बाँदर र मान्छेका बिच बेलाबेला खेतिबालीका विषयमा हुने द्वन्द्वका कारण बाँदरका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन मिडियामा समाचार आइरहन्छन् । त्यस क्रममा बाँदरका विषयमा बृहत् जानकारी राख्नुहुने प्राणीशास्त्री प्रा.डा. मुकेशकुमार चालिसेका भनाइ र अन्तर्वार्तालाई पनि सञ्चारका ती माध्यमले बेलाबखत प्रसारण गरेका हुन्छन् । सोही क्रममा अप्रत्यक्ष रूपमा चिन्न पाएको यस पंक्तिको लेखकले प्रा.डा. चालिसेको आत्मकथन ‘मैले छिचोलेका कुइनेटा’ पढ्ने अवसर पायो । एउटा किताब आद्योपान्त नछिचोलेको धेरै अन्तरालपछि एक प्राणीशास्त्रीको जीवन भोगाइका अनुभव कस्ता रहेछन् भनेर पढ्ने उत्सुकता पनि जाग्यो । बाल्यकालमा घरमा पाहुनाका रूपमा बेलाबखत आउनुहुने अग्रणी साहित्यकारहरू युद्धप्रसाद मिश्र, श्यामप्रसाद, जनकप्रसाद हुमागार्इं, केवलपुरे किसान, गोविन्द भट्टसहितका व्यक्तित्वको पुस्तकका अन्तिमतिर रहेको तस्वीर सँगालोले पुस्तक पढ्ने थप प्रेरणा मिल्यो, उहाँहरूबारे पनि थप केही जानकारी पाइन्छ कि भनेर । अध्ययन अनुसन्धानमा लिप्त प्राणीशास्त्री कुनै समय नेपालको कम्युनिष्ट पार्टीको सङ्गठक भएको कुरा थाहा पाउँदा उहाँको बहुआयामिक व्यक्तित्वबारे अझ चासो थपियो । पुस्तक पढ्ने क्रममा नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनको सुरुवातसँगै हजारौं व्यक्तिको त्याग, निष्ठा र बलिदानले कसरी सङ्गठन विस्तार हुन थाल्यो, यसले आन्दोलनको रूप कसरी लियो र अहिले गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा कस्ता विकृति, विसङ्गतिले प्रगतिशील र क्रान्तिकारी भन्ठानिएको व्यवस्था संशोधनवादको शिकार हुँदै शिथिल बन्न पुगेको छ भन्ने कुराको केही ज्ञान पनि भयो ।
आप्mनो बाल्यकालदेखि, युवावस्था हुँदै वर्तमान निवृत्त जीवनसम्म आइपुग्दा पार गरेका लेखकको कुइनेटारूपी जीवनको भोगाइ प्रा.डा. चालिसेको ‘मैले छिचोलेका कुइनेटा’मा छ । मस्तिष्कघात भएर केही विस्मृति हुने सम्भावना हुँदाहुँदै पनि डा. चालिसेका भोगाइ लिपिबद्ध गर्न भुँडीपुराण प्रकाशनले राम्रै काम गरेको रहेछ । २०७७ सालमा प्रकाशित यस कृतिमा ३० वटा विभिन्न शीर्षकमा लेखकका आत्मकथनलाई प्रस्तुत गरिएको छ । आप्mना पुर्खाको नालीबेलीमा कसरी भट्टराईहरू चालिसे भए भन्ने ऐतिहासिक विषयसमेत यसमा उल्लेख छ । कसरी चाकरी र कज्याईं गरेर आप्mना हजुरबाले राणाकालमा सेनामा जागिर खाए, सम्पत्ति आर्जन कसरी भयो भन्ने कुराहरू पढ्दा राणाकालकाबारे पढ्दै आएको समाजको चित्र ती सन्दर्भमा पनि उस्तै रूपमा झल्किन्छन् । आप्mना बुबा सरकारी कामका सिलसिलामा केही वर्षका अन्तरालमा पूर्वमा तेह्रथुमदेखि पश्चिममा बर्दियासम्म पुगेको, त्यहाँका त्यो बेलाको समाज, शिक्षा, स्वास्थ्य क्षेत्रको चित्रण पनि यसमा आउँछ ।
काँठ क्षेत्रमा बसोबास भएको, हजुरबुबाको दरबारसम्म पहुँच भएको र खानलाउनको समस्या नभएको भए तापनि उच्च शिक्षा हासिल गर्ने क्रममा कस्ताकस्ता ठक्कर खानु प¥यो, कस्ता घात सहनु प¥यो, अन्त्यमा कसरी एउटा मध्यम वर्गीय परिवारको केटो सर्वहाराको मुक्तिका लागि बुर्जुवा शिक्षालाई चटक्कै छाडी कम्युनिष्ट आन्दोलनमा होमियो र कसरी फेरि त्यही औपचारिक शिक्षा पुनः सुरु भयो भन्ने कुराले पुस्तकको एक चौथाइ भाग ओगटेको छ ।
विद्यावारिधि गर्ने क्रममा भाले र पोथी बाँदरका खाना र तिनका आनीबानी अनि शारीरिक बनोटसँग सम्बन्धित रहेर गरिएको अध्ययन नेपालमै पहिलो रहेको जानकारी सँगसँगै नेपालमा रेड पाण्डा, भालु बिरालो, डल्फिन आदिका बारे गरिएको अध्ययन अनुसन्धानबारेका रोचक घटनाहरू, अनुसन्धानका क्रममा रहँदा आइपरेका जीवनमरणका अवस्थाहरू बारे पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक पढ्दा नेपालको प्राज्ञिक क्षेत्रमा अध्ययन, अनुसन्धान र बौद्धिक उन्नयनमा डा. चालिसेको महत्त्वपूर्ण योगदान रहेको प्रतीत हुन्छ । लेखकका कुइनेटा पार गर्दाका अनुभव पढ्दा जुन काममा लागे पनि आपूmले सकेको वा जानेको विषयलाई पूर्ण रूपमा पस्कन सकेमा सम्बन्धित क्षेत्रमा उल्लेख्य योगदान गर्न सकिने कुरा पनि महसुस हुन्छ ।
पुस्तकका सम्बन्धमा टिप्पणी गर्ने क्रममा वरिष्ठ पत्रकार भैरव रिसालले भन्नुभएजस्तै बाल्यकालदेखि उच्च शिक्षा पढ्दै गर्दाको वयस्क बेला, पढ्दापढ्दै राजनीतिमा होमिएर पुनः पढाइलाई निरन्तरता दिँदासम्मको अवस्था र अध्ययन, अनुसन्धानमा लागि प्राज्ञिक योगदान र उन्नयनको अवस्था गरी तीन भागमा कथिएको आत्मकथन सकारात्मक उर्जा प्रदान गर्ने खालको हुँदाहुँदै पनि हामी प्रत्येकको जीवनमा हुने सबै आयाम यस पुस्तकले नसमेटेको हो कि भन्ने यी पंक्तिका लेखकलाई पनि लाग्यो । आत्मकथनमा आपूmले गरेका गल्ती, भएका–गरिएका पश्चाताप, पीडा, क्षमाभाव पनि निसङ्कोच र निष्पक्ष ढङ्गबाट आयो भने पाठकका लागि पनि यो सिकाइको विषय हुन सक्छ । आत्मकथन भनिए तापनि यात्रा संस्मरण जस्तो भयो भने पढ्न त रमाइलै हुन्छ । नयाँ ठाउँ, नयाँ समुदाय, नयाँ रीतिथितिबारे जानकारी हुन्छ तर जीवनदर्शन त्यसमा आउँदैन जुन यस पुस्तकमा अलिक कम छ ।
आत्मकथन भएकाले र व्यक्तिको गोपनीयताको अधिकारको सम्मान गरिएका कारणले पनि होला उहाँको पारिवारिक जीवनका बारे बुभ्mन पर्दा हजुरबुबा, बुबाबारे धेरै, आमाबारे केही मात्रै प्रसङ्ग आउँदा थोरै खल्लो महसुस हुन्छ । तथापि, काँठ क्षेत्रमा एघार पुस्तादेखि बस्दै आएको, राणा परिवार र दरबारका नजिक रहेको परिवारमा हुर्किएर बिस्तारै प्रगतिशील सोच र अभियानसँग आबद्ध भई अहोरात्र खटिई जनताका घरदैलामा पुगी संगठन बनाएर उनीहरूमा अन्याय र असमानताका विरुद्ध लड्ने चेत भरी एउटा आन्दोलनको निर्माण गर्न उहाँले गर्नुभएको योगदानलाई नजरअन्दाज गर्नु अन्याय हुन जान्छ जस्तो लाग्छ । वर्तमान अवस्थासम्म उहाँको राजनीतिक पृष्ठभूमिबारे अहिलेको युवा पुस्ता अनविज्ञ रहे पनि नेपालमा वन्यजन्तु, पर्यावरण, प्रकृति र संरक्षणको क्षेत्रमा अध्ययन, अनुसन्धानबाट उहाँले गर्नुभएको योगदान अतुलनीय रहेको महसुस भयो । मानिसले निरन्तर आप्mनो कर्म गर्न छाडेन भने जुनसुकै व्यक्ति, राजनीतिक दल सत्ता र शक्तिमा आए पनि, जतिसुकै निषेध गर्न खोजे पनि उक्त व्यक्तिको योगदान तथा कीर्ति चम्किएरै छाड्छ, अरूलाई उज्यालो दिएरै जान्छ । त्यसैले इमान्दार योगदान र निरन्तर कर्म गर्न उत्पे्ररणा दिने यो पुस्तक पठनीय रहेको यी पंक्तिका लेखकको ठम्याइ छ ।