18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा October 13, 2008, 12:51 pm

फुले होलान ढकमक्क बगैँचामा मखमली

त्यही फूलमा देख्दैछु म भाईको मुहार झल्झली ।

टाढा भयौ त के भयोरु सम्झना साथै छ

बढीरहोस् तिम्रो मनमा तिहारको दुबो हल्हली ।

कस्तो होला यसघडी बिदेशमा भाईलाई ।

झार्दै होला पसिना परदेशमा खल्खली ।

नजिक भए बिताइन्थ्यो चाडबाड हासेर

सजाइ दिन्थे निधारमा सप्तरङी टीका टल्टली ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।