तँ तँ र म म गर्दै बिति जाने जिन्दगी
धुवाँको मुस्लो त रैछ नि जिन्दगी
डम्म फुल्दै धक्कु छोड्नेले किन नबुझे हँ
एक निमेसको खाक त रैछ नि जिन्दगी
हर प्रहर कहरको भिडमा थुप्रिंदै गएको
लाश माथि खप्टिनु त रैछ नि जिन्दगी
छल कपट र डाह इर्ष्यामा डुब्नेहरु बुझ्नु
आखिर सबको आर्यघाट त रैछ नि जिन्दगी
रुँदै गएको मलामी हाँस्दै फर्के लौ हेर !
बिन्दास जीवन पनि त रैछ नि जिन्दगी
काठमाडौं