मानिसहरु विभाजित छन्
पक्ष र विपक्षमा
आ-आफ्नो सुविधा अनुसार
कसैलाई लाग्छ
उ निर्दोष छ
र, उसको बचाऊ गर्छन
अर्कोतिर उभिने मान्छे भने
उसलाई नै दोषी ठान्छन
र, बिपक्षमा लाग्छन
कोही मौन पनि छन
अर्थात, उनीहरुलाई केही सरोकार नै छैन
किनकी उनीहरुलाई
लिनु पनि छैन र दिनु पनि छैन।
उ भन्छ
मलाई थाहा छैन
म जान्दिन
सबैले बुझेको कुरा हो
उसले हैन
नियम र कानूनले जान्ने हो
पदले बुझ्ने हो
नैतिकताले स्वभामानी हुने हो।
आखिर सत्य एक हुन्छ
कानून समान हुन्छ
निष्पक्ष हुन्छ
र, अन्धो हुन्छ
मान्छे जस्तै समय र परिस्थिती अनुसार
कानूनले ब्यबहार गर्दैन
र, गर्नु पनि हुँदैन
दोषी र निर्दोषी छुट्याउन सक्छ
पर्खनु र हेर्नु मात्रै पर्छ
समय बलवान हुन्छ।
डार्टफोर्ड, बेलायत।