फेसबुक एकक्षण खेलाउन पाइएन भने संसारै शून्य र रित्तो लाग्छ । फेसबुकमा हामी जे पनि अपलोड गर्छौं । गाड़ी किनेको विराट चाबी देखाएर नयाँ गाड़ीमा अड़ेसिएर मेरो नयाँ अतिथि भनी किसिम किसिमका चित्र अपलोड गर्छौं । त्यसपछि किसिम आइक्स कमेण्टस पूरै । कतिले बधाई,कतिले congratulations लेख्छन् । त्यसपछि हामी मोबाइल कोट्याउँदै दिनभरिमा कति लाइक्स र कति कमेण्टस् आयो त्यो गन्ती गर्छौं । घरकी श्रीमतीले सोध्छिन्, मदन सरले लाइक गरेछन् ? सरकी म्याडमले ? बाईचान्स सर म्याडमले उनीहरूले देखाएको गाड़ीको चित्रमा लाइक कमेण्टस केही नगरेका भए फेरि श्रीमती गर्जिन्छे, औ पापा...अबदेखि तिनीहरूकोमा पनि एउटै लाइक कमेम्टस् गर्दैन है । श्रीमतीले अर्डर गरेपछि श्रीमान महोदयले टार्ने कुरै आएन । अहिले त लाइक्स र कमेण्टसमा पनि डाह हुन थालेको देखिन्छ ।
सुङ्गुरले पन्ध्रवटा पाठा ब्याई भने पनि सुङ्गुरको फोटो फेसबुकमा ड्याम्मै । हाम्री भुकुलीका सन्तानहरू । त्यसमा पनि लाइक्स कमेण्टस्। दसै र तिहारको निम्ति ल्याइएका कार्टुनका कार्टुन बियर र रमहरू सेण्टर टेबलमा लस्करै राखी फोटो खिँचेर फेसबुकमा अपलोड गर्ने मैँ हुँ अरुलाई किन भन्नु । अनि नक्सामुनि क्यापसन- लु यसपाली दसैँ-तिहार मज्जाले मनाउऩे भयौ । बस लाइक्स र कमेण्टस् । कोही लेख्छन्, आम्बो....थुक पो आयो हौ । कोही लेख्छन्, तपाईको चिज देख्दै म मातेँ है । कसैको कमेण्ट, congrats. Keep it up ।
हामी परिवार घुम्न गयौँ निकै टाढ़ा । हावाजहाजभित्र बसेर लोग्ने स्वास्नीको सेल्फी....क्यापसन – हामी अब चेन्नाईतिर । त्यसमा पनि congrats. Keep it up । Safe journey । यहाँसम्म त ठिकै छ । चेन्नईको एउटा सपिङ मलमा हिँड़दा खुट्टा मड़केर केही दिन थलिएँ । फेसबुकमा अपलोड नगरुँ भन्दा भन्दै मैले थाहा नपाई श्रीमानले कति बेला फेसबुकमा अपलोड गरिदिएछन् । मलाई केही थाहै छैन ।
बेलुकी डिनर गरेर फेसबुक कोट्याएकी मात्र थाहा सबैलाई मेरो खुट्टा मड़केको नक्शा देखेर कतिले सान्त्वना दिएर , कतिले get well soon लेखी कमेण्टस् गर्दा खुसी लाग्यो । तर हेर्दै जाँदा त्यस चित्रमाथि लेखिएका कमेण्टस् -
Owo….
So nice….
A load of congratulatios
Well done…keep it up.
Great achievements…Sathi….
थुन्सेभरि बधाई ।
यसबाट के प्रमाणित भयो भने, हामीहरू कसैले पनि फेसबुकमा अपलोड गरिएका कुराहरू नपढ़ी नै कमेम्टस गर्दारहेछौं ।
यसकारण फेसबुकका लाइक्स कमेण्टस् अधमरा भएर बाँचिरहेको देखेँ ।
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)