18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मिस कल

लघुकथा उमा सिजापती April 21, 2024, 11:53 pm
उमा सिजापती
उमा सिजापती

"हेल्लो" मैले फोन गरेको दुई घण्टीमा नै उताबाट आवाज आयो। आवाज एकदमै चिनेको थियो।
मैले" नमस्कार" भन्नुसाथ उहाँले पनि मलाई चिनिसक्नु भएको थियो।
अलि कडा स्वरले अतालिएको जस्तो गरेर सोध्नुभयो," यो नम्बर तपाईले कसरी थाहा पाउँनु भयो ?"
" लौ ,यो नम्बरबाट दुईपल्ट सम्म मिस कल आएको थियो। त्यसैले फोन गरेको नि !"
एकछिन मौनता छायो। फेरि उहाँले भन्नु भयो, "ए साच्चै मैले नै गरको थिएँ। कस्तो बिर्सिए छु। "
"यो हजुरको नयाँ नम्बर हो ?"
" हैन नि ! यो मेरो श्रीमानको नम्बर हो।

बेलबारी ४, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।