अस्कलले गणितमा पैंसठ्ठी अङ्क ल्याएकोमा भूकम्प आयो, उसलाई पढाउने शिक्षकहरूमा ।
-"यसकाे अक्षर पनि हैन । कसैकाे सारेको पनि छैन । कसैलाई लेखाएकाे हाे ।"
-"कक्षामा सधैं कमजोर भएको मान्छे परीक्षामा उम्दा भएकाे प्रमाणित भए म दुबै कान काटेर पातमा राखिदिन्छु ।"
-" त्यसको फेरि परीक्षा लिऔं । यति राम्रो अङ्क ल्याएछ भने म मेरो नामकाे सारा सिरिखुरी त्यसकै नाम गरिदिन्छु ।"
शिक्षकहरूका यस्ता हेलाहाेचाका कुरा सुनेर अस्कल भित्रभित्रै जल्न थाल्यो । मनकाे आक्रोशलाई ध्वनिकाे रूप दिने सामर्थ्य थिएन उसमा ।
उसको परीक्षा लिइयो । उसलेे पचासी नम्बर ल्यायो । अनपेक्षित परिणामले शिक्षकहरू नतमस्तक बने । उसलाई रहस्य खुलासा गर्न भनियो ।
उसले भन्यो, "पहिले म समस्याबाट तर्सेर भाग्थें अहिले जुध्न थालें अनि जीवन-सङ्घर्षकाे बाजी हात पार्न सक्षम हुँदै गएँ ।"
सिद्धार्थटाेल, उदयपुर ।