18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सृजना ढकाल February 26, 2022, 5:08 am
सृजना ढकाल
सृजना ढकाल

यहाँ फूल फुल्छन् बिझाएर जाने
दुखेको यो मन झन् दुखाएर जाने

छ तर्नु यो सागर सफरमा छु रित्तो
कुनै हात छैनन् समाएर जाने

विवशताले गर्दा छ छाप्रोको बस्ती
छ कोही हरेक दिन गिज्याएर जाने

देखिन्छु म तिम्रो नजरमा त एक्लै
हृदयमा छ आगो लगाएर जाने

नबोलाई आउँछ सपना बनेर
सिरानी हमेसा भिजाएर जाने।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।