बिहानीको मिर्मिरे उज्यालोमा
छाक टार्न भोको पेट निस्कन्थे
मेरो बा
हजुर आमाको छहारीमा
रमिरहन मन पराउँथे
मेरो बा
आमासंग हरपल शिष्ट हुने
निष्पक्ष अनी हंस मुख थिए
मेरो बा
सन्तानको हाँसी खेलनै
ऐश्वर्य झै महशुस गर्थे
मेरो बा
अनेक रोग, ब्यथाहरु लुकाएर
परिवार सुखमय देख्न खोज्थे
मेरो बा
आँसुहरु घुटु घुटु निल्दै
हाँसो देखाउन सक्ने पुरुष थिए
मेरो बा
फाटेको चप्पल लुकाएर
पसीना बगाउँदै हिंड्ने
असल योद्धा थिए
मेरो बा
दौरा सलवार बेचेर
किताब किनिदिका थिए
मेरो बा
म खोज्थें मेरो बा समीप भइदिए
सपना उदाङ्गो भत्किएर गइदिए
मेरो बा
उमेरले बुढ्यौलीको रेखी नबस्दै
सदाको लागी बाइ बाइ भन्नु भो
मेरो बा
कामाडौ