नेपाली साहित्य एउटा समृद्ध साहित्य हो। यसको एउटा प्रमुख आधार लोकसाहित्य हो। लोकसाहित्यभित्र लोककविता, लोकगाथा, लोकगीत, लोककथा, लोकनाटक, उखान-टुक्का, पहेली आदि पर्दछन्। प्रस्तुत लेखमा लोककथा र भारतमा सङ्कलित नेपाली लोककथाको अभिप्राय र विषयवस्तुगत अध्ययन गर्ने प्रयास गरिएको छ।
१. विषय प्रवेश -
भारतमा पनि नेपालीभाषी समाज ठुलो छ । यहाँ पनि नेपाली लोकसंस्कृति र लोकसाहित्य फस्टिएको वा विकसित भएको छ। हाम्रा कतिपय लोकगीत, लोककथा र लोकनाटकहरू यहीं नै विकसित भएका छन्, जसबारे हामीलाई जानकारी छैन। नेपाली लोककथा यताका गाउँ, बस्ती, चिया कमानहरूतिर विकसित भएका छन्। मानिसले आफुले देखेको सत्य घटना, भूतप्रेत, पारिवारिक घटना, पशु-पक्षीदेखि लिएर चुट्किला ठट्टा आदिका रूपमा पनि लोककथा विकसित भएको पाइन्छ। दार्जिलिङ सिक्किम र असमतिरबाट नेपाली लोककथाहरू भूतप्रेत, शौर्य, वीरता, हत्या, धोकाजस्ता सत्य घटनामा आधारित भएको पाउन सकिन्छ। कतिपय लोककथा भने यता भारततिरबाट नै विकसित भएका पनि पाइन्छन्। यताको चियाकमान, गाउँ, बस्ती गौचर, वन जङ्गलतिरबाट पनि कतिपय लोककथा विकसित भएका छन्, तिनको समुचित अध्ययन हुनुपर्ने छ।
२. सुखनम- एक परिचय-
नेपाली साहित्यमा सुखनमलाई एक कुशल कथाकारका रूपमा चिनिन्छ। दार्जिलिङको साझा पुस्तक प्रकाशनको प्रकाशकत्व र डा जीवन नामदुङको सम्पादनमा सुखनमका कथाहरूको सङ्कलन प्रकाशित भएको पाइन्छ। यसपछि साहित्य अकादमी नयाँको प्रकाशकत्वमा नेपाली परिकथा (२००३) प्रकाशित भएको पाइन्छ।
३. भारतमा नेपाली लोककथाको संकलन कार्य -
भारतमा नेपाली लोककथा सङ्कलन कार्य त्यति उल्लेखनीय र सन्तोकजनक छैन। जति कार्य भएका छन् त्यति थोरै हुन्। अझै पनि लोककथाका पारखीहरूबाट संकलन कार्य हुने सम्भावना छ। कालिम्पोङका इमानसिंह चेमजोङले संकलन गरी रोयल नेपाल एकाडमीले प्रकाशित गरेको पुस्तक हो किराती दन्त्यकथा (सन १९६४)। यसै गरी जी छिरीङको पनि लेप्चा दन्त्यकथा प्रकाशित छ। यसैगरी नीमा तकनीलमू र सोनाम छिरिङ लेप्चाद्वारा सङ्कलित लोप्चा लोककथासङ्ग्रह (प्रकाशन वर्ष अनुल्लेखित), श्याम ब्रदर्स, दार्जिलिङबाट प्रकाशित भएको पाइन्छ। यसमा जम्मा आठवटा लेप्चा लोककथाहरू सङ्कलन गरिएको पाइन्छ। सन् १९८८ सालतिर महानन्द पौड्यालले हाम्रा केही लोककथा पुस्तक प्रकाशित गरेका छन् जो नेपाली लोककथा सङ्कलनको ठोस उपलब्धि हो। सन् १९७७ मा द्रोणकुमार उपाध्याय र अन्यको सहकार्यमा असमीय भाषामा नेपाली लोककथा संग्रह नवमी नामक पुस्तक असम साहित्य सभा, गुवाहाटीबाट प्रकाशित भएको छ। सन् १९८९ मा रामराज सामपाङ राईद्वारा सङ्कलित परम्परागत आधारहरू नामक लोककथासङ्ग्रह प्रकाशित भएको पाइन्छ। यसै गरी सन् २००३ मा सुखनमद्वारा लिखित नेपाली परीकथा साहित्य एकाडमी, नयाँ दिल्लीबाट प्रकाशित भएको छ। प्रकाशप्रसाद उपाध्यायले संकलन गरेको नेपाली लोककथाहरू भाग र भाग दुई गरी सन् २००३ मा साहित्य एकाडमी, नयाँ दिल्लीबाट प्रकाशित छ।
यसपछि 2008 (दो.सं. 2016) मा धनहाङ सुब्बाको सङ्कलनमा रहेको लिम्बुवानका लोककथा पनि महत्त्वपूर्ण रहेको छ। यसमा छ सातवटा बेग्ला बेग्लै विषयका जम्मा त्रिसठ्ठीवटा लिम्बू लोककथाहरू सङ्कलन गरिएको छ। 2013 मा गान्तोकका रूद्र पौड्यालको नेपाली लोककथा सङ्ग्रहप्रकाशित भएको पाइन्छ। यसमा जम्मा... लोककथा सङ्कलित रहेका छन्। सिक्किम नाम्चीका दलमान डी गुरूङको सङ्कलनमा रहेको सातवटा लोककथा सङ्कलनको सानो पुस्तिका सुनकेशरी रानी (2019) पनि प्रकाशित देखिन्छ। यस वर्ष 2021 मा गान्तोककी डा पुष्प शर्माको सङ्कलनमा रहेको गोलसिमल लोककथा सङ्ग्रह पनि महत्त्वपूर्ण रहेको छ।
४. लोककथामा अभिप्राय : सामान्य परिचय –
सामान्य रूपमा साहित्यको आख्यान विधामा कथानक रुढिको अध्ययन भएको पाइन्छ। कथामा पाइने शब्दबिम्ब, संयोजक तत्व, भाषिक तत्व आदिबाट कथानकरुढि बनिन्छ। लोकसाहित्यको अध्ययन गर्ने क्रममा अभिप्रायको अवधारणा विकसित भएको छ। यसलाई अङ्ग्रेजीमा मोटिभ भनिन्छ। यता भारतीय शब्दहरूमा कथानकरूढी, प्ररूढि, कल्पनाबन्ध, कल्पनातन्तु आदि पनि भनिन्छ। कुनै विशष घटना,, विचार, वाक्य, प्रसङ्ग घरिघरि दोहोरिएको, विशेष आभास जनाएको हुन्छ। यसरी पटकपटक दोहोरिन आउने विशेष संकेत, बिम्ब, भाव आदिलाई नै कथानकरूढि मानिन्छ। कथानकरुढिलाई नै अभिप्राय भनिन्छ। यही अभिप्रायलाई नै लोकवार्ताका अध्ययन क्रममा पनि जोडेर हेरिएको छ। यो लोककथाका निम्ति सबैभन्दा ठुलो आधार हो। चूडामणि बन्धुअनुसार समान स्थितिमा समान मनोस्थिति निर्माण गर्नका निम्ति कुनै एउटा कृति वा विधाका विभिन्न कृतिमा पटक पटक दोहोरिने एउटा साँचामा ढलेका विचारहरू नै अभिप्राय हुन्। मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइँटेलअनुसार उही वा भिन्न कृतिमा पटकपटक पुनरावृत्ति भइरहने स्थिर र असाधारण विषय घटना, चरित्र, विम्ब, प्रतीक भाषिक ढाँचा विश्वास आदि कथानक निर्माणका लघुतम एकाइलाई अभिप्राय भनिन्छ। यस अवधारणालाई विकसित गर्ने स्टिथ टम्सन हुन्। उनका अनुसार एउटा कथाबाट अर्को कथालाई भिन्न देखाउने तत्व अभिप्राय हो। त्यो तत्व असामान्य जन्तु, अपरिचित भूभाग अथवा विशेष चमत्कृति दिने परिस्थिति हुनसक्छ जसको आधारद्वारा विश्लेषित हुन्छ। उनले संसारभरिका लोकसाहित्यका मूल विषयवस्तुलाई लिएर लगभग पचास हजारवटा जति अभिप्रायहरू खुट्याउने काम गरेका छन्। उनले लोकसाहित्यमा अभिप्रायहरूको सूचीवद्ध गरी तयार पारेका ग्रन्थ Motif- Index of Folk literature हो। उनले पौराणिक, पशु, जादु-टुना, मृतक, भूत-प्रेत, छलकपट, समाज, भविष्य इत्यादि सम्बन्धको मूल विषयलाई अँग्रेजीको वर्णमाला A देखि Z सम्म मूल वर्गीकरण गरेका छन्। त्यसमा प्रत्येक वर्गीकरणभित्र पनि भिन्ना-भिन्नै विषयअनुरूप सय-सयको संख्या दिई उपवर्गीकरण गरेका छन्। स्टिथ टम्सनले वर्गीकृत गरेको विषयवस्तुगत अभिप्रायानुक्रमणिका यस प्रकारको छ -
अभिप्रायको क्रम अभिप्रायको विषयवस्तु उपवर्गीकृत अभिप्रायको संख्या
A पौराणिक अभिप्राय A 0 देखि A 2899 सम्म
B पशुविषयक B 0 देखि B 899 सम्म
C निषेध विषयक C 0 देखि C 999 सम्म
D जादु तथा टुनामुना विषयक D 0 देखि D 2199 सम्म
E मृतक विषयक E 0 देखि E 799 सम्म
F आश्चर्य अद्भूत तथा रोमान्स विषयक अभिप्राय F 0 देखि F 1099 सम्म
G दानव विषयक अभिप्राय G 0 देखि G 699 सम्म
H परीक्षा विषयक अभिप्राय H 0 देखि H 1599 सम्म
J बुद्धिमान तथा मूर्ख विषयक अभिप्राय J 0 देखि J 2799 सम्म
K धोका तथा छल विषयक अभिप्राय K 0 देखि K 2399 सम्म
L भाग्य फर्कनु विषयक अभिप्राय L 0 देखि L 499 सम्म
M भविष्य निर्देशन विषयक अभिप्राय M 0 देखि M 499 सम्म
N अवसर तथा भाग्य विषयक अभिप्राय N 0 देखि N 899 सम्म
P समाज विषयक अभिप्राय P 0 देखि P 799 सम्म
Q पुरस्कार तथा दण्ड विषयक अभिप्राय Q 0 देखि Q 599 सम्म
R कैदी र पलायन विषयक अभिप्राय R 0 देखि R 399 सम्म
S अप्राकृतिक क्रुरता विषयक अभिप्राय S 0 देखि S 499 सम्म
T यौन विषयक अभिप्राय T 0 देखि T 699 सम्म
U जीवनको प्रकृति विषयक अभिप्राय U 0 देखि U 299 सम्म
V धर्म विषयक अभिप्राय V 0 देखि V 599 सम्म
W चरित्र विषयक अभिप्राय W 0 देखि W 199 सम्म
X हाँसो ठट्टा विषयक अभिप्राय X 0 देखि X 1499 सम्म
Z विविध विषयक अभिप्राय Z 0 देखि Z 399 सम्म
सामान्यभन्दा असामान्य र विशिष्ट विषयवस्तु भएको कथा अभिप्राय हुन्छ। कथामा आमा हुनु सामान्य हो भने सौतेली आमाको अत्याचार अभिप्राय हुन्छ। गलैँचा सामान्य हो भने उड्ने गलैँचा अभिप्राय हो। तन्त्रमन्त्रद्वारा आगो बाल्नु, वायुपङ्खी घोडा, जादुको घडी, सुनको केश भएकी राजकुमारी, सुगाले दोहोरो बोल्नु अभिप्राय हुन्। अभिप्रायको अध्ययन गर्ने क्रममा मोतीलाल पराजुलीले यसबारे विभिन्न विद्वान्हरूका परिभाषाहरूलाई समेटेर निष्कर्षगत आफ्नो शब्दमा यसरी परिभाषित गरेका छन् - ‘समष्टिमा हेर्दा लोकमानसको सङ्गृहीत अवचेतनद्वारा सामूहिक रूपमा स्वीकार गरिएका लोककथा तथा लोककलामा प्रयोग हुने असाधारण चरित्र, कार्य, विश्वास तथा घटनाहरू जो कथामा पटकपटक दोहोरिन्छन् र परम्परित स्थिर रुढ तन्तुका रूपमा रहन्छन्, त्यस्ता विम्ब, विश्वास, घटना तथा चरित्रका प्रभावकारी एवम् रसात्मक पद- पदावलीहरू अभिप्रायका रूपमा रहन्छन्। लोककथाको संरचना तत्वका रूपमा रहेका यी अभिप्राय आदिम मानस तथा ऐतिहासिक मानसका शाब्दिक अभिव्यक्ति हुन्। लोककलाका विभिन्न क्षेत्रमा अभिप्रायहरूको प्रयोग भएको हुन्छ र यिनै कलामा यसको स्वरूप स्थिर रहन्छ।‘
५. भारतबाट प्रकाशित-सङ्कलित नेपाली लोककथा सङ्ग्रहहरूमा पाइने लोककथाहरूको अभिप्रायगत अध्ययन -
प्रस्तुत लेखमा महानन्द पौड्यालद्वारा हाम्रा केही लोककथा, प्रकाशप्रसाद उपाध्यायद्वारा सङ्कलित नेपाली लोककथा भाग १ र भाग २, सुखनमद्वारा सङ्कलित नेपाली परीकथा मा सङ्गृहीत लोककथाहरूमा पाइने अभिप्रायहरूको संक्षिप्त रूपमा अध्ययन गरिएको छ।
४.४. साहित्य अकादमी, नयाँ दिल्लीबाट २०१२ मा प्रकाशित सुखनमद्वारा सङ्कलित नेपाली परीकथामा रहेका लोककथाहरूको अभिप्रायहरूको पनि अध्ययन गर्न सकिन्छ। यसलाई सङ्कलकले परीकथा नाम दिए तापनि यसमा परीकथा नभएर सामान्य लोककथा रहेका छन्। यसमा पनि अधिकाङ्श पशुकथा सङ्गृहीत छन्। यसमा सङ्गृहीत लोककथाहरूको अभिप्रायगत अध्ययन प्रस्तुत गरिन्छ।
लोककथा मूलपात्र-पात्रा मूलविषय अभिप्रायको विषय अभिप्रायको वर्गीकरण परिणाम
सातसीङे अर्ना अर्ना भैँसीहरू, बालक र राक्षस राक्षसले मानिसलाई सताउने गर्छ तर पशुले मानिसलाई जहिले पनि सहयोग गर्छ। B-पशुपक्षी सरीसृपसम्बन्धी अभिप्राय B-
300-399
मित्र पशु राक्षसले केटालाई मारेको दिनेदेखि अर्नाहरू त्यो ठाउँ छोडेर गएका गयै छन्।
बुढी बाँदरनी राजकुमार, बुढी बाँदरनी र मैना राजकमारको भाग्य परीक्षामा बाँदरनीसित बिहा हुनु तर त्यो बाँदरनी सुन्दर युवतीमा परिणत हुनु। N- अवसर र भाग्यसम्बन्धी अभिप्राय N- 400 –N 699
भाग्यमानी घटनाहरू राजकुमारको भाग्योदय हुँदा सानी आमाले आत्महत्या गरेकी।
जम्ले घाम घाम जुन, टिकटिके ब्याङपाटा र चमेरो तुच्छ जीव ब्याङपाटाले घामको तेज मारिदिएको र चमेराले घामलाई हँसाइदिएको।। B-पशुपक्षी सरीसृपसम्बन्धी अभिप्राय B-100- B199 जादुगर पशु घामको मरेको भाइको रूपमा जुनको अस्तित्व।
पाहा र राँको पाहा गङ्गटा र कालीनागहरू पृथ्वीमा पानीको सर्वराहको कमीबाट उत्पन्न समस्या B-पशुपक्षी सरीसृपसम्बन्धी अभिप्राय B 800 B 899
विविध अभिप्राय पानी चोरका पृथ्वीमा हाहाकार हुन्छ।
सात माइती एक चेली सानी केटी, सात माइती र राक्षस बुढाबुढी राक्षसका छलमा परी सानी बालिका मारिनु। G- दैंत्यविषयक अभिप्राय G 400-G 499
दानवी जालमा फँस्नु। सात माइतीले राक्षस मारे पनि डढेका केशहरूले किरा आदिका रूपमा दुःख दिने गरेको।
विधवा विधवा, उसको छोरो र लालची मण्डलनी शोषितको भाग्य परिवर्तन L भाग्यसम्बन्धी अभिप्राय L300–L399 कमजोरको जित बढी लोभ गर्नाले नोक्सान हुन्छ।
ठेकपा ठेकपा, बाघ र कारबारी अति बलशाली मान्छेले बाघलाई लडाइँमा जित्नु। F-आश्चर्य-चमत्कार विषयक अभिप्राय F500- F 599
अऩौठो व्यक्तित्व जस्तै बलशाली भए पनि दिन सकिएपछि पराजय हुन्छ।
ठुटा कि भालु भालु, विधवा आइमाई र गाउँलेहरू विधवाको समझदारी र गाउँलेको सहयोगले भालु मारेको। J बुद्धिमान तथा मुर्खविषयक अभिप्राय J 100-J1099
बुद्धिमानीको अन्य क्षेत्र। बुद्धि र अन्यको सहयोगले जस्तो सङ्कट पनि टर्न सक्छ।
उत्तिस र गुराँस दुई रुख-पात्र घमण्ड L भाग्य L 400-L499
घमण्डले गिर्नु उत्तिस पैह्रेनीमा हुन्छ।
बल्से चरो चराहरू र लाटोकोसेरो विशवासघाती लाटोकोसेराले दुईवटा चरा मारेको र धामी चराले पुनर्जिवीत पारेको। B पशुपक्षी तथा सरीसृप विषयक
अभिप्राय B800 - B899
विविध अभिप्राय लाटोकोसेरो आफु धोकेबाज भएको कारण दिउँसो देखा पर्दैन।
बल्से र दैंत्येनी बल्से चरो र दैंत्येनी ठुलाको वचन पालन गर्नुपर्छ। G दैंत्य विषयक अभिप्राय G 500-G599 दानव पराजित हुनु दैंत्येनीलाई मारेपछि बल्से र उसका सन्तान आनन्दले नाच्दै गाउँदै फलफुलको रस चुस्दै हिँड्छन्।
तप्कना बाघ, चोर र चिचिनकोटे चरो काल्पनिक पशुका डरले बाघसमेत डराएको B पशपक्षी तथा सरीसृप विषयक अभिप्राय B700- B799
पशुका कल्पनात्मक गुण बाघलाई सहायता गरेकाले बाघको रौंद्वारा चिचिनकोटे चराले गुँड लाउँछ।
जुम्रा उपियाँ र गिद्ध जुम्रा उपियाँ र गिद्ध साथीको ज्यान लिनेको झन दुर्गति हुन्छ। B पशपक्षी तथा सरीसृप विषयक अभिप्राय B800 - B899
विविध अभिप्राय गिद्धको घाँटीमा रगतको छाप परेकाले रातो र टाउको चिल्लो हुन्छ।
टुहुरो टुहुरो युवक, मत्यराज र सुन्दरी जवानले सहयोगी सुन्दरीको सहयोगले असम्भव युद्ध पनि जितेको। N- अवसर र भाग्यसम्बन्धी अभिप्राय N- 400 –N 699
भाग्यमानी घटनाहरू भाग्यबारे केही भविष्यवाणी गर्नु सकिन्न।
स्याल र आँधी स्याल, आँधी र पशुराज सिंह स्यालले आँधीलाई पनि सात डाँडापारि पुग्न जितेको B पशपक्षी तथा सरीसृप विषयक अभिप्राय B800 - B899
विविध अभिप्राय एउटा स्याल कराएपछि अरू स्याल पनि सात डाँडापरसम्म कराउँछन्।
निहुँ र काल निहुँ र काल निहुँ र कालको परीक्षा H परीक्षा विषयक अभिप्राय H200-H 299
सच्चाइको परीक्षा काल आउनअघि निहुँ आउँछ।
खोलामा आगो लाग्यो मामा-भानिज मानिसहरू र स्याल मामाको लालची व्यवहार झुटो न्याय प्रणाली र स्यालको सही फैसला र सहयोग B पशपक्षी तथा सरीसृप विषयक अभिप्राय B500 – B599
सहयोगी पशुको सेवा जस्तालाई तस्तै व्यवहार गर्नुपर्छ।
महादेव गोठाला, स्याल र भालु स्यालको छट्टुपन B पशुपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय स्यालको चलाकी नै उसको हतियार
साधु साधु, तामा र जुका साधुले जङ्गलमा पशु घटाउने राक्षसको भष्म गरेको। A पौराणिक A500- A599
संस्कृति वीर नायकहरू साधुका श्रापका परिणामले बाँसको तामालाई मानिस र पशुले खाइदिन्छन्, आशीर्वादको कारण जुकाले मानिसको रगत खान पाउँछ।
लेलेमा लेलेमा र घरका अरू परिवार अति लोभका कारण लेलेमाले दुःख पाएकी। W चरित्रका विशेषतासम्बन्धी
अभिप्राय W100-W199
प्रतिकूल चरित्रका विशेषताहरू अति लोभी भएको कारण पछिल्लो जुनीमा लेले भन्दै माग्ने किरा भएकी।
डल्ला र टपरा डल्ला र टपरा डल्ला र टपरा एकअर्कामा सुरक्षा दिन सल्लाह गर्छन् तर सफल हुँदैनन्। अज्ञात अज्ञात अज्ञात
राजकुमार र मुर्दा साथी राजकुमार र मुर्दा साथी राजकुमार, राजकुमारी र मुर्दा साथीहरू H परीक्षा- विषयक अभिप्राय H300-H399
विवाहका निम्ति परीक्षा सहयोगी साथीको सहयोगले जस्तै असम्भव कार्य समेत गर्न सकिन्छ।
भ्यागुतो र गङ्गटो भ्यागुतो र गङ्गटो जवानीमा कुरूप पनि सुन्दर देखिएको तर पछि झगडा भएको। B पशुपक्षी तथा सरीसृप विषयक अभिप्राय B800 - B899
विविध अभिप्राय भ्यागुतासित झगडाका कारण गँगटा अझ पनि खोल्सातिर मात्र पाइन्छ।
छेपारो र चिप्ले कीरो छेपारो र चिप्ले कीरो अर्काको शरीरको बनावटलाई उपेक्षा गरेको तर पछि त्यसको पराजय हुनु। B पशपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय
वैद्य लाहाँचे चरी वैद्य लाहाँचे चरी बैद्य लाहाचेंले कोकलेको पेटको बिमार जाती पारिदिएको। B पशपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय सहयोगीको गुणले आफु मात्र होइन अरूलाई पनि बचाउँछ।
फिस्टी र ढुकुर फिस्टी र ढुकुर फिस्टाले घर बनाएको तर ढुकुरले नबाएको तर पछि आँधी बेहेरीमा ढुक्कुर मुस्किलमा परेको। B पशपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय भोलिको सोंच राख्नेहरूले आपद विपदमा पनि ढुक्क भएर बस्न सक्छन्।
जङ्गलका बिउ र मुसाहरू बिउ र लाटोकोसेरो मुसाको उपद्रोका कारण अन्य सबै दिक्दार B पशुपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय आज पनि मुसालाई देख्नेबित्तिक्कै लाटोकोसेराले खाइदिन्छ।
गन्यौला र बिउ गन्यौला र बिउ गन्यौलाको र बिउका बिच झगडा B पशुपक्षी तथा सरीसृप विषयक अभिप्राय B800 - B899
विविध अभिप्राय
माकुरी र मौरी माकुरी र मौरी माकुराको जालमा परेको मौरी B पशुपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय हिंसा गर्नेको शरीर आत्म र प्राण मरिसकेको हुन्छ।
त्रास कुखुराका भाले पोथी र चल्लाहरू कुखुराका भाले पोथी रातदिन आफ्ना चल्ला जोगाउन र अन्य पशुबाट जोगाउन मुस्किल भएको। B पशुपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय
बरको रुख र सिरु परिवार वरको रुख र सिरु सिरुको दुर्बल अवस्था देखेर वरको रूखले उपेक्षा गर्छ तर पैरो चल्दा सिरु बाँच्छ वरको रुख ढल्छ। L भाग्यसम्बन्धी अभिप्राय L400-L499
घमण्डले गिर्नु। जति नम्र उति नै सुरक्षित हुन्छ।
राजकुमार लोखर्के लोखर्के दाजुको सङ्गतले लोखर्के बाँच्छ। B पशुपक्षी तथा सरीसृपविषयक अभिप्राय B800 - B899
विविध अभिप्राय दाजु भाइमा मेलमिलाप सधैंभरि लाभकारी हुन्छ।
उङ्कयोङका राजकुमार राजकुमार, तीन राजकुमारी अज्ञात H परीक्षा विषयक अभिप्राय H300-H399
विवाहको निम्ति परीक्षा आफुले गुण गरेको छ भने अरू पनि गुण लाउँछन्।
बेलकुमारी राजा, तीन राजकुमार, बेलकुमारी र जङ्गलको जवान। कान्छा राजकुमारले बेलकुमारीको खोजमा गरेको विभिन्न संघर्ष र अन्तमा सफलता। H परीक्षा विषयक अभिप्राय H300-H399
विवाहको निम्ति परीक्षा दयालु छ भने कुनै दिन सहयोग गर्न हुन्छ।।
लाब्रेकिरो र केराको थाम लाब्रेकीरो र बनकेरा कमिला भँगेरा आदिबाट जोगिएर भागेको लाब्रेलाई केराले सहारा दिनु। B पशपक्षी तथा सरीसृप विषयक अभिप्राय B800 - B899
विविध अभिप्राय अझ पनि केराको थाममा लाब्रेले सुरक्षित बस्नु पाएको र सुन्दर पुतलीमा परिणत भएको।
८. उपसंहार- नेपाली समाजमा लोककथा समृद्धशाली देखिन्छ। विभिन्न क्षेत्रविशेष, जातगोष्ठी विशेष आदितिर नेपाली लोककथा प्रचलित छन्। यसै परिप्रेक्ष्यमा सुखनमको नेपाली परीकथा मा सङ्कलित लोककथालाई अभिप्रायका दृष्टिकोणले सङ्कलित लोककथाहरूलाई समग्रमा समेटेर हेर्दा बढी मात्रामा पशुकथा, अवसर र भाग्यसम्बन्धित पाइएको छ। यद्यपि यसबारे अझ गहन अध्ययन हुनु बाँकी नै छ। भावी शोधकर्ताले नेपाली परीकथाका प्रत्येक लोककथाको स्टिथ टम्सनका अनुसार एकेकवटा अभिप्रायगत सङ्ख्याका आधारमा अध्ययन गर्नुपर्ने सुझाव पनि राखिन्छ।
प्रमुख सन्दर्भ ग्रन्थ-
१. चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाडौं, एकता वुक्स, २०५८।
२. मोहनराज शर्मा, खगेन्द्रप्रसाद लुइँटेल, लोकवार्ताविज्ञान र लोकसाहित्य, काठ. विद्यार्थी, पु. भ.२०६३।
३. मोतीलाल पराजुली, नेपाली लोककथा: सिद्धान्त र विश्लेषण,, काठमाडौं, विवेक सिर्जनशील प्र.२०७१।
४. पुष्कर पराजुली (सम्पा.), नेपाली लोकवार्ता : अध्ययनहरू, सिलगडी, नेपाली विभाग, उत्तर बङ्गाल विश्वविद्यालय,२०१३।
पत्रिकाहरू-
१. सञ्जय राई (सम्पा.) समयाङ्कन, वर्ष २१ अङ्क ७, २०१६, का.हि.विवि, वाराणसी।
२. मोहन पी दाहाल (सम्पा.), नेपाली अकादमी जर्नल, वर्ष ९ अङ्क ९, २०१३।