18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गुवराज काफ्लेको साहित्यिक व्यक्तित्व एक अवलोकन

व्यक्तित्व / कृतित्व विमला जोशी प्रधान October 21, 2023, 11:35 pm
विमला जोशी प्रधान
विमला जोशी प्रधान

एक्काइसौं शताब्दीको यो युगमा मानव समाजलाई सचेतना प्रदान गर्ने, महातत्वको नाम हो साहित्य ।साहित्यले विभिन्न भाषाको विविध ज्ञान - विज्ञानका अलौकिक काम गर्दै आएको छ।साहित्य छ र नै विश्वभरिका मानिसहरुका अस्तित्व, अस्मिता, इतिहासका बोध गराउने , जान्ने , अर्थ्याउने , बताउने, जागृत गराउने, उत्साह भर्ने जस्ता कार्यहरु गर्दै आएका छन्। त्यसै गरि हाम्रा समाजका एकजाना मूर्धन्य ब्यक्तित्वको नाम लिन पर्दा श्री युवराज काफ्लेज्यूको नाम नलिइ सकिन्न।श्री काफ्लेले भारतको पञ्चमुखी पशुपतिनाथ शिव पाञ्चायन मन्दिर र गोर्खा सामुदायिक भवन मतिगडा( सिलिगुडी ) - का प्रबन्धक संस्थान , मतिगडा गोर्खा कल्याण संघका पहिलो सक्रिय अध्यक्ष , वर्तमानमा सल्लाहकार , भारतीय गोर्खा परिसङ्गका संस्थापक सदस्य , रविरत्न ढुङ्गाना माहाविध्यालय प्रबन्धन समितिका संस्थापक सचिव, अवैतनिक संस्थापक शिक्षक अनि यसको परिचालक संस्थान सिलिगुडी गोर्खा डेभलोमेन्ट वेलफेयर सोसाइटी र दार्जिलिङ सिक्सिटी प्लस एसोसिएसन सिलिगुडीका पहिलो कार्यकारी सदस्य रहेर एकाग्रताकासाथ सेवाकार्य पुर्याइरहेका छन्।

यस्ता शिक्षाविद , इतिहासकार , पत्रकार हाम्रो समाजका महारथीको जन्म २१ अप्रेल १९४६ मा , पिता श्री डिल्लीराम काफ्ले अनि माता श्रिमती मेनुका देवि काफ्लेको कोखबाट सिलिगुडी जिल्ला दार्जिलिङ पश्चिम बंगाल राज्य भारतमा जन्म ग्रहण गरेका हुन्।उँहाले शिक्षामा बी ए अनर्स , एम ए ( नेपाली) बि एड को विद , भाषा रत्न ( हिन्दी ) साहित्य अलङ्कार ( नेपाली) आर्जन गरेका हुन्। उँहाको प्रकाशित कृतिहरु- (१) फ्याँकिएको कसिङ्गर ( कथा संग्रह) (२) देव - उल्का ( पूणाङ्क नाटक) (३) धबनी - प्रतिध्वनि ( निबन्ध संग्रह) (४) भाव तरङ्ग ( कविता संग्रह) यसरी श्री काफ्लेले आफ्नो बहुमुल्य कृतिहरु दिएर आफ्नो पहाडको माटोलाई उर्वर बनाइ आफ्नो अस्तित्व , अस्मिता र चिन्हारी चिनाउने साहित्यको वाटिकामा कविता , कथा , निबन्ध , नाटकहरु लेखेर आफ्नो जीवनलाई समर्पण गरिरहेका छन्। उनी बहुप्रतिभाशाली ब्यक्तित्वहरु मध्ये एक ध्रुब तारानै हुन् भन्नुमा दुइमत नहोला।यसरी हाम्रा अग्रज श्री युवराज काफ्लेले दिएका साँचो शिक्षा , ज्ञान- विज्ञान , जोश- जाँगर र साहित्यको विकास श्रीबृद्धि , संरक्षण इत्यादी लाई मूल्यांकन अनि अवस्मरणीय गुणगाण जाहेर गर्नु हाम्रो कर्तव्य बन्छ। साहित्य भनेको मानिसको जीवनको बिम्ब हो।जीवनको कार्यकलापहरु छर्लङ्ग्याउनुनेै साहित्यकारको भुमिका रहेको हुन्छ।

हाम्रो सौभाग्य हो हामीले समय दैनिक, हाम्रो प्रजाशक्ति दैनिक, आजको सिक्किम दैनिक, आजभोली दैनिक, हिमालय दर्पण दैनिक आदि पत्रहरु पाएका छौं। यी पत्रहरु जनमानसका प्रतिनिधिहरु हुन्।यिनै पत्रहरुले नै समाजलाई अगुवाई गर्ने गर्छन् र हामी यिनिहरुकै पछि लाग्छौं , लाग्नु पनि पर्छ।आफूपनि कुनै एक दैनिकलाई आत्मसात गरे वापद साहित्यकार र साहित्यमा आजको स्थितिबारे दुइचार लहर लेख्ने इच्छा जागृत हुँदछ। श्री युवराज काफ्लेको कथा संग्रह " फ्याँकिएको कसिङ्गर" लाई सर्सर्ती हेर्नु हो भनें, एक साधारण ज्यामीको उत्पिडन र उसको स्थिति बोध गर्दै आफ्नो कलाकारिताको माध्यम द्वारा सौन्दर्य थपेर साहित्यका प्रतिनिधि निर्माण गरेको पाइन्छ। नेपाली भाषा साहित्यका उनी यस्ता विभूति हुन् जसलाई पाएर कुनेै पनि भाषाको साहित्यले गर्वबोध गर्न सक्छ।काफ्लेको कलाकारिता , अभिनय , सरलता यी महान साहित्यकारको जीवनवृत हाम्रो समाजको निम्ति अनुकरणीय छ।उहाँको बिचारधारा परिवर्तनशिल हुँदाहुँदैपनि कहिले पनि संकीर्णताले छुएको अनुभव भएन।बरु उनको बिचार निरन्तर समाजप्रति रहेको उनको इमान्दारिता स्पष्ट झल्किन्छ।

"साहित्यकार वा कलाकार स्वभावलेनै प्रगतिशिल हुन्छ।" बर्तमान सन्दर्भमा काफ्लेको यहि वाक्य प्रासंगिक बन्नु भएको देखिन्छ । विभिन्न समयका सङ्ंघ - संस्थानतिर संलग्नता रहेर पनि काफ्लेले आफ्नो उमेर सँगसँगै लेखन कार्यलाई स्थगित राखेनन्।उनको योग्य सम्पादनमा प्रकाशित पत्रिकाहरुले अनेकौं कवि , कथाकार , निबन्धकार , ब्यङ्गकार, आख्यानकार र साहित्यिक प्रतिभाहरुले जन्म लिइरहेका छन्। श्री युवराज काफ्ले जातिले एक नेपाली चिन्तनशिल मान्छे श्री युवराज काफ्ले पेशाले एक कुशल शिक्षक मान्छे श्री युवराज काफ्ले जातिले एक नेपाली चिन्तनशिल मान्छे श्री युवराज काफ्ले रुचीले एक अध्ययनशिल साहित्यिक मान्छे श्री युवराज काफ्ले सम्बन्धले एक सर्वप्रिय संवेदनशील मान्छे श्री युवराज काफ्ले ब्यवहारले मिलनसार मीठा - मसिना खानपिन रुचाउने मान्छे साथै फोटोग्राफीमा शौकिन राख्ने मान्छे । यस्ता शिक्षाविद , इतिहासकार , पत्रकार हाम्रो समाजको जिउँदो जाग्दो महारथी बहुप्रतिभाशाली ब्यक्तित्वमा मेरो सत् सत् नमनको साथमा उँहाको सुस्वास्थ्यको कामना राख्दछु।

नागरी फार्म चियाबारी दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।