जबसम्म शरीरमा प्राण रहन्छ, निरन्तर हिडिरहनु नै जीवन हो । जीवनलाई कहिले रहरले हिड़ाउँछ, कहिले करले । कहिले हाँसोको फोहोरामा त कहिले, आँशुको धारामा, मृत्यु पर्यन्त यसरी अनिवार्य रूपमा सत्यसित मान्छे हिँड़ेको हुन्छ । गन्तव्य कहाँ छ यही अनिश्चितता नै मान्छेको बँचाईका वास्तविक बँचाईहरू हुन् ।
नेपाली भाषा साहित्य जगतका लियोनार्डो-डा-भिन्सि मानि लिएका डिगबोइ आसामका बासिन्दा युद्धवीर राणा एकजना बहुआयमिक व्यक्तित्व हुनुहुन्छ । उनी जाँगरिला एंवम उर्वरशील साहित्य, संगीत, कला जगतको एक चम्किला नक्षत्र हुन् । उनले जीवनका लम्पसार बाँझो बारीहरू खनखान गरेर समाधानका बिरुवा लगाएर सुनको बालामा कला नामको खेती लगाएरका एक पौरखी पुरूश हुन् उनी ।
यस्ता पौरखी पुरूषको जन्म सन् १९४१ को १७ नोभेम्बरमा पिता स्व० लालसिंह राणा अनि माता स्व० वाणी राणाको कोखबाट जन्म ग्रहण गरेका हुन् । उनीले सन् १६५० देखि डिगबोइ स्थित नेपाली माध्यमको नेपाली एम. ई. पाठशालामा प्राथमिक शिक्षा आर्जन गर्दै सन् १६६१ सालमा डिगबोइबाट उच्च शिक्षा हासिल गरेका हुन् ।
सन् १६६२ देखि उनी नेपाली माध्यमको पूर्वान्चल विद्यालयमा शिक्षक पेशामा लागे । सोही विद्यालयमा सुदीर्थ उनचालिस बर्ष शिक्षा दान गरेर २००२ मा सेवा निवृत भए ।
अल्पसंख्यक नेपाली भाषीहरू भएको स्थानमा नेपाली भाषा साहित्यको उध्यापन गर्नु लरतरो काम होइन तर युद्धवीर राणाले उक्त काममा तनमन लगाई आफूलाई नेपाली भाषा, साहित्य, कला, संगीतको विकाश पथमा समर्पित गरि विभिन्न विधामा कलम चलाएर, कलाको उध्यानमा मलजल गरि साहित्यिक माली बन्नु सक्नु भयो ।
युद्धवीर राणाले १६६५ सालदेखि नै साहित्यमा प्रवेश गरेका हुन् । उनका कथा कविता र नाटकहरू - युगरेखा, उषा, हाम्रो ध्वनि, ज्वाला, रत्नश्री इत्यादि उनका कृतिहरू हुन् । यी बाहेक धेरै पत्र-पत्रिकामा उनका सृजनाहरू प्रकाशित भएका छन् ।
“चिहान नपाएका तकमाहरू” (लामो कविता)-ले राणालाई एकजना कविको रूपमा प्रतिष्ठित गराएका छन् । सन् १६७६ देखि असममा शुरू भएको “विदेशी नागरीक हटाऔं” आन्दोलनले असममा युगौंदेखि बसोबासो गर्दै आएका रैथने नेपालीहरूको घड़ेरी हल्लियो । उनीहरूको अनुहारमा पीड़ा र त्रासको भाव छर्लङ देखियो । यसरी आफ्नो परिवारहरूको दयनीय स्थिति देखेर राणाको कविसत्ता जाग्यो अनि उनले कलमको हतियार उठाए ।
राणाले आफ्नो कृति “चिहान नपाएका तक्माहरू” नामक कृति तयार गरे । यहाँ जस्ताको त्यस्तै राखेको छु – पृष्ठ ८
“हामीले मान थपाई अपमान पायौं
ज्यान लड़ाई बदनाम पायौं
जित्दा जित्दै हार खायौं मार खायौं
हाम्रो आत्म बलिदानको
ठूलो उपहार पायौं ।“
प्रस्तुत कविताका हरफरहरूमा वैयक्तिक अनुभूतिका प्रवाहमा ओतप्रोत छन् । भावनाको उच्छाल कहिले अडकुशका मुट्ठीबाट केही कण त छुटिन्छ नै । फुस्कोस वा बाँधियोस – कवि आफ्नो लेखनमा मुक्त छन् । यस्ता बलिया कविताले पाठकको हृदयलाई आवश्य हुन्छ नै । कविता पनि अनेक विधिका हुन्छन् कति वाक्यका कविता हुन्छन् कति तर्कका कविता हुन्छन्, कति हावामा मृदु मुस्कानका कविता हुन्छन् । आ-आफ्ना रीति र थितिले कविताहरू लेखिन्छन्, मन पराइन्छन् । कवि राणाले सरल कुराकानीको नाटकीयभित्र हठात गम्भीर वैचारिकता पस्कन सक्छन् ।
युद्धवीर राणाका कविताहरूमा ब्यङग्य र आक्रोशहरू पनि पाइन्छ । युगका अभिव्यंजनाहरूको अभिव्यक्तिको साथमा अनुभव, बिचार, दर्शन र राष्ट्रिय चेतनाका केही लक्षणहरू सुन्दर भाव र शैलीहरू बाटिएको पाइन्छ । उनका कविताहरू सबै पठनीय र मनन योग्य छन् ।
राणाले आफ्नो सृजनाहरूले नेपाली भाषा साहित्यलाई गच्छे अनुसारले निरन्तर सक्रिय रहेर योगदान पुश्याउने बहुप्रतिभाका धनी मान्न सकिन्छ ।
सन् १६५२ तिर दोनो कक्षाको छात्र छँदै बाल-कलाकारको रूपमा युद्धवीर राणालाई नाटकको मंचमा उभ्याउने व्यक्ति थिए डिगबोइका कलाकार स्व० लिलाराम राणा । सोही समयमा गुरूआमा पुष्प शाहीको निदेर्शनमा उनले हास्य कलाकारको रूपमा आत्म-प्रकाश गर्ने मौका पाए । सन् १६५८ तिरदेखि डिगबोइ टोपला बस्तीको श्री श्री विष्णु मन्दिरको रंगमंचमा विभिन्न उपलक्ष्यमा नाटक खेलिन्थे। ती नाटकहरूमा युद्धवीर राणा कहिले नायक कहिले खलनायक त कहिले हास्य अभिनय गरेर दर्शकलाई मोहित पार्थे । स्व० हरिभक्त कटुवाल र भाविलाल लामिछानेका कति नाटकहरू यस प्रकार छन् – “साहु”, “सीताहरण”, “रिहर्सल”, “बलिदान”,- स्व० हरिभक्त कटुवालका नाटकहरू, “रातका एक प्रहरः”, “एक टुक्रा जिन्दगी”, “पागल”, “लाहुरे भाई”, “तिहारको टीका” भविलाल लामिछानेका नाटकहरू स्व० लीलाराम राणा र पुष्पा शाहीको प्रेरणामा युद्धवीर राणा एकजना कुशल अभिनेताको रूपमा प्रतिष्ठित छन् ।
ललित कलामा पनि युद्धवीर राणाको कलिलो उमेरदेखिनै रूची थियो । रूखका ठूटा, हाँगा, जरा आदि काटेर, ताछेर विभिन्न प्रकारका आकृति बनाउँथे । त्यसरी नै माटोको मूर्ति, सिमेन्टको मुर्ति बनाउनमा पनि उनी सिपालु भए । चित्रकला, काष्ठकलामा राणाले निरन्तर साधनाको फलस्वरूप केही अमर सृष्टि सृजना गरेका छन् । डिगबोइ, दुलियाजान रामपुर पाठ गाउँ काठमाण्डौं आदिमा राणाले उनको ललितकला प्रदर्शन गरेर प्रशंसा कमाएका छन् । सन् १६६६ मा काष्ठकला प्रतियोगितामा राणा असमभित्रमा प्रथम भएका हुन् ।
२६.०६.२००२ मा डिगबोइ श्री श्री विष्णु मन्दिर परिसरमा भनुभक्त आचार्यको पूणांग शालिग अनावरण समारोह सम्पन्न भयो । यो कार्य सम्पन्न गराउनु भयो साहित्य अकादमीका उपसचिव डा० रणजीत शाहाले । युद्धवीर राणाद्वारा निर्मित यो शालिग असमवासी नेपालीहरूको अस्मिताको प्रतिक बनेको छ भने यसले समग्र कलाकार राणाको अद्भूत कलाकारिता इतिहासमा दृष्टि कर्मको हिसाबले साक्षी बनेर रहनेछ । यस्ता बहुआयामी प्रतिभाका धनी व्यक्तित्व साहित्यकार कलाकार, मूर्तिकार, नाटककार साँचो अर्थमा साहित्यका अनन्य साधक हुन्, एकजना अथक उपासक हुन् ।
यस्ता सर्जक श्री युद्धवीर राणाको साहित्य सृजना यात्रा निरन्तर प्रवाहमय बनिरहोस् । उनीभित्रको जुझारू, इमान्दार र साहित्य उध्यमी व्यक्तिलाई सँधै प्रणाम गर्छु, अशेष शुभकामना साथै सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दछु ।
नागरी फार्म चियाबारी, दार्जीलिङ