छोरा (पुरुषेत्तम सुवेदी र प्रकाश सुवेदी)को कार्य विवरण र पारिवारिक विवरण, होमनाथ सुवेदीका छोराछोरीका विवरण, हरिलाल सुवेदीको दिवङ्गति( जुन १३, २००९), जि.मु. हरिलाल सुवेदीकी धर्मपत्नीको दिवङ्गति (वि.सं. २०५१ मंसिर १४ गते) ताकम नेपालमा भएको, जि.मु. हरिलाल सुवेदीकी छोरीको विवाह मल्लाजका मुकुन्द आचार्यसँग भएर मल्लाजका आचार्य थरमा सम्बन्ध गाँस्एिका कुरा र यिनको सन्ततीको विवरण , जगन्नाथ आचार्यका छोराको विवरण, दया सुवेदीका हजुरबा छविलालका सन्ततीका विवरण, योगनाथ आचार्यको विवाह हरिदेवीसित भएको विवरण, ताकुमका सुवेदीको वंशावली, पुर्खा रत्नाखरको विवरण, पुर्खा हरिलाल उपाध्यायको विवरण, होमनाथ सुवेदीको विवरण, जि.मु. हरिलाल उपाध्या(सुवेदी)को शाखाको विवरण, होमनाथ सुवेदीले आफ्ना पिता जि.मु. हरिलाल उपाध्यायसँग दिसम्बर ९, २००७ को दिन लिएको रत्न वार्ता लापको विवरण जि.मु. हरिलाल सुवेदीका जेष्ठ पुत्र होमनाथ सुवेदीको जीवन विवरण(जन्म अक्टुवर ५, १९४७, ताकम जफीदी, म्याग्दी, नेपाल हाल अगस्त ३०, १९८१ द्येखि ब्रुडब्रिज भर्जिनिया, अमेरिका, पिता जि.मु. हरिलाल सुवेदी, माता तुलसीदेवी सुवेदी, संस्थापक अध्यक्ष अनेसास केन्द्र, अमेरिका,
पुरस्कार अभिनन्दन र सम्मानः “अंकुर”अक्टुवर ५, १९४७, रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४, सूर्यनारायण पुरस्कार गुठी बाट, सूर्यनारायण पुरस्कार २०६२, अनेसास रोहणी शर्मा धवलागिरीबाट आप्रवासका सुसेली कवितासङ्ग्रका लागिअनेसास रोहिणी शर्मा धवलागिरी उत्कृष्ट पुस्तक पुरकार,२००७, लगायत १० पुरस्कार, अभिनन्दन र सम्मान ७, प्रकाशित कृतिहरू (उपन्यास दश, कवितासङ्ग्रह ५, खण्डकाव्य २, महाकाव्ज्य दुई, लोक साहित्य तीन, पत्र साहित्य दुइर्, कथा तीन, समालोचना चार, सम्पादन चार, समूह सम्पादन–९, जसमा लिखित ३१,सम्पादित १३, नेपाली लोक कथा एक –अनुसन्धान, मुक्तक र गजलसङ्ग्रह ३ आदि लगायत जम्मा ४४ कृति प्रकाशन, पुरस्कार, अभिनन्दन र सम्मान ९, पुरस्कार ३०,को विवरण यहाँ प्रस्तुत भएका छन् । होमनाथ सुवेदीको बारेमा धेरै अनुसन्धानपत्र प्रकाशित भएका विवरण यहाँ प्रस्तुत गरिएका छन् । जि.मु. हरिलाल सुवेदीले नातिनातिनीका नाम अमेरिकामा बस्दा व्यवस्थित गरेर राखेको विवरण यहाँ प्रस्तुत भएको पाइन्छ । सागर सुवेदी, कविता सुवेदी, आकाश सुवेदी प्रिया सुवेदी, आलोक सुवेदीहरूको जन्मस्थान, न्वारान्को नाम र बोलाउने नाम यहाँ प्रस्तुत गरिएका छन् ।
जि.मु. हरिलाल सुवेदीकाका माहिला भाइ डिल्लीराज वितेपछि पितृवियोगी छोरा नमराज सुवेदीले पिताको नाममा छपाउन केही श्रद्धाञ्जलिका शब्द कविताको रूपमा लेखिएको दस्तावेजको रूपमा यहाँ प्रस्तुत गरिएको छ ।
डिल्लीराज उपाध्याको विवाह अर्थुङ्गेका सुब्बा हरिदत्त सुब्बाकी जेठी छोरी रुक्मिणीसित भएको र तिनका सन्ततीको विवरण,जि.मु. हरिलाल सुवेदीका कान्छाभाइ पूर्णाखर उपाध्यय सुवेदी वंशजको विवरण, मणिश्वर सुवेदी (पूर्णाखरका कान्छिपट्टीका जेठा छोरा) को विवरण, जि.मु. हरिलाल सुवेदीका ज्येष्ठपुत्र होमनाथको सन्तती विवरण, नन्दादेवी राक्सेको वंश विवरण,हरिलाल सुवेदीका कान्छा छोरा ऋषिनाथ सुवेदीको वंश विवरण, जि.मु.हरिलाल सुवेदीका नाति पुरुषोत्तम सुवेदी र नातिनी बुहारी कल्पना सत्याल सुवेदी र सत्याल परिवारमा कल्पनाको विवाहको वर्णन, कल्पनाका माता पितातिरको विवरणहरू, सत्याल परिवारसँग सम्बन्ध, डा. कल्पना सुवेदीको विवाह वासु सत्याल सँग भएको र सत्यालको वंश विवरण, शिवप्रसाद सत्याल ‘पीठ’ को जीवनी प्रकाशित कृति, जि.मु. हरिलाल उपाध्यायका प्रिय भ्राता बुद्धिप्रसाद सुवेदीको वंश विवरण, बुद्धिका प्रकाशन कृति विवरण, जि.मु. हरिलाल सुवेदीको ताकमका पौडेलसँग बाहुनदाइ र भाइको नाताबाट सम्बन्ध जोडिएको , रत्नाखर उपाध्याएकी छोरी कान्छी सुशीला ताकमका नै रामचन्द्र पौडेलकी श्रमिती र नरपति पौडेलकी आमा भएको विवरणहरू यहाँ प्रस्तुत गरिएको छ ।
जि.मु. हरिलाल सुवेदीकी काँहिली बहिनीकी जेठी छोरी काली बहिनीको विवाह धारापानी, महाजन भीमलाल भीमदेवी पौडेलका साँहिला छोरा डिल्लीराज पौडेलसँग वैवाहिक सम्बन्ध रहेको । रत्नाखर उपाध्ययकी दुर्गा, लक्ष्मण, सुमित्राकाको वैवाहिक र सन्तान विवरण, जि.मु. हरिलाल सुवेदीको सिर्कुमका आचार्य परिवारमा सम्बन्ध र यिनको वंश विवरण, जि.मु. हरिलाल उपाध्य सुवेदी र रुन्माको विवरण, जि.मु हरिलाल सुवेदी मामली बहिनी राधिकाको विवाह रुन्मामा भएको र तिनका सन्तती विवरण । रत्नाखर उपाध्यायका छोरा जेठाको हाँगाको विवरण, जि.मु.हरिलाल सुवेदी कान्छा बुढा हजुरबा श्री कृष्ण उपाध्याय सुवेदीको वंश विवरण, जि.मु. हरिलाल उपाध्यकी जेठी दिदी धनकुमारीको वंश विवरण, जि.मु. हरिलाल सुवेदीकी माहिली दिदी जमुनादेवीको विवाह पाङ खुर्कोट मोहदत्तसित भएको थियो तर भारत गएर विलाएको, साहिँली कालिका दिदीको विवाह राक्से हुमगाई थरका रिजालँग भएको र उनका वंशको विवरण, जि.मु.हरिलाल सुवेदीकी कान्छी बहिनीको विवाह पुलाचौेरका दधीलाल पौडेलसँग भएको र उनको वंश विवरण, जि.मु. हरिलाल सुवेदीका पुर्खाको विवरण,रवि उपाध्याय सुवेदी ताकमको वंश विवरण, जि.मु. हरिलाल सुवेदीकी माता भ्रकला पौडेल सुवेदी माइतितिरका वंश विवरण, जि.मु.हरिलाल सुवेदीकी पुत्रबधू नन्दा देवी र पौडेल सुवेदी (यसमा नन्दा र पौडेल देउपतिको वंश विवरण प्रस्तुत गर्रिको छ ) ।राम प्रसाद सुवेदी –जमुना खर्कका पुर्खाहरू को विवरण ,नन्दका काकाहरूको वंश विवरण, जि.मु. हरिलाल उपाध्याको सम्बन्ध तोरीपानीका भानुभक्त रिजालसित गुरु शिष्यको साथै वैवाहिक सम्बन्धको विवरण । जि.मुचु हरिलाल उपाध्ययकी कान्छीपुत्रबधू खड्गेश्वरी र रेगमीहरूको सम्बन्ध र वंश विवरण ,जि.मु. हरिलाल सुवेदीका साहिंला पितामह र रङ्गनाथ सुवेदीको वंश र ज्ञादिका पौडेलसँगको सम्बन्ध ( यसमा टुहुरी फुपू को विवाह ज्ञादी पर्वत पण्डित थरका नरनाथ पौडेलसँग भएर सम्बन्ध जोडिएको) । जि.मु. हरिलाल सुवेदीकी सानीआमा(छामा) पराजुली ,पातलेखेतको पराजुली कुलसित – (यसमा पनि लामै सम्बन्ध जोडिएको विवरण आएको छ), जि.मु. हरिलाल सुवेदी र कौडिन्य गोत्रीय आचार्य चुवाली सितको सम्बन्ध , पुलाचौर,.( यसमा पनि वैवाहिक सम्बन्ध जोडिएको छ), जि.मु. हरिलाल सुवेदीका दुवै सम्धिनी चुवालीका लक्ष्मीधर आचार्यका छोरीहरू हुन् ), जि.मु. हरिलाल सुवेदीकी,जेठी दिदिको विवाह बलेवा सरङ्गेका डण्डपाणि पौडेल सँग भएको यिनको वंश विवरण , जि.मु.हरिलाल सुवेदीकी धर्मपत्नी,तुलसीदेवी पौडेल सुवेदीका पिता गुणनिधि पौडेल भएको साथै वंश विवरण , जि.मु. हरिलाल र सोमनाथ पौडेल बलेवाको सम्बन्ध पनि वैवाहिक रहेको र यिनको वंश विवरण प्रस्तुत भएको छ । जि.मु. हरिलाल सुवेदीकी सालीको विवाह पाङ,पर्वतका दुर्गादत्त सुवेदीसँग भएको विवरण,जि.मु.हरिलाल सुवेदीकी फुपूसासुको विवाह पाङ्न्वारका कलाधर अर्यालसँग भएको र कलाघर अर्यालका पुर्खाहरूको वंशावली विवरण, जि.मु. हरिलाल सुवेदी र कुश्माका भवानीशंकर पौडेल वैवाहिक सम्बन्ध,नातो सम्बन्धि विवरण यहाँ समावेश गरिएको छ । जि.मु हरिलालका भाईहरू ताकमका खरेली सुवेदीहरू यस शीर्षकमा पर्वत ख¥याहबाट भएका ब्राह्मणतर्फको वंशावली यसमा समेटिएको छ । रामुका पनाती पर्वत ख¥याहाबाट ताकम बसाइ सराई गरेर गएको यिनीहरूको वंशविवरण यहाँ समाबेश गरिएको छ । जि.मु. हरिलाल सुवेदीको ताकुमका पङाली पौडेलको सम्बन्ध पनि ताकुमबाट पाङ्गएर फेरि ताकुम फर्केका ध्र्रुवका सन्तानहरूको विवरण यहाँ प्रस्तुत गरिएको छ । जि.मु. हरिलालको सम्बन्ध तीनाने घतानका सुवेदी टीकानन्दको शाखासँग भएको सम्बन्धलाई यहाँ समावेश गरिएको छ ।टिकानन्दको परिवारिक विवरण, जि.मु. हरिलाल सुवेदी र पुलाचौरका सुवेदीसँग सम्बन्ध र तिनीहरूो वंश विवरण, ताकमका चापागाईसित जि.मु. हरिलाल उपाध्याय सुवेदीको सम्बन्ध र वंश विवरण, जि.मु. हरिलाल उपाध्याय सुवेदीका मीतहरूो विवरण, एस.पी. हरिलाल श्रेष्ठ मीत बुवाको विवरण तमामका मितबुबाका छोरा नभएको कुरा, ताकमका मीतबुबा मु. हेमबहादुर थापा,को विवरण आदि विवरण यहाँ प्रस्तुत गर्रिएका छन् ।
संस्कार त्रय– हामीले जन्मसंस्कार, विवाहसंस्का र मृत्य संस्कार)को पालना गर्दै आएका छौं । संस्कार पालना नगरिने ठाउँमा जि. मु. हरिलालको उपस्थिति हुँदैनथ्यो । विवाहका नियमहरू पालन गर्नु पर्ने, । सपिण्डीमा विवाह गर्न नहुने ।सपिण्डी भन्दा छोरापट्टि ७ पुस्ता र छोरीपट्टि ६ पुस्ता मानिन्छ । तीन डोली काटेको परिवारमा विवाह गर्न मिल्ने भन्ने भनाइ पनि रहेको पाइन्छ ।सगोत्रीमा विवाह गर्न नहुने । भा।द्वाज गोत्रका थरहरू, कौशिक गोत्रका थरहरू,कौडिण्य गोत्रका थरहरू आदि यस कृतिले समेटेको छ ।
परिवेश– यो कृति जि.मु.हरिलालको जन्मस्थान ताकुम या म्याग्दी जिल्लाका विभिन्न स्थान, पर्वत जिल्लाका विभिन्न स्थानहरु, वाग्लुङ जिल्लाका विभिन्न स्थानहरू काठमाडौ, अमेरिका,का विभिन्न स्थानहरूको परिवेशमा लेखिएकाृे जीवनवृतान्त हो ।
भाषा शैली – सरल भाषमा लेखिएको यस कृतिलाई सहजै सबैले पढ्न सक्दछन् ।
निष्कर्ष – यो कृतिले हरिलाल जीवनवृतान्तमात्र नभएर बन्धुवृतसँगको सम्बन्ध र तिनीहरूको वंशबृद्धि कसरी भएको थियो नाताहरू को को थिए । तिनीहरूको विविध थार्थतालाई प्रष्टपारेको छ । जि.मु हरिलाल सुवेदीका जीवनका विभिन्न बस्तुतथ्यमा प्रकाश पारिएको छ । बहुलेखकले सजिएको यस कृतिमा पुरुषको मात्र नभएर नारीका पनि वशवृत्तिलाई यसमा समावेश गरिएको छ । यति गहन तरिकाले विश्लेषण गरिएको जि.मु.हरिलालको वंशजको मात्र नभएर उनका नाताहरू यतिसम्मकी मीतहरूको समेत विवरणलाई समेटिएको देखिन्छ । यस कृतिले जि.मुृ हरिलाल सुवेदीको गहिरो अध्ययन गरेको छ । त्यसोहुँदा जि.मु. हरिलालको बारेम कसैले खोज अनुसन्धान गर्न चाहेमा सहज र उपयोगि बनाइ दिएको छ । उनका योगदानहरू पनि यस कृतिमा समेटिएको पाइन्छ । संस्कारको बारेमा सगोत्रमा विवाह गर्न नहुने कुरालाई पनि यहाँ बताइएको छ । यस कृतिलाई साहित्यकार एवम् जि.मु. हरिलालका ज्येष्ठ सुपुत्र होमनाथ सुवेदीजीले यसरी मूल्याङ्कन गर्नु भएको छ –“ वंशावलीको पक्षबाट अवलोकन गर्दा यो यसप्रकारको कृति प्रथम नै हुन सक्छ, जहाँ मातापिता दुवैको वंशावली समावेश गरिएको छ ।”
यस कृतिमा वंशावलीमात्र नभएर साहित्यकार होमनाथ सुवेदी,नमराज सुवेदी, शिवप्रसाद सत्याल पीठका लेख, कृति विवरण,आदिलाई पनि समेटिएका छन् । कृति अनुकरणीय छ । यस्ता गहनकृति मार्फत जि.मु. हरिलाल सुवेदीजीलाई अमरत्व प्रदान गर्नु हुने सुवेदी परिवार धन्यवादका पात्र हुनु हुन्छ भन्दै विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।