डिल्लीराम मिश्र ‘कलमजीवी २०१५ साल चैत १५ गते भानु नगरपालिका–११, केवरेपानी तनहूँ, गण्डकी अञ्चलमा बुबा स्वर्गीय छविलाल मिश्र र आमा चित्रमाया मिश्रको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मनु भएको हो । सानैदेखि बिलक्षण प्रतिभाका धनी डिल्लीराम मिश्र भावुक र जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । साहित्यबाहेक सबै क्षेत्रमा उहाँ रुची राख्नुहुन्छ । उहाँले नेपालका चार दर्जन जिल्लाहरुको भ्रमण गरिसक्नुभएको छ, नेपालसहित चीन र भारतका केही भूभागको भ्रमण गरिसक्नुभएको छ । साधारण खानपान र साधारण परिवेश मनपराउने उहाँ उच्च बिचार प्रतिको धारणा राख्नुहुन्छ । हाल उहाँ काठमाडौंको एकलटारमा बसोबास गर्दै आउनुभएको छ । साहित्य बिधामा इच्छुक नहुँदो हो त म पनि कतिपय लेखकहरुका बारेमा जानकारी बिहिन हुने थिएँ । लेखकहरुका बारेमा चासो राख्ने क्रममा मैले डिल्लीराम मिश्रलाई करिब पाँचबर्ष अघि चिन्ने मौका पाएकी थिएँ उहाँ मेरो लेखनयात्राको प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँ अनुशासित, काममा सर्मिर्पत दक्ष, असल, भलादमी र इमान्दार नेपाल र नेपालीको शान हुनुहुन्छ । लगभग ३५ बर्ष लामो नेपाल सरकारको निजामती सेवाबाट अवकाश पाएपछि उहाँ साहित्यप्रति अझ बढी उर्जाशील रहेको तथ्य उहाँका निरन्तर प्रकाशित लेखरचनाहरुनै साक्षी रहेका छन् । निरन्तर रुपमा पुस्तक र लेखहरु लेखिरहने भएकोलेनै होला सायद उहाँ साहित्यिका कलमजीवी उपनामले चिनिनुहुन्छ यस्तोलाग्छ लेखेरनै समयको सक्दो सदुपयोग गरिरहनुभएको छ । उहाँका लेखरचनाहरु अटुट रुपमा छलाङ मार्दै बिभिन्न किताब तथा पत्रिकाहरुमा संप्रेषण भएको देख्दा म पनि अचम्मित भएकी थिएँ । यति धेरै लेखहरु लेख्नु हुन्छ फुर्सद चाहीँ कतिखेर निकाल्नु हुन्छ जस्तो भान हुन्छ ।
नेपालमा लुकेर बसेका र नेपालीहरुले बिर्सन खोजेका कृति समीक्षा, इतिहास, ब्यक्तित्व, जीवनी एवम् समालोचना आदिआदि राष्ट्रियस्तरका लेखहरु लेखेर नेपालको पहिचानलाई पुर्नजीबित गर्नुभएको छ । यती मात्र नभई मुक्तक तथा कविता लेखनमा पनि उत्तिकै निपूर्ण ब्यतिmत्व हुनुहुन्छ । डिल्लीराम मिश्रको प्रारम्भिक शिक्षादिक्षा आफ्नै जन्मथलो तनहुँबाट भएको र एस.एल.सी.श्री शान्ति माध्यमिक बिद्यालय कुन्छाबाट सम्बत २०३२ सालमा उतीर्ण गर्नु भएको हो । उहाँको शैक्षिक योग्यता एम.ए.समाजशास्त्रीय अध्ययन, बि.कम., बि.एड्.हो जुन त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्दछ ा डिल्लीराम मिश्रको लेखनयात्रा संवत २०३२ सालबाटै शुरु भएको हो । नेपालको बिबिध क्षेत्रमा बिगत २०३५ सालदेखि हालसम्म नेपाली बाङ्मयको बिबिधतामा प्रायःजसो राष्ट्रियस्तरका पत्रपत्रिका स्मारिका र स्मृतिग्रन्थहरुमा प्रकाशित उहाँका फुट्कर लेख–आलेखहरुको सङ्ख्या १५०० भन्दा बढी रहेको छ, जसको अनुमानित पृष्ठसङ्ख्या ५००० भन्दा बढी रहेको छ । नेपाली भाषासाहित्य लोकसाहित्य, इतिहास संस्कृति तथा वाङ्मयिक अध्ययन लेखन बिधामा उहाँ पोख्त हुनुहुन्छ । डिल्लीराम मिश्र नेपालकै एक दक्ष लेखकमा पर्नुहुन्छ भन्ने कुरा हामी सबैले हेक्का राख्नु पर्ने बिषय हो । उहाँको पहिलो पुरस्कृत रचना आजको मानव के चाहन्छ ? यो बिचित्रको संसार शीर्षकृत निबन्ध श्री शान्ति हाइस्कूल कुन्छा लमजुङ्द्वारा बि.सं.२०३२ सालमा आयोजना गरिएको माध्यमिक बिद्यालयस्तरीय साहित्यसम्मेलनमा प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यस्तै पहिलो प्रकाशित रचना आधुनिक युगमा नेपाली साहित्यको देन, शीर्षकृत आलेख २०३६ हो, जुन सरस्वती बहुमुखी क्याम्पसद्वारा सरस्वती सामयिक मुखपत्रमा प्रकाशित भएको छ । त्यसैगरी रेडियो नेपालबाट मेरो निरर्थक साँझ शीर्षकृत पहिलो कविता साहित्यसंसार कार्यक्रम मार्फत २०४३ बैशाख १ गते दाहाल यज्ञनिधिद्वारा प्रसारित गरिएको थियो ।
काठमाडौं
डिल्लीराम मिश्रका प्रकाशित पुस्तक
१ चिन्तन मनन अनुसन्धानात्मक विश्लेषण २०४३
२ नेपाल अधिराज्यमा तनहूँ २०४५
३ नेपालको प्रजातान्त्रिक आन्दोलन २०४७
४ नेपालको निर्वाचन इतिहास २०४८
५ नेपाली प्रतिभा र पुरस्कार २०५०
६ सम्झना बिर्सना मुक्तक–कवितासङ्ग्रह २०५१
७ आदिकवि भानुभतm स्मृति पुरस्कार स्मारिका २०५१
८ कविकेशरी तीर्थराज पाण्डे र उनको उपदेशमञ्जरी २०५२
९ नेपाल अधिराज्यमा तनहूँ, दोस्रो संस्करण २०५७
१० नेपालको प्रजातान्त्रिक विकासक्रम र काठमाडौं उपत्यकाको निर्वाचन २०६०
११ युवावर्ष मोतीपुरस्कार ः सर्जक र सिर्जना २०६६
१२ यदुनाथ खनालका समालोचना, २०६८
१३ नेपाली पुरस्कारको इतिहास २०७३
१४ यात्रा जारी छ, मुक्तकसङ्ग्रह २०७४
१५. शब्दविम्बमा कवि लालगोपाल सुवेदी २०८०
डिल्लीराम मिश्रका लेखन तथा सम्पादन
१ भानु स्मारिका अङ्क १–३ वर्ष २०६२–२०६४ भानु जन्मस्थल विकास समिति
चुँदीरम्घा
२. राष्ट्रिय माध्यमिक विद्यालय स्वर्णमहोत्सव स्मारिका, २०७१ मयाखु तनहूँ
डिल्लीराम मिश्रको कृतित्व मूल्याङेकन २०५२
१. डिल्लीराम मिश्रका बारेमा डा. अजयकुमार रेग्मी द्वारा लेखन तथा सम्पादन
२. कान्ताकुमारी पोखरेलद्वारा डिल्लीराम मिश्रको जीवनी, ब्यक्तित्व र कृतित्वको
अध्ययन, २०६८ एम.ए. नेपाली शोधपत्र पूर्णाङ्क १०० नेपाली केन्द्रीय बिभाग त्रिभुवन विश्वविद्यालय, किर्तिपुर
पुरस्कार तथा सम्मान
१ साहित्यसम्मेलन प्रतियोगिता पुरस्कार २०३२
२ कलेजस्तरीय कविताप्रतियोगिता पुरस्कार २०३७
३ शैक्षिक उन्नयन पुरस्कार २०३४
४ रत्न–श्रेष्ठ पश्चिमाञ्चल पुरस्कार २०५१
५ युवावर्ष मोतीपुरस्कार २०५२
६ रामप्रसाद खनाल साहित्यपुरस्कार २०५३
७ गद्दी–आरोहण रजतमहोत्सव पदक २०५३
८ प्रशंसापत्र २०५३
९ राष्ट्रिय प्रतिभा पुरस्कार २०५५
१० गाउँसेवा सम्मान २०५८
११ तन्नेरी प्रतिभासम्मान २०५८
१२ प्रेमदत्त–गोमा त्रिपाठी स्मृति वाङ्मयसम्मान २०६६
१३ निर्मलादेवी गौतम प्रतिभापुरस्कार २०६६
१४ पण्डित होमनाथ सुवेदी स्मृतिपुरस्कार २०६६
१५ पहलमानसिंह स्वाँर साहित्य प्रतिभासम्मान २०६७
१६ तनहूँ महोत्सव सम्मान २०६७
१७ महाँमण्डल साहित्य सम्मान २०६८
१८ सम्मानपत्र २०७०
१९ सम्मानपत्र २०७०
२० आवँुखैरेनी वाङ्मय पुरस्कार २०७१
२१ जनमत जनकसेवा सम्मान २०७१
२२ दामोदर पुडासैनी प्रतिभासम्मान २०७२
२३ क्षेत्रप्रताप साहित्य स्मृतिपुरस्कार २०७४
२४ राजकृष्ण कडेल साहित्य पुरस्कार २०७४
२५ बाबा ओमवीरसिंह बस्न्यात प्रतिभा पुरस्कार २०७४
२६ अमरबहादुर घले साहित्यिक पुरस्कार २०७४
२७ ज्वालाप्रसाद पोखरेल प्रतिभापुरस्कार २०७४
२८ गाउँसेवा विशेष पुरस्कार २०७४
२९ स्रष्टासम्मान, २०७५
३० आदिकवि स्मृतिसम्मान २०७५
३१ आरपी शर्मा तन्नेरी विशिष्ट कृतिपुरस्कार २०७५
३२ कदरपत्र २०७५
३३ खिलशर्म– राजीवलोचनजोशी स्मारकपुरस्कार २०७५
३४ रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७५
३५ सम्मानपत्र २०७६
३६ शव्दयात्रा अनुसन्धानसम्मान २०७६
३७ सम्मानपत्र २०७८
३८ सम्मानपत्र २०७९
३९ सम्मानपत्र २०८०
संस्थागत संलग्नता
१ निर्वाचित सदस्य, नेपाल निजामती कर्मचारी संगठन २०४८ काठमाडौं
२ संस्थापक, आदिकवि भानुभक्त स्मृतिपुरस्कार २०४९
३ संस्थापक, भद्रकुमारी लोकगायन पुरस्कार २०५०
४ सदस्य, राष्ट्रिय साहित्यसम्मलेन तयारी मूलसमिति २०५३, तनहूँ
५ सदस्य, नूर–गङ्गा प्रतिभापुरस्कार मूल्याङ्कन छनोट समिति, २०५६ काठमाडौं
६ सह–सचिव, देवघाट क्षेत्र विकास परिषद् २०५७ तनहूँ
७ सदस्य, भानु जन्मस्थल विकास समिति, तनहूँ २०६१ र २०६३ सालमा संस्कृति
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा मनोनयन
८ सदस्य, युवावर्ष मोतीपुरस्कार मूल्याङ्कन छनोट समितिमा, २०६३, २०७५ र २०८०
सालको लागि राष्ट्रिय युवासेवा कोषद्वारा मनोनयन
९ सदस्य, नूर–गङ्गा प्रतिभापुरस्कार गुठी, साधारणसभा २०६६ सालदेखि निरन्तर
१० सदस्य, श्री शान्ति उच्च माध्यमिक विद्यालय समाज समिति कुन्छा २०७२
११ सदस्य, राष्ट्रिय विभूति अमरसिंहथापा प्रतिष्ठान, काठमाडौं २०७३
१२ संस्थापक सदस्य, मञ्जुश्री साहित्यिक समाज रानीबन २०७३
१३ आजीवन सदस्य, जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा २०७३
१४. संस्थापक, चित्रमाया छविलाल मिश्र छात्रवृत्ति पुरस्कार २०७३, मयाखु तनहूँ
१५. संयोजक एवम् सख्खाहकार क्षेत्रप्रताप साहित्य स्मृतिपुरस्कार २०७५ सालदेखि
निरन्तर
१६ संस्थापक, नेपाल अधिराज्यमा तनहूँ कृर्ति वाङ्मय पुरस्कार २०७९
१७ आजीवन सदस्य, पद्य पुस्तकालय बन्दीपुर २०८०
झन्डै ३५ वर्ष लामो नेपाल सरकारको निजामती सेवाबाट निवृत्त नापी बिभाग
स्थलरुप नापी महाशाखा २०३४ चैतदेखि २०७० चैतसम्म
बिद्यालय जीवन भनौ वा सानै उमेरदेखि कलम चलाउने खुबीले डिल्लीराम मिश्रको मिहिनत र लगनशीलता आज एक प्रतिष्ठित राष्ट्रको गहनाको रुपमा स्थापित भएको छ । आफू मात्र नभई अरुलाई पनि लेखनमा हौस्याउने उहाँको प्रशंंसनीय ब्यहोरादेखि जो कोही पनि नतमस्तक हुन्छन् । एउटै ब्यक्ति थुप्रै बिधामा स्तरीय तवरले अघि बढ्नसक्नु चानचुने कुरा पक्कै होइन । डिल्लीराम मिश्रका थुप्रै स्तरीयरचनाहरु पढेर आँखामा कैद गरें जब मैले उहाँको प्रतिभाक्षमता राष्ट्रको लागि सम्मानयोग्य गहनाको रुपमानै पाएकी छुँ । सरल भाषित उहाँका पुस्तकहरु नेपालका प्रायः किताब पसलहरुमा पाउन सकिन्छ त्यसैले डिल्लीराम मिश्र कलमजीवीका पुस्तकहरु पढ्ने मौका नगुमाउन अनुरोध गर्दछु ।