वायुको मिठो सुवास सँगसँगै
हृदयको ढुकढुकी बनेर
धड्कनको चालहरुमा
म स्वास बनिरहेकी हुन्छु ।
युगौं पछिको पत्र सम्झनु
या सामीप्यताको गहराइ
हर कठिन घडीमा पनि
तिम्रो समीपमा ररिहन्छु ।
नछोइ स्पर्शको कल्पनामा डुबिरहने
मनका छालहरु छचल्किँदा
दुई बगरलाई देखादेख गराउने
नदीलाई सलाम ठोक्न मन लाग्छ ।
कोसौं पर हिँडेका पाइलाका डोबहरु
सँगै बिताएका स्वर्णिम पलहरु
स्वर्गद्वार पुगेको अनुभूत भाव
तिम्रो सामीप्यको कल्पनाहरु
हुरीले उडाइ लगेको पतिङ्गर सरी
अलप तिम्रो भौतिक शरीरमा
अन्जानै अदृश्य बास गरिरहने
उच्श्रृंखल मनका बेहोसी तर्कनाहरु
टहलिरहँदा
धुवाँको मुस्लोहरु बादलका धब्बा बनेर
हावा सँगै उडेर बिलिन भई दिँदा
ग्रीष्मको घाममा हिमाल रोइ रहँदा
हिउँदका नदीले कोल्टो फेर्न नसक्दा
ऋतुराजको घाम पनि घमाइलो नलाग्दा
स्वच्छन्द
बहक रहने तिम्रो मस्तिष्कलाई
कसरी उथल पुथल गर्न सक्छु र !
परन्तु
संसार उज्यालो देख्छु तिम्रो परिकल्पनामा
मौलााउन खोज्छन् पुनः
अभिलाषाका सान्त्वनाहरु
अस्तब्यस्त मांसपेशीहरु
जुरमुराएर परेड खेल्न खोजे झै
लाामबद्ध सिपाहीलाई तह लाउन खाजे झै
नछोई स्पर्शमा तरङ्गित हृदयका भावहरु
अटुट तिम्रो सामीप्यको आश्रयमा बास गरिरहेकी हुन्छु ।
काठमाडौं