18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ग्यारेण्टीको ग्यारेण्टी

कविता सतीश छेत्री November 10, 2021, 5:16 am
सतीश छेत्री
सतीश छेत्री

म भन्छु -
'पसले बा!
सय वर्षको ग्यारेण्टेड सिमेण्ट लाँदैछु...
विश्वासले पक्का घर बनाउँदैछु ; तर
अस्सीमा भत्क्यो भने
ग्यारण्टी कसले दिन्छ ?
अझ
तिम्रो नाति पनि त छैन?'

पसले बा भन्छन्
'छोरोले बिहे बूढेसकालमा गरयो
६ महीना त बितिगयो...'

म भन्छु -
'नातिको ग्यारण्टी के छ ?'

पसले बा भन्छन् -
'चिनाइ राख तिम्रोचाहिँ
ग्यारण्टी सोध्न को आउँछ ?'

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।