18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमी जहिल्यै झुक्याउछौ नि प्रिय !

कविता कृष्ण उपाध्याय October 1, 2023, 5:03 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

अनन्त अन्धकार अचेटेर
अटल अचल अन्नपूर्ण अगाडि
अल्झिदै अल्झिदै अक्षरा आउँदा,
इन्द्रधनुष इत्रिदै इत्रिदै
ईपसु झैँ
उच्चताभासको उच्चाकांक्षामा
ऊर्मिल
एक्लै एक्कासी ओकल्छ
ओजस्वी औतारी ॐ !

औष्म्य औद्ध्यत्य औदास्य औंल्याउँदै
कमलनयन जस्तै किन किन
कृतज्ञ धनुष कृतज्ञ र कृतघ्न केलाउछ
कैलाशकी कौतुकी जस्तै ।

क्रमागत क्रममा
खण्ड खण्ड भित्र
खागमौरो खागमा बसेर हेरी रहे जस्तै,
खिच्रीमिच्री खेचर जस्तै
गंगनचुम्बी गगनधुलि भित्र
गिरिशृंग खोज्छ ऊ
गिरिनाथ खोज्छ
गुणज्ञ खोज्छ ।

घनिभूत घाम न हो ऊ !
घनिभुत घाम हो ऊ प्रज्ञाको ।

चकित चारुहासिनीले
चित्ताकल्पित चित्ताकर्षक चित्रपटमा
चिन्तामणि खोजे जस्तै
चित्तमग्न ऊ मग्नतामा खोजि रहन्छ मग्नताको सुर्य ।
चित्तमग्न ऊ हेरि रहन्छ मलाइ पनि !
छङ्गाछुरबाट छङ्गछङ्ग छछल्किने मलाई !

******
छङ्गाछुरबाट
छङ्गछङ्ग छछल्किदा
जगद्वन्ध्य जगज्जयीलाइ जस्तै तिमीलाई
जय जय भन्छु म ।
जागृत झङ्कारी म
झङ्कार मा
टक्राउछु,
ठक्कठक्क हुन्छु,
डगमगाउँछु ,
ढल्की ढल्की वग्छु
नृत्याङ्गनाको नित्य नृत्य जस्तै ।

तिमी तृप्त अतृप्त !
थामिएर थन्किरहन्छौ
दम्भी दण्डमत्स्य जस्तै
धमिलो धमिलो पानीमा।
धमिलो धमिलो पानीमा
नुहाउँदै निवृत भैरहन्छौ
पुर्ण पाषाण हुनुको धर्ममा ।

फनफनी फेरा लगाएँ त्यसैले तिमीलाई
बग्दा बग्दै ।
भौतारिदा भौतारिदै
मेरो मन मस्तिस्क तिमीमा बिसाएँ ।

महापुरुष !
यहाँ यता यसरी बसिरहन्छौ
रमाई रहन्छौ
लुकी लुकी
बगिरहको मेरो वक्षस्थल भित्र ।

शंकै शंकामा बग्दै छु म
सन्तोषमा बगेकी छु म
हेर्दै हेर्दै बगेकी छु म ।

क्षमा गर
क्षेत्र क्षेत्र बग्दा पनि
त्रिलोकै बग्दा पनि
ज्ञान त भएन त !

तिमी म भित्र हो वा म तिमीमा।
भनन
तिमी जहिल्यै झुय्क्याउछौ नि प्रिय !

महापुरुष !
भनन !

मेरो गण्डकी यात्रामा
तिमी म भित्र बस्छौ
कि म तिमी भित्र ?

अनन्त अविरल प्रेमिल प्रवाह
तिम्री प्रिय प्रेम गण्डकी
तिम्रो गम्या गण्डकीसँग बोल्दैनौ,
कहिले बोल्छौ त ति अङ्गना र मानससँग ?

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।