“तिमीलाई आफ्नो सबैभन्दा ठुलो दुस्मन को हो जस्तो लाग्छ लाग्छ दमदम” विश्वासले सोध्यो ।
“एउटा राजनीति कार्यकर्ताको लागि प्रतिस्पर्धी दल, त्यसका नेता र अगाडि बढ्नबाट रोक्ने आफ्नै मान्छेहरू मुख्य दुश्मन हुन्छन्,” दमदमले भन्यो ।
दमदम र विश्वास बच्चै देखिका मिल्ने साथी थिए । दमदम सत्ता पक्षीय पार्टीको केन्द्रीय नेता थियो । विश्वास चाहिँ नाम चलेको लेखक ।
उनीहरू बेला बेलामा रेष्टुरेन्टमा भेट्थे । एकले अर्कालाई
सुझाव सल्लाह दिन्थे । जिउ रमरम बनाएर विदाबारी हुन्थे ।
गिलासमा भएको एक पेग एकै घुट्कोमा घुट्काएर मुख बिगार्दै विश्वासले भन्यो, “कारण नदेखाई विपक्षी पार्टी । त्यसका नेता र आफ्नै पार्टीका नेतालाई दुस्मन भन्न त भएन नी कमरेड !”
“कस्तो कुरा गर्छौ यार ! विपक्ष दलको विचारै खत्तम छ । चरित्र झन् खत्तम । बिना रक्सी टिक्नै सक्दैनन् । स्त्री लम्पट हुन्छन् । कमिसनखोर छन् । आफ्नाको त कुरै छाडौँ अगाडि
बढ्न खोज्यो स्वात्तै खुट्टा तानेर पछाडि धकेल्छन्,” दमदमले बोल्दा बोल्दै गिलासको पेग स्वाट्ट पा¥यो । उसले नजिकै उभिउकी वेटरलाई गालामा प्याट्ट पारेर लाडिएको स्वरमा भन्यो, “एक एक प्याग थपिदेऊ न मैयाँ ।”
आफ्नो साथी दमदमको विचार र व्यवहारमा आकाश जमिनको फरक देखेर विश्वास तीन छक्क प¥यो ।
दमदमले ढलमलाएको ज्यानलाई समाल्न खोज्दै भन्यो, “कति मलाई मात्र सोधिरहेको भन्या । लौ भन त साहित्यकार ज्यू तिम्रो दुस्मन को हो ?” ।
विश्वासले एकछिन सोच्यो र बिर्सेको कुरा सम्झे जस्तै
गरेर भन्यो । मेरो सबैभन्दा ठूलो दुस्मन म नै हो ।”
विश्वासको कुरा सुनेर दमदम अट्टहास छाडेर हाँसो हाँस्यो र उसलाई धाप मार्दै भन्यो, “साहित्यकार पागल हुन्छन् भन्थे । पत्याएको थिइन । सत्य रहेछ ।”
“तिमीले पत्याउ या नपत्याउ मेरो दुस्मन म आपैmँ नै हो,” विश्वासले दृढताकासाथ भन्यो ।
“कसरी ?”
“मलाई हानी पु¥याउने काम सबभन्दा बढी म आपैmँले गरेको छु । अनि मेरो दुस्मन म नभएर अरु को हुन सक्छ ?”
“भन्न खोजेको कुरा सिधँे भन न,” दमदम झनक्क रिसायो ।
“दिनकै रक्सी पिउँछु । मातेपछि आफ्नै छोरी जस्ती वेटरलाई तिमीले जस्तै जिस्काउँदो हुँ । दुरव्यवहार गर्दो हुँ । मेरी छोरीलाई कसैले त्यस्तो व्यवहार गरोस् त !” विश्वासले कटक्क दाह्रा किट्यो र आँखा बाट बर्रर आँसु झा¥यो ।
“वाह ! लेखक वाह !” भन्दै जाऊ दमदमले गिज्यायो ।
“चुरोटको एडिक्ट जस्तै भएँ । चुरोट नछाडे अन्तिम इच्छापत्र बनाउनु भनेका छन् डाक्टरले । तैपनि छाड्न
सकेको छैन,” विश्वासले ओठ कमाउँदै भन्यो ।
“कति बग्छौँ भावनामा ! छाड्देऊ यी सब कुरा,” दमदमले
साथी चिन्तामा डुबेको देखेर अप्ठ्यारो मान्दै भन्यो ।
“आजसम्म पाँच वटा लेख पत्रिकामा पठाउनु पर्ने थियो । यहाँ झुमेर बसेको छु । समयको व्यवस्थापन गर्न पनि जानिन् । जताततैबाट विश्वास गुमाउँदै गएको छु । अनि मेरो दुस्मन म नभएर को हुन्छ ?” विश्वासले आत्म ग्लानीका साथ भन्यो ।
साथीले यतिसम्म गल्ती गर्दा पछुताएको देखेर दमदमको दिमागमा रक्सी सँगै आपूmले गरेका जघन्य अपराधहरूको
श्रृङ्खला फनफन्ती घुम्न थाले । उसले माफी माग्न खोज्यो तर मुखबाट बोली नै फुटेन ।