18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नियात्रा लेखनमा कर्खाटन शैली

विचार डा. विदुर चालिसे August 3, 2021, 10:51 pm
डा. विदुर चालिसे
डा. विदुर चालिसे

१. कर्खा बारे सामान्य परिचय
नेपाली लोक साहित्यमा साहित्य कलाको एउटा महत्वपूर्ण परम्पराको साधना शैलीको रूपमा रही आएको छ । यसै परम्परालाई नेपाली लोक परम्परामा “कर्खा” को रूपमा चिनिन्छ । प्राचीन कालमा कुर्दहरूले सांस्कृतिक महत्वको विषयलाई लिएर “गन्धर्भास” का विभिन्न प्रकारका लोक धुनहरूसँग “झ्याउरे”, “ख्याली गीत” र “कार्खा” गायनहरू कसैको उच्च एवं वीरतापूर्ण उत्सव कार्यका लागि प्रशंसा गर्ने गीतका रूपमा प्रयोग भएर आएको पाइन्छ । कुर्दिसहरूको तत्कालीन समयका महान व्यक्तित्व “अल रसाफा” को नामलाई “सिरियाक” को नामले चिनिए पनि सँगसँगै “कार्खा” नामले समेत परिचित भएको समेत देखिन्छ । तत्कालीन समयमा सिरियाकसँग सम्बध्द नौवटा प्रशासनिक जिल्लाहरू थिए । ती जिल्लाहरूको मुख्य गढको रूपमा एक प्रशासनिक स्थानको नाम “कार्खा” रहेको थियो । त्यस्तो महत्वपूर्ण स्थानलाई “कार्खा÷कर्खा” भन्ने गरेको सो क्षेत्रको प्राचीन इतिहासमा समेत भेटिन्छ । प्राचीन समयका ती नौवटा कुर्दहरूको बसोवासको क्षेत्र “सानो खबर”, “खबर”, “थारथार”, “सेहान”, “अराक्सिस”, “कुरा”, “सेफिड्रड”, “हेजिल” र “कार्र्खा÷कर्खा” को रूपमा रहेको थियो । त्यसमध्ये प्राचीन समयका कुर्दहरूले आफ्ना लागि ऐतिहासिक, सामाजिक एवं सांस्कृतिक महान महत्वको नदीहरूका रूपमा “मुराट” नदीलाई मान्दथे । प्राचीन समयमा यहाँको “सेल्युसिड साम्राज्य” को “कार्खा डी—बेट स्लोख” भनिने राजधानी मेसोपोटामियामा “सेल्युसिडको घरको गढी” को रूपमा समेत यहीं रहेको भेटिन्छ । “सेल्युसिड राजवंश” को साम्राज्यको अवशेष अझै सो क्षेत्रमा स्थापित समेत रहेको छ । तसर्थ “कर्खा” गायनको मुल आधार “सेल्युसिड राजवंशको महान वीरतापूर्ण कार्यको प्रारम्भ एवं प्रसङ्ग” सँग कुर्दहरूले कर्खाको नामले लोक जीवनका गाथा, गीत र कवितामा वीर रसले युक्त लोक भाकाको गाथा परम्परालाई प्राचीन कालमा उनीहरूले नै स्थापित गरेको देखिन्छ (https://nameecho.com › karkha_) ।

यसै सन्दर्भमा विचरण गर्दा नेपाली लोक गाथामा रहेको गायन (गीत÷कविता) को “कर्खा परम्परा” तथा यायावरीय भूमिकाको “मुसाफिर सभ्यता” याने “यात्रा÷अटन” को व्युत्पत्तिमूलक शब्द “कर्खाटन” ले आफ्नो सैद्धान्तिक रेखिक आत्मालाई नियात्रा लेखनको आयाममा कताकता आफुलाई टाँसेको समेत यस सन्दर्भमा स्पष्ट देखिन्छ । तसर्थ व्युत्पत्तिमूलक कर्खाटन शब्दको लोक भाकामा प्रचारित एवं आयातित सन्दर्भलाई हेर्दा कुर्दहरूको महान सांस्कृतिक लोक गाथामा रहेको उक्त “कार्खा÷कर्खा” शब्दले उर्दूको लोक साहित्यिक मान्यताको वीरताकालीन उत्सवमा प्रवेश पाउँदा “कड़खा” शब्दले उर्दू भाषामा पहिचान समेत पाएको छ (नययनभि कभबचअज। ऋयm। द्र पबचपजब) । प्राचीन नेपाली भाषाको सम्बन्ध, सम्पर्क, कालीगढी प्रथाको आयात अवस्था, जग्गा जमीन नापजाँच प्रविधिको आयात व्यवस्था र बैभवशाली महान राजवंशहरूको युध्दकालीन सेरोफेरोको सिकोको रूपमा कुर्दहरूले प्राचीन कालमा गाउदै, खेल्दै हिंडेको “कार्खा÷कर्खा” लाई प्राचीन समयको राजकीय परम्पराले पक्कै पनि यस क्षेत्रमा प्रवेश गरायो नै । यही परम्पराबाट अनुप्राणित भई कार्खाले नेपाली लोक जीवनमा “कर्खा” नाम शब्दको रूपमा प्राचीन कुर्दिस विशेषता सहितको अर्थबोध धारण गरेको स्पष्टै छ । लोक प्रचलनको रूपमा प्रयोग हुने यस्तो “कर्खा” ले महान वीरपुरुषहरूको गन्धर्भ गायनका वीरगाथा कालको परम्परामा नेपाली लोक साहित्यमा समेत बाँचेको छ नै । तरै पनि परम्परागत सांस्कृतिक रूपमा प्रयोग हुने “अटन” ले यात्राको अर्थगत बोधलाई समेत आत्मसात् गरेको पनि देखिन्छ नै । यस्तै यात्रागत कर्खाको सुन्दर वर्णनको स्वरूपलाई समिश्रण गरी लेखिएको साहित्य कलाको एक स्वतन्त्र साहित्यिक विधाको रूपमा “कर्खाटन” स्वरूपमा प्रयोग हुने आँट गरेको भेटिन्छ । मुख्यतः “कर्खा” र “अटन” को संरचनागत संयोजनको ढाँचा यसको निजत्वपूर्ण सैद्धान्तिक आधारका रूपमा “कर्खाटन” लोक साहित्यिक विधा बन्न सक्दछ ।

प्राचीन कुर्दिस भाषाको प्रचलनमा रहेको “कार्खा” शब्द नेपाली भाषामा “कर्खा” को रूपमा प्रयोग भएको सन्दर्भ माथि नै उल्लेख गरिएको छ । तथापि नेपाली लोक साहित्यमा गीत, कविता, काव्य आदिका फाँटमा वीरता तथा वीरपुरुषका सम्झना वा प्रशंसामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथाको रूपमा प्रयोग भएर आएको पक्कै छ । यसैगरी नेपाली भाषामा कर्खा शब्दको शब्दकोशीय अर्थ “वीरताको बखान गरिने र त्यस्तै वा थेगो भएको एक प्रकारको नेपाली लोकगीत, जो नेपालका गन्धर्भ जातिले कुनै वीरपुरुषको सम्झनामा गाउने गीत” समेतलाई “कर्खा” भनिएको पाइन्छ (पोखरेल, २०४०, पृ. १९४) । यस्तै संस्कृतको नाम शब्दको रूपमा रहे पनि वर्तमान नेपाली प्रचलनमा “यात्रा” जनाउने सन्दर्भमा प्रयोग हुने “अटन” शब्दले “घुमफिर गर्ने काम; हिँड्डुल, भ्रमण वा पर्यटन” को रूपमा प्रयोग भएको सन्दर्भ अर्थ देखिन्छ (पोखरेल, २०४०, पृ. १५) । त्यसैले यी दुवै शब्दको संयोजनबाट नै माथि उल्लेखित “कर्खाटन” शब्दको व्युत्पति हुनेतर्फ ध्यान गरिएको छ । यसरी हेर्दा वीरगाथाका कविता वा गीतहरू गाउँदै वा लेख्दै भ्रमणका बेलामा प्रयोग गरिने एक साहित्यिक गीत÷कविताको प्रयोजनीय सन्दर्भमा नियात्रा निबन्ध गाथालाई नै “कर्खाटन” को रूपमा अथ्र्याएर प्रयोग गर्न समेत सकिन्छ ।

२. कर्खाटनको शाब्दिक संरचना एवं अर्थोत्पति
“कर्खा” शब्दले नेपाली लोक भाकामा विजय गान, वीरताको गायन, वीर पुरुषको प्रसस्ती गायन वा कथ्य परम्पराका माध्यमबाट गद्य शैलीमा कथा वा कहानी कथ्नु, भन्नु वा कहनुलाई गाथा परम्पराको एक अङ्गको रूपमा लिइन्छ । त्यस्तै लय विधानमा आधारित गीत, कविता एवं काव्यका माध्यमबाट बखान गरिने पुुरानो वीरगाथाको परम्परा पनि कर्खाको रूपमा समेत मान्यता प्राप्त छ । यसै सन्दर्भको उपयुक्ततालाई आत्मसात् गरेर “लोक गाथा” परम्परामा रहेको “कर्खा” तथा “यात्रा” जनाउने संस्कृतको “अटन” शब्दको संयोजनबाट “कर्खाटन” शब्दको व्युत्पति गरी यस अध्ययनमा प्रयोग गरिएको छ । यस शब्दले वीरगाथाको ऐतिहासिक धरोहरको अर्थबोध गर्दै नियात्रा साहित्यिक लेखनको नवीन शैलीको रूपमा सान्दर्भिक ठानेर नियात्रा साहित्यको रूपमा रहेको बजगाईंका नियात्राहहरूमा प्रयोग भएको विविध विषयको वीरताको गाथा एवं प्रसस्ती तथा नियात्रा निबन्ध साहित्यिक विधामा संलयित भएको घटनाहरूको गद्यात्मक वर्णनको सान्दर्भिक कविता पङ्क्तिहरूको अर्थगत प्रकाशमा नवीन शैलीगत संरचनाका व्याख्याका लागि “कर्खाटन” शब्द उपयुक्त देखिन्छ । तथापि यसको सान्दर्भिक ऐतिहासिकता र अर्थबोधलाई निम्नअनुसार आत्मसात् गर्न सकिन्छ ः

३. “कर्खा” शैलीको ऐतिहासिकता
साहित्यमा जब प्रकाशित सिर्जनाहरूले खास अर्थमा विशेष आकार ग्रहण गर्दछन् । तब त्यसले विस्तारै पाठकहरूमा अनुभव र सर्जकहरूमा अनुकरणको मात्रा बढाइदिन्छ । पूर्वीय एवं पाश्चात्य साहित्यको उद्बोधनको आडको सैद्धान्तिक दृष्टिले पनि यसै आधारको आयाममा जोडेर नापेको देखिन्छ । त्यसैले “खास विशेषता” लाई सिर्जनात्मक भाषाको मनोवैज्ञानिक आयतनसँग चर्को चेतनाको रापिलो अँगेनोमा पोलिदियो भने सिद्धान्तले आफ्नो स्वरूप सिर्जन कलामा भावित भएर बर्बराउन थाल्दछ । त्यस्तै नयाँ शैलीगत स्वरूपको नेपाली नियात्रा साहित्यमा साहित्यिक विधागत आयाम हुन पुगेको छ “कर्खाटन” । यस्तै शैलीगत आयामको प्रारम्भिक पाइलो वीरताले भरिपूर्ण कायाकैरन पश्चिम एशियाका कुर्दहरूको समाजबाट उठ्दै, उड्दै हिंडेथ्यो । त्यस्तो वीरता पूर्ण कायाकैरन रूपको वेग इरानेली भाषाका विभिन्न समुदाय र भाषिक क्षेत्रका सम्पन्न र समर्थक मानिसहरूमा लटपटिएर बस्यो । पछि फारसी र उर्दू भाषामा यसले निकै चहकिलो महत्व जमायो । कुर्दहरूको भौंतारिंदो स्वभाव एवं गायनको वीरतापूर्ण गाथाको “कार्खा” शब्दले फारसी एवं उर्दूमा रहेको वीरगाथा चक्रमा “कड़खा” शब्दले परिचित भएर रहेको भेटिएको कुरा अघिल्लै शीर्षकमा उल्लेख गरी सकिएको छ । प्राचीन नेपाली समाजमा यो हुरीले युध्दको समयमा विजय गानको रूपमा धारण गरी कथनी गाउन थाल्यो नै र कालान्तरमा यसले “कर्खा” शब्दको स्वरूप धारण गर्यो (जततउकस्ररलबmभभअजय।अयm द्र पबचपजब) । यसै सन्दर्भमा पृथ्वीनारायण शाहकालीन एकीकरण समयको सेरोफेरोमा कर्खा गायन अभियानको अभियन्ताका रूपमा गन्धर्भहरूको निकै ठूलो सहयोग समेत प्राप्त भयो । अझै वीर रसले युक्त कर्खारूपी लेखनको पहिलो पाइलो त सुवानन्द दाशले नै चाले । सुवानन्द दाशको सो कर्खा शैलीको वीर रसले युक्त कविता, तत्कालीन समयको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको विशिष्ट युध्द विजय अभियानको गायन भावमा केन्द्रित भएर स्थापित रहेको छँदैछ । प्राथमिककालीन नेपाली साहित्यमा सुवानन्द दाशको “पृथ्वीनारायण” नामको सो कवितालाई शीर्षस्थानमा राखेर कविता विधाको प्रस्थान विन्दु ठानिन्छ र आधुनिक नेपाली साहित्यमा यसै कोणबाट अध्ययन गर्ने परम्परा छँदैछ (शर्मा र श्रेष्ठ, २०४६, पृ. २२) । सुवानन्द दाशको “पृथ्वीनारायण” शीर्षकको सो कविता लेखनको समय वि.सं. १८२५ मानिएको छ । यो समय नेपाली साहित्यमा आदिकाल वा वीरगाथा कालको रूपमा सबैले स्वीकार गर्दै आएको समेत पाइन्छ (शर्मा र श्रेष्ठ, २०४६, पृ. २७) । लोक भाकामा कर्खाको महत्व वीरतापूर्ण नेपाली मानस र जनजिब्रो एवं विशेष गरेर गन्धर्भका साङ्गितिक कला कौशल अनि गायनका मुलायम भावमा तरङ्गित भएको समेत अझै छ ।

४. “अटन” शब्दको अन्य अर्थबोध
प्राचीन कालदेखि नै गणितशास्त्र मानव जीवन यापनको एक अभिन्न अङ्गको रूपमा रहिआएको छ । यसै सन्दर्भमा “अटन” शैली गणितीय क्षेत्रमा प्रयोग हुने एक विश्लेषणीय साधन हो । “अटन” शब्दले आर्कको प्रकार्यद्वारा गतियोग्य चापको ट्यान्जेन्ट शक्तिलाई फर्काउँछ । जब चाप ट्यान्जेन्टका प्रकार्यहरूद्वारा गतिशील प्रकार्यमा पुग्दछन् तब व्युत्क्रम हुने गतिहरू नयाँ प्रकार्यका रेडियनहरूका परिणाममा व्यक्त हुँदै एकपछि अर्को कोणमा भ्रमणशील रहन्छन् (जततउकस्ररधधध।mभमअबअि। यचन द्र mबलगब िद्र बतबल)ागलअतष्यल) । यसर्थ गणितीय सिद्धान्तमा अटनको अर्थ गतिशील हुनु हो । गतिशीलताको अर्थ भ्रमण वा घुमफीर भन्ने अर्थ निष्कन्छ । त्यस्तै संस्कृतमा पनि “अटन” शब्दले संज्ञानात्मक अर्थमा गतिशीलताको अर्थबोध हुने गरी भ्रमण वा घुमफिरको अर्थ प्रदान गर्दछ । गणितीय वा संस्कृत शब्दको रूपमा रहेको “अटन” शब्दले प्रकारान्तर अर्थमा “यात्रा“ शब्दको गुरुत्वमा केन्द्रित रहेको देखिन्छ । तसर्थ “अटन” को अर्थ आधुनिक समाजमा यात्राको वैकल्पिक स्वरूपमा प्रकट भएको पाइन्छ । यस शब्दले “यात्रा” शब्दको जे अर्थ दिने हो सोही अर्थ गणितीय एवं संस्कृत भाषाले पनि सोही अर्थ प्रकट गरी दिएको स्पष्ट हुन सकिन्छ । “तीर्थयात्रा” वा “देशयात्रा” जस्ता शब्दबाट “तीर्थाटन” वा “देशाटन” जस्ता शब्दहरूको प्रकारान्तर अर्थ “तीर्थ” वा “देश” को “यात्रा” भन्ने बुझिन्छ । यसैको कायाकल्पको रूपमा “कर्खा” र “अटन” लाई फ्युजन गरी संयुक्त संयोजन गर्दा “कर्खाटन” एवं गाथाचक्रको नयाँ शैलीका रूपमा नियात्रा साहित्यको नवीन लेखनी कलालाई “कर्खाटन” शब्दद्वारा परिभाषित गर्न सकिन्छ ।

५. सङ्क्षेपमा “कर्खाटन” शैलीको कलाविधान
सार सङ्क्षेपमा भन्दा कर्खाटन शैलीले आफ्ना शैलीगत विशिष्ट कला विधानलाई संयोजन गरी आत्मसात् गरेर नियात्रा वर्णनको नयाँ बान्कीमा प्रस्तुत गर्दछ । कर्खाटनको विशिष्ट शैलीको प्रयोगको रूपमा महान दार्शनिक, साहित्यकार, इतिहासका महान पात्र वा अन्य विशिष्ट व्यक्तिको साहसपूर्ण प्रसस्तीलाई नियात्रा निबन्धको वर्णनमा प्रयुक्त गर्ने नवीन कला ढाँचाको आधारलाई यहाँ कर्खाटन शैलीको कला विधानको रूपमा प्रस्तुत गरिएको छ ः

५. १. गाथा
“सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त प्रभावोत्पादक गीतिकथा, गीतात्मक कथा वा बृतान्त (व्याले) । गाथालाई कसैको उच्चस्तरीय प्रशंसा वा स्तुती, स्तोत्र, गुणगान” आदिको अर्थमा प्रयोग गरिन्छ (पोखरेल, २०४०, पृ. २१७) । यस सन्दर्भलाई हेर्दा महान पात्रहरूको विषय वस्तुगत कथा वा गाथाचक्तलाई कथ्नु, भन्नु वा प्रयोग गर्नु कर्खाटनको विषय वस्तुगत प्रस्तुतीको आधार ठहर्दछ ।

५. २. कविता÷गीत
“कवि वा गायकद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना, काव्य, कवि एवं गायकको भाव एवं व्यापक अर्थमा सबै प्रकारका पद्याख्यात्मक वा गद्यात्मक रचना” का रूपमा प्रयोग गरिन्छ (पोखरेल, २०४०, पृ. २०३) । यो प्राय लयमा आधारित संरचना हो । लयका माध्यमबाट साहसिक पुरुषहरूको प्रसस्ती गाउने कार्यका रूपमा प्रयोग गर्दा “कर्खा” को रूपमा गरिन्छ ।

५. ३. वर्णनात्मक गाथा
सर्जकद्वारा विभिन्न महान पुरुषहरूको जीवनी एवं तिनका आदर्शका बारेमा विषयवस्तु बनाई निबन्धात्मक शैलीका माध्यमबाट नियात्रा विवरण समेतको प्रस्तुतीको नयाँ ढाँचामा वर्णनका पद्धतिद्वारा तयार गरिने साहित्यिक संरचनालाई वर्णनात्मक गाथाको रूपमा प्रयोग गरिन्छ । कर्खा र यात्राको कलेवरमा वर्णनात्मक गाथाको विषयवस्तु, शैलीगत प्रयोग विधि, घटनाहरूको संयोजनका माध्यमबाट घटना विवरणको प्रस्तुतीको सन्दर्भअनुसार कविता वा गीतहरूको प्रस्तुती समेत गरी नियात्रा साहित्यको सिर्जना गरिने कार्यका लागि यसको प्रयोग समेत गरिन्छ । यस्तै प्रयोग जापानी साहित्यमा “हाइकु” मिश्रित गरी लेखिएको “गद्यात्मक यात्राकथा” लाई “हाइबुन” भनिएको पाइन्छ । हाइबुनलाई गद्य विधाको रूपमा जापानी साहित्यमा मानिएको भए तापनि यसमा “हाइकु (कविता)” एवं “गद्य(निबन्धात्मक वर्णन)” दुवै शैलीहरूलाई समावेश गरेर लेखिन्छ । ठीक यस्तै महान पुरुषहरूको साहसीपूर्ण कार्यलाई नियात्रा साहित्यमा तिनका साहसपूर्ण वा वीरतापूर्ण घटनालाई “कविता÷गीत” एवं “गद्य(निबन्धात्मक वर्णन)” आदि प्रयोग गर्ने नियात्राको प्रायोगिक शैलीलाई कर्खाटनको रूपमा लिइएको छ । त्यसै गरी “हाइबुन” एक छोटो गद्य र हाइकुको संयोजन भएकोले यसलाई एक यात्रा कथाको रूपमा लेखिएको पाइन्छ । सन्त एवं हाइकु कवि माचुओ बासोे यस लेखन शैलीका प्रबर्तकका रूपमा मानिन्छन् । तथापि नेपाली साहित्यको लोक परम्परामा आधारित कर्खा गायनको यात्रा पनि उस्तै प्रकारको देखिन्छ भने कर्खालाई गाउने मात्रै हैन, कथ्ने, वर्णन गर्ने, बिचबिचमा गद्यका संरचनाहरूले जोड्ने काम गरिएको समेत पाइन्छ । यस्तै वर्णनात्मक संरचना कर्खाटनको नवीन शैलीको रुपमा प्रयोग समेत हुनसक्दछ ।

५. ४. कर्खाटन र हाइबुनको तुलता
संरचनाका दृष्टिले सामान्यतया हाइबुनमा भने “एक वा दुई अनुच्छेद (छोटो अंश) गद्य” र “एक वा दुई अन्तःस्थापित हाइकु” प्रयोग गरेर लेखिन्छ । हाइबुनमा गद्यको अंश सामान्यतया पहिलो र सङ्क्षिप्त रूपमा लेखिन्छ भने यसमा कुनै दृश्य वा कुनै विशेष क्षणलाई वर्णन गरिएको हुनुपर्दछ ९जष्।धष्पष्उभमष्ब।यचन, द्दण्ज्ञढ स् उ। ज्बष्दगल० । त्यस्तै कर्खा गायन वा लेखनका सन्दर्भमा पनि आवश्यक ठाउँमा हाइबुनको जस्तै प्रायोगिक संरचनालाई प्रयोग गरेर लेख्न सकिन्छ । जापानी साहित्यमा प्रचलित हाइबुन र नेपाली साहित्यमा कर्खाको प्रयोग उस्तै खालको रहेको देखिन्छ र पनि यस सन्दर्भमा यात्राको विवरणलाई समेत जोडेर हेर्दा नियात्राको यो एक सैद्धान्तिक आधार तत्वका रूपमा प्रयुक्त हुनसक्ने धारणालाई आत्मसात् गरिएको छ । तसर्थ कर्खाटन शब्दको शैलीगत कथ्यता पद्धति नेपाली साहित्यमा सर्बथा नवीन बन्न सक्दछ । यसकारण हाइबुनको संरचनाको बनोटका लागि हाइकुको गद्यसँग सिधै सम्बन्ध देखिए जस्तै कर्खाटनमा कर्खा र अटन(यात्रा)को संरचनाको बनोट पूर्ण रूपेण उस्तै रूपमा समाहित हुन पुग्दछ । त्यसैले कर्खाटनलाई यात्रा अनुभवको वीरतापूर्ण एवं सुखमय वा आनन्द लेखनको साहित्यक सिर्जनाको शैलीगत रूपमा हेरिंदा वास्तवमा गद्य(यात्रा÷कथा) र कर्खा(कविता÷गीत) गायनको एकापसका विपरित अभिव्यक्तिहरू सँगसँगै पढेर अत्याधिक प्रभाव वा गहिराइलाई पाठकले त्यतिबेला अनुभव गर्दछ । जब गद्य वा केवल कर्खा पढेर वा सुनेर मात्रै सो गहराइ वा प्रभाव प्राप्त गर्न सकिदैन भन्ने ठान्दछ । त्यसैले हाइबुनको साक्ष्यतामा नेपाली नियात्रा साहित्यको अर्को सैद्धान्तिक ढाँचाको रूपमा कर्खाटनलाई पनि प्रयोग गर्न सकिन्छ ः

(सम्पूर्ण साभार : चालिसे, २०७७, पृष्ठ ३०—३८)

६. सारांश
यस लेखमा नियात्राकारहरूले नियात्रासङ्ग्रहहरूमा प्रयोग गरेका परम्परागत नेपाली नियात्रा निबन्ध ढाँचाको स्वरूप र जापानी हाइबुनी ढाँचाको नियात्रा लेखनको बान्कीभन्दा फरक आयाममा नेपाली लोक लयको गायन परम्परामा प्रयोग भएको कर्खा परम्पराको न्यूनतम स्वरूपलाई विशेष ध्यान दिई नियात्रामा प्रयोग भएको तथ्यहरूको आधारमा कर्खाटनसम्बन्धी सैद्धान्तिक मान्यताको व्याख्या गरिएको हो । तत्तत् नियात्रासङ्ग्रहहरूमा प्रस्ताव गरिएका केही नवीन लेखन शैलीको स्वरूपमा रहेको विशेषताहरूलाई केलाई “कर्खाटन” नियात्रा लेखन ढाँचाको विषयलाई उठान समेत गरिएको हो भने जापानी परम्पराको स्थापित “हाइबुन” जस्तो शैलीलाई अर्को नेपाली नियात्रा लेखन शैलीको रुपमा उभ्याएर भित्र्याइएको छ । यस बारेमा छुट्टै लेख आगामी दिनमा प्रस्तुत हुने नै छन् ।

सन्दर्भ(सूची
चालिसे, विदुर.(२०७७). नियात्रामा नौलो आयाम, काठमाडौं : रत्नपुस्तक भण्डार ।
पोखरेल, बालकृष्ण (२०४०). नेपाली बृहत् शब्दकोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा. (२०४६).नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन ।
https://nameecho.com › karkha.
google search. Com. › karkha.
https://nameecho.com › karkha.
https://www.medcalc. org › manual › atan_function.
hi.wikipedia.org, 2019 : p. Haibun.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।