17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रिना सुब्बाकृत ‘परिवर्तित अनुहार’ नारी स्वतन्त्रताको शङ्खघोष

कृति/समीक्षा कृष्ण प्रधान December 20, 2023, 1:30 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

परिचयाङ्कन –
दार्जिलिङ जिल्लाको खरसाङ महकुमा अऩ्तर्गत मकैबारी चिया कमान थापाथली गाउँकी भूमिपुत्री, हाल कदमतला (सिलिगुड़ी)-मा अस्थायी रुपमा बसोबास गर्दै गरेकी रिना सुब्बा तीन तीनवटा उपन्यासकी धनी हुन् । भा.रतीय नेपाली उपन्यास फाँटमा उपन्यास लेखनमा खड़ेरी परिरहेको बेला तीन तीनवटा उपन्यास प्रदान गरेर भारतीय नेपाली उपन्यास फाँटलाई उर्वर बनाउन हुटहुटिरहने उपन्यासकार रिनालाई सोह्र आनामध्ये बारानाले पनि चिन्दैनन्...चिन्ने कोशिष पनि गरेका देखिँदैन । सन् २०१९ मै एक-एक महिना अघि पछि गरेर ‘ममता’ र ‘भोलिको दिन’ अनि २०२३ मा ‘परिवर्तित’ गरी तीन-तीनवटा उपन्यास भारतीय नेपाली आख्यान वेदीमा चढ़ाइसक्ने उपन्यासकार रिना सुब्बालाई चिन्ने / चिनाउने प्रयास आजसम्म कसैबाट भएको थाहा छैन । यसको कारण कि चाहिँ उपन्यासकार रिना सुब्बा प्रचार प्रसारदेखि टाढ़ा रहन चाहन्छिन् कि चाहिँ चाहँदा चाहँदै पनि उनलाई चिनाउने प्रयास नै नगरेका हुन् । कारण नेपालका उदीयमान साहित्यकार नन्दु उप्रेतीले राजकीय प्रज्ञा प्रतिष्ठानको अनुबन्धमा ‘नेपाली लघू उपन्यासको सर्वेक्षण’ विषयमा अनुसन्धनात्मक ग्रन्थ तयार पार्ने क्रममा उनले भारतीय नेपाली लघु उपन्यासबारे पनि आफ्नो कृतिमा अँटाउने योजना गरेको हुँदा भारतका केही प्रख्यात साहित्यकारलाई लघु उपन्यासको नाम, उपन्यासकार, प्रकाशनकालबारे सोधिपठाएका थिए । तीमध्ये म पनि एकजना हुँ । नन्दु उप्रेतीको अनुरोध स्वीकार्दै मलाई थाहा भएका वा मसित भएका नेपाली लघु उपन्यास, उपन्यासकार र प्रकाशनकाल सङ्ग्रह गरी पठाएँ...सो अनुसन्धनात्मक ग्रन्थ प्रकाशित भइसकेको छ । खरसाङका कतिपय साहित्यकारहरूलाई खरसाङबाट लेखिएका लघु उपन्यास र उपन्यासकारबारे सोधखोज गरेँ....तर अन्य लघु उपन्यास र उपन्यासकारको नाम प्राप्त भए पनि रिना सुब्बाको लघु उपन्यास ‘ममता’बारे कसैले केही जानकारी दिएनन् । यसैकाराण नन्दु उप्रेतीको भारतीय लघु उपन्यासबारे लेखिएको उक्त अऩुसन्धनात्मक ग्रन्थमा लघु उपन्यासकार रिना सुब्बाको ‘ममता’ले ठाउँ पाउन सकेन । यस्तो विशाल र महत्त्वपूर्ण अनुसन्धनात्मक ग्रन्थमा रिना सुब्बाको लघु उपन्यास ‘ममता’ले ठाउँ नपाउनुमा दोष कसको ? यसको उत्तर मसित छैन ।
जे होस्, एउटा कुरा स्वीकार्नुपर्छ, रिना सुब्बा गहिरो समुद्रमा विस्तार बग्ने पानी हुन् । पिता कमल सुब्बा अनि माता शशीमाया सुब्बाको कोखबाट जन्मेकी शान्त, सौम्य स्वाभावकी रिना प्रचार-प्रसारको मोहमा नफँसी आफ्नै धुनमा उपन्यास सिर्जना गर्ने प्रतिभाशाली स्रर्जक हुन् । उत्तर बङ्गाल विश्वविद्यालयमा एम. ए. लगायत नेट अनि बी एडसम्म छिचोल्नु मात्र होइन भारत स्काउटस् एण्ड गाइडसमा पश्चिम बङ्गालका माननीय राज्यपालको बाहुलीबाट राज्य पुरस्कार समेत हत्याएर भारत स्काउट्स एण्ड गाइडस खरसाङलाई विश्व स्काउटस् एण्ड गाइडसको मानचित्रमा गाभ्ने रिना गोर्खा जातिका गौरव हुन् ।

‘परिवर्तित अनुहार’ - सङ्क्षिप्त कथा –

“छोरी मान्छे अर्काको भित्ता टाल्ने जात ।” (पृष्ठ सङ्ख्या ३७)
आमाको संवाद मार्फत् आरम्भ गरिएको यस ‘परिवर्तित अनुहार’की म पात्र आफ्नो मनको कुरा कुनै कञ्जुस्याइँ नगरी बताउँछे । शिक्षाको भरमा गाउँमा छुट्टै पहिचान र इज्जत हासिल गरिसकेकी म पात्र आफ्नो जन्मथलोदेखि कालेबुङ आएर कालेबुङलाई नै कर्मथलो बनाएकी छ । कुनै वाधारहित लक्ष्यमा हिँड़ेकी म पात्र ख्याल ख्यालमै हुटहुटिएर कर्मथलोमा आई इच्छानुसारले स्वतन्त्र जीवन बिताइरहेकी छ । आमाबाबुले उनको प्रगति देख्न सकेनन्...त्यसैको पीर र कुण्ठाले म पात्र रोगले ग्रस्त भएकी छ । उनका गाउँ-घर तथा देशका अनेकौं ठाउँहरूका मानिस अझ पनि अशिक्षित छन्, आर्थिक अभावले जर्जरित छन्...गाउँ-घरमा जनचेतनाको कमि रहेकोमा उऩको दुःख मनाउ देखिन्छ । यस्ता अशिक्षित तथा असहायको भावनासित खेलेर निर्धाहरू ठगिने गर्दछन् भन्ने पनि म पात्रको एक राश चिन्ता छँदैछ ।

म पात्र आफू खाटमा ढल्केर के के कुरा मनमा खेलाउँदै गर्दा बाहिर दैलौ ढकढकिँदा यति बेला को होला भनी ढोका उघारिदिन्छे । आजै उनको कोठा छेउमा आएका दुइ ससाना स्कूले केटीहरू ग्यास जोड़्न गोहार माग्न आएका हुन् भन्ने बुझ्न म पात्रलाई गाह्रो पर्दैन । ग्यास जोड़िदिए वापत् एउटी नानीले कृतज्ञतास्वरुप हातमा पान थमाइदिन्छे । पान कहिल्यै नखाए पनि नानीले कृतज्ञतास्वरुप दिएकी पान म पात्रले अस्वीकार नगरेर मुखमा क्वाप्पै हाल्छे अनि बाहिर बरण्डामा गई पान चपाउँन थाल्छे मज्जाले । यतिबेला म पात्रलाई स्कूलको सम्झना आउँछ । म पात्र सानैदेखि बदमास, उपद्री, मुख छुराजस्तै भएकोले घरमा प्रत्येक दिन उऩको विरुद्धमा पोल हालिन्थ्यो र परिय़णामस्वरुप उनको जीउमा अम्लिसोको सिर्कनुले साँड़्क्याएर बाबुले रिसको विष मार्थे । स्कूलमा पनि कुटाइ नखाएकी कहिल्यै थिएन म पात्रले । म पात्र अटेरीभन्दा पनि ढीट स्वाभावकी । नगर्नू भनेको कुरा गरेरै छाड्थी, नजानू भनेको ठाउँमा टुप्लुक्कै पुग्थी । गाउँकाहरूले केटी भएर केटीजस्तो बस्नू नि क्या हो केटाजस्तो भनी कटाक्ष गरिरहन्थे । तर पनि म पात्रलाई कसैको कुराले कुनै असर पर्दैनथ्यो । उ जे जस्ता थिई, आफैजस्ती मनकी रानी थिई ।

म पात्र र उनकी स्कूले साथी रादजी स्कूलबाट घर फर्किरहेका समयमा विपरित दिशाबाट आइरहेको सुमो भित्रको यात्रीले सोमुभित्रबाट पानको थुक फ्याँक्दा रोजीको छातीभरि पान उछिट्टिएर लाग्छ...म पात्रले त्यति नै बेला ढुङा टिपी गाड़ीमा हान्दा ढुङ्गा पछिल्लो ऐनामा ठोक्किएर भूइँमा खस्छ । पछिल्लो ऐनामा ढुङ्गा हानेको सुनेर ड्राइभरले त्यति नै बेला गाड़ी घ्याच्चै रोकी म पात्र र रोजीतर्फ हानिएर आउँदा म पात्र दोस्रोपल्ट ढुङ्गा हान्न तम्सिन्छे । गाड़ीको ऐना चर्किएको देखाउँदै ड्राइभरले भोलिपल्ट स्कूलमा गुरुआमालाई नालिस गर्ने धम्की दिँदा म पात्र झोक्किएर कुरा नबुझी किन धम्की दिएको भनी जङ्गिन्छे । शान्त स्वाभावकी रोजीले म पात्र सुशिलालाई सम्झाउँदै सबै कुरा छोड़िदिने आग्रह गर्दै पानको थुक लागेको स्कूलको ड्रेस घरमा गई सफा गर्छु भनी सुशिला (म पात्र)लाई बुझाउँछे ।

सुशिलाले पानको छिटा लागेको रोजीको लुगा देखाएपछि ड्राइभरले छ्या भन्दै गाड़ीभित्र हेर्दै यताउति नेहेरी थुक्ने को हो भनी गन्गनिन्छ । सेकेण्ड सिटमा बसेको एउटा भुँड़े यात्रीले यसरी थुकेको रहेको छ भन्ने थाहा पाएपछि ड्राइभरले ती यात्रालाई नै कराउँछ । सुशिलाले पुलिसमा रिपोर्ट गर्छु भनी गाड़ीको नम्बर टिपेकी ड्राइभरले थाहा पाउँछ । गाड़ीभित्रकै एकजना शान्त मिजासका यात्रीले यो कुरा यही मिलाएको राम्रो,,,किन पुलिसमा रिपोर्ट गर्ने भन्ने सुझाव दिन्छन् । सायद थुक्ने ती यात्रीले के सोचेर हो को’नि यी दुइलाई मिठाइ खानु भनी पचास रुपियाँको नोट दिन्छ । महाछुच्ची सुशिला गर्जिन्छे अऩि स्वेटरमा लागेको पानको कस यो पचास रुपियाँले जान्छ...नयाँ स्वेटर किन्नुपर्छ भनी धमास लाउँछे । यात्री केही नबोली तीन सय दिन्छ । रोजीले घरमा जाली साबुनले स्वेटर धोएपछि पानको दाग मेटिन्छ र त्यो तीन सय रुपियाँले दुवैले निकै दिनसम्म मिठाई खान्छन् ।

स्कूल छुट्टी भएर घर फर्किँदाहुँदी ती ड्राइभरले सुशिलालाई छुच्ची भनी बोलाउँथ्यो...पछि रोजीलाई नै उनले बिहे गऱ्यो । रोजीलाई बिहापछि पढ़ायो पनि । प्राइभेट रुपमा भए पनि रोजी इञ्जिनियरिङ काम गर्छे । सुखिलो जीवन बितिरहेको छ रोजी र उनका पति (ड्राइभर)को ।

पान चपाई सकेपछि मुख कुल्ला गरी चिया पिउन मात्र के लागेकी थिई कलकत्तामा बसेकी कलेज पढ़्दाकी साथी जरिनाको मिस्डकल देख्छे । बिहानै कल गरेर केही दिनको निम्ति सुशिलालाई कलकत्ता आउने अनुरोध गरेकी थिई । सुशिलाले नाइँ भन्न सकिन । सुशिला जरिना कलेज पढ़्दाको कुरा सम्झिन्छे । विछट्टै सुन्दरी जरिनाको रुप देखेर जरिनाको निम्ति युवकहरू मरिहत्ते गर्थे । कलेजमै एकजना युवकले जरिनालाई प्रेम प्रस्ताव राख्दै हात समात्न लाग्दा सुशिलाले ती युवकलाई कस्सेर थप्पड़ लाउँछे । त्यसै दिनदेखि सुशिला र जरिनाको आत्मीयता झ्याङिएर जान्छ । जरिनाको मगनी उनको इच्छा विरुद्ध भएको कुरा सुशिलालाई जनाएकी थिई जरिनाले । सरकारी नोकरी गर्ने, घरको ठूलो छोरो । दहेजको नाममा जरिनाका अब्बुले कलकत्तामा घर किनिदिएका छन् । सबै हतार हतारमा बिहे सम्पन्न हुन्छ । जरिनाको इच्छा विरुद्ध जबरजस्ती बिहे गराइदिएकोमा जरिनाको एक राश गुनासो देखिन्छ । जरिनालाई बाँच्ने इच्छा हुँदैन । जरिनाको लोग्नेले आफ्नै घरमा काम गर्ने केटीलाई बलात्कार गर्न तम्सिन्छ । कामदार केटीले भोगिरहेको बलात्कृत पीड़ा घर फर्किने दिनमा कसैलाई यो कुरा नभन्ने शर्तमा भन्दा सुशिला जरिनाको पोइ सामु जान लाग्दा काम गर्ने केटीले सुशिलालाई आश्वासन दिँदै बिमारको बहना गरेर भोलिपर्सी कुनै दिन घर लाग्नेछु भन्ने कुरा गर्छे । काम गर्ने केटीको कुरा सुनेर सुशिलाले रणचण्डीको रुप धारण गरे पनि क्रूर पुरुष विरुद्ध एक शब्द बोल्न सक्तिन ।

सुशिला एकै ठाउँ बस्न सक्ने मानिस होइन । स्कूलबाट सामान्य फुर्सद पायो कि कहाँ कहाँ पुग्छे । आफू बसेकी घरको निक्कै माथि सरकारी अस्पताल, अलि परतिर फारसबीच जर्जरित कुष्ठ रोगी अस्पतालतिर पुग्छे । एउटा चौतारोमा दुइजना स्त्रीहरू गफिरहेका बेला सुशिला त्यहाँ पुग्दा पनि उनीहरू आफ्नै धुनमा अविराम गफिनै रहन्छन् । गफिने दुइ रोगी स्त्रीहरू पितृसत्तात्मक माखे साङ्लोमा जेलिएकी कुरा उनीहरूकै गफबाट सुशिला बुझ्छे । एउटीले पोइको कुरा गर्छे । अर्की आफ्नो पीरव्यथा ओकल्छे । आफ्नो पीर मात्र होइन नुहाउँदा, लुगा फेर्दा ससुराले चियाउनु मात्र होइन रातको अन्धकारमा ससुरा उनको कोठामा पसी सर्वस्व लुटेको कुरा सुनाउँछे । त्यसपछिदेखि ता लगातार भएको कुरा सुनाउँदै टोयलेटबाट निस्किँदै गर्दा सासूले देख्छिन् । तर पनि आफ्नो लोग्नेविरुद्ध सासूलले कहिले विरोध बोलिन न कि बुहारीको पक्ष नै लिइऩ् । बारम्बार सासूलाई कैफियत दिँदा पनि सासूले अनदेखा गरी बुहारीलाई नै आँखाको कसिङ्गर बनाई रही । सासूले चरित्रमा लाञ्छना लाइरही । दुइ महिनापछि पोइ आउँदा सबै कुरा बताउँ भन्दा भन्दा सासूले पहिल्यै छोरोलाई पोल हालिसकेकी हुन्छे । त्यसपछि सपनाको महल बालुवाको घरमा परिणत हुँदै गयो ।

कलकत्ता जान एनजेपी रेल्वे स्टेशनको प्लेटफर्ममा राती साँढ़े आठको कञ्चनजङ्घा एक्सप्रेस पर्खिरहेकी समयमा कसैलाई खोज्दै गरेकी मदमस्त यौवनको डिलमा पुगेकी झरझराउँदी आदिवासी युवतीले कसैलाई खोज्दै गरेकी देख्छे सुशिलाले । सुशिला फर्साइली र बोलाइली भएकीले अपरचित आजिवासी युवतीसित बात मार्छिन् । आरम्भमा हिन्दी भाषामै बोले पनि पछि युवतीले नेपाली भाषा राम्रो पाराले बोल्न थालेपछि ऊ डुवर्सबाट सिलिगुड़ीको मतिगड़ामा एउटा नेपाली परिवारमा तीन वर्षपछि घर फर्काउने शर्तमा काम गर्न आएकी तर महिना नबित्दै ती नेपाली परिवारबाट अत्याचार शुरु भएको कुरा जनाउँछे । आरम्भमा एनजेपी रेल्वे स्टेशनमा पतिलाई खोजेकी भनेर ढाँटेकी थिई ती आदिवासी युवतीले । यसरी किन ढाँटेकी भनी सोध्दा जसले उसलाई स्टेशनमा ल्यायो तिनले कसैले सोधेको खण्डमा पति भन्ने आदेश दिएको कुरा सुनाउँछे । कुनै सिल्ली युवकले उसलाई स्वास्नी बनाई दलालहरूको हातमा बिक्री गरिदिए भन्ने प्रश्नले सुशिलालाई शङ्काको घेरोमा पुऱ्याउँछ । एकजना हट्ट्कट्टा युवकले ती युवतीको हात समाती यताउति कतै नहेरी युवतीको हात तान्दै अन्त कतै लगेको देख्दा देख्दै मान्छेको भीड़मा ओझेल हुन्छे ती आदिवासी युवती ।

भोलिपल्ट सुशिला जरिनाकी घर पुग्छे । उबेला सँगै पढ़ेकी कलेजमा । खाना खाइसकेपछि एका-अर्कामा बातचित हुन्छ । कलेजको कुरा, म्यामको कुरा, साथीहरूको कुरा श्रेणी कोठाको ऐना फुटेको खिड़्कीबाट एउटा बाँदरले चियाउँदा हुँड़ीबिड़ी मच्चिएको कुराले एउटा मिठाइलो, रोमाञ्चिलो स्मृतिवेदनामा डुब्छन् । त्यसपछि जरिनाले आफ्नै व्यथापूर्ण कुराहरू सुनाउँन कुनै कञ्जुस्याइँ गर्दिन । जरिनाको बिहे ता भयो...तर उनको वैवाहिक जीवन पीड़ादायी रहेको कुरा जरिना बताउँछे । दहेजको दबाव साथसाथै ऊ घटिया कमजोर पतिबाट रातदिन बलात्कार हुन्छे । धेरै वर्षपछि पेट बोकेकी खुसी उसले पतिलाई जाहेर गर्दिन । सासू-ससुरा वंश फेलाउने लोभमा आउने सन्तानको लोभमा परी जरिनालाई भक्कु माया गर्न थाल्छन् । तर गर्भमा आएको नवजात शिशुको लिङ्ग जाँच गरेपछि गर्भमा छोरी रहेकी पक्का निधो भएपछि उसो जरिनाको जीवनमा उल्टो गन्ती शुरु हुन्छ । गर्भमा रहेकी छोरी सन्तानलाई गर्भमै तुहाउने ससुराली पक्षको टेक रहे पनि जरिना पेटमा आएकी नवजात शिशुलाई बचाएरै राख्छे । जरिनाकी आमा आएर सबैथोक बुझेप।छि सासू-ससुरालाई घरबाट लखेटछिन् । जरिना र नातिनीको बिजोग हुने सम्भावना देखी पतिलाई (ज्वाइँ) लाई जरिनासितै राखिदिन्छिन । जरिनाका पति आफ्नो नोकरी छोड़ी घरमै बस्न थाल्छ । दिनरात मातेर केटीहरूसित होटलमा बस्न थाल्छ जरिनाका पति । जरिनाको मुटुको टुक्रा नुरी तीन वर्षको हुँदा ती मान्छेले मातेको झोंकमा छोरीलाई थप्पड़ हानेकोले नानीको कमुलो ओँठ काटिएर रगतपच्छे हुन्छे । जरिनाको आँखाबाट आँशु खस्छ अनि यसैको विरोधमा यसै होला उसै होला भन्ठानी लोग्नेको दाह्रीमा समातेर घिसार्दै घरबाट लेखेट्छे । त्यसपछि दुइ आमा छोरी स्वतन्त्र जीवन बिताउँछिन् ।

घऱ फर्किनलाई जरिनाबाट विदा लिई सुशिला जादवपुर रेल्वे स्टेशननैर आइपुग्दा कहालिलाग्दो लाजमर्दो अनि असहनीय घटना देखेर सुशिला बिलखबन्द पर्नु मात्र होइन यो घिनलाग्दो दृश्य देखेर उनको शरीरका मांसपेशीहरू उत्तेजित बन्दै जान्छ । एउटा बाक्लो भीड़बाट एउटी स्त्री नग्न अवस्थामा देख्छे । ती असहाय प्रतारित स्त्रीलाई गोहार गर्न सुशिला भीड़भित्र पस्ने कति चोटि प्रयास गर्छे तर त्यहाँसम्म पुग्न सक्दिनँ । ती नाङ्गिएकी स्त्रीले आफूलाई सर्वाङ्ग निर्वस्त्र पारी छेवैको दोकानबाट फलामको रड टिपी भीड़माथि जाइ लाग्छे । भीड़भित्रका दुष्ट पिशाचहरूलाई पुलिसले सुरक्षा दिएर उसलाई घिसार्दै गाड़ीमा हाली थाना लान्छ । जे होस् नाङ्गो स्त्रीको विरोधी क्रियकलापप्रति सुशिला उत्साहित हुन्छे । र नारीजातिको प्रतिको यस्तो खुल्ला अत्याचार सहन नसक्ने अनि सोको तत्काले विरोध गर्ने सुशिलाभित्र अदम्य साह्स देखिनु मात्र होइन नारी अत्याचारको विरोध गरिनुपर्छ भन्ने स्पष्ट देखिन्छ ।

दार्जिलिङ मेलमा आउँदा हुँदी नौ वर्षकी ठिटीमाथि सुशिलाको आँखा पर्छ । रेलको डब्बाभित्र ती ठिटीले भिख माग्छे । सिट सफा गर्ने क्रममा एउटा युवकले ती ठिटीको कलिलो हात टेकी रगतपच्छे बनाउँछ । स्त्रीहिंसा, उत्पीड़न, दोहन प्रति सुशिलाको आक्रोश विद्रोह रेलको डब्बाभित्र रुमलिन्छ ।

मटेली चियाकमानमा बहिनीको घर नजिक पुग्दाहुँदी एउटा असहनीय अनि विभत्स दृश्य देखेर सुशिला विचलित हुन्छे । केही पाइला हिँड़ेपछि भनावैरी सँगसँगै तीन पुरुषहरूका कुटपिटले सबै जताततै लड़ेका देख्छे । एकजना वृद्ध स्त्रीको टाउकामा गतिलो चोट लागेकोले रगतको भल बगिरहेको छ । वृद्धकी छोरी खोच्याउँदै गई ती वृद्धलाई थाङ्ना च्यातेर रगत आएको ठाउँ बाँधिदिन्छे एकातिर भने अर्कातिर भने अर्की विवाहिता स्त्री कर्कश स्वरमा रुँदै थुतुना चलाइरहेकी देख्छे । थुतुना बजाइस् भनी स्वास्नी उषाको ओँठ र नाकबाट रगत आउञ्जेल ती पुरुषले बलपूर्वक लातले हिर्काउँछ । यस्तो पीड़ादायक असहनीय दृश्य देख्दा सुशिलाको शरीरमा आगो सल्किन्छ । ती लड़िरहेका स्त्रीहरूलाई उठाई पिशाच पुरुषमाथि जाइ लाग्ने सुर कसेकी बेलामै बहिनी आइपुगेर सुशिलालाई घर लिएर जान्छे । घर आइपुगेपछि बहिनीले ती पाषाण पुरुषको अत्याचार बारेमा वृतान्त बताउँछे । ती पिशाचले स्वास्नी कुट्ने, घरको सर-सामान बेचेर रक्सी धोक्ने गरेको कुरा बताउनु मात्र होइन त्यसले आमा, बहिनी सबैलाई मरणासन्न अवस्थामा पुऱ्याएको कुरा भन्छे । नारी उत्पीड़न अत्याचार ठ्याम्मै सहन नसक्ने सुशिला उषाकी घर पुग्छे । लोग्नेको चुटाइ र घरझगड़ासले उषा थलिएकी हुन्छ । चोटमा परेकी आमाले आफ्नो विरह सुशिलालाई वृतान्त बताउँछिन् । उषाले उनको घरमा जन्म लिएर दुःख पाएकी, मत्थु दाजुले कतिपल्ट बहिनी उषालाई नराम्रो मान्छेको हातमा झोसिसकेको कुरा बताउँछिन् । बाहिरका मान्छेहरूको होइन तर आफ्नै छोराको अत्याचारले पीड़ित भएकी कुरा बताउँछिन् ।

सुशिला बस चढ़ी आइरहेकी बेला बसको अघिल्लो सिटमा दुइ युवतीहरू बस्छन् । स्ट्येरिङ घुमाउने निहुँमा ड्राइभरले अघिल्लो सिटमा बसेकी केटीको कलिलो वक्षमा कुहिनाले घोटिरहेको सुशिलाले हरेरहरेको हुन्छ कुहिनाले वक्षस्थल घोटिरहनु मात्र होइन ब्रेक र गियरमा हात लगी फिलामा स्प्रर्श गर्दै सुखानुभूति अपभोग गरेको पनि देखिरहेछ । केटीलाई प्रचण्ड अप्ठ्यारो अनुभव भइरहेछ । सोझो र शान्त स्वाभावकी केटी टिष्टा बजारमा ओर्लेपछि त्यो सिट खाली हुन्छ । ड्राइभरलाई त्यो केटीको बदला लिन ककुनै एउटा बहाना बनाई सुशिला अघिल्लो सिटमा बस्छे । चलाख सुशिला आफ्नो उद्देश्यपूर्तिको लागि दुइ खुट्टा फारेर ड्राइभरकै इच्छानुसार बेसिदिन्छे । त्यहाँ पनि ड्राइभरक व्यवहार त्यस्तै दोहोरिन्छ । ड्राइभरको कुप्रयास भङ्ग गरी सुशिले ड्राइभरको छाती पक्र मज्जाले झकझकाउँनु मात्र होइन मज्जाले गालामा चढ़कन लाउँछे । त्यसपछि ड्राइभर थन्को लागी भद्र् भएर गाड़ी ठाउँमा पुऱ्याउँछ । अधवैंशे वृद्धसित जबरजस्ती बिहे गर्न तम्सेकाले उषा भागेर आउँछे । उषाले त्यो वृद्ध व्यक्तिसित बिहे गर्न अस्वीकार गरिदिँदा दाजुले रिसले हप्तादिनसम्म कोठामा थुनिदएको कुरा गर्दै सुशिलाकै याद आएर साथीहरूको आड़मा दाजुलाई कुटी आएकी कुरा बताउँछे । त्यसपछि सुशिला र उषा सँगै बस्न थाल्छन् । प्रायः पुरुषकै पोशाकमा रहने सुशिला पुरुष हो कि स्त्री छुट्याउन उस्तैलाई गाह्रै पर्छ । नचिन्नेहरू अपरिचितले सुशिलालाई दाजु नै सम्बोधन गर्ने गर्दछन् । उषा सुशिलाकहाँ बसेकी कुराले गाउँ घरमा ती दुइको समबन्धबारे निकै गाइँगुइँ हुँदैछछ भन्ने कुरो उषाले नै सुनाउँछे सुशिलाई । तर सुशिलाई कसैले न ता सुनाउन सक्छन् न ता सोध्न नै सक्छन् । कसैले यसबारेमा केही सोधे वा कसैले कुरा गरकेको थाहा पाए त्यसको विरोधमा नाङ्गिएर भए पनि विरोध गर्ने स्वाभावकी सुशिला काँचो काठले डढ्ने खाल्की युवती ठयाम्मै होइन । उनको स्पष्ट भनाइ छ, पुरुष नाङ्गिन सक्छ भने स्त्री आफ्नो पक्षको वकालत गरन किन नाङ्गिन सक्दैन ?

दुवै जना मस्त निंद्रामा सुतिरहेका बेला कताकता खटखट अविराम आवाजले सुशिलाको अधमरो निंद्रा छ्याङै हुन्छ ।उषाला यति बेला उषालाई खुसुक्कै चूप लाग, बाहिर मान्छे छ भनीवरि सुशिला एउटा हातमा स्वीच र अर्को हातमा नाङ्गो खुकुरी लिई भित्र कोठामा कोही पस्यो कि काट्ने दाउमा बस्छे । घत्रक्क भित्र पसेको आवाज आउने बित्तिक्कै तसुशिलाले प्रहार गर्छे । तेस्रो चोटि प्रहार गर्दा त्यो भित्र पस्ने मान्छे पहिले पसेकै खिड़कीबाट फाल हानी भाग्दा उषा पनि त्यसको पछि लाग्छे । अँध्यारोमा त्यो मान्छे हराएकोले उषा निष्फल हुन्छे । सुशिलाले खास मान्छे नचिने पनि भोलिपल्ट रगतैसरिको नाङ्गो खुकुरी लिएर सोझै सुजनको घर गई त्यसोकदैलो ढकढकाउँछे । सुशिलाको अनुहार देख्नासाथै सुजनले हतपत दैलो थुन्छ । सुशिला गर्जिँदैत्यसको दैलोमा लात प्रहार गर्छे । यति बेला दुइ तीन पुरुषहरू समाउने कोशिष गरे पनि असफल हुन्छन् । सुजनकी बूढ़ी बज्यूले दैलो खोल्दा सुशिला स्वात्तै घरभित्र पसी छापछाप गर्छे । तर सुजिन कतिबेवला भागिसकेको भेट्टाउँछे । नातीको नाक काटिएको, एउटा औँली काटिएको कुरा उकेले पनि बज्यूले नातीकै नाक थाप्छिन् । घरमा छोरा-बुहारीको प्रेतात्मा घुमिरहेकोले औँसी पूर्णेमा उनको नातीमाथि चढ़्छ भनी बज्यू पन्सिन खोज्छिन् । सुशिला आक्रोश हुङ्कार सुन्न गाउँमा मान्छेको भीड़ लाग्छ । भीड़मध्येबाट थुप्रैको घर बिगारिसकेको छ भन्ने उत्तर आउँछ । यो. सुजन भन्ने किटाणु यसरी आधारातमा पसेपछि महिना दिन हराउँछ र यसलाई अर्काको घरमा रातविरातमा पस्ने बानी लागेको छ भन्ने कुराले सुशिलाक आत्मबल बढ्छ । सुजन गाउँमा देखा परे त्यसलाई शास्ति दिने घुर्की देखाउँदै सुशिला घर फर्कन्छे । उषा उदास भएकी र आधा रातमा रोएकी कारण सोध्दा सतिशले उखाको जीउमा हात लगाउँदै उसित बिहे गर्न मानिनस् भने जबरजस्ती उठाएर लाने अनि त्यो मान्छे काट्ने स्त्रीसित के बस्छेस भन्ने कुरापछि सुशिलाले खास माझरा बुझ्छे । जुरुक्कै उठी उषालाई केही नभनी सुशिला सतिसको घरतिर लाग्छे । सतिशकी आमालाई सबै पोल हाल्छे । वृतान्त कुरा सनेपछि आमा आफूले यस्तो कुरा बताउन नसक्ने तर सुशिला आफैले सतिशसित कुरा गर्नु भन्छिन् । सतिशसित कुरा गर्दा सतिशले सुशिलालाई तैँले पानीमुनिको जातलाई किन घरमा ल्याएर राख्छस् भनी उल्टा धम्की दिँदै सुशिलामाथि जाइलाग्छ । सुशिला पनि के कम्ति र त्यसको छात्ती समातेर हुऱ्याउँदै घरबाहिर निकाल्छे । आँगनमा रमिता हेँर्नेहरूको भीड़ लाग्छ । सतिशकी आमाले छोड़िदिने आग्रह गर्छिन् । यसैबीच त्यसै भीड़बाट सजू नाउँकी नाबालिका केटी आएऱ सतिशको मुखभरि थुकिदिन्छे । कारण जान्न खोज्दा सुजूकी माइती सतिशले घरमा कोही नभएको समयमा सुजूलाई डर देखाएर कता कता लगी त्यसका साथीहरूसित मिली बलात्कार गरेको कुरा पनि ती सुजू उकेल्छे । त्यसपछि भीड़ धुरिएर सतिशमाथि कुटपिट गर्न थाल्छ । सबै सतिशमाथि झम्टिँदा सतिश निर्वस्त्र भई नाङ्गिन्छ । गाउँकी दुइ स्त्रीले त्यसलाई त्यसैको घरमा थुनिदिन्छन् । सुजूलाई आफ्नै माइती मात्र होइन माइतीकै होहोरीमा लागी चिर्थोर्नेहरू कुन ठाउँमा छ भन्दै सुजू उग्र भई त्यहीको एउटा घरबाट चिम्टा तताएर ल्याई सतिशको ढाढ़ डाम्छे । केही सिप नलागेर आफू लगायत अन्य बलात्कारी साथीहरुको नाम सतिशले बताएपछि बलात्कारीको सुरक्षाको निम्ति पुलिस आइपुग्छ । सुजू र सुशिलालाई पुलिस स्टेशन पुऱ्याउँछ । पुलिसले प्रमाण माग्दा प्रमाण पनि दिइन्छ । सतिशलाई जेलमा हालिन्छ । सुशिला सुजूको चिन्तामा दिन बिताउँछिन् ।

कलकत्ताबाट जरिनाको कल आएपछि जरिनाले आफ्नो व्यथा सुनाउँछे सुशिललाई । नुरीका पिता घरभित्र आएर हङ्गामा गरेकी कुरा बताउँछे । यसको कारण सोध्दा विवाहिता भएर पनि तरुणी केटीजस्तो भई त्यसको गैरहारिजिरीमा को सँग अबैध सम्बन्ध राख्दै शान्तिले बसिरहेकी छेस् भनेर निहुँ खाज्दा जरिनाले रिसेल लोग्नेलाई घचेट्दा त्यसले जरिनाको घिच्रो जोरले थिचेर उसको स्वास अड़केर मर्न लागेकी कुरा बताउँछे । छोरी नुरीको कलिलो अनुहार झसङ्ग याद आएर छेवैको फूलदानी टिपेर त्यसको तालुमै हान्छे । पुलिसलाई फोन गरे तापनि नेटवर्क भेटेको थिएऩ । फेरि दोस्रोपल्ट घाँटी अँठ्याउँदा पुलिस आएपछि ऊ बाँचेकी कुरा फोनमा सुनाउँछे सुशिलालाई । त्यसपछि छुटानामको याचिका कोर्टमा दर्ता गरेपछि सो मञ्जूर भएको कुरा बताउँछे । अब जरिना स्वतन्त्र भएकी कुरा बताउँछे सुशिलाले ।

उषाले कुरै कुरामा सुशिलालाई औधी माया गर्न थालेकी कुरा उकेल्छे । उषालाई बिहे गरिदिने प्रस्ताव राख्दा उषा छक्क परी उल्टा सुशिलालाई नै बिहे गर्ने अनुरोध गर्छे । क्लास गरिरहेकी समयमा घरमा एउटा केटो आएको कुरा रोशनीले सुशिलालाई सुनाउँछे । घर पुग्दा उषालाई उसका दाजुले घर हिँड़् कि हिड़् भन्दा उषा भूइँमा लम्पसार भइरहेकी देख्छे । दाजुले सुशिलालाई बोक्सीको आरोप लाउँदै त्यसकी सोझी बहिनीलाई तन्त्र-मन्त्र गरी सुशिलाको घरमा राखेकी छ भन्ने आरोप लाउँछ । पुलिस बोलाउने कुरो सुनेपछि सुशिलालाई बदला लिने धम्की दिँदँ उषाका दाजु जान्छ ।

बेलुकी माछा भात खाएपछि दुवै ओछ्यान पस्छन् । उषाले सुशिलाको पाखुराको सिरान बनाई सुत्छे । त्यसपछि उनीहरू दुवै नजिक भएकी अनुभव गर्छे सुशिला । पति-पत्नीको रुपमा प्रेम साटासाट गरिरहेका छन् ।उनीहरू समलैङ्गिक भएर पनि शान्ति र सन्तुष्ट छौ भन्ने सुशिलाको स्वीकारोक्ति देखिन्छ । उनीहरु दुवै यहाँ समाजमा एउटा छुट्टै संसारको घरेड़ी निर्माण गर्न पट्टि लागेका छन् ।

चरित्र –
‘परिवर्तित अनुहार’मा उपन्यासकार रिना सुब्बाले पितृसत्तात्मक समाजमा आज पनि नारीहरू अधिकारपूर्ण जीवन बाँच्न सकिरहेका छैनन् । नारीहरू प्रत्येक पल, प्रत्येक क्षणमा विभिभन्न कारणले शोषण, तिरष्कार, प्रताड़नाको शिकारले ग्रसित हुन्छन् । कुनै पनि नारी आफ्नो अधिकारपूर्ण स्वतन्त्र जीवन बाँच्न चाहन्छे । उन्मुक्त आकाशमा विचरण गर्ने चाहनालाई पितृसत्तात्क भूतको हाउगुजी देखाएर उन्मुक्ता आकाशमा उड़्ने उनको पखेटा काट्ने गरिन्छ । युगौंदेखि चल्दै आएको थोत्रे संस्कार विपरीत बाटोमा हिँड़्नमा तगारो लाइन्छ । समाजमा व्याप्त नारी उत्पीड़नलाई उपन्यासकार रिनाले आफ्नै प्रयोगका आधारमा मिठाइलो प्रकारले उदाङ्गो पार्ने प्रयास गरेको देखिन्छ । प्रस्तुत उपन्यास परिवर्तनकामी अवधारणमा लेखिएको एक विद्रोही नारीवादी उपन्यास हो । युगौंदेखि नै समाजमा विद्यमान पितृसत्तात्मकताको ह्याँकुला मिच्न, नारीलाई कमजोर बनाउने घिनलाग्दो प्रवृत्तिको घाँटी अँठ्याउनु नै सुशिलाको इच्छा देखिन्छ । सुशिलाको यो विद्रोह उकेलाइले उपन्यासलाई सशक्त बनाएको छ ।

भारतीय न्याय व्यवस्थाले समलिङ्गी विवाहलाई वैधानिक मान्यता नदिएकोमा पनि विरोधस्वरुप उपन्यासकार रिनाले उपन्यासकी मूल पात्रलाई नै समलिङ्गी पात्रको रुपमा हामी समक्ष उभ्याएर मानवीय मूल्य पाउने हक अधकार प्रत्येकालाई नै छ भन्ने गतिलो हाँक दिएकी छन् । यो भारतीय नेपाली नारी उपन्यासकारको ढीट प्रवृत्तिको जवलन्त उदाहरण हो । फरक ढाँचामा लेखिएको ‘परिवर्तित अनुहार’ मा विभिन्न कारणले शोषित, उत्पीड़ित, वञ्चित, अवहेलित भइरहेका नारीहरूको मर्म, पीर, व्यथालाई प्रस्तुत गर्दै नारीजातिको उत्थानका साथै उनीहरू स्वतन्त्र हुनेपर्ने शङ्खघोक गरेको छ । रिनाले उपन्यासमा दार्जिलिङ, कालेबुङ, सिक्किम, डुवर्स, जलपाइगडी, कलकत्ता सहर र गाउँहरूमै आफ्ना पात्रहरूलाई विचरण गराएकी छन् । यस उपन्यासमा विशेष मुख्य नायिका सुशिला उर्फ क्रान्ति र पानी नचल्ने उषाले उपन्यासको सिरानदेखि पुछारसम्मै प्रमुख भूमिका निर्वाह गरेका छन् । यस उपन्यासका केही महत्त्वपूर्ण चरित्रहरूको सङ्क्षिप्त चित्रण तल प्रस्तुत गरिन्छ -

सुशिला (क्रान्ति) – ‘परिवर्तित अनुहार’ उपन्यासकी कथयिता र मूल नायिका सुशिला पेशाले शिक्षिका हो । स्कूलबाट घर फर्किँदै गर्दा बाटामा उसकी स्कूलकी साथी रोजीको छातीमा पान खाएर सुमो भित्रबाट थुकिदिएकोले गाड़ीको ऐनामा ढुङ्गा हान्नु मात्र होइन थुकिदिनेलाई दण्ड समेत दिन वाध्य गराउने सुशिला क्रान्तिकारी नारी हो । आरम्भमा सुशिला रुपमा दखिए पनि पछि क्रान्ति नाम राखी समाजमा नारीमाथि भइरहने उत्पीड़नको हाकाहारी विरोध गर्ने सशक्त नारीको रुपमा देखिएको छ । स्कूल पढ़दादेखि नै बदमाशी, उपद्रो गर्नमा छिटो मात्र होइन मुख चलाउनमा निपुण सुशिला । स्कूलमा डेस्क-बेञ्चमा चढ़ी मैदानमा झैँ नडराई दुगुर्नमा उस्ताद । बेञ्चमाथि दुगुरेकी आवाज स्टाफ रुममा पुगेपछि गुरुआमाको सोँड़्क्याइँ नभेटेकी होइन । आफ्नो इच्छा अनुसार स्वतन्त्र उड़ानमा उड़्न नै भक्कु रुचाउने सुशिला घरबाट नगर्नु भनेको कुरा पहिल्यै गर्ने अनि नजानु भनेको ठाउँमा पहिल्यै पुग्ने स्वाभावकी सुशिलाले बाबाको पिटाइ नखाएकी कुनै दिन थिएऩ । मूल नायिका सुशिला यस जो उपन्यासकारकी केन्द्रविन्दु हो । उसको निर्णय उन्मुक्त विचार, जातपातको विरोधी, लैङ्गिक विभेदको घोर विरोधी, नारीको स्वतन्त्रमा जहिले पनि घाँटी अठ्याइएर राख्ने परम्परा विरुद्ध गर्जी उठ्ने अडानले उसलाई विद्रोही नारीवादी स्वरकी आँटी पात्र हो । अन्यान्य साधारण नारीभन्दा सुशिला चेतनशील पात्र हुनाका साथै । पितृसत्तात्मक सत्ताको ह्याँकुला मिचाइप्रति परिवर्तन ल्य़ाउन अहर्निश छटपटिने सुशिला सशक्त नारी पात्र हो । यसैले समाजमा नारी र पुरुषको समान हुन् अथवा हुनुपर्छ र पुरुषले झैं प्रत्येक नारीले पुरुषकै बराबरी समाजमा समान हक र अधिकार पाउनुपर्छ भन्ने उसको उद्देश्य देखिन्छ । पति पत्नीमाझ सामान्य कुरामा पनि मनोमालिन्य, पतिको अवहेलना. तिरस्कार र विचारमा भेद देखिए वा कारणवश पति पत्नीमाझ सिन्कोपाङ्ग्रो भएको खण्डमा यसलाई वास्तै नगरी स्वतन्त्र रुपमा जीवन धान्ने पनि मूल नायिका सुशिलाको व्यक्तित्व देखिन्छ । यो पितृसत्तात्मक सत्ताको सङ्कीर्ण समाजलाई धराशायी पार्न सुशिला उर्फ क्रान्तिले पानी नचल्ने जातकी युवतीसित सम्बन्ध गाँसेर ससारको घड़ेरकी निर्माण गरी समलिङ्गीलाई लिस्नु लाउऩे शत पात्र हो सुशिला उर्फ क्रान्ति । यस पितृसत्तात्मक सत्ताको सङ्कीर्ण विकृतिको हऱ्याङ् मस्काउन त्यस्ता अनेकन् विकृतिसित पौंठा जोरी खेलेर उन्मुक्त हुन चाहने सत पात्र हो सुशिला ।

रोजी- सुशिलाकी सहपाठी। स्वाभावले शान्त र कसैप्रति आक्रोशित नबन्ने। कथाको शुरुवातमा सुशिला र रोजी कतै गई रहेको समयमा एउटा सुमो गाडीभित्रबाट एकजना अपरिचित प्यासेञ्जरले ‌‌‍रोजीको वस्त्र बिग्रिने गरी थुकी पठाउँछ। यसको प्रतिक्रिया स्वरुप सुशीलाले पछ्याउँदै गएर त्यो सुमो गाडीमा ढुंगा हानेर शिशा फुटाई दिन्छ। केही क्षण ड्राइभरसित रोजीको चर्का चर्की भएपछि त्यो मोटो थुक्ने प्यासेञ्जरले माफी माग्छ र क्षतिपुर्ति पनि उसैले दिने आश्वासन पछि कुरा मिल्छ। त्यसदिनको घटनापछि रोजी र ड्राइभरको सम्बन्ध प्रेम हुँदै विवाहमा परिणत हुन्छ। यसपछि रोजीको भुमिका उपन्यासमा सकिन्छ। उपन्यासकारले सबै पुरुषमा गलत नियत हुँदैन भनेर ड्राइभरको चरित्र चित्रण गरेको छ।

उषा – डुवर्सको गरिब परिवारमा जन्मेकीले चार क्लाससम्म मात्र छिचोल्न सकेकी उषा बिगा टिपेर किंवा फारसमा बाख्रा चढ़ाउनाको साथै घरमै खोलिएको सानो दोकानमा मोमो बेचेर जीवन गुर्जाउने असहाय पात्र हो । घरभित्रै दाजुको पिटाइ मात्र होइन धेरैपल्ट नराम्रो मान्छेको हातमा झोसिने प्रयासबाट जोगिएकी पितृसत्तात्मक जाँतोमा पिसिएकी उषा टिठलाग्दो पात्र हो । दाजु मातेर आएपछि उषाले दाजुको कुट्पिट् सहनैपर्ने वाध्यता बाँचेकी पीड़ित पात्र उषा ।बिक कर्म हो । समलिङ्गी पात्र उषा पानी नचल्ने जात भनी पति एवम् सासू-ससुराबाट उठीवास लागेकी दयनीय पात्र । माइत घरमा उदास जीवन बिताइरहेकी उषा घरभित्रकै पितृसत्तात्मकता घाँटी निमोठाइले उत्पीड़ित पात्र हो । उषाको ससुरालीमा उषालाई पानी नचल्ने जात भनी पस्न नदिएकाले माइतमै उदास जीवन काट्ने असहाय जीवन लिएर घिटकिसो भई मोमो बेची जावन धान्ने व्यथित पात्र उषाको जीवन घरमै नर्कतुल्य छ । दाजुले पैसा खाएर आफ्नो बाबाजस्तो मान्छेसित बिहे गरदिनु खोज्नु पितृसत्तात्मक प्रवृतिको गतिलो घाँटी अँठ्याइ हो । तर पनि ढीट उषाले दाजुलाई कुटपिट गरी भाग्नु नै उषा पितृसत्तात्मक परम्परा विरुद्ध घोर प्रतिवाद गर्ने सशक्त पात्र हो । पितृसत्तात्मक प्रवृत्ति विरुद्ध युद्ध गर्दै उपन्यासको अन्त्यसम्मै सुशिला साथ दिनु मात्र होइन समलिङ्गी भएर रुढ़ीवादी परम्परा विरोधको शङ्खघोष गर्दै सुशिलासित जीवन धान्न तम्सिने उषा यस उपन्यासको सहयोगी र गतिशील पात्र हो ।

उषाको दाजु – जसोतसो माध्यमिकसम्स पढ़े पनि कुसङ्गतसित लागेर गाउँमै बदमाश भई घर-परिवारलाई रातदिन अत्याचार गर्नाका साथै पशुभन्दा आगर व्यवहार गर्ने उषाको दाजू यस उपन्यासको असत, गतिहीन र च्याप्टो पात्र हो । मातेर बहिनी आमासमेतलाई रातदिन कुट्पिट् गर्नुमात्र होइन बहिनीलाई बेचबिखन गर्न तम्सिने उषाको दाजू प्रतिकूल पात्रको रुपमा देखिएको छ । बदमाश उषाको दाजु नालायक चरित्र, पतित र दानवीय चरित्रको भएको पात्रको रुपमा उपन्यासमा उपस्थित भएको छ ।

ड्राइभर – यस उपन्यासमा दुइजना ड्राइभर देखा पर्छन् । प्रथम स्कूलबाट घर फर्किँदा हुँदी रोजीको जीउमा सुमोभित्रबाट थुकेर गञ्जागोल सृष्टि हुँदा ड्राइभरसित भनावैरी भएपछि तिनै ड्राइभरसित साथी रोजी बिवाह बन्धनमा बाँधिन्छन् । पहिलो ड्राइभरलाई आदर्श पुरुषका साथै सतपात्रको रुपमा ड्राइभरलाई उपन्यासमा प्रतिकूल र असत् पात्रकै रुपमा देखिन्छ । गाड़ी हाँक्दा सिट अगाड़ि बसेकी युवतीको छातीतिर कुहिनाले रगड़्नु र गियर र स्ट्येरिङ घुमाउने निहुँमा केटीहरूको फिलातिर हात हाली मज्जा लुट्ने ड्राइभर पितृसत्तात्मक समाजको प्रतिनिधि हो । दुइ पात्रहरू विभिन्न चरित्रका देखिन्छन् यसकारण सबै पुरुषहरूको चरित्र एकैनाशे हुँदैनन् भन्ने पनि दुइ ड्राइभर पात्रहरूको प्रवृत्तिबाट स्पष्ट हुन्छ । समाजमा देखा पर्ने सबै पुरुषहरू असत् पात्र मात्रै हुँदैनन् कोही कोही ता सत् पात्र पनि हुन्छन् भन्ने उपन्यासमा देखा परेका दुइ ड्राइभर मार्फत् स्पष्ट पारिएको छ ।

बेनाम रोगी स्त्री – पितृसत्तात्मक जाँतोमा पिसिएका दुइ कुष्ठ रोगी स्त्रीहरूथलिएर सरकारी अस्पतालमा भर्ना भएका छन् । कुष्ठ रोगले ग्रसित आफ्ना श्रीमानले दुत्कारेका दुइ बेनाम रोगी स्त्रीहरूको आ-आफ्नै व्यथा सुन्छिन् नायिका सुशिलाले । ती दुइजना कुष्ठ रोगी स्त्रीहरूमध्ये एकजनालाई उनकै ससुराले दाउ छोपेर बलात्कृत हुने अनि जीवनलाई जटिल अनि सकस रुपमा भोग्ने रोगी स्त्री गोला पात्र हो । विदेशमा रहेको लाग्ने नभएको निहुँमा पटक पटक बलात्कृत हुने रोगी स्त्रीले सासूलाई भन्न नसके पनि सासूले देखेर बुहारीलाई नै चरित्रहीन बनाइ अत्याचार गर्ने सासू असत पात्र रुपमा देखिएकी छे । नारी भएर नारीको मर्म र व्यथा नबुझी नारीद्वारा नै पीड़ित हुने रोगी स्त्री साँच्चै दुर्वल पात्र मात्र होइन पीड़ित चरित्रकी नारी पनि हो । परदेशिएको लोग्ने घर आएपछि सबै कुरो पोल हाल्दा पनि लोग्नेलाई सासूले पहिल्यैबाट कान भरेकीले उनको उजूर फ्यातुलो भएर जानु पनि पतृसत्तात्मक ह्याँकुला मिचाइको दृष्टान्त हो । लोग्नेको गरै हाजिरमा फेरि पनि उमाथि झम्टिने ससुरालाई एउटा धारिलो छुराले सुसुराको गुप्ताङ्ग अलग्गै बनाएर विद्रोहको शङ्खघोष गर्ने अनि जटिल मानसिकतामा बाँचेकी विद्रोही एवम् व्यक्तिगत पात्र हो । उनको विरोधलाई पितृसत्तात्मक ह्याँकुला मिचाइले निमुखा बनाए पनि उभित्र विद्रोह, विरोध र घृणाको ज्वालामुखी दन्किरहेको देखिन्छ ।

जरिना- सुशिला पढ़्ने कलेजमा पढ़्ने जरिना मुस्लिम युवती भए पनि बुर्खा नलाई आफ्नो सुन्दरी मुहार देखाई स्वतन्त्र रुपमा हिँड़्ने रुढ़ीवादी परम्परालाई बूढ़ो औंली देखाई स्वतन्त्र रुपमा बाँच्न चाहने ढिट स्वाभावकी नारी हो । असाध्यै सुन्दरी भए पनि जरिनाको जीवनमा घाम कहिल्यै लाग्न पाएन । वैवाहिक जीवन पनि सुखिलो नहुने जरिनाको दुःख मनाउ यस्तो देखिन्छ – “मेरो बिहाको कुरामा भने मेरो इच्छा विरुद्ध मगनी गरिदिए । त्यो केटा घरको सबैभन्दा ठूलो छोरा, सरकारी नोकरी भएको, दहेजको नाममा मेरा अब्बुले कोलकात्तामा घरकिनिदिएका छन् अरे ! त्यो केटा त्यहीँ काम गर्दैरहेछ । यो सब कुरा जल्दबाजीमा गरियो । यसरी मेरो इच्छा विरुद्ध, अध्ययन क्रममा बिहा गराउन थिएछ तब मलाई किन पढ़ाए ?....मेरा लक्ष्यहरू सबै भूइँभरि घुट्ना (घूँड़ा-कृप्र) टेकेर पछारिएका छन् (पृ.सं. ४३)।”

दहेजको उत्पीड़नमा रातदिन छटपटिनु पर्ने जीवन बोकेर हिँड़नु मात्र होइन लोग्नेको लोग्नेको दुर्व्यवहार र प्रताडनाका साथै रातदिन बलात्कृत जीवन बिताउने जरिना जिउँदो लाश झैं नै थिई । पेट बोके पछि लिङ्ग जाँच गराउँदा छोरी भएकी थाहा पाएपछि नवजात शिशुको भ्रूणहत्या गर्ने लाखौ घिनलाग्दो प्रयास गरे पनि जरिना ढीट भएरै छोरी जन्माउने सशक्त नारी हो । लोग्नेको घिनलाग्दो अत्याचारसित पौँठाजोरी खेली लोग्नेलाई घरबाट उठीवास लाई अत्याचारी, निष्ठुरी लोग्नेसि सिन्कोपाङ्ग्रो गर्ने जरिना पुरुषको सामन्तवादी प्रवृत्तिका विरोध गर्न सशक्त पात्र हो । स्वअस्तित्वको निम्ति पौंठाजोरी खेल्ने, उचित निर्णय लिन सक्ने क्षमता, भएकी जरिना जीवनलाई आफै भोग्ने अनि त्यसको गतिलो पाराले सामना गर्न सक्ने गोला पात्र हो ।

सोनाली –जरिनाको घरमा काम ग्रने केटी यौनउत्पीड़ित पात्रको रुपमा उपन्यासमा गौण रुपमा देखिन्छ । जरिना, उनका पति अऩि सौनाली यी तानजना एउटै छानुमा बसेर पनि सोनाली सुरक्षित थिइन । घरभित्र असुरक्षित अनि कहालीलाग्दो जीवन बिताउने सोनालाई उनको आब्रुको सुरक्षाको निम्ति उसको कमाइको खर्चापानी र लूगाफाट दिइवरी जरिना सोनालीलाई घर पठाउन वाध्य हुन्छे । गाउँकी स्वच्छ र पवित्र, छलकपटविहीन हृदय भएकी काम गर्ने केटी सौनाली मालिककै घरमा पनि असुरक्षित भई बस्नु परे पनि सोनाली आदर्श चरित्र हो ।

जरिनाका पति - स्त्रीलम्पट, अत्याचारी जरिनाका पतिलाई यस उपन्यासमा असत् पात्रको रुपमा देखिएको छ । जरिनालाई रातदिन गरेको उत्पीड़नको कारणले जरिनाकी अम्मी आपछि छोरीको कहालीलाग्दो अवस्था देखेर सासू-ससुरा र जरिनाका पति गरी तीन जनालाई घरबाट लखेटेर जरिनालाई स्वतन्त्र रुपमा बाँच्न दिन्छिन जरिनाकी अम्मी । यी तीनैजना असत् पात्र हुन् । घरबाट उठीवास लागेपछि छन्दको खन्दको नोकरी पनि छोड़ी रात दिन माती केटीहरूसँग होटलमा बसी फूर्ति मनाउने जरिनाका पति क्रुर चरित्रका तल्लो तहको पुरुष हो । तीन वर्षकी छोरी नुरीलाई मातेको झोंकमा झ्याँपट लाउँदा कलिलो ओँठ रक्ताम्मे हुँदा पनि छोरीप्रति नटिठ्याउने नुरीका बाबालाई कसाइकै रुपमा देखिएको छ उपन्यासमा । स्वास्नीले घरबाट लखेटीमाग्ने जरिनाका पति नालायक चरित्र भएको स्त्रीलम्पट, उत्पीड़क, पतित र दानवीय चरित्रको रुपमा देखिएको छ ।

सासू-ससुरा – अप्रत्यक्ष रुपमा बुहारीलाई वंश फैलाउनकै निम्ति मात्र फोस्रो माया दिने जरिनाका सासू-ससुरा दुवै पात्र निर्दयी देखिएका छन् । बुहारी गर्भवती भएकी थाहा पाएपछि भक्कु माया गरेर बुहारीका जम्मै पीर-व्थामा मल्हमपट्टि गर्नपट्टि लागेका सासू-बुहारी कुटिल पात्रहरू हुन् । कुटिल पात्रका रुपमा देखिएका यी सासू-ससुराको कुटिल चरित्र यसरी छर्लङ्गिएको पारिएको छ - “दुवै सासू-ससुरा वंश फैलाउऩे सन्तान आउनेवाला सोंची त्यस दिनदेखि मलाई यति धैरै माया दिए कि मैले बितेका दिनका पीड़ाहरू सबै भुल्न लागेँ” ( पृ.सं. ५६) । जरिनाको अनुमति बेगरै लिङ्ग जाँच गराई गर्भमा छोरी आएको थाहा पाएपछि बुहारीलाई पर...पर...गर्ने सासू-ससुराको स्वाभाव जरिनाकै भनाइबाट छर्लङ्ङै हुन्छ – “ एकदिन मेरो अनुमति बेगर उनीहरूले गर्भमा भएको बच्चाको लिङ्ग जाँच गरी छोरी भएको थाहा पाए । त्यसपछि भने मेरो जीवनको उल्टो गिन्ती शुरु भयो । पहिला त म मात्र पीड़ित थिएँ । छोरी गर्भमा आएपछि ऊ पनि पीड़ित बन्नलागी मैले यस घरमा आफ्नो सुरक्षा गर्नका साथै छोरीलाई पनि बचाउँनु थियो । भूर्णहत्या गराउन हरेक नीति अपनाउँथे ” ( पृ.सं. ५६) ।

सतिश – चेलीबेटी केही नचिन्ने सतिश यस उपन्यासमा देखा परेको कुपात्र अनि असत् पात्र हो । आफ्नै घरभित्रकी चेली बाहेक पनि समाजका सोझा-सिधा, निरीह नारीलाई भोग्यवस्तु बनाई उनीहरूमाथि शारीरिक, मानसिक उत्पीड़न गरी आफ्नो वासना तृप्त गर्ने सतिश पितृसत्तात्मक समाजको घिनलाग्दो प्रवृत्तिको पात्रको रुपमा देखिएको छ । आफ्नै चेलीसमेतलाई यौन हिंसा गर्नु मात्र होइन एउटै आमाको कलेजामा सिरान लाएर सुत्ने बहिनी सुजूलाई डर र धम्की देखाउँदै नग्न तस्वीरको भिडियो बनाउँनुका साथै अन्य गुण्डाहरूली समेत बलात्कार गर्न लगाउँने लबस्तरो पात्र हो सुशिल । तथाकथित पितृसत्तात्मक व्यवस्थाको फाइदा उठाउँन सतिशलाई खप्पीस देखिन्छ । उपन्यासकी पात्रा उषालाई सतिशले गाउँमा मर्नु न बाँचनु बनाएर अधकल्चो पारिसकेको छ । नारी मात्रै भएका घरभित्र राती दाउ छोपी बसी तिनलाई बलात्कार गर्ने सतिशले उषालाई “....मसँग बिहा गर्, तं नानिनस् भने जबरजस्ती उठाएर लान्छु । त्यो मान्छे काट्ने स्त्रीसँग के बस्छस् ? त्यसत्तो स्त्रीले पुरुषले दिने आनन्द तँलाई दिन सक्छ ? मसँग बिहा गर् । सब आनन्द तैँले पाउनेछस् (पृ.सं. १०१)।”

सतिशकी आमा – भ्रष्टाचारी, अत्याचारी, आफ्नै बहिनीलाई अरुसित बलात्कार गर्न लाउने व्याभिचारी छोरो सुशिलको हजारौं अक्षम्य अपराध हुँदा हुँदै पनि आफ्नो छोरो दोष ठ्याम्मै नदेखी बरु आँखा चिम्लेर छोरालाई काखी च्याप्ने सतिशकी आमा कुपात्र हुन् । नारी सुरक्षामा हरहमेशा अघि आएर विरोध गर्ने सुशिलालाई सतिशकी आमाले पटक्कै मन पराउँदिन । सुशिलाले बहिनी सूजूलाई काखी च्याप्छे, सुजूकी आमाले छोरी सुजूलाई सुशिलासित ठ्याम्मै सम्पर्क नराख्ने लाखेस गरिरहन्छे ।

सुजन – गाउँको सबैभन्दा घिनलाग्दो चरित्र एवम् स्त्रीलम्पट सुजन । सुशिलालाई बलात्कार गर्ने दाउमा सुशिलाकोक घर पस्छ तर चतुर, आँटी सुशिलाको खुकुरीको प्रहारले त्यसको बलात्क्रार दर्ने जल्पना कल्पना निमिट्यान्नै हुन्छ । त्यसैदिनदेखि गाउँ छाड़ेर भाग्ने कातर पुरुष अन्त्यमा आफ्नै बज्यूको अन्तिम संस्कारमा पनि आउँन सक्दैन् ।

रोशनी – सुशिला उर्फ क्रान्तिकी सहकर्मी रोशनी, पितृसत्तात्मक ह्याँकुली मिचाइको माखेसाङ्लोमा परेकी रोशनी यस उपन्यासमा सह पात्रकी रुपमा देखा परेकी छे । उनको पति र परिवारबाट घरेलु हिँसामा जकड़िएकी छे । रोशनीको जय जन्म नहुनु नै यो पितृसत्तात्म समाजको निम्ति बाँझी आइमाईको तोक लागेर प्रजनन क्षमता नभएको लोग्नेलाई सौता हाल्ने षड़यन्त्र गरेको देखी ढीट स्वाभावकी रोशनीले आफू बाँझी होइन भन्ने प्रमाणित तुल्याउन कसैको परवाह नगरी राकेश भन्ने एकजना स्त्रीलम्पट केटासित शारीरिक सम्बन्ध राखी छोरी जन्माएर देखाई रुढ़ीवादी समाजलाई गतिलो चढ़कन लाउँछे । रोशनी आफ्नो उदगार यररी पोख्छन् – “....म्रो कमजोरी सम्झेर मेरो आस्था-भरोसामाथि वज्रपात गरिदिए । मेरो ससुराली पक्षबाट मलाई बाँझी घोषित गरी कान्छी भित्र्याउने जाल बुन्दैथिए । ...यस्तो अवस्थामा मलाई आफू अघिको परिस्थितिलाई गर्भवती बनेर नै मुखैमा तमाचा हान्नु थियो । शायद उनीहरू म यस्तो काम गर्न सक्दिनँ भनेर निम्छरो आइमाई सम्झी निश्चिन्त बनेका थिए कि ! परन्तु मैले नचाहेर पनि राकेशसित सहवास गरी गर्भवती भएर देखाइदिएँ ।,,,,ऊ पनि आइमाई शरीरको वासनायुक्त गन्धमा पल्किने इन्द्रियभोगी पुरुष नै हो ( पृ.सं. १५७)” । पितृसत्तात्मक समाजमा पुरुषको जस्तै गल्ती पनि ढाक छोप गरिने अनि जति दोषा नारीमॆथि नै खन्याउने सिकसिकलाग्दो एउटा परम्परा नै बसेको छ । यही सिकसिकलाउँदो परम्परामा रोशनी ग्रसित छे । रोशनीका लोग्नेले आफूमा भएको दोष छोप्दै परस्त्रीसित सम्बन्ध गाँस्दै रामरस मनाउने प्रवृत्ति देखिन्छ । ढिट रोशनीलाई के को मतलब, के को वास्ता, उनी काँचो काठले डढ़्ने खाल्की नारी हुँदै होइन । स्वास्नीलाई बाँझी ठान्ने लबरपाँड़े लोग्नेसित सम्बन्ध विच्छेद गरी अलग्गै आफ्नो छोरीसित बस्छे । नरहे बाँस, नरहे बाँसुरी । नारीलाई जहिले पनि शङ्काको नजरले हेर्ने पितृसत्तामाथि विद्रोहको शङ्खघोष गर्ने रोशनीलाई आफ्नो छुट्टै अस्तित्व बनाउने अनि स्वअस्तित्वमा बाँच्न चाहने सशक्त पात्र देखिन्छ । पितृसत्तात्मककै कारण सीतामाता पनि समाजबाट अस्वीकृत भएकी, महाभारतकी कुन्तीले सन्तान जन्माएर पनि लुकाउनुपरेको अनि द्रौपदी इच्छाविरुद्ध दुर्योधनसित बेचिनु परेको घटनाले उबेलादेखि नै नारीलाई पितृसत्तात्मक समाजले घाँटी निमोठ्ने प्रयास गरेको देखिन्छ । तर यस उपन्यासमा रोशनी सीतामाता होइन, रोशनी कुन्ती होइन अऩि होइन द्रौपदी । रोशनी ता कुण्ठित नबनी स्वेच्छाले बाँचेर सद्दे सबला नारीको रुपमा परिचय दिन कुनै कञ्जुस्याइँ गर्दैन । यसैले यस उपनायसमा रोशनी स्वचन्छन्दता र स्वाभाविकताको दृष्टिले गोला पात्रको रुपमा देखिएकी छ यस उपन्यासमा ।

सुजू – नवौं श्रेणी छिचोलेकी सुजू सतिशकी बहिनीको रुपमा देखा पर्ने यी पात्रबाट निस्केको उदगारले नै सुजू कुन खाले पात्र हो सो स्षष्ट हुन्छ – “मलाई गाउँघरले छाड़ी केटीको नजरले हेर्नेगर्छ । यो शरीरलाई जति नै ढाकछोप गरे पनि मलाई नाङ्गो नै देख्छ । बाउ भन्छ –‘तेरो बिटुलो छोरीलाई मट्टितेल लगाएर डड़ाइदे ।’ आमा भन्छे -‘तिम्रो छोरी हो तिमीले डड़ाइदेऊ ।’ अभ भन्नुहोस् मेरो के दोष छ ? (पृ.सं. १२३) ।” सुजू सतिशकी बहिनी । हृदयभरि सन्ताप, पीर र जलनको झीरले उनिएकी सुजूको कानूनमाथि पट्क्कै विश्वास र आस्था छैन र उ भन्छे – “...मेरो शरीरमा कष्ट दिएर मार्ने धम्की दिने बलात्कारी जेलमा फोकटको अन्न पेटभरि खाई मजा लिएर बसिरहेछ । म भने गाउँघरको कलुषित विचारले जलिरहेछु । तीखो भाला मेरा कलेजोमा आराप गरिन्छ । छटपटाएर आँशुमा जीवन बित्न लाग्यो (पृ.सं. १२३/१२४) ।” विद्यार्थी, सोझी सरल, स्वच्छ र पवित्र हृदय भएकी रुपमा देखिएकी छे सुजू तर यस उपन्यासमा सुजूलाई आफ्नै साक्खै दाजुले डर र धम्की देखाउँदै नग्न बनाई भिडियो खिच्नु मात्र होइन अऩ्य पुरुषहरूलाई समेत बलात्कार गर्न लाउँछ । सुजूकी आमाले छोरोको दोषलाई ढाकछोप गरी सुजूलाई नै आत्महत्या गर्न प्रेरित गराउँछे । कस्तो समाजमा बाँच्नु परेको सुजूले । आफ्नै दाजुबाट बलात्कार हुनुपर्ने जिन्दगी सुजूको । सुजू दुःख सुखका कुरा गर्न सुशिलाकहाँ जाँदा पनि सुजूकी आमाले सुशिलासित सम्बन्ध नै नराख्ने लाखेस गर्छे । सुशिलाकै बलजफ्तीमा सुजूको बलात्कृत दाजु सतिशलाई हाजतवास गराउन ता सफल हुन्छे तर रुढीवादी समाजले सुजूलाई उल्टै चरित्रहीन युवतीको तोक लगाएकोले सुजू आत्महत्या गर्न बाध्य बन्छे । घरभित्रदेखि गाउँ-समाजमा समेत चरित्रहीन बनेकी सुजू सत्य कुरा उगेलेर पनि असफल हुँदा छातीभरि सत्य पीर लुकाई पीड़ा बोकेर वा झीरमा उनिएर आत्महत्या गर्ने गतिहीन पात्र हो सुजू ।

सुनिता –यस परिवर्तित अनुहार उपन्यासको विध्यार्थी पात्रा हुन् । झण्डै झण्डै सुशिलाजस्तै स्वाभाव भएकी विद्यार्थी सुनिता पनि रुढ़ीवादी परम्पराले ग्रसित पितृसत्तात्मक प्रणालीलाई जरैबाट उखेल्न तम्सेकी देखिन्छ । पुरुषप्रधान को ह्याँकुला मिचिले छोरालाई वर र छोरीलाई पर गर्ने चलन जहीँतहीँ देखिन्छ। यद्यपि आफ्ना बाबु आमा मर्दा दाग बत्ती बाल्नुमात्र हिन तेह्र-तेह्र दिनसम्म कोरा बस्ने सुनिताले खासमा छोराकै भूमिका वहन गरेकी देखिन्छ । परम्परागत रुढ़ीवादी मान्यतालाई धूलोपिठो पारी सुनिताले साँअस्कृतिक आन्दोलनलाई उकेरा लाउने प्रयास गरेकी देखिन्छ ।

स्मृति मिस- छोरा र छोरीमाझ समान हक र अधिकारको दाबी गर्ने शान्त, सौम्य, सोझी सरल पात्र स्मृतिको उपन्यासमा त्यति भूमिका नदेखिए पनि पितृसत्तात्मकताको माखे साङ्लो चुँड़ाउन सुशिलालाई सहयोग पुऱ्याउने सपल देखिन्छिन् स्मृति मिस ।

शर्मिला र किशोर- शर्मिला र किशोर आदर्श प्रेमि प्रेमिका हुन् । दुवै जना प्रेम सम्बन्ध बाँधिए पछि उनीहरू एकदिन भागी एउटा होटलमा बस्छन् । तर दूर्भाग्यवश होटलमा बसेको रात किशोर अचानक दुर्घटनामा पर्छ । यो घटनाबारे शर्मिलालाई केही थाहै हुँदैन । होटल मालिकलाई समेत यस घटनाबारे नै थाहा हुन्छ । होटल मालिकले शर्मिलालाई वेश्या ठानी होटलको भाड़ा नतिरेको आरोपमा कुटपिट गर्छ । शर्मिलाको यस्त दयनीय अवस्थामा शर्मिलालाई सुशिलाले उद्धार गरेर लान्छे ।

उमा- उमा उषाकै मटेली चिया कमानबाट गाउँबाट आएकी आदिवासी युवती । कामदारको रुपमा सुशिलाकै गाउँमा काम गर्न आउँदाको समयमा शर्मिलाको विवाहमा भेट हुन्छ । उमा नकच्चरी पात्र हो जसले गाउँमा चम्चाको भूमिका वहन गरेर गाउँभरिको पोल एका अर्कामाधझ पुऱ्याएर आपस्तमा बाझाबाझ, झगड़ा लगाउने काम गर्छे ।


पात्र आबद्धता –
आख्यानमा कथानक कोही बाँधिने खाल्का हुन्छन् भने कोही नबाँधिने खाल्का । यस आधारमा आख्यानमा पात्रहरू बद्ध र मुक्त गरी दुइ प्रकारका हुन्छन् । यो बद्ध र मुक्तहरूको सम्बन्धको आधारमै पात्रहरूलाई चिन्ने एउटा महत्वपूर्ण उपकरण हो । उपन्यासमा घटना क्रम अनुसार कथा बढ़्दै जान्छ । आख्यानमा अनेकन् पात्रहरूको सहभागिता देखिन्छ । तर उपन्यासमा देखा परेका पात्रहरूको भूमिका, कार्यव्यापार तथा महत्त्व कसैको पनि बराबरी देखिन्न । जुन पात्रलाई वा तिनको भूमिकालाई कथानकबाट निकालिदिँदा घटनाको आधारभूत संरचनामा भत्केसो लाग्छ वा आधारभूत संरचना खल्बलिएर कथानक कुँजो र अधूरो हुन्छ ।

अर्कोतिर, उपन्यासभित्र देखा परेका कतिपय पात्रहरूलाई कथङ्कल हटाइयो भने पनि कथानकके आधारभूत संरचनालाई यसले कुनै असर पार्दैन न कि कथानक नै खजमिन्छ, यस्तो पात्र आख्यनामा देखा परे यस्ता पात्रलाई मुक्तपात्र भन्दछन् । आख्यनमा विशेष गरी प्रमुख पात्र र सहायक पात्रको उपस्थिति देखिन्छ । साथमा गौण पात्रपनि । प्रमुख र सहायक पात्र बद्धपात्रका हुन् भने मुक्त पात्रलाई गौण पात्रकै श्रेणीमा राखिन्छ ।

परिवर्तित अनुहारका पात्रहरूको वर्गीकरण –
परिवर्तित उपन्यासमा सुशिला (क्रान्ति), रोजी, उषा, उषाको दाजु, ड्राइभर, बेनाम रोगी स्त्री, जरिना, सोनाली, जरिनाका पति सासू-ससुरा, सतिश, सतिशकी आमा, सुजन, रोशनी, सुनिता, स्मृति मिस, शर्मिला र किशोर, उमा पात्रहरू बाहेक पनि अन्य धेरै पात्रहरूको उल्लेख उपन्यासमा भए तापनि नीहरूको भूमिका त्यति नदेखिएको हुनाले उनीहरूबारे चर्चा गरिनु मुनासिब ठहरेन । प्रवृत्तिका आधारमा सुशिला उर्फ क्रान्ति, जरिना, उषा प्रतिकुल पात्र हुन् भने अन्य बाँकी सबै प्रतिकुल पात्र रुपमा देखिएका छन् । स्वभावका आधारमा सुशिला (क्रान्ति), उषा, जरिना सबै गतिशील पात्र हुन् भने अन्य पात्रहरू स्थिर पात्र । रिना सुब्बाकृत परिवर्तित उपन्यासमा पात्रहरूको सङ्ख्या भक्कु भए पनि उनीहरूका चरित्रमा धेरै विविधता देखा परेको छ ।
परिवर्तित अनुहार –का अनुहारहरू –
सन् २०२३ को फरवरी महिनामा प्रकाशित रिना सुब्बाको तेस्रो उपन्यास ‘परिवर्तित अनुहार’ मागेर होइन किनेर पढ़ेँ । भारतबाट लेखिएका नेपाली उपन्यासमध्ये यो ‘परिवर्तित अनुहार’ बेग्लै विषयवस्तु समेटेर लेखिएको, समलिङ्गी वा तेस्रो लिङ्गीको तर्कपूर्ण वकालती गरिएको र पितृसत्तात्मक समाजमा नारीलाई धलिमलि गरिएका कुराहरू दोहोऱ्याइ-तेहेऱ्याइ पढ़ेँ । उपन्यास जति पढ़्दै गए यसका विषयवस्तु, पीड़ित, शोषित, लाञ्छित, अवहेलित नारी पात्रको जीवन शैलीको नालीबेली प्रस्तुत गरिएको विषयले आकर्षित हुँदै गएँ । विशेष गरी नेपाली समाजमा लैङ्गिक विभेद छैन, हुँदैन भन्नु ठ्याम्मै मिल्दैन । उपन्यासकार रिनाले यही विषयको आफ्नो ‘परिवर्तित अनुहार’-मा खुल्लम खुल्ला रुपले उदाङ्गो पार्दै मूल पात्रलाई नै नारी समलिङ्गी पात्रका रुपमा प्रस्तुत गरेर अहिलेको समाजको प्रचलित परम्परालाई चुनौतिनै उभ्याइदिएकी छन् । ‘परिवर्तित अनुहार’-का पात्रहरू क्रमैले सुशीला (सुशिला-कृप्र.) उर्फ क्रान्ति, उषा , आमा, युवती , जरीना (जरिना-कृप्र.), सुजन, रोसनी, सुजु, सुनीता (सुनिता) हरू कहीँ न कहीँ कतै न कतै परोक्ष-अपरोक्ष रुपमा पुरुषको अपहेलना, ताडना, लाञ्छना र तिरस्कारको जाँतोमा पिँधिएका छन् । यिनै पात्रहरूलाई समेटी हाम्रो समाजमा परोक्ष-अपरोक्ष रुपमा भइरहेको नारी शोषण, सामाजिक विभेद, लैङ्गिक असमानता, विसङ्गति, विकृति, वेथितिलाई उपन्यासमा उदोङ्गो पारिएको छ । नारी अबला होइन तर सक्षम, सशक्त र शक्तिशाली, अब्बल पुरुष सँगसँगै काँधमा काँध मिलाई जीवन सङ्घर्षमा अघि बढ़्ने सक्षम प्राणी हो भन्ने यस उपन्यासमा देखाउने उपन्यासकारको प्रयास हकीको देखिन्छ ।

भारतीय नेपाली आख्यान फाँटमा नारी समलिङ्गीमाथि लेखिएको यो ‘परिवर्तित अनुहार’ उपन्यास सम्भवतः पहिलो हो । उहिल्यैदेखिनै नारीहरू यो पितृत्तात्म समाजमा अन्याय, शोषण, यौन हिंसा र प्रताडनाको झाँतोमा पिँधिएका घटनाहरूप्रति उपन्यासकार रिनाको गतिलो विऱोध देखिन्छ । सोही विरोधलाई उपन्यासको कथा वस्तुमा ढाली आजको समाजमा देखिएको, भइरहेको नारी समलिङ्गी सम्बन्धलाई काखी च्यापेकी देखिन्छ । समलिङ्गीको बलमै यिनीहरू एउटा बेग्लै संसारको घरेट निर्माण गर्न आतुर देखिन्छन् । यो समाजको विकृतिसित पौंठाजोरी खेल्दै नारी स्वतन्त्रताको उदघोषणा गरिएको छ ।

संरचना - समलैङ्गिकताको अर्थ, समान लिङ्गका दुइ मानिस (चाहे पुरुष होस् वा नारी) एक साथ बसेर शारीरिक एवम् योनी सन्तुष्टि प्राप्त गर्नु हो । समलैङ्गिकता (Homosexuality) को अर्थ कुनै व्यक्ति समान लिङ्का मानिस प्रति यौन और रोमान्सपूर्वक रूपले आकर्षित हुनु । जो अन्य पुरुष प्रति आकर्षित कुनै पनि पुरुष हुने पुरुषलाई ‘पुरुष समलिङ्गी’ या ‘गे’ भनिन्छ भने कुनै नारी अन्य कुनै नारी प्रति आकर्षित हुँदछिन् भने ती नारीलाई विशेष रुपले ‘नारी समलिङ्गी’ या ‘लेस्बियन’ भनिन्छ । प्रायः सबै देशहरू तथा संस्कृतिमै समलैङ्गिकताको अस्तित्व पाइन्छ । रिना सुब्बाको ‘परिवर्तित अनुहार’मा पितृसत्तात्मक व्यवस्था र सङ्कीर्ण समाजलाई गतिलो चढ़्कन लाउँदै गतिशील, बलिष्ठ समाज निर्माणार्थ शङ्घोष गरेको पाइन्छ ।

भारतीय चिन्तन परम्परामा समलैङ्गिकताको अवधारणाले मेल नखाए पनि वा तिनलाई उति महत्त्व नदिए पनि पाश्चात्य जीवन पद्धतिमा भने मनिसहरूमाझ समलैङ्गिकताको अवधारणाबारे फलाँक्न, पुष्टि गर्न, प्रचारित तथा प्रसारित गर्नाका साथै तिनका मूल्य र मान्यता तथा मानसिकतामा उकेरा लाउऩे प्रबल प्रचेष्टा देखिएको छ । खासमा, समलैङ्गिकतालाई अप्राकृतिक, असामान्य तथा विकृत अवधारणा रुपमा हेरिने गरिन्छ । यो अवधारणआलाई थोरै मानिसहरूले मात्रै ग्रहण गरे पनि यसलाई एउटा आऩ्दोलनको रुप दिएर समलैङ्गिक समुदायलाई समाजमा मान्यता प्रतिष्ठा तथा अधिकार प्रदान गर्ने प्रयास गरेको पनि देखिन्छ । हाम्रो यतातिर समलैङ्गिकता लाजैमर्दो, घिनलाग्दो र सिकसिकलाग्दो मानिए तापनि देश-काल-परिस्थितिअनुसार यसलाई लाजमर्दो, घिनलाग्दो र सिकसिकलाग्दो नठानेर यसलाई व्यक्तिगत अस्मिता र अस्तित्वको विषय शङ्खघोष गरेर प्रस्ततु गर्ने प्रयास गरिए झै हाम्री उदीयमान आख्यानकार रिना सुब्बाले यिनै समलैङ्गिकताको अवधारणालाई आधुनिक समाजमा खुल्लम खुल्ला रुपमा नभएर धिमा स्वरमा यस सम्बन्धको कुरा गर्न कुनै कञ्जुस्याइँ गरेको देखिन्न् । उनका समलिङ्गी पात्र सुशिला उर्फ कान्ति र उषा हाकाहकी भन्छन्- “हामी नजदिक आएछौं । पति-पत्नीको प्रेम हामी यसरी बाँड़िरहेछौं । हामी समलैङ्गिक भएर पनि शान्ति र सन्तुष्टि नै छौं अनि यही समाजमा एउटा छुट्टै संसारको घरेड़ी निर्माण गर्न लागेका छौं (पृ.सं.१९१) ।” यस संवाद मार्फत् आख्यानकार रिनाले अब नारी स्वतन्त्र छन्, ऊ कसैको बन्धनमा जकड़िनु चाहँदिन । उसले जोसित जस्तो चाहन्छे उसैसित सम्बन्ध गाँस्न सक्छिन् । ऊ बसेकी समाज र उनका परिवारले साथ दिए पनि ठिकै छ नदिए पनि वास्ता छैन । लागे लाग् मोहनी नत्र घरमै छे बुढ़िया । रिनाका पात्रहरू आफ्नो इच्छानुसार स्वतन्त्र जीवन यापन गर्न चाहन्छन् । उपन्यासकार रिनाले मूल पात्र सुशिला उर्फ कान्ति, उषा, युवती, जरिनाका मर्म, वेदना,व्यथा, अपमान र तिरस्कार चित्रण गरेकी छन् ।

‘परिवर्तित अनुहार’ एक विद्रोही नारीवादी लगायत घटनाप्रधान उपन्यास हो । उपन्यासकारले यी सबै नारी पात्राहरुलाई एउटै वर्गमा समेट्ने प्रयास गरेकी छिन्।

भारतीय नेपाली उपन्यास फाँटमा आजसम्म देखिएका उपन्यासकारहरू पुष्प राई, राधा रसाइली. विन्द्या सुब्बा, स्नेहलता राई, रीता रानी ठकुरीजस्का उपन्यासहरू हामीले हेरिसकेका छौं । यी नारी उपन्यासकारहरूले नारीहरू स्वतन्त्र निर्णय लिन सक्छन् । उनीहरू स्वयम विवेकशील छन् र अरुको कसैको भर पर्नु पर्दैन भन्ने विषय प्रस्तुत गरिएको पाइन्छ ।
उनीहरूका उपन्यासहरूमा कतै स्वच्छन्दतावादी भावावेग, कतै आदिवासी र किरानीकृतहरूका सुस्केरा त कतै नारीका हक र अधिकारको प्रसङ्ग तानेर नारीवादको पक्षमा वकालत गरेको देखिन्छ । यही नयाँ हाँचकी उपन्यासकार हुन् खरसाङ दार्जिलिङ निवासी रिना सुब्बा । उनले सन् २०१९ मा ‘ममता’ शीर्षक उपन्यास प्रकाशित गरेर साहित्य जगतमा पाइला चालेकी हुन् । उनको दोस्रो उपन्यास ‘भोलिको दिन'(२०१९) र तेस्रो उपन्यास हो ‘परिवर्तित अनुहार'(२०२३) । उपन्यास लेखनको यो दुई वर्षको यात्रामा ‘परिवर्तित अनुहार’ सम्म आइपुग्दा उनी एक पोख्त उपन्यासकारको सम्भावना लिएर आएको देखिन्छ । यहाँ उनको उपन्यास ‘परिवर्तित अनुहार’को संक्षिप्त विश्लेषण गर्ने जमर्को गरिएको छ ।

हाम्रो समाजमा नारीलाई सधैँ पुरुषका अधीन मानी आइएको छ । हाम्रा सामाजिक र धार्मिक मान्यताहरूले नारीलाई कोमलाङ्गी, सहनशील, अबला यस्ता विशेषण दिने गर्छन् र ‘पोथी बास्नु हुँदैन’ भन्ने मान्यता छ । समय समयमा नेपाली नारीहरूले यस्ता मान्यतालाई कडा चुनौती दिएका छन् र आफ्नो तीखो कलमले घोचेका छन् ।

मझौलो आयामको प्रस्तुत उपन्यास एक हो । तर पात्रहरूको मानसिक द्वन्द्वले यसलाई केही चरित्र प्रधान लक्षण पनि दिएको छ । कुल सत्र परिच्छेदमा विभक्त छ ।

यसरी नारी समस्याहरूका विभिन्न घटना हुँदै कथानक अघि बढ्दै जान्छ । उपन्यासको कथावस्तु सुशीलाकी आमाको भनाइ "सुशीला बिहा नगर्नु है दुख पाउँछ" भन्ने प्रसङ्गबाट प्रारम्भ भएको छ। सामान्य यो वाक्यले नै नारीमाथि युग युगदेखि चलेको पुरुषको हैकमवादको इङ्गित गर्दछ। अर्थात् बिहे गरेर उसकी आमा-हजुरआमाले जुन समस्या झेलेका थिए सुशीलाका समयसम्म ती समास्याहरू रहेकै छन् भन्ने उसकी आमाको भनाइ हो। सुशीलाले आफ्नो जीवनमा भोगेका र देखेका विभिन्न प्रकारका नारी समस्याजनित घटनाहरू हुँदै उपन्यासको कथावस्तु नायिकाले विवाह नगरी उषासँग समलिङ्गी सम्बन्धमा रहेर जीवन बिताउने सत्नुष्टिगत दृश्यमा गएर अन्त्य भएको छ।

“परिवर्तित अनुहार” सानो आयाम र छरितो संरचना भएको उपन्यासमा आख्यानकार रिना सुब्बाले उपन्यासभरि देखा परेका किसिम पात्रहरू मार्फत् मानवतावादी विचारधारा प्रस्तुत गर्नाका साथै दर्बिलो सामाजिक सन्देश दिनामा कुनै कसर छोड़ेकी देखिन्न । आजसम्म पनि समलैंगिकता सर्वस्वीकार्य नरहेको अवस्थामा रिनाले समलैङ्गिकहरूको भावना र संवेदनालाई मल्हमपट्टी लगाउने काममा आफ्नो लेखनमा समय फुर्साम गरेकी देखिन्छ । शोषणै शोषणको झीरले उनिएर काहालिलाग्दो जीवन बिताइरहेका नारीहरू आजको स्तिथिमा स्वतन्त्र रुपमा आफ्नो जीवन यापन गर्न पाउँनुपर्छ भन्ने अधिकार सुनिश्चित हुनुपर्ने पनि उपन्याकारको उदघोषणा रहेको देखिन्छ । दुनियाँलाई थाहा छ, यो समाजमा समलिङ्गी भएर बस्नु नै समाजको घृणाको पात्र हुनु हो भन्ने जान्दा जान्दै पनि यस उपन्यासका मूल पात्र सुशिला उर्फ उषा ढुक्कैले पति-पत्नीको रुपमा बसेर नारीहरूले आफ्नो हक र अधिकार पाउनलाई जे पनि गर्न सक्छन् भन्ने चुनौतिसमेत दिएका पाइन्छ । आफ्नो हक र अधिकारको निम्ति खुल्लमखुल्ला समलैङ्गिकताको परिचय दिएका छन् । यो समलिङ्गीद्वय सुशिला र उषाको मात्र चुनौति होइन समस्त अवहेलित नारीहरूको प्रतिनिधिका रुपमा ढिट, विद्रोही नारी पात्रहरू तयार पारी रिनाले ‘परिवर्तित अनुहार’ उपन्यासमा भारतीय नेपाली आख्यान फाँटको देउरालीमा चढ़ाउनुका साथै यो घिनलाग्दो, सिकसिकलाग्दो पितृसत्तात्मक समाजका सिङसाँढ़ेहरूलाई गतिलो चढ़्कन लाएकी छन् । यो उपन्यास सबैले पढ़िदिए पितृप्रधानको जगजगीले नारीहरूलाई गौण बनाई सधैं पुरुषहरूको पैतालामा मनि राखी गुड़िया नै बनाइरहने पुरुषहरू विरुद्ध नारी स्वतन्त्रताको शङ्खघोष गरेको देखिन्छ ।

अमेरिकी कवि, निबन्धकार एड्रिएन रिच (१९२९-२०१२) पनि समलैङ्गिक थिइनन् । वैवाहिक कलहले रिचको जीवनमा परिवर्तन आयोच । सन् १९७० मा उनले आफ्नो पारिवारिक घर त्यागेर माइत गइन् । केही दिन पछि उनका लोग्ने कानराडले आत्महत्या गरे । रिच नयाँ बामपन्थी राजनैतिक आन्दोलनमा सरिक भइन् । उनले विशेष युद्ध विरोधी, नारीवाद मुद्दामाथि वकालति गरिन् । आफू समलैङ्गिक भएकीले रिचले समलैङ्गिक अधिकार, नारीवादमाथि वकालति गरिरहिन् । पीड़ित नारीहरू प्रति उनको भनाइ यस्तो देखिन्छ – ‘प्रत्येक नारीभित्र खासै नारी हुने मनोचेतना सुषुप्त हुन्छ ।’

भारतीय नेपाली उपन्यास फाँटमा समलैङ्गिकहरूलाई पात्र बनाएर सिर्जन गरिएको यो उपन्यास पहिलो हो भन्ने मेरो दाबी छ ।

सन् १९१९ को एकै वर्षमा 'ममता' र 'भोलिको दिन' गरी दुईवटा उपन्यास प्रकाशित गर्ने उपन्यासकार रिना सुब्बा, दार्जीलिङ (खर्साङ) को तेस्रो उपन्यास हो "परिवर्तित अनुहार", जो सन् २०२३ को फरवरीमा प्रकाशित भएको थियो । महिला समलिङ्गी विषयमा लेखिएको यो उपन्यासले समाजमा सदिऔंदेखि नारीमाथि भइआएको अन्याय, शोषण, यौन हिंसा र प्रताडनाप्रतिको विरोधलाई कथाको वस्तु बनाएको छ । वर्तमान समाज अर्थात आजको एक्काइसौं शताब्दिमा देखिएको नारी समलिङ्गी सम्बन्धको पक्षमा वकालत गरेको छ यस उपन्यासले । विशेष गरी हाम्रो पूर्वीय समाजको परम्परामा समलिङ्गी वर्जित विषय हो । पश्चिमी समाजले यसलाई सकारात्मक रुपमा ग्रहण गरे तापनि हाम्रो समाजले आजसम्म सहजै अस्वीकार गर्ने गरेको छ । अहिलेसम्म पनि समाजको मान्यता विपरितकै सम्बन्ध हो समलिङ्गी आचारण र व्यवहार । लुकिछिपि समलिङ्गी सम्बन्ध नभएका होइनन् । तर अझै पनि खुलेर बाहिर आउन सक्ने अवस्था र वातावरण भइसकेको छैन । यस्तो विषयलाई उपन्यासकार रिना सुब्बाले समलिङ्गीको आवश्यकता र वाध्यता दुवैलाई उपन्यासमा प्रस्तुत गरेकी छन् ।

पर्यावरण – परिवर्तित अऩुहारमा पहाड़ तराई डुवर्स तथा कलकत्ताको गाउँले र शहरे परिवेशलाई विशेष मह्त्व दिएको उपन्यास हो । यस भेकका पात्रहरूको शोषित अवहेलित तथा यौन उत्पीड़नको शिकारले ग्रसित देखिन्छ । प्रस्तुत उपन्यासको वातावरण नारीहरूको दुःखपूर्ण रहेको छ । कुनै नारी शान्तसितले श्वास बिसाउऩ पाएका छैनन् । प्रारम्भदेखि नै देखिने पितृसत्तात्मक साजको ह्याँकुली मिचाइले कहालीलाग्दो जीवन बिताएको घटनाले पाठकमा निराशा, हताशाको भाव बिकसित हुने सम्भावना प्रशस्तै देखिन्छन् । उपन्यासमा पीड़ित नारीहरू कतिजना प्रति पनि सहानुभूति देखाउनु भन्ने प्रश्न दोहोरिहन्छ । थुप्रै विभिन्न कारणले जर्जरित नारी पात्रहरूमध्ये मात्रै दुइजना सुशिला र उषा मात्र समलैङ्गिक हुँदा हुँदै पनि वैवाहिक बन्धनमा बाँधिएर यस उपन्यासको चुकचुक लाग्दो वातावरणलाई उकेरा लाउने प्रयास गरेको देखिन्छ ।

दृष्टिविन्दु – परिवर्तित अनुहारको सिङ्गो कथा ‘म’ पात्रका रुपमा रहेकी सुशिला उर्फ क्रान्तिले भनेकी छन् र उनै सुशिलाले उपन्यास भित्र देखा परेका अन्य नारी पात्रहूका क्रियाकलाप, उनीहरूको जीवन भोगाइ, घटना तथा परिवेशको वर्णन गर्नाका साथै नारीमाथि भएको विविध प्रकारका शोषण व्यक्त गरेकी छन् । परिच्छेद एक-मा ‘म’ पात्रले आफ्नो उदगार यसरी पोखेकी पाइऩ्छ - ”म आफु हुनुको भाव, आफ्नो इच्छाअनुसार स्वतन्त्र उड़ानमा रमाइरहेछु । दुःखको कुरा मेरा आमाबाउले मेरो प्रगति देख्न सकेन (सकेनन्-कृप्र.) त्यो घटनाले नै रोग पाए (पाएँ-कृप्र) । मान्छे धनबिना बाँच्न सक्छ मान सम्मान नभए बाँच्न सक्दैन ।
मेरा बाउ एक (एकजना-कृप्र) स्वाभिमानी मान्छे हुनको साथै धनले नभए पनि मानमर्यादाका समाजमा निकै थियो । तर सचेतनताको अभावले ध्वस्त भए ।
हाम्रा गाउँघर तथा देशका अनेकौं ठाउँहरूमा अझ पनि अशिक्षित छन्, आर्थिक अभावको कारणले, अशिक्षित हुनाले जनचेतनाको कमि देखिन्छ । कसैले पनि उनीहरूको भावनासँग खेल्न सक्छ, त्यसैले बारम्बार देखिन्छन् । ठगहरूका यस्तै व्यक्तिहरूलाई निशाना बनाउऩे गर्छन् (पृ.सं. ३८) ।”
यसप्रकारले शुरुबाटै उपन्यासका सबै घटनामा ‘म’ पात्र सुशिलाकै तिक्त अऩुभव, आफूले देखेकै कुराहरू यहाँ बोलेको छ । उपन्यासका सम्पूर्ण घटना, सारवस्तु, संवाद आदि सुशिलाबाटै भए पनि पात्र आधिक्यका कारणले अन्य पात्रहरूको स्वतन्त्रताको ख्याल राख्दै घटनाक्रम अनुसार अन्य पात्रलाई पनि बोल्ने र आफ्ना तिक्त अनुभव भन्ने मौका दिएकी छे सुशिला उर्फ क्रान्तिले ।

भाषा – परिवर्तित अनुहार मध्यमवर्गीय शोषित, लाञ्छित, अवहेलिता नारी तथा सोही समाजकै पितृसत्तात्मकको हण्टर चलाउने लम्पट, लबरपाँड़े, व्याभाचारी पात्रहरूको यथार्छ चित्रण गर्ने उपन्यास हो । यसैले यसमा सरल, स्वाभाविक, कहीँ कथ्य र कहीं बान्किलो भाषा प्रयोग गरेको देखिन्छ । कथयिताले घटना बताउँदै गए पनि ठाउँमा अन्य पात्रको संवादले उपन्यासलाई जीवन्त बनाएको छ नै । कहीँ कहीँ टेसिलो भाषा प्रयोग हुँदा हुँदै पनि उपन्यासको ठाँवै पिछे प्रशस्तै मात्रामा हिन्दी, अरबी, फारसी शब्द प्रयोग गरेकोले उपन्यास मज्जाले पढ़्दै जाँदा दाँतमा ढुङ्गो परेजस्तै हुन्छ । दाँतमा ढुङ्गो लाग्ने त्यस्ता केही शब्दहरू – जल्दबाजी, दिनदहाड़े, डायन, हिमायती, कोस्दै, खुनले, सबुतबिना, अब्बु आदि आदि । हाम्रो शब्द भँड़ारमा पगिता ठेट, झर्रा भाषाहरू छन् । उपन्यासकारले आगामी उपन्यास लेखनमा निजी शब्द भँड़ारबाटै शब्दहरू प्रयोग गरुन् भन्ने विशेष निवेदन छ ।

यद्यपि, परिवर्तित अनुहारको भाषा समाजकै यथार्थलाई टिपेर पात्रानुकूल प्रयोग गरेकी देखिन्छ ।

शीर्षक – समलैङ्गिकताको पछ्यौरा समातेर लेखिएको उपन्यास परिवर्तित अनुहार । यस उपन्यासको शीर्षक ‘परिवर्तित’ अनुहार मिले बनेको ‘परिवर्तित अनुहार’ पदावलीबाट निर्माण भएको छ । संस्कृतको विशेषण शब्द परिवर्तिदत शब्दको शब्दकोशीय अर्थ हुन्छ परिवर्तन गरिएको, अदलबदल गरिएको; सट्टापट्टा गरिएको, विनिमय गरिएको; घुमाइएको; फर्केको, फिरेको । त्यसरीनै संस्कृतको नामवाचक शब्द ‘अनुहार’ (कथ्य. अनुवार)-को शाव्दिक अर्थ हुन्छ, आकार, आकृति, रुप; चेहरा; मुख, मुखाकृति, मुखमण्डल; प्रतिकृति ; वि. समान, उस्तै, बराबार ।
‘परिवर्तित अनुहार’ले शाब्दिक रुपमा ‘बद्लिएको मुख’ भन्ने अर्थ दिन्छ । यस उपन्यासमा देखा परेका पात्रहरूको अनुहार बाहिर एउटा देखिए पनि नेपथ्यमा अनुहार बदलिएर राँटो चलाएको देखिन्छ । यी दुइ पदावली ‘परिवर्तित अनुहार’ले प्रतीकात्मक रुपमा समाजका अबला नारीहरूमाथि भएको यौन शोषणबाहेक पनि अन्यान्य सामाजिक शोषणमा थाहै नपाइने गरी भागीदारी हुने पुरुष पात्रहरूको अनुहार बदलेको कुरालाई यहाँ राखिएको छ । उपन्यास शुरुदेखि अन्तसम्मै पढ़िसकेपछि शोषक र शोषित दुवैका पक्षसाथै सुशिला र उषाको अनुहार पनि अन्त्यमा आएर बदलेको घटनाबाट उपन्यासको शीर्षक सार्थक भएको देखिन्छ ।, . शाब्दिक रुपमा ‘बद्लिएको मुख’ भन्ने अर्थ दिन्छ ।

उपन्यासका दुर्बल पक्ष –
घटनाप्रधान उपन्यास ‘परिवर्तित अनुहार’ले धारावाहिक रुपमा घटनाहरू बुन्दै अघि बढ़ेको छ । यसलाई एउटा रोमाञ्चकारी, क्रान्तिकारी तथा नारी विद्रोही उपनयासको आख्या पनि दिन सकिन्छ । उपन्यासमा देखा परेका नारी पात्रहरू उपन्यास सकिञ्जेल सञ्चोले श्वाश फेर्न नपाएको देखिन्छ । एकमात्र मूल पात्र आफ्नो आँट , शक्ति, बल, बुताले पितृत्तात्मक समाजसित जुझ्दै भए पनि अन्त्यमा उषासित वैवाहिक जीवन बिताउन तिर लाग्छिन् । यसमा सामान्य़ श्वास बिसाउने ठाउँ देखिन्छ । तर उपन्यासमा देखिएका भुक्तभोगीहरू नारी पात्रलाई उपन्यासको कथालाई द्रूत गतिमा बढ़ाउने दाउमा यी जुम्मै पात्रलाई उपन्यसकारले बिर्सिँदै आएको देखिन्छ । जरिना कहाँ गई ? जरिनाकी छोरी कहाँ गई ? कत्रो भई होली ? भन्ने प्रश्नले पाठकलाई सुर्तामा पारेकै हुनुपर्छ । लु सुशिला (क्रान्ति) र उषा ता समलैङ्गिकताको कारणले थन्को लागे । तर उषाका दाजु, भाउजू, आमा, युवती , युवतीका पति,जरीना, जरिनाका सासू ससूरा, बूढ़ी बज्यू, सतिश, सुजन, रोशनी, रोशनीका पति, सुजू, सुनिता, मुकुण्डो ( सुसीलालाई बेच्ने एजेण्ट) उपन्यासको भीड़मा कता हराए...हराए आदि दुर्बल पक्ष देखिएका छन् ।
यसका साथै यस उपन्यासभित्र खट्किएको वा दुर्बल पक्ष के देखियो भने, यहाँ देखा परेका जम्मै पुरुष पात्रलाई स्त्रीलम्बट, बलात्कारी, यौनहिंस्रक, .युवती बेच बिखनमा लिप्त बाहेक सच्चा, निर्मल, स्वच्छ पुरुष चरित्र समावेश गरिएको पाइन्न् । सबै पुरुषहरू रिनाको उपन्यासकै पुरुषहरू पात्रहरूजस्ता हुन्छन् र भन्ने प्रश्नले यो पुरुष समीक्षकलाई कोपरिरहेको छ । उपन्यासभित्र देखा परेका वा उपन्यासकारले देखाउने खोजेकी पुरुषहरूलाई पितृसत्तात्मक झीरले उनिएर जम्मै पुरुषलाई नै एउटै बोराको कुहेको आलु बनाउने उपन्यासकारको इच्छा हो वा उपन्यासमा भक्कु पितृसत्तात्मधारी, स्त्रीलम्पट, दुराचारी, बलात्कारी पुरुष बाहेक एकजना पनि असल, सच्चरित्र पुरुष नउभ्याएकीले सामान्य केही सच्चरित्रवान पुरुषहरूप्रति अनादर, असम्मान गर्ने खोजेको देखिँदैन र ? सह पात्र उषा प्रचण्ड पुरुषविरोधी सशक्त पात्र हो । पुरुषबाटै अवेहलना , यन्त्रणाको शिकार भएकी उषालाई पुरुषप्रतिको वितृष्णा देखिनु स्वभाविकै हो । यद्यपि उषालाई सम्झाउने निहुँमा सुशिलाले पुरुषको पक्षमा यसरी बोलेकी छे –“मैले जीवनमा क्रुर पुरषसँगै असल पुरुषहरू पनि देखेकी छु । किताबी दुनियाँमा उदाहरण भई बसेका थुप्रै महापुरुषहरू छन् । जसले स्त्रीहरूकै हितार्थ सङ्घर्ष गरी आवाज उठाएका थिए (पृ.सं. ८९) ।” आफ्नो अधिपत्य जमाइ स्त्री दोहनमा चाख राख्ने पुरुषहरूको घोर विरोधी सुशिलाको भनाइ ठिकै देखिए पनि उपन्यासकारले कुनै सच्चारित्र, भद्र, सौम्य, शान्त, निर्मल पुरुष पात्र उभ्याएर पुरुषको पक्षमा सेवलाद बोल्ने नलगाएकी देख्दा पसबै पुरुषलाई एक ड्याङका मुला ठान्ने प्रवृत्ति देखिन्छ ।

औपन्यासिक विशेषता –
यस उपन्यास परिवर्तित अनुहारमा देखिएका विशेषताहरू यस प्रकारका देखिन्छन् –
१। नारीपात्रका विचारमार्फत् नारीका हकअधिकार र स्वतन्त्रताको माग,
२। नारीवादी प्रवृत्ति प्रबल,
३। नारीवादी सचेतनता प्रस्तुति,
४। पित्तृतात्मक समाजले नारीमाथि गरिने विभेद, दमन, घरेलु हिंसा, यौनशोषणप्रतिको विरोध गर्नाका साथै नारी चेतना जागृति गराउने सङ्केत,
५। लिङ्को आधारमा नारीमाथि गरिने विरोध गरिँदा पनि नारीहरू कमजोर नभई त्यसको डटेर सामना ग्रनुपर्ने दिशानिर्देश,
६। नारीहरूको क्षमता, नारीमाथि पुरुषले गर्ने नियन्त्रण तथा विभेदप्रतिको विरोध,
७। निम्न वर्गीय नारीहरूले जीवननिर्वाहका लागि गर्नुपरेका सङ्घर्षको प्रस्तुति,
८। सुशिलाजस्ती ढीट, आँटी नारीहरूको पञ्जामा परेपछि जस्तै पुरुष पनि उम्किन र फुत्किन नसकेको सन्दर्भको मिठाइलो प्रस्तुति,
९। पितृसत्तात्मक समाजले नारीमाथि गर्ने विविध प्रकारका दमन, हिंसाजन्य क्रियाकलापको घोर विरोध प्रदर्शन्,
१०। कुनै पनि नारी (चाहे बहिनी होस् वा बुहारी)माथि प्रत्यक्ष वा परोक्ष रुपमा पितृसत्तात्मक शोषण तथा शोषणप्रतिको विरोघप्रति नारीको जागृत घृणा तथा विद्रोह प्रत्तुति,
११। नारीको क्षमता, स्वतन्त्रता, पुरुष नियन्त्रण गर्ने विभेद प्रति विरोधका साथै वैवाहिक सम्बन्धमा नारीको निर्णयको कदर र सम्मान गरिनुपर्छ भन्ने चेतावनी,
१२। पुरुषको अन्यायमाथि कठोर रुपले आवाज उठाएर नारीलाई बाँच्ने स्वतन्त्रता दिनुपर्ने लाखेस,
१३। नारी स्वतन्त्रताको शङ्खघोष ।

निष्कर्ष र मूल्याङ्कन - पितृसत्तात्मक समाजले प्रत्यक्ष वा परोक्ष रुपमा नारीहरूमाथि नजानिँदो पाराले गरेका शोषण, अत्याचार, घरेलू हिंसा तथा यौन हिंसा आदिका विविध फाँटलाई धक नमानी निर्धक्करुपमा पाठकसामु ल्याउनु साँच्चै नै गतिलो आँट र साहस मात्र होइन गतिलो चुनौतिको विषय पनि हो । समलिङ्गी भन्नु नै हाम्रो समाजको निम्ति दाँतले जिब्रो टोक्नु, आखा ठूल्ठूला पार्नुका साथसाथै भक्कु प्रश्न लगायत सिकसिकलाग्दो व्यक्ति रुपमा हेरिने गरिन्छ । समाजमा नपच्ने वा पचाउन नचाहने समाजलाई समलिङ्गीको पनि आफ्नै आयाम हुन्छ, बेग्लै जीवन हुन्छ भन्ने खातिर यो उपन्यास लेखेर मुखमा बुजो लाउने काम गरेकी छन् उपन्यासकारले । समलिङ्गी पात्रलाई उपन्यासमा प्रमुख पात्रका रूपमा उभ्याएर उपन्यासकार रिनाले समलिङ्गी पात्रहरूको स्वतन्त्रता, उनीहरूको मूल्य र मान्यताको निम्ति यिनै समलिङ्गीप्रति नाक खुम्च्याउने, नाकनिक गर्नेहरू विरुद्ध उपन्यासकै माध्यमबाट यो बिब्ल्याँटो समाजसित पौँठोजोरी खेलेर एउटा अविस्मरणीय दृष्टान्त नै कायम गरेकी छन् । एक सय एकानब्बे (१९१) पृष्ठसम्म फैलिएको यस उपन्यासको प्रथम पृष्ठमै हाम्रो समाजमा युगौंदेखि चलिआएको पुरुष हैकमवाद यसरी खुलस्त पारेको “छोरी मान्छे अर्काको भित्ता टाल्ने जात (पृं.सं.३७)।” “सुशीला (सुशिला-कृप्र) बिहे नगर्नू है दुःख पाउँछ (पृं.सं.३७)”-बाटै पाठकलाई कौतुहलमय पाराले आकर्षित पार्दै विविध प्रकारले भइरहने नारीमातिको अत्याचार नारीले चूपो लागि मौन रहेर सहनुपर्ने पितृसत्तात्मक सोचविरुद्ध ‘म’ पात्रले विद्रोह गरेकी छ। भारतीय नेपाली आख्यान फाँटमा अत्यन्तै नयाँ स्वाद लिएर आएको यो कृतिले अहिल्यै नै होइन तर ढिलै भए पनि मान्यता पाउँनेछ भन्ने कुरामा म सोह्रै आना आश्वस्त र विश्वस्त छु । समलिङ्गी भन्नु नै यौनसित सम्बन्धित हुन्छ भन्ने लाटो र मूर्ख धारणलाई गतिलो चढ़कन लाउँदै रिनाले सुशिला र उषालाई वैवाहिक बन्धनमा बाँध्न लाएर उनीहरूको प्रेम आत्मिक प्रेम हो, उनीहरूको समलैङ्गिक सम्बन्ध यौनजनित होइन मनसित समलैङ्गिक सम्बन्घ छ, रहन्छ वा हुनेछ भनी उपन्यासलाई समाप्त गरेर आफू पन्छिएकी छन् । समलैङ्गिक विवाह बन्धनमा बाँधिने यी पात्रहरूको उत्तरार्द्धको जिन्दगी कसरी बित्ने हो वा उनीहरूले के कस्ता समस्याहरू समक्ष सम्मुखीन हुनुपर्ने हो सोबारे सोंच्ने घात्लिने जिम्मावारी पाठकलाई नै सुम्पेकी छन् ।

पुछारमा के भन्न सकिन्छ भने, यो उपन्यास सामाजिक प्रतिबद्धता, साहित्य कौशलको उत्कृष्ट एवम् बान्किलो नमूना है । निकै सशक्त रुपमा प्रस्तुत गरिएको समलैङ्गिकतालाई बेजोड़ रूपमा प्रस्तुत गरिएको उपन्यासमा समलैङ्गिक व्यक्तिमा वैज्ञानिक दुर्बलता हुँदा हुँदै पनि तिनको व्यक्तित्वमा सामाजिकता, चारित्रिक उत्कृष्टताले वास पाएको हुन्छ । यही कुरालाई उपन्यासमा रिना सुब्बाले सामाजिक जीवनको महत्वपूर्ण दस्तावेज प्रस्तुत गरेकी छन् । समलैङ्गिकता अध्ययन तथा बहसको दृष्टिले पनि रिनाको यो ‘परिवर्तित अनुहार’लाई उत्कृष्ट तथा अब्बल कृति नै मान्न सकिन्छ ।

रिना सुब्बाको प्रस्तुत उपन्यास ‘परिवर्तित अऩुहार’ परिवर्तनकामी अवधारणबाट प्रेरित भई लेखिएको एउटा गतिलो सन्देशमूलक उपन्यास हो । यस उपन्यासमा उपन्यासकी मूल नायिका सुशिला उर्फ क्रान्तिले परिवर्तनको शङ्खघोष गर्न आफ्नो आशय़ पुष्टि गर्ने निहुँमा पितृसत्तात्क धलिमलि, समलैङ्गिकताको अवधारणालाई दार्शनिक आधार बनाएको बुझिन्छ । नारी पात्रको केन्द्रियतामा संरचित यो उपन्यसमा उपन्यासको आरम्भमै पुरुष समाजको हैकमवादको हाउगुजी देखाएकी छन् रिनाले । समाजको के कुरा गर्नु आफ्नै परिवारको भूगोलभित्र नै नारीले भोगिरहेका समस्या खासमा सिङ्गो समाजको समस्याहरु हुन् भनी नारी मुद्दालाई गम्भीरता अनि गहनताको साथ चिरफार गरिएको पाइऩ्छ । यथार्थको दर्शन प्रस्तुत गर्ने निहुँमा हाम्रो समाज कस्तो छ र अब यो अधमरा समाज कस्तो हुनुपर्छ भन्ने कुरा प्रष्ट पार्न उपन्यासकार रिनाले आफ्नो अनुभव, गहन ज्ञान र सीप तथा बुताको यथाशक्य प्रयोग गरी पाठक अनुकूल बनाउने भरसके प्रयास गरेकी देखिन्छ । रिनाको एउटै चाहना छ, यो बिब्व्याँटो समाज परिवर्तन हुनुपर्छ र यो समाज परिवर्तन हुनु हो भने नारी सशक्तिकरणको आवश्यकता नितान्तै जरुरी छ भन्ने उनको जल्पना कल्पना देखिन्छ । समाजमा प्रचलित लैङ्गिक विभेदकारी पितृसत्तात्मक समाजको जरा खोतल्ने उनको आँट र साहस हक्कीको देखिन्छ । उपन्यास साङ्गोपाङ्ग अध्ययन पछि प्रस्तुत उपन्यास ‘परिवर्तित अनुहार’ नारी स्वतन्त्रताको शङ्खघोष गरिएको उपन्यास हो ।

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।