कोरोनाको हाहाकार त्यसपछि लकडाउनको मुग्धमार । यी हाहाकार र मुग्धमारले क-कसलाई के कत्तिको नाफा वा टुटा पऱ्यो त्यसको हिसाब-किताब मसित नभए पनि यी कोरोनाको हाहाकार र लकडाउनको मुग्घमारले चाहिँ युवराज काफ्लेलाई भने रुपियाँमा सोह्रै आना नाफा भएको कुरा उऩको घरबन्दीले छतछती प्रमाणित गरेको छ । लकडाउनको मुग्धमारमा गत पाँच-छ महिनादेखि घरबन्दी हुँदा हाम्रा स्वनामधन्य, लगनशील तथा कहिल्यै बिसाउन मन नपराउने युवराज काफ्लेले एक सय अस्सी दिन (छः महिना)-का समय फुर्मास नगरी सत्तरी दशकमै लेखिसिद्ध्याएका मूसा, छुचुन्द्रा तथा घरसाङ्लासित पौंठोजोरी खेल्दै मरणासन्न अवस्थामा उनाक विभिन्न विधाका दराजका कुना काप्चामा रहेका पाण्डुलिपितहरूलाई धुइँ-पताल लाएर खोजी निकाल्न सक्षम भएका छन् । तीमध्ये दुइ-दुइवटा नाटक, एउटा उपन्यास, समीक्षा, भूमिका तथा विविध स्रष्टाहरूका जीवनीमाथि लेखिएका थुप्रै पाण्डुलिपि बाहेक पनि असङ्ख्य लेखहरू, कविताहरू फेला पार्न सफल भएका छन् । ती सबै पाण्डुलिपिहरूलाई पालैपिलो गरी प्रकाशित गर्ने योजना पनि लिएका छन् । आज कोरोना नआउँदा हो ता लकडाउन हुने थिएऩ । लकडाउन नहुँदो हो ता, काफ्ले सर घरबन्दी हुने थिएनन् अनि घर बन्दी नभएका भए सत्तरी दशकमै लेखिसिद्ध्याएका पाण्डुलिपिहरू भटाभट नयाँ रुपमा संशोधन एवम् परिवर्द्धन हुने थिएऩ नै । प्रायः तयार भइसकेको पाण्डुलिपिहरूमध्ये समीक्षाको एउटा पाण्डुलिपि मकहाँ आइपुगेको छ । युवराज काफ्ले युवराज काफ्लेले उनको गहण अध्ययन मननद्वारा तयार पारेका समीक्षात्मक लेख सङ्ग्रहको भूमिका लेखिदिने भार मलाई सुम्पेका छन् । यी सबै नै कोरोनाको हाहाकार र मुग्धमारको कारणले नै सफल हुनसकेको देखिन्छ ।
म दोधारमा परेँ तापनि मेरा आदरणीय गुरूको आगेश टार्न नसकी समीक्षक युवराज काफ्लेको जीवनको पहिलो समीक्षात्मक "केही बुनौट केही लेखौट"-को भूमिका लेख्न कम्मर कसेँ । सत्तरी दशकको सिरानबाटै समीक्षा लेखनमा हात बसिसकेका समीक्षक युवराज काफ्लेका धेरै समीक्षाहरू त्यसताकादेखि अद्यावधि भारत तथा नेपालका विभिन्न पत्र-पत्रिकामा प्रकाशित भएको पाइन्छ । त्यसताका ती पुस्ताकाकारमा आएनन्...त्यो अर्कै कुरो हो । कारण यिनी हतार गर्ने खालका समीक्षक पक्कै पनि होइनन् । कुनै पनि कृतिको समीक्षा लेखेपछि त्यसलाई पत्र-पत्रिकातिर छपाइहाल्ने धौं धौं कहिल्यै गरेनन् । सत्तरी दशकदेखि समीक्षा लेख्न आरम्भ गरेर विभिन्न पत्र-पत्रिकामा प्रकाशित गरिए पनि समीक्षाको पुस्तक प्रकाशमा ल्याउने जमर्को कहिल्यै गरेनन् । बरु छापिएका समीक्षाहरूलाई पुनः अध्ययन मनन गरी तिनमा काँटछाँट, थैथाप गरी तिनलाई अझ गहकिला, बान्किला, महकिला बनाउ़नपट्टि लाग्ने हुँदा यत्तिका दिन फुर्मास गरेर आज पचहत्तर हिउँदको सङ्घारमा आएर समीक्षात्मककृति प्रकाशमा ल्याउने इच्छा गरेको देखिन्छ । एउटा पूर्णाङ् समीक्षा तयार भएपछि त्यसमाथि फेरि एकचोटी घोत्लिने, मनन गर्ने, सच्याउने वा काँटछाँट गर्नुपर्दा यिनले वर्षौं-वर्षौंसम्म फुर्मास गरेका घटनाको म साक्षात् साक्षी छु । सोहीको छतछती प्रमाणस्वरुप उनको पहिलो समीक्षात्मक कृति हो "केही बुनौट : केही लेखौट ।"
यस उमेरमा युवराज काफ्लेको प्रस्तुत समीक्षात्मक कृति देखेर, "कत्तिले साह्रै ढिलो भयो...यो उमेरमा बल्ल पो" भन्लान् । अरुकै होहोरीमा लागी म पनि हेनतेन नभनेर एउटा कुरा के भन्न चाहन्छु भने, मर्तिकार, चित्रकार तथा वास्तुकार माइकल एञ्जेलोले सन्ताउन्न वर्षको डिलमा पुगेर सर्वप्रथम कविता लेखेको पाइन्छ । यत्तिको उमेरमा आई कविता लखेर पनि उनलाई उच्च पुनर्जागरण युगको कविका पगरी गुँथ्याइएको थियो । यसै सन्र्दर्भमा भन्नुपर्दा, "सिलगढ़ीका भूमिपुत्र लिखिता "केही बुनौट केही लेखौट"-लाई सिलीगुड़ी (भारत) नेपाली समालोचना फाँटको पहिलो समालोचनात्मक कृतिको मान्यता गिनाका साथै युवराज काफ्लेलाई सिलीगुड़ी नेपाली समालोचना फाँटका प्रतिष्ठाता मान्नुपर्ने हुन्छ ।"
"केही बुनौट केही लेखौट"समीक्षात्मक कृतिमा मोठ चौधवटा सामग्रीहरू परेका छन् । सर्वप्रथम, नेपाली साहित्य्मा परिष्कारवादी धाराका प्रवर्त्तक लेखनाथ पौड्यालको "ऋतुविचार"-को पहिलो अंश "वसन्त विचार" कवितांशमाथि गरिएको समीक्षा "लेखनाथ र उऩको वसन्त विचार"-मा समीक्षक युवराज काफ्लेले कवि लेखनाथ पौड्याललाई सिर्जनात्मक कविको पगरी गुँथाएर उनको नेपाली साहित्यमा विशिष्ट स्थान रहेको शङ्खघोष गरेका छन् ।
"लेखनाथ र उनको वसन्त विचार" - आरम्भमा कवि लेखनाथको ऋृङ्गारिक भावधाराका कविता लेखे तापनि पछि पछि यो प्रवृति त्यागी स्वच्छन्दतावादी परिष्कारवादी कविताको आरम्भ, विकास र नेतृत्त्वका साथ कविता फाँटमा अघि बढ़ेको पाइऩ्छ । यसक्रममा उनले नयाँ भावको आह्वान गर्दै हलन्त बहिष्कारवादी लेख्य व्याकरणको अनुशासनमा बाँधिएर विभिन्न शास्त्रीय छन्दढाँचामा कविता लेखी नेपाली कवितालाई नयाँ बान्की प्रदान गरेको पाइन्छ । यसबाहेक पनि भाषा, भाव, लय, अलङ्कार, शिल्प प्रविधि एवम् संरचना सौन्दर्यको क्रमिक परिष्कार गर्नतर्फ उनी केन्द्रित रहेका देखिन्छन् । समीक्षक युवराज काफ्लेले कवि लेखनाथलाई भानुभक्तपछि नेपाली साहित्यका सबैभन्दा धेर आलोकपूर्ण स्तम्भको पगरी गुँथाउँदै भर्खरै बामे सर्दै गरेको नेपाली भाषा-साहित्यलाई नवजात शिशु झैं स्याहार-सुसार गरी धाई आमाको भूमिकामा राखेका छन् । प्रस्तुत कवितांश कवि लेखनाथको स्वच्छन्दतावादले चरम अभिव्यक्ति पाएको उल्लेख गरिएको पाइन्छ - "कवि वसन्त ऋतुको सुन्दरताको वर्णन गरेर आफू पनि वसन्त ऋतुभित्रै हराउन खोज्छन् । उनी आफूलाई वसन्त ऋतुले सजाएको प्रकृतिमा यति धेर एकाकार गर्न पुग्छन् कि उनी आफूनै वसन्तको सौन्दर्य र यसको उज्जवलादेखि र आफू सुन्दरी स्त्रीको रुपमा मूर्त्त हुन्छन् । सुन्दरी युवतीको रुपमा कवि मूर्त्त भएको रोमाण्टिसिजममा पाठक पनि भावविभोर बन्न खोज्छ । यसरी यहाँनेर कवि लेखनाथको स्वच्छन्दतावादले चरम अभिव्यक्ति पाएको छ भन्दा अत्युक्ति नहोला ।"
यहाँ समीक्षक युवराज काफ्लेले "वसन्त विचार"-को समीक्षा गर्ने क्रममा कवि लेखनाथको सरल, सरस र परिष्कृत भाषाशैलीको पनि चर्चा गरेका पाइऩ्छ । लेखनाथभित्र कल्पनाको असीम चमत्कार रहेको र सोहीले हामीले आकृष्ट पारेको कुरा पनि गरिएको पाइन्छ । असीम सौन्दर्यको बयान गर्दै कवि लेखनाथले वसन्तलाई आलङ्कारिक रुपमा वर्णन गरेर कविता बान्किलो बनाएकोबारे पनि उनले उजागर गरेका छन् ।
"नेपाली कविताको ऐतिहासिक सङ्कलन कठिन यात्रा" - सिलीगुड़ीकै समाजसेवक तथा साहित्यकार कृष्णहरि शर्मा ढुङ्गानाको वृहत् काव्य सङ्कलन "कठिन यात्रा"-माथि छोटकरीमै भए पनि सम्पूर्ण कविता साङ्गोपाङ्ग अध्ययन गरेपछि यी कविताहरूमा अन्धभक्त अध्यातम्वादीहरूका निमित्त रसदाना अनि धर्मका ठेकेदार कहलाइएका वर्गहरूका निम्ति तातो पानी र भाङरे सिस्नु भएको कुरा गर्दै अर्तीका कुरामा नाक खुम्च्याउऩे तेर आफूले मन पराइ दिएमा घोलेको विष पिउने वर्गलाई सही बाटोमा ल्याउने नाकडोरी पनि छ अनि प्रकृति प्रेम पनि छ अनि प्रकृति प्रेममा लट्टिनेलाई कतै सेतो तन्ना ओढ़ेको डाँड़ा पनि रहेको कुरा गर्नाका साथै समग्र कवितामा कोइलीको मधुरम स्वर हाल्ने काम भएको प्रष्ट गरिएको पाइन्छ । कवि कृष्णहरि शर्मा ढुङ्गानासित समीक्षक युवराज काफ्लेले थुप्रै सामाजिक कार्यमा काम गर्नुपरेको अनुभवकै आधारमा भन्नुपर्दा कवि कृष्णहरिको प्रस्तु वृहत् काव्य ग्रन्थ "कठिन यात्रा" अरु केही नभएरे केविको आफ्नो जीवनको कठिनतम यात्रा सिद्धाइएको लेखाजोखा हो भनेका छन् । यस सङ्ग्रहमा समाविष्ट कविताहरूमा कविको जीवनको सार, अर्थ, अनुभव तथा सन्देश रहेको कुरा पनि समीक्षक काप्लेले उजागार गरेको पाइऩ्छ ।
"पूवाञ्चलीय नेपाली कविता" - यस शीर्षकको लेखौटमा गोपालबहादुर नेपाली सङ्कलित र सम्पादित काव्यकृतिमाथि सङक्षिप्त रुपमा टिप्पणी गरिएको छ । यस काव्य सङ्ग्रहमा पूर्वाञ्चलका सम्पूर्ण नयाँ-पुराना कविहरूका कविता सङ्ग्रह गरिएकामा सम्पूर्ण असम-पूर्वाञ्चलकै प्रतिनिधित्व हुन सकेको कुरा राखिएको छ । यो काम लरतरो होइऩ र यो कृति ऐतिहासिक भएको प्रमाणित गर्न पनि समीक्षक युवराज काफ्लेले कञ्जुस्याइँ गरेको देखिँदैन । कवि, सम्पादक तथा लगनशील युवा प्रतिभा गोपालबहादुर नेपाली पूर्वा़ञ्चल मा रही नेपाली भाषा-साहित्यको संरक्षण-संवर्द्धन गर्नमा अहर्निश हुट्हुटिने साहित्यिक योद्धा हुन् । "पूर्वाञ्चलीय नेपाली कविता" सम्पादकको अथक परिश्रम र लगनशीलताको ज्वलन्त नमूना हो । आफू झर्झराउँदा युवाकालमा छँदा यो ऐतिहासिक कृति प्रकाशित भए पनि घरको कुखुरो सागै समान भने झैं सम्पादक गोपालबहादुर नेपालीले आफूभन्दा अर्घेलाहरूको कुरा ता छोड़िदिउँ तर आफ्नै दौंतरी साहित्यकार समेतले प्रस्तुत ऐतिहासिक कृतिबारे केही लेखेनन् । तर प्रस्तुत कविता सङ्ग्रहमाथि जेजस्तो भए पनि केही लेखिदिएर यसलाई जनमानसमा चिनाउने काम गर्ने एकमात्र यिनै समीक्षक युवराज काफ्ले मात्रै हुन् । समीक्षक काफ्ले लेख्छन् - "गत तीन / चार वर्षको लगातार परिश्रम, निष्ठा र लगनशीलताका साथ विस्तृत रुप दिनु लरतरो आँटको काम होइन । फेरि भएऩ, यस कामको निम्ति समय र अर्थको पनि खाँचो पर्दछ । आफ्ना दैनिक जीनमा आइपरेका अड़चनहरूलाई पन्छाएर समय निकालेर यसको काममा लगाउऩ सक्नु अनि आफ्नो पिताजीका स्मृतिमा संस्थापित प्रकाशन संस्थाबाट आफ्नै रकम खर्चेर मोटो एउटा एतिहासिक कृति प्रकाशित गर्नसक्नु श्रीनेपालीको धेर प्रशंसनीय काम हो भन्ने स्वीकार्नुपर्छ ।"
"विश्व सन्देश" - भारतका नेपालीहरू विभिन्न कारणले जर्जरित छन् । कोही सञ्चोले बाँचेका छैनन् । यस जातिको चिन्हारी खोज्ने हुट्हुटीमा तमाम् भारतीय नेपालीहरूलाई जागरुक गर्ने उद्देश्यमा प्रकाशित "विश्व सन्देश" प्रवेशाङ्कमाथि समीक्षक युवराज काफ्लेको गहन समीक्षीय लेखौटले केही मात्रामा सन्देश दिने प्रयास गरेको देखिन्छ । प्रस्तुत समीक्षामा पत्रिकाले उगेलेका सम्पूर्ण गुनासा, दुःख-मऩाउका साथै पूर्वोत्तर क्षेत्रमा बसोबासो गरिआउने नेपालीभाषी जनताको मिलन केन्द्र बनाउने प्रयासको पहिलो पाइलो नै विश्व सन्देश जमर्को र कल्पना जल्पना हो भन्ने पनि चर्चा गरिएको पाइन्छ । "विश्व सन्देश"-लाई दिइएको महत्त्वपूर्ण सन्देश - लेखोटमा 15 मार्च 1995 मा कृष्णभक्त खड़्काको सम्पादनमा प्रकाशित "विश्व सन्देश" पत्रिकाका प्रवेशाङ्कमाथि टिप्पणी प्रस्तुत गरेको पाइऩ्छ । यस पत्रिकाले भारतमा नेपाली जाति हाल कुन अवस्थामा रहेको छ त्यसको एउटा सग्लो मानचित्र प्रस्तुत गरेको छ भन्ने समीक्षकको मन्तव्य देखिन्छ । "विश्व सन्देश"-को प्रवेशाङ्कमा समाविष्ट सामग्रीहूमा मोठ छः वटा लेखौटमा चिन्तनात्मक गहन विषय रहेको जनाइएको छ ।
"नेपाली साहित्यको इतिहास परिचय-को परिचय" - यस समीक्षात्मक लेखौटमा समीक्षक युवराज काफ्लेको गहन विचार, मन्तव्य तथा गुनासाहरू उजागार भएको पाइन्छ । युवराज काफ्लेले अहिलेसम्म विभिन्न विद्वानहरूले नेपाली साहित्यको इतिहासमा लेखेका कुरा गरेका छन् । ती इतिहास एक सा एक छन्....अब्बल छन् भन्ने पनि उनको भनाइ देखिन्छ । तर आजसम्म जति पनि नेपाली साहित्यको इतिहासका पुस्तकहरू बजारमा आएका छन् ती सबै आफै आफमा अमिल्दा छन् । एउटा इतिहासको पुस्तकले अर्को इतिहासको पुस्तकलाई विरोधी मत मान्यता अनुसार खण्डन गरेका छन् भन्न पनि समीक्षक युवराज काफ्लेले कुनै कञ्जुस्याइँ गरेको देखिँदैन । कुरा ठिकै हो । यसमा समीक्षक युवराज काफ्लेसित रुपियाँमा सोह्रै आना सहमत हुन सकिन्छ । कारण नेपाली साहित्यको इतिहास लेख्ने अध्येताहरू अल्मलिएका देखिन्छन् भन्ने समीक्षक काफ्लेको तर्क अकाट्य सत्य देखिन्छ । श्री काफ्लेको कुरामा हो-मा हो मिलाउँदै अझ के थप गर्न ठुङमार्दो हुन्छ भने, नेपाली साहित्यको इतिहास लेखकहरू स्वयम् आफै आफमा अन्योल र अलमल्ल छन् भने इतिहास पढ़्ने विद्यार्थीहरूको गति के होला ? यसबारेमा समीक्षकको स्पष्ट भनाइ यहाँ राख्नु ठुङमार्दो होला - "नेपाली इतिहासका अधिकांश आजपर्यन्त लेखिएका र प्रकाशनमा आएका इतिहासले आफूलाई जौड़े, स्तरीय र खँदिलो देखाउऩ र आफ्नै प्रकारको आस्था, मान्यता र विश्वासलाई संस्थापित गराउऩ तर्कसङ्गत शब्दजालको विस्तार गरेका देखिन्छन् । यो जालमा नेपाली साहित्यका प्रथम अध्येता कलिला मन मथिङ्गलका विद्यार्थीहरू फँस्दै जानेछन् औ फँसका देखिएका छन्; जसका प्रभावस्वरुप साहित्यको नाममा जे गरे पनि हुन्छ भन्ने कुरो उनीहरूका मनमा विकसित भएर कालान्तरमा उनीहरू पनि हालसम्म प्रकाशित भएका नेपाली साहित्यका इतिहासका लेखकका मानसिकताभित्र दरिलोगरि कसिन्छन् ।" समष्टिमा भन्नुपर्दा, अहिलेसम्म लेखिएका देखिएका नेपाली साहित्यको इतिहासका पुस्तकहरू खेलाँची गरेरै लेखिएको देखिन्छ ।
अहिलेसम्म लेखिएका नेपाली साहित्यको इतिहास नेपाल राष्ट्रमुखी भएकोमा पनि समीक्षक युवराज काफ्लेको दुखः-मनाउ देखिएको छ । भारतभूमिमा हामीले आफूलाई गोर्खा भनी परिचय गराउऩु अनि राजनैतिक परिप्रेक्ष्यमा नेपाली साहित्यको इतिहासमा भारतीयता हुनुपर्ने नितान्तै आवश्यकता रहेको कुरो पनि उठान गर्न समीक्षक युवराज काफ्ले चुकेका छैनन् । अब ता भारतका विभिन्त विश्वविद्यालय लगायत उच्चशिक्षा ग्रहण गर्ने सहुलियत समेत भारतमा उपलब्ध हुँदा-हुँदै भारतीय नेपालीभाषीहरू नेपालमुखी किन भन्ने समीक्षक काफ्लेको प्रश्न सोह्रै आना सठिक देखिन्छ । उनी भन्छन् - "...नेपालले जे गर्छ, अर्थात् नेपालका विश्वविद्यालयहरूल जे गर्छन्, नेपाली भाषा साहित्यको उच्च शिक्षा अध्ययन प्रसङ्गमा भारतीय विश्वविद्यालयहरूले त्यसो गर्नुपर्ने, नेपाललाई नै अनुसरण गर्नैपर्ने आवश्यकता अझसम्म छ र !" हाम्रो ता स्थिति नै डाँवाडोल छ । बल्ल बल्ल सन् 1986 मा पशिच्म बङ्गाल सरकारको नेपाली अकादमील असित राई लिखित "भारतीय नेपाली साहित्यको विकासक्रम" नामक ग्रन्थ प्रकाशित गरे पनि त्यसताकाको गोर्खा जातीयवादी आन्दोलनले त्यो पनि बाह्र वर्षमा उऩयूँ फुल्यो गुहूकै गन्ध भनेजस्तो भयो ।
पछि सुमेरू पब्लिकेशन्सको अनुरोधमा माध्यमिक, उच्च माध्यमिक र बीए तहका विद्यार्थीहरूलाई उपयोगी हुने खालको पुस्तक "नेपाली साहित्यको इतिहास परिचय -को परिचय" असित राई लिखित यस कृतिबारे समीक्षक काफ्लेको गहन अनि गम्भीर विश्लेषण उजागार भएको पाइन्छ । नेपाली साहित्य इतिहार परिचय मात्र यस पुस्तकले वहन गरेको हुँदा यस पुस्तकबाट नेपाली साहित्यको इतिहासको सिङ्गो साङ्गोपाङ्ग इतिहासको आशा नगरेकै वेश हो भन्ने कुरामा समीक्षक युवराज काफ्लेको जोर देखिन्छ । यस कृतिको नाम ! ? "नेपाली साहित्यको इतिहास - परिचय"-ले नेपाली साहित्यको इतितहासको परिचय गराउने काम गर्नुबाहेक अरू ठोस सामग्री नरहेको कुरा गरिएको पाइन्छ । यसभित्र रहेको काल विभाजन साहित्य इतिहासकार असित राईले आफ्नै पाराले गरेका छन् अनि तिनका नामकरण पनि आफ्नै पाराले गरेका छन् । यसको कारण खुलस्त पार्नुपर्ने कुरामा समीक्षक काकाकुली छटपटिएको देखिन्छ । असित राईले आफ्नै पाराले काल विभाजन गर्नाका साथै तिनका नामकरण समेत आफ्नै पाराले गरेका छन् भन्ने पनि काफ्लेको भनाइ देखिन्छ । नेबाली साहित्यको एउटा कालखण्डलाई आधुनिक काल भनिने प्रमुख प्रमुख कारणको विसतृत विवरण हुनुपर्ने कुरामा जोड़ दिएको पाइन्छ । आधुनिक कालका प्रमुख लेखक-कविहरूमा धेरजसो नेपालकै साहित्यकार-कविहरूका नाम सँगसँगै भारतभूमिलाई आफ्नो कर्मभूमि बनाएर भाषा साहित्यमा अमूल्य योगदान पुऱ्याउऩे साहित्यकार-कविहरूको नाम थोरै भएको मा पनि समीक्षकको दुःख मनाउ देखिन्छ ।
"साउती-को हास्यव्यङ्ग्य कविताभित्र पस्दा" - भारत तथा नेपालका विभिन्न ठाउँमा वर्षेनी आयोजना गरिने हास्यव्यङ्ग्य कार्यक्र्म "साउती"-मा अग्रिम रुपमा प्रकाशित मुक्ति उपादध्याय सम्पादित "साउती"-को सातौं भागमाथि गरिएको समीक्षामा समीक्षक युवराज काफ्लेले निकै परिश्रम गरेर विद्वतापूर्ण समीक्षीय टिप्पणी प्रस्तुत गरेको पाइऩ्छ । सातौं भागमा मोट सत्र जना कविका उन्नाइसवटा कविताहरूलाई हास्यव्यङ्ग्य भनेर सम्पादकीय घोषणा भए पनि यिनमा धेरजसो हास्यव्यङ्ग्य भनिएका कविताहरूमा हास्य थोर र व्यङ्ग्यकै मात्रा धेर रहेको कुरा समीक्षक काफ्लेले स्पष्ट रुपमा उल्लेख गरेका छन् । समाविष्ट हास्यव्यङ्ग्य भनिएका कविताहरूमा हास्यव्यङ्यकार कविहरूले हास्य र व्यङ्ग्यलाई समानरुपमा प्रमुख नदिएको कुरा पनि यहाँ उल्लेख भएको पाइन्छ । यसबाहेक पनि हास्यव्यङ्ग्य सदैव उद्देश्यपरक हुनुपर्छ भन्ने कुरा उल्लेख गर्दै समीक्षक काफ्लेले "साउती"-मा समाविष्ट हास्यव्यङ्ग्य कविताहरू ठ्याम्मै उद्देश्यपरक नरहेको कुरा स्पष्टै भनेको देखिन्छ । त्यति मात्र होइन, कविता मागेपछि हास्यव्यङ्ग्यकारहरूलाई हतार-हतार कविता लेखिटोपलेर प्रकाशनार्थ पठाइहाल्ने हुटहुटीमा लागेका सत्य तथ्य उदघाटन गर्नमा समीक्षकले ठ्याम्मै कञ्जुस्याइँ गरेको देखिँदैन । एकजना निष्पक्ष, सिद्धहस्त, बुजुर्ग समीक्षकको गुण पनि यही हो खासमा । यसरी हाकाहाकी भन्ने सबै समीक्षकको आँट र बुता ठ्याम्मै हुँदैन । यो खूबी समीक्षक काफ्लेमा भरमार पाइऩ्छ । हास्यव्यङ्ग्यमाथि व्याख्खा विश्लेषण गर्दै सोह्रै आना नेपालकै मात्र स्थापित व्यङ्ग्यकारहरूका नाम मात्र उल्लेख गरिए तापनि एकैजना पनि भारतीय स्थापित व्यङ्ग्यकारहरूका नाम उल्लेख भएको नपाउँदा दाँतमा ढुङ्गो परे झैं हुनु अस्वाभाविक नठहर्ला । जेहोस्, यस सातौं अङ्कमा सबैजना कविका उन्नाइसवटा हास्यव्यङ्ग्य कविताहरूमाथि समीक्षक युवराज काफ्लले विस्तृत रुपमा चर्चा गरेको पाइऩ्छ ।
"दिशाबोध" - कृष्ण चामलिङ सम्पादित पर्यावरण प्रधान साहित्यिक पत्रिका "दिशाबोध"-माथि लेखिएको "पर्यावरण संरक्षण व्यवहारिक निर्देश"-लेखौटको पत्रिकामा समाविष्ट समग्र सामग्रीको चर्चा गर्नाका साथै यो सङ्कलन अब्बव दर्जामा रहेको तर यसलाई सामयिक रुपमा नभएर नियमित रुपमा प्रकाशन गर्नुपर्ने पत्रकारितामा अनुभव बटुलिसकेका पत्रकार तथा समीक्षक युवराज काफ्लेको सम्पादकमण्डलीप्रति अनुनय-विनय देखिन्छ ।
"किन रोयौ उपमा ?" - भटाभट तीन-तीनवटा पुरस्कार (साहित्य अकादमी -2014, जयन्द्र स्मृति पुरस्कार विर्ता मोड़ अनि तुलसीराम कश्यप स्मृति पुरस्कार, सिक्किम)-हरूले विभूषित लोकनाथ उपाध्याय चापागाईँका तीन-तीनबटा कृतिहरू यथाक्रमले कथा सङ्ग्रह "किन रौयौ उपमा ?"माथि लेखिएको "किन रोयौ उपमा ? रहस्य र अनुसन्धान योद्धा अनि आँधीसँग सामना गर्दा" समीक्षकीय लेखौटमा समीक्षक युवराज काफ्लेले एकैचोटि "रहस्य र अनुसन्धान" र आँधी"-उपन्यासहरूको चर्चा गर्ने प्रयास गरेको देखिन्छ । "रहस्य र अनुसन्धान"-लाई निबन्धात्मक शैलीमा लेखिएको उपन्यास भनेको पाइन्छ । समीक्षकले सर्जकको लेखन-शैलीमा विलक्षण प्रतिभा रहेको कुरा बताएका छन् ।
"अनुभव यात्रा अनि जीवनको" - लक्ष्मण नेपाल (शर्मा) लिखित "अनुभव यात्रा अनि जीवनको" नियात्रामाथि लेखिएको समीक्षीय लेखौटमा समीक्षकले यस ग्रन्थलाई अन्तरमनको यात्रा भनेका छन् । सङ्गहमा मोठ एक्काइसवटा नियात्राहरू परेका छन् । एक्काइसवटै नियात्राबारे समीक्षक युवराज काफ्लेले विस्तृत रुपमा व्याख्या विश्लेषण गरेको पाइन्छ । निचोड़का रुपमा समीक्षक काफ्लेले गहन र मननयोग्य कुरा गरेका छन् । आफ्नो जीवनयात्रामा आफूले देखेका, भोगेका तथा आत्मसात् गरेका कुराहरूलाई लिपिबद्ध गरी पुस्तकाकार रुपमा ल्याउऩलाई साहित्यिकको पगरी गुँथिरहनु पर्दैन भन्ने उनको सन्देश र सुझाव सराहनीय देखिन्छ । टाढ़ा नजिक जता भए पनि यात्रा गरिरहनुपर्ने समीक्षकको आह्वान देखिनाका साथै ती यात्रालाई लिखित रुपमा प्रस्तुत गर्न सके साहित्य मन्दिरमा चढ़ी योगदान दिएको जत्ति नै हुन्छ भन्ने पनि मिठाइलो सुझाव देखिन्छ । आफ्ना अनुभवहरूलाई लिपिबद्ध राख्ने सके यिनले भिटामिन उपलब्ध गराउनाका साथै जियालो भएर बाँच्ने उर्जा समेत प्रदान गरी सञ्जीवनीको काम गर्छ भन्ने पनि समीक्षक काफ्लेले घतपर्दो सुझाव दिएको पाइन्छ ।
"त्रिशूल" - जीवन राणाकृत तीन हरफे कविता सङ्गालो "त्रिशूल"-बारे "त्रिशूल-ले चोट नलागोस्" भन्ने शीर्षक राखेर लेखिएको यस समीक्षात्मक लेखौटमा वर्तमान डुवर्सको चित्रण रहेको कुरा जनाइए तापनि यस लामो कवितामा खट्केका कुराहरू समेत जानकारी गराएर समीक्षकमा हुनुपर्ने आँट र क्षमता उजागार समेत गरिएको पाइन्छ । डुवर्सको वर्तमान कहालिलाग्दो स्थितिमाथि लेखिएको यस लामो कविता "त्रिशूल"बारे विस्तृत रुपमा व्याख्या विशलेषण गर्दै समीक्षक युवराज काफ्लेले यी तीन हरफे कविताले पाठकवर्गलाई च्वास्स-च्वास्स घोच्ने काम गरेको छ भन्ने कुरा उजागार गरेको पाइन्छ । यति हुँदाहुँदै पनि लामो कवितामा खट्किने कुराहरूको जानकारी गराउन पनि यिनी चुकेका छैनन् ।
"याशिला मेरो आज" - असमको चर्चित प्रतिभा कतिपय कारणवश काठमाण्डौंमा पुगे पनि असमलाई ठ्याम्मै नबिर्सिने चन्द्रकला नेवारकृत काव्य सङ्ग्रह "याशिला मेरो आज"-माथि लेखिएको समीक्षामा समीक्षक युवराज काफ्लेले सङ्ग्रहमा परेका सत्ताइसवटै कविताहरूको साङ्गोपाङ्ग वर्णन गरेका पाइन् । कविताहरूमा प्रेम, वात्सल्य, निराशा, व्यङ्ग्य हुनाका साथै मन-मुटुलाई छुने बताइएको छ ।
"प्रसङ्गः गोर्खाल्याण्ड" - बङ्ला साहित्यका विद्वान् लेखक सौमेन नाग लिखित पुस्तक "प्रसङ्गः गोर्खाल्याण्ड पुस्तकले जन्माएका विचाहरू" शीर्षक दिई नेपाली साहित्यका विद्वान युवराज काफ्लेले आफ्ना बुँदाहरूद्वारा गोर्खाल्याण्ड प्रसङ्गबारे आफ्नो गहकिलो सान्दर्भिक विचारहरू राख्ने प्रयास गरेको देखिन्छ । सन् 1916 देखि नै भारतीय गोर्खाहरूले बेग्लै राज्य दिनुपर्छ भन्ने स्मारक पत्र "हिलम्यान एसोसिएशन"- पक्षबाट चढ़ाइएको विषयको उठान गर्दै त्यसैताका ब्रिटिश भारतमा पनि गोर्खा जातिको राजनैतिक सचेतता अरु जातिभन्दा गोर्खा जातिमा प्रबल रहेको थियो भन्ने किटान गरेको पाइन्छ ।
दार्जिलिङ पार्वत्य क्षेत्रलाई बङ्गालबाट अलग्गै निकालेर एउटा बेग्लै राज्य बनाउनुपर्छ भन्ने आवाज त्यसैताकदेखि नचलेको होइन । सन् 1907 मै एउटा बेग्लै प्रशासनिक व्यवस्थाबारे दार्जिलिङ पहाड़बाट स्मारक पत्र पनि चढ़ाइएको हो । यसर्थ दार्जिलिङको निम्ति एउटा छुट्टै राज्यको व्यवस्था हुनुपर्छ भन्ने माग नयाँ अवश्य होइन । यतिसम्म कि, जलपाइगड़ी जिल्लाको भोटाङबाट लिइएको अंश समेत दार्जिलिङ जिल्लासँग मिलाएर एुटा बेग्लै एकाइ निर्माण गरिनुपर्ने बारे सन् 1917 मै कुरा चलेको हो । भोटाङको पूर्पमा अवस्थित रहेका असम, डुवर्स र पार्वत्य अञचलका मानिसहरू जसले हामीसित साम्य राख्छन् ती सबैलाई जिल्लामा थपेर एउटा उत्तर-पूर्वी सीमान्त राज्य निर्माण गर्ने विचार लिएको खण्डमा बुद्धिमानी हुनेछ भन्ने यस समीक्षात्मक लेखौटको उद्देश्य रहेको देखिन्छ । छुट्टै प्रशासनिक प्रबन्धको निम्ति सरकार समक्ष स्मारक पत्र चढ़ाउने काममा कदाचित् ढिल्याइ आएन, तर सोबारे कसैको वा प्रशासनको भार काँधमा लिएर बस्नेहरूमाझ लुतो कनाइ केही देखिएऩ । आज पनि अवस्था यस्तै नै छ । सन् 1947, भारत स्वतन्त्र भएदेखि यता पनि भारतीय कम्युनिष्ट पार्टीले त्यतिखेरको साँध-सिमानामा चाहिँदो हेरफेर गरी दार्जिलिङ जिल्ला, दक्षिण सिक्किम र नेपाललाई एउटै अञ्चलमा गाभेर त्यसलाई "गोर्खास्थान" भनियोस् भन्ने दाबी नगरेको होइन । त्यतिबेला भारातीय कम्यूनिष्ट पार्टीले "गोर्खास्थान"-को निम्ति माग गर्ने आँट गरे पनि अचेलका कम्युनिष्टहरूलाई बेग्लै राज्यको कुराले दाँतमा ढुङ्गो परे झैं भएको देखिन्छ । यस समीक्षात्मक लेखौटमा दार्जिलिङ पार्वत्य अञ्चल कुनै युगमा पनि राजनैतिक, अर्थनैतिक, सांस्कृतिक, ऐतिहासिकमध्ये कुनै एउटा दृष्टिकोणबाट पनि बङ्गालको अंश थिएन भन्ने कुरो पनि लेखक सौमेन नागले स्पष्ट उल्लेख गरेको पाइऩ्छ । यसबारेमा समीक्षक काफ्ले मनतव्य यस्तो देखिन्छ - "बङ्ला भाषाका विद्वान् अन्वेषक सौमेन नाग लिखित यो बङ्ला लेखौटको अंश हो । पहाड़मा यतिञ्जेल देखा परिरहेका अस्थिरता, स्थानीय मानिसको आत्मपरिचयको चाहनाबारे विस्तृत व्याख्या गरिएको पाइन्छ ।"
"सङ्गीताञ्ज्ली" - नेपाली साहित्यमा केही गरौं भनी हुट्हुटी रहने साहित्यकार सीताराम काफ्ले सम्पादित सङ्गीत प्रघान सामयिकी "सङ्गीताञ्जली"-माथि लेखिएको निरपणार्थ टिप्पणीलाई "सङ्गीताञ्जलीलाई जम्ले हात" शीर्षक नाम दिएर छोटोमै भए पनि युवराज काफ्लेले मिठाइलो पाराले वर्णन गरेको पाइऩ्छ । सीताराम काफ्ले सम्पादित प्रस्तुत स्मारिकाको बेग्लै महत्त्व रहेको कुरा गरेका छन् । हिलियन्श क्लब कालेबुङद्वारा प्रकाशित एक सय दुइ पृष्ठको "सङ्गीताञ्जली"-लाई युवराज काफ्लेले सम्पादक सीतारामलाई एकजना मेधावी विद्यार्थी झैं लगनशीलताका साथ सम्बादन गरेर एकजना अब्बल, पोख्त सम्पादकमा हुनुप्रने गुणको वकालती गरेको पाइन्छ । यस स्मारिकामा समाविष्ट सामग्रीहरूमा विशेष सङ्गीत विषयका आत्मकथनहरू आकर्षक र रोचनक ढङ्गमा प्रस्तुत गरेको कुरा पनि उल्लेख गरिएको पाइन्छ ।
"नाटक निर्माण हेरेपछि" - सङ्गहमा परेका चौधौं वा अन्तिम समीक्षात्मक लेखौट सङ्ग्रहमा समाविष्य अन्य समीक्षात्मक लेखौटमध्ये बेग्लै प्रकारको समीक्षा हो यो "नाटक निर्माण हेरेपछ ।" अन्य तेह्रवटा समीक्षात्मक लेखोट प्रायः सबै नै कृतिमाथि समीक्षा गरिएका छन् भने यो अन्तिम समीक्षात्मक लेखौट "नाटक निर्माण हेरेपछि" सिलीगु़ड़ीमा मञ्चित नाटकको समीक्षा हो । बलबहादुर विश्वकर्मको सफल प्रयासमा नेपाली नवयुग परिवार, धरानले मञ्चन गरेको नाटक "निर्माण" सिलीगुड़ीमा मञ्चन हुनु भनेको सिलीगुड़ीको नेपाली नाटक मञ्चनको इतिहासमा एउटा मह्त्वपूर्ण अध्याय हो भन्ने समीक्षकको स्वीरोक्ति देखिन्छ । यो नाटक यथार्थमुखी आदर्शवाद प्रतिष्ठा गर्न सफल हुनाका साथै पथभ्रष्ट हुन लागेको युवावर्गलाई सही मार्गदर्शन गराउऩ सफल भएको कुरा पनि उल्लेख गरिएको पाइऩ्छ ।
नवोदित तथा उदीयमान साहित्यकारहरूले आफ्नो प्रकाशित कृतिको एक प्रति आफूभन्दा ठूला-बड़ा. नाउँ चलेका साहित्यकारहरूलाई उपहारस्वरुप प्रदान गर्ने चलन मात्र होइन कृति लोकार्पणको दिन मञ्चमा एक खेपमा पन्ध्र-सोह्रजना साहित्यकारहरूलाई पङ्तिचबद्ध लस्करै उभ्याएर एकेकप्रति कृति हात-हातमा थमाउऩे एउटा फेशन नै भएको छ हिजोआज । आफूले उपहारस्वरुप पाएका कृति प्राप्तिको सूचना दिने वा घर पुगेर फोन मार्फत् धन्यवाद दिने ठूला-बड़ा तथा कृति लोकार्पक महान् महान् साहित्यकार विरलाकोटि पाइएलान् । कति ठूला-बड़ा साहित्यकार ता मञ्चमा कृति लोकार्पणको हुद्दामा नबोलाउँदा ठुस्केका पनि देखिँदोछ । तर युवराज काफ्ले यस्ता साहित्यकार हुन् । लोकार्पणमा निम्त्याए जति ठाउँमा उनको उपस्थिति सकेसम्म अनिवार्य रुपले भएको देखिन्छ । यसका साथै उपहारस्वरुप पाए जत्ति प्रकाशित कृति तथा पत्र-पत्रिका आद्योपान्त अध्ययन गर्ना साथै ती कृति तथा पत्र-पत्रिकामाथि आफूले भ्याएसम्म केही मनतव्य गरिदिएर नवोदित साहित्यकारहरूलाई उत्साह, जोश र हौसला प्रदान समेत गर्छन् । यो विद्वान् साहित्यकार युवराज काफ्लेको महानता हो । नवोदित साहित्यकारहरूप्रति अगाध स्नेह तथा माया हो । यस सङ्ग्रहमा युवराज काफ्लेले प्रायः जसो नवोदित कलमकारहरूका सिर्जनालाई तथा सानोभन्दा सानो पत्र- पत्रिकामाथि केही लेख्ने आँट गरेको पाइऩ्छ । यसको निम्ति समालोचक युवराज काफ्ले बधाईका पात्र छन् । जहाँसम्म मलाई थाहा छ, यिनले अझै पनि नवोदित सर्जकका अनेकेन् कृति तथा पत्र-पत्रिकाहरूमाथि समालोचना गरेका देखिएको छन् । ती यिनका आगामी अन्य कृतिहरूमा अवश्यै आउनेछन् । समालोचक युवराज काफ्लेको देखासिकी गर्दै भए पनि हामीले पनि केही लेखिदिए ती नवोदित सर्जकहरूलाई अवश्यै पनि हिङ् नभए पनि हिङ्को टालोको रुपमा सञ्जीवनीको काम गर्नेनै छ भन्ने कुरामा म सोह्रै आना आश्वस्त र विश्वस्त छु ।
गम्भीर प्रवृत्तिका लेखौटहरूले यस समीक्षात्मक कृतिको ओज बढ़ाएको छ । सत्तरी दशकदेखि नै समालोचना लेखनमा कलम चलाउने सिद्धहस्त युवराज काफ्लेले गहन अध्ययन गरेर तययार पारेको यस कृतिका माध्यमबाट आफूलाई एकजना प्रबुद्ध आधुनिक समालोचकका रुपमा टड़्कारोसँग उभ्याएका छन् । स्रष्टाका सामग्रीहरू आद्योपान्त अध्ययन मनन गरी समीक्षा साधनामा लागिपर्ने समीक्षक युवराज काफ्लेबाट निकट भविष्यमा अनेकन समीक्षात्मक कृतिको अपेक्षा राखिन्छ ।
सरल भाषामा लेखिएका यिनका समीक्षात्मक सामग्रीले सर्जकलाई केही मात्रामा भए पनि हौसला प्रदान गर्नेनै छ । कुनै पनि कृतिको सम्यक समालोचना वा आलोचना गर्न निश्चय नै गाह्रो काम हो । यस्तो गाह्रो कामलाई पनि समालोचक युवराज काफ्लेले स्वविवेचक र तटस्थताको मर्यादा अक्षरशः पालन गरेको देखिन्छ ।
कृतिको नाम केही बुनौटः केही छनौट
विधा समीक्षात्मक लेखौट
संस्करण प्रथम, २०२१
प्रकाशक मञ्जू अनु इण्टरप्राइजेस, मतिगढ़ा, सिलीगुड़ी (भारत)
मूल्य एक सय पचास भारू
ISBN 978-93-5426-648-5#
सिलिगुड़ी (भारत)