मन सिन्को जस्तो न हो
सानो झट्काले पनि भाँचिन सक्छ,
भाँचिएको मन त्यसै विषाक्त हुन्छ
विषाक्त मनमा अझ विषालु नशा थपिदा
मनस्थिति
असनका साँझका सब्जी खरिद गर्ने भीड जस्तै
खलबल, सलबल,
झनै नशालु,
सीमाहीन !
तिम्रो आवश्यकता
विवशताले रंगिएका बाध्यता न हो।
त्यै आवश्यकता
जहरिला सपना पिएर
प्रतिघात गर्छ तिम्रा जिजीविषाहरु माथि।
नर्वे