"अरबको मरुभुमिमा सबैकुरा त कृतिम छ । मरुभुमिमा पानी ल्याएर हरियाली बनाउनु ,पानी हाली हाली बिरुवा रोप्नु पनि कुन प्राकृतिक हो र !"
रमेशले यस्तै शोच्दै आफ्नो पाइला अगि बढायो । यतिकैमा उस्ले देख्यो ठूलो अलकत्रे शुबिधा सम्पन्न चौडा सडकको एकापटि रङ्ग बिरङि फूलहरु र अर्कापटि बालुवामाथी केही क्याकटसहरु थिए र उनिहरुमा चर्काचर्कि पर्दै थियो
सेतो फूल-
"हेरन हामीलाई मालिले पानी हालेको देख्दा यी क्याक्टसहरुको मुख कति रसाउदो हो !"
रातो फूल - "आ आफ्नो भाग्य हो अरुले जलेर हुन्छ ,भाग्य हुनलाइ त हामी जस्तो हुनु जस्तो पर्यो नि ,उनिहरुको भाग्यमा क्याक्टस लेखिएको छ ,अनि अरुले पानी हाल्यो भनेर बखान गरेर हुन्छ !"
अब क्याक्टसहरुले ध्यानको मौनता तोड्दै जबाफ दिन शुरु गरे
क्याक्टस एक -
"कति न ! के को घमण्ड यी फूललाइ, आफ्नो रुपको ,कि तातो घामले नै अनुहार सोहरेर लत्रक ओइलाउने रोगको ?"
क्याक्टक दुई -
"सब नाटक। यिनिहरुले के गफ गर्नु ,तीन दिन माली मजदुरले फूलहरुमा पानी नहालोस न ,हामी पनि देख्छौ फुर्ती !"
फूलहरु - "क्याक्टसगण तिमीहरु अर्काको ईर्ष्या गरेर बाचेका,अभागिहरु
हाम्रो कुरा नगरे हुन्छ !"
क्याक्टसहरु - "जस्ले तिमीहरुलाइ पानी हाल्दैछ ,त्यही समयबाट मरुभूमिमा हाम्रो उत्पती हो ,अरु ठाउमा भलै तिमिहरु पहिल्यै थियौ होला ,
फूलहरु - "कुरुपतामा कोहि अरुलाइ शुन्दर देख्दो रहेनछ ,जस्तो तिमिहरु आफ्नो व्यबहारमा देखाउदैछौ!"
क्याकटसहरु - " हामीलाइ हेरेर कोहि केही नभएको मानिस आत्मबल लिन्छ ।हामी बालुवामाथी पनि हरियो हुन्छौ ,सन्सारको कसैले मरुभूमिमा पानी बिना क्याक्टस बाचे झै प्रेरणा लिदै गर्बले हाम्रो नाम उच्चारण गर्छ ! "
एकैछिनमा रमेश उनिहरुको बादबिबाद सुनेर अघि बढ्दै गर्दा केही माली मजदुरहरुलाइ फूलहरु उखेल्दै देख्यो
मालिहरु भन्दै थिए - "अब यी फूलहरु जति राम्रो भए पनि काम छैन अहिले नै खनखान गरेर भरे सम्ममा अर्कै रङ्गका फूलका बिरुवाहरु लगाउने उर्दि आएको छ ! "
दमक बजार ,झापा, हाल - अबुधाबि ,युएइ ।