मेरो भगवान न जन्मन्छ न मर्छ कहिले
कसैले भगवानलाई के गर्छ गर्छ कहिले।।
अचेल मान्छेलाई के भएको हो यो
खै कसैले त खै भन्नुपर्छ कहिले ।।
अहंकारको परिधि पनि कस्तो ठूलो
विश्वव्यापी भएर पो यही चर्छ कहिले।।
`अमानवको यो मानव जगत´ भन्थे देवकोटा
महामानव पनि तल अझै तल झर्छ कहिले ।।
चेतना शुन्य छु बन्द कोठामा म पनि
बाहिरको असीनापानी खै टर्छ कहिले।।
जे भएको होस् प्रेमको पर्यावरण
विश्वास नै पो अविश्वास ठहर्छ कहिले।।
कविहरू बेहोस छन् आइ. सी. यू मा
वैतरणी गरेमा खोलो तर्छै तर्छ कहिले।।