एउटा नदीको किनारसित जोडिएको एउटा खेतबारीको बीचमा एक जना कविको झोपडी थियो। एकदिन परदेशबाट उसलाई भेट्न एक जना घनिष्ट सङ्गीतकारमित्र आयो। धेरै सालबाद भेट हुँदा दुवै मित्रहरूले आँसु रोक्नै सकेनन्। उनीहरू धेरै दिनसम्म झोपडीभित्रै बसेर बात गरिरहे।
एकदिन उनीहरू एउटा डुङ्गामा चढेर समुद्र घुम्न निस्किए। उनीहरू समुद्रको दृश्यले यति रोमाञ्चित भए कि उनीहरूलाई आफूहरू कति टाढा पुगिसके भन्ने थाहै भएन। जब उनीहरूले समुद्रमा आँधीबेहरी आउँदै रहेछ भन्ने थाहा पाए तब उनीहरू खुशीले पागल भएर झुम्न थाले। त्यही आँधीबेहरीको गीत र सङ्गीत रच्दारच्दै उनीहरूका डुङ्गा पनि आँधीबेहरीभित्रै बिलिन भयो।
दार्जीलिङ