17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाँसो

कविता लक्ष्मण थापा September 24, 2023, 11:02 pm
लक्ष्मण थापा
लक्ष्मण थापा

रातदिन
दिनरात
हाँसीरहेछ भैरवको मूर्ति


हाँसिरहेको छैन

पाइलाका डोब मेटिंदै गएको बाटो
विस्मृत गाउँ
छाना खसेका घरहरु कहाँ हाँसेका छन् र ?

अरुको सम्पन्नताको ओसेपमा दबिएको
विद्रुप दरिद्रता
कहाँ हाँस्न सकेको छ र ?

बल्दाबल्दै तेल सकिएर
निभ्न लागेको दीयो
कहाँ हाँस्न सकेको छ र ?

म अनिकाल पीडित मान्छे
मूर्ती हाँसीरहेछ भन्दैमा
कसरी हाँस्न सक्छु र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।