भरखर बाह्रखरी मात्र सिकेको,
पाटी र एक टुक्रा खरी बोकेर मायालु पाराले बसेको
यौटा सानु नानीलाई मैले
भविष्य कोर्न लगाएँ।
उनले बडो अप्ठ्यारो मान्दै केहि किरमिर गरेर देखाए,
देखाए पढ्नै नसकिने किरमिरे भावरेखाहरु,
बुझ्ने नसकिने
अन्योल रअस्पष्ट बक्ररेखाहरु !
निकैबेर नियालेर हेर्दा
उसका आँखाका गहिरो दह जस्तै पाटीमा
तिनै अन्योल र अस्पष्ट बक्ररेखाहरु भित्र
प्रतिबिम्बित देखियो उसको किरमिरे भविष्य,
उसको भविष्य
बिगतको प्रतिबिम्ब।
उत्सुक मेरा आँखा नियाल्दै
उसले कलिला हात वडाई रह्यो,
मेट्दै कोर्दै
मेट्दै कोर्दै किरमिरे रेखाहरु
बिगतका बिम्ब,
अनि मेट्दै कोर्दै
मेट्दै कोर्दै रहरलाग्दा
सजीव सुन्दर रेखाहरु
भविष्यका।
नर्वे