“ल आफ्नो विशिष्टताका प्रमाण,पुष्ट्याईँ र दावी पेश गर्नुहोस् !” उद्घोषकले क्रमश: नाम बोलाउँदै भने।
भाषाहरुको अन्तर्राष्ट्रिय सम्मेलन चल्दै थियो। अन्तर्राष्ट्रिय भाषा पुरस्कारका लागि छनौट भएका भाषाहरुले आ - आफ्ना कुरा राख्दैथिए।यसै क्रममा
“ अन्तर्राष्ट्रिय भाषा भनेर विश्वका धेरै देशले मानेका छन्।विशिष्ट भाषा म बाहेक अरु कोही हुनै सक्दैन” अङ्ग्रेजी भाषाले जिकीर गर्यो।
“म सबैभन्दा पुरानो र थुप्रै भाषाको जननी।यति मात्र कहा हो र? देवताहरुले बोल्ने र बुझ्ने भाषा हुँ म। अन्तर्राष्ट्रिय भाषा पुरस्कार मैले पाउँनु पर्छ।” संस्कृत भाषाले दावी गर् यो।
“तिमीहरुलाई पढ्न, सिक्न र बुझ्न समय र लागत चाहिन्छ।मान्छेले बाध्यताले मात्र तिमीहरुलाई ग्रहण गर्दछ।म जस्तो स्वतस्फूर्त हुनु पर् यो नि,शिक्षित मात्र हैन अशिक्षितले समेत बुझ्न र प्रयोग गर्न सक्ने। ” अर्को भाषा तर्कमा झन खरो उत्रियो।
उसको कुरा सुनेर सबै भाषा र निर्णायक समेत छक्क परे।अझ ऊ भन्दै गयो,
“तिमीहरु बिना नै म मानव मात्र हैन सम्पूर्ण प्राणीहरुमा संचार प्रवाह गर्न सक्छु।तिमीहरु जन्मिनु भन्दा अगाडि मैले नै भाषाको संसार धानेको थिएँ।तसर्थ अन्तर्राष्ट्रिय लोकप्रिय भाषा भनेको म हुँ।“
यसैगरी सबै भाषाको पालो सकियो।सबैका दावी, प्रमाण र पुष्ट्याईं सुनिसकेपछि निर्णायक मण्डलीले निर्णय गर् यो।उद्घोषकले निर्णय सुनाउँदै भने,
" अन्तर्राष्ट्रिय भाषा पुरस्कार संयुक्त रुपमा प्राप्त गर्न सफल भएका छन्- हाँसो, आँसु र इसारा ।”
सभापोखरी गा. पा. १, संखुवासभा